Friday, December 31, 2010

दुर्घटनामा बृद्ध घाईते

प्रकाश डोटेल स्याङ्जा–१६, पौष
स्याङ्जाको वालिङ्बाट बिरामी लिएर पोखरा तर्फ आईरहेको लु १ ज १६९८ नम्बरको महेन्द्रा जिप पुतलीबजार नगरपालीका–१, बिष्णु पधेरामा दुर्घटना हुदा एक बृद्ध गम्भिर घाइते भएका छन् । दुर्घटनामा परि स्याङ्जा जिल्ला मनकामना गाविस घरभई पोखरा उपमहानगरपालिका रामबजार बस्ने बर्ष ७० का राज बहादुर थापा घाइते भएका हुन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रिय गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको छ । जिप ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असुविधाले पर्यटन व्यवसायीहरुले गाउँ छाडे

सिरुबारी बन्यो होमस्टे तालिम केन्द्र

प्रकाश डोटेल स्याङ्जा–१६, पौष
नेपाल भ्रमण वर्ष १९९८ को अवसरमा तत्कालिन सरकारले घोषणा गरेको नेपालको पहिलो ग्रामीण पर्यटकीय क्षेत्र दरौ सिरुवारीका पर्यटन व्यवसायीहरुले समय अनुशारको सुविधा उपभोग गर्न नपाएपछि आफ्नो पुख्यौली बासस्थानलाई छाड्न बाध्य भएका छन् । पर्यटन वर्ष घोषणाको समयमा पञ्चमुल–४, सिरुबारीका ४५ मध्ये ३१ गुरुङ् घरपरिवारले होमस्टेको तालिम लिएर व्यवसाय संचालनमा ल्याएका थिए । सरकारले कागजी रुपमा मात्रै सिरुबारीलाई पर्यटकीय क्षेत्र घोषणा गरेपनि विकासका विभिन्न कार्यक्रमहरु लागु नगर्दा व्यवसायीहरु सुविधाको खोजीमा शहर तर्फ लाग्न बाध्य भएका हुन् ।
सिरुबारीमा ३१ घरपरिवारले होमस्टेको तालिम लिएका थिए । सरकारले समय अनुशार विकासका कार्यक्रम लागु गर्न सकेन् । सिरुबारी पर्यटन व्यवसायी समितिका संयोजक जुमकाजी गुरुङ् भने, समय अनुशार सुविधा उपभोग गर्न व्यवसायीहरु शहर पस्न बाध्य भएका छन् ।
हाल सिरुबारीमा पर्यटन व्यवसायलाई निरन्तरता दिएका १७ घरपरिवारले धेरै पर्यटक थेग्न नसक्ने भएका छन् । त्यहाँका व्यवसायीले एक पटकमा करिव एकसय पर्यटकलाई मात्रै सुविधा उपलब्ध गराउने सक्ने बताए ।
पर्यटकीय क्षेत्र सिरुबारीका करिव ७० गुरुङ् परिवारका अधिक सदस्यहरु भारतीय र बेलायती सेनामा कार्यरत छन् । सेवाबाट निबृत्त भएपछि सुविधाको खोजीमा उनीहरु शहर तर्फ गएका हुन् । पैसा भएर मात्रै के गर्ने ? सुविधा छैन्, बसाई सरेका व्यवसायी भन्छन् ।
जिल्ला सदरमुकामसँग जोडिएको २७ किलोमिटर कच्ची सडक मध्ये व्यवसायीले २० किलोमिटर पक्की सडकको माग गरेका छन् । सिरुबारी जोड्नका लागि अन्य क्षेत्रबाट पनि दर्जनौ स्थानमा सडक खनिएको छ । पञ्चमुल–४, का स्थानिय पर्यटन समितिका अध्यक्ष बबरसिं गुरुङ्ले भने, ग्रामीण पर्यटन क्षेत्रको महत्व जोगाई राख्न बाँकी ७ किलोमिटर सडक पैदल यात्राका लागि पिच गर्न हुदैन् ।
२०५९ सम्ममा बाह्य र आन्तरिक गरि दैनिक ४० को संख्यामा पर्यटक आउने गर्थे । पछिल्ला वर्षमा सिरुबारी आउने बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या अधिक रहेको व्यवसायीले बताए । उनीहरु भन्छन्, विदेशी पर्यटक आउन छाडे, देशमा जारी अस्थिरताका कारणले व्यवसाय फस्टाउन सकेको छैन् ।
सिरुबारी आउने पर्यटकको सेवाबाट हुने आम्दानीले घरपरिवारको पालनपोषण र शिक्षा प्राप्तीका लागि जोहो भएको छ । व्यवसायी रिता गुरुङ्ले भनिन्, मासिक करिव १० हजार आम्दानी हुन्छ । स्थानिय स्तरमा उत्पादीत बस्तुबाट तयार पारिने खानेबस्तु दिने गछौं उनले थपिन, एकदिनका लागि अवलोकन र बाँसका लागि सिरुबारी पुग्ने पर्यटककले करिव २ हजार खर्च गर्ने गर्दछन् ।
स्वदेशी हुन् वा विदेशी सिरुबारी पुग्ने पर्यटकलाई व्यवसायीले फुलमाला र बाजागाजा सहित स्वागत गर्ने र बिधाई गर्ने परम्परा रहेको छ । व्यवसायीहरुको पहलमा रातको समयमा करिव ३ घण्टा गुरुङ् संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गर्ने गर्दछन् ।
उता पर्यटन वर्ष २०११ लाई ध्यानमा राखेर नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी होमस्टे तालिम केन्द्र बनेको छ ।
आवश्यक पुर्वाधारको अभावमा स्थानिय पर्यटक व्यवसायी गाउँ छाडने क्रम बढेको थियो । सिरुबारीलाई होमस्टे तालिम केन्द्र घोषणाको तयारीसँगै आवश्यक पुर्वाधार बन्नेमा व्यवसायी थप आशावादी भएका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहलमा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सिरुबारी होमस्टे तालिम केन्द्र बन्नेको संघका अध्यक्ष दिपक लम्सालले बताए । पर्यटन मन्त्रालयले केहि दिनभित्रमा औपचारिक रुपमा केन्द्र घोषणा हुने लम्सालले बताए ।
तालिम केन्द्रका रुपमा औपचारिक घोषण भएपछि सिरुबारी गाउँमा देशका विभिन्न भागमा संचालनको तयारीमा रहेका ग्रामीण पर्यटक क्षेत्रका व्यवसायीहरु समुह–समुहमा आउनेछन् । नेपाल भ्रमण वर्ष १०९८ को समयमा सिरुबारीमा थालिएको होमस्टे अवधारणाको अवलोकन तथा अनुशरण गर्दै व्यवसायीले तालिम लिने छन् ।
सिरुबारी नेपालकै पहिलो होमस्टे तालिम संचालन भएको क्षेत्र हो । त्यहाँ स्थानिय स्तरमा उत्पादीत कृषिजन्य बस्तुको प्रयोगमा पर्यटकलाई मनपर्ने खानाका परिकार बनाउने गर्दछन् ।
ग्रामीण स्तरमा पर्यटकको खानपान र बसोबासको प्रबन्ध मिलाउनेलाई होमस्टे भन्ने गरिन्छ । केन्द्र बन्ने भएपछि स्थानिय पर्यटन व्यवसायीमा उत्साह छाएको छ । सिरुबारी ग्रामीण पर्यटन मोडलमा देशका अन्य पर्यटक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने कार्य जारी छ ।
सिरुबारीको थप प्रचार हुने भयो । स्थानिय पर्यटन व्यवसायी बबरसिंह गुरुङ्ले भने, अब आन्तरिक तथा बाह्यि पर्यटकको आगमनमा बृद्धि हुने छ । गुरुङ्ले थपे, होमस्टे तालिम केन्द्र सिरुबारीको राम्रो पहिचानको अवसर पनि हो ।
समुन्द्र सतहबाट करिव २ हजार एकसय मिटरको उचाईमा रहेको सिरुबारीको माथिल्लो डाँडाँको भ्युटावरबाट पोखरा, पर्वत, बागलुङ्, तनहुँ, गोर्खा जिल्ला सहित माछापुच्छ«े, धौलागिरि, अन्नपुर्ण हिमालको प्रत्यक्ष दृश्यावोलन सकिन्छ ।
पोखराबाट यातायातको साधन प्रयोगगरि करिव १ घण्टाको यात्रापछि स्याङ्जा जिल्ला सदरमुकाम पुगि सदरमुकामबाट करिव २ घण्टाको कच्ची सडकको यात्राबाट सिरुबारी पुगिन्छ ।
सरकारले सन २०११ लाई पर्यटन वर्ष घोषणा गरि भव्य रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा सुविधाको खोजी पर्यटन व्यवसायीहरु पुख्यौली स्थानलाई छाडेर अयन्त्रै जान थालपछि थप चुनौती थपिएको छ ।

माओवादी नसच्चिए संविधान अनिश्चितः बस्नेत

प्रकाश डोटेल

स्याङ्जा–१६, पौष ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अम्बिका बस्नेतले एकीकृत नेकपा माओवादी उग्रबामपन्थी विचारबाट नसच्चिएसम्म तोकिएको समय अवधिमा संविधान बन्न नसक्ने बताएकी छन् ।

      शान्ति प्रक्रिया शुरु भएपछि सरकार र माओवादीका विचमा विभिन्न चरणमा भएका सम्झौता र सहमतिलाई माओवादीले कार्यान्वयन गरेको छैन् ।

      नेपालि कांग्रेस स्याङ्जाले जिल्ला सदरमुकाममा अयोजना गरेको ३५ औं राष्टिय मेलमिलाप दिवस तथा दिगो शान्ति लोकतान्त्रिक संविधान हाम्रो अभियान भन्ने नाराका साथ शुरु भएको गाउँ जागरण कार्यक्रमको उद्घाटन गर्दै नेतृ बस्नेतले सो कुरा बताएकी हुन् ।

      विगतमा भएका सहमतिलाई कार्यान्वयन नगर्दा सम्म माओवादीसँग नयाँ सम्झौता हुन सक्दैन् । नेतृ बस्नेतले भनिन्, समयमै संविधान आउनका लागि माओवादी र अन्य दलको सहमति आवश्यक छ ।

      नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष समेत रहेकी नेतृ बस्नेतले माओवदी सेना समायोजन, पुर्नस्थापना र हतियार व्यवस्थापन नहुदासम्म लोकतान्त्रीक संविधान बन्नै नसक्ने ठोकुवा गरिन् ।

      त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पँगेनीले नेपाली काँग्रेसले अंगिकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नारामा मात्र सिमित नगरेर कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

      कर्यक्रम बोल्ने वक्ताहरुले दिगो शान्तिका लागि काग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले वीपी कोईरालाले लिएको सिद्धान्तबाट नेपाली काँग्रेस विचलन हुन लागेको तर्फ चिन्ता व्यक्त गरेका थिए ।

      त्यस अवसरमा काँगे्रसका नेता शिवकुमार अधिकारी, महासमिति सदस्य तुलसी गिरि, राजु थापा, शिवकुमार गिरि, भुमा पाण्डे, कल्पना तिवारी, मुन्ना सेख, लक्ष्मीकान्त रेग्मी, सरस्वती तिवारी, देवी अर्याल, लक्ष्मण भट्टराई, मधुसुदन गैरे, गुरुप्रसाद भट्टराई, मखमली श्रेष्ठ, रमणी गुरुङ्, श्रीप्रसाद जि.टी, रणबहादुर रणपाल लगाएतका वक्ताहरुले बोलेका थिए ।

गरिमाद्धारा गल्याङ्गमा पनि एटिएमा सेवा संचालनमा

लोकनाथ मरासिनी

पौष १६, स्याङ्जा । 

स्याङ्जाको वालिङमा २०६४ सालमा स्थापना भएको  गरिमा विकास बैंक लिमिटेडले गल्याङ  बजारमा पहिलो  सेवा सञ्चालनमा ल्याएको छ । आज गल्याङमा आयोजित एक कार्यक्रमका विच  सस्थाका अध्यक्ष जलेश्वर पाण्डेयले  सेवा संचालनको सुरुवात गर्नुभएको हो । उहँले सेवाको उद्घाटनका   गर्दै गाउँ देखि शहरसम्म आधुनिक बैकिङ सेवा उपल्बध गारउने आफ्नो लक्ष्मा अगाडि बढिरहेको जानकारी दिनुभएको थियो । स्थापनाको ३ बर्षमा बैकले स्याङजा, कास्की र पाल्पाका विभिन्न स्थानहरुमा ७ ओटा शाखा मार्फत सेवा प्रदान गरेको छ । बैंकले उद्यमी महिलाहरुका लागि बिना धितो सामुहिक जमानीमा कर्जा लगानी, लद्युबित्त कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । बैकंले आर्थिक वर्ष २०६६/६७ मा संकलित निक्षेप रु १ अर्व २२ करोड मध्ये बैकिङतर्फ रु ८५ करोड २० लाख र लद्युवित तर्फ रु ५ करोड ८७ लाख कर्जा लगानी गरी रु ३ करोड ७९ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको उदघाटनका अवसरमा अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । संस्थाले चालु आर्थिक वर्षमा रु १ अर्व ६५ करोड निक्षेप संकलन तथा  १ अर्व ४३ करोड कर्जा लगानी गरी रु ६ करोड ५० लाख मुनाफा आर्जन गर्ने लक्ष्य लिएको समेत जानकारी गराइएको छ । स्याङ्जाको पुतलिबजार शाखाबाट यस अगाडिनै एटिएम सेवा संचालनमा ल्याएको बैकले वालिङ्बाट समेत छिटै सो सेवा प्रदान गर्ने बैक स्रोतले जानकारी दिएको छ ।

निर्माणको सुनिश्चितता छैन्–बस्नेत

लोकनाथ मरासिनी

पौष १६, स्याङ्जा । 

      नेपाली  कांग्रेस केन्द्रिय सदस्य तथा महिला संघ केन्द्रिय अध्यक्ष अम्वीका बस्नेतले लोकतन्त्रका आधरभुत सिद्धान्तहरुमा दलहरुविच मतभेद कायमै रहेकाले संविधान निर्माणको सुनिश्चितता नभएको बताउनुभएको छ । ३५ औं राष्टिय मेलमिलाप दिवसाका अवसरमा नेपालि कांग्रेस स्याङ्जाले आज सदरमुकाम स्याङ्जा बजारमा अयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले माओवदी सेना समायोजन, पुर्नस्थापना र हतियार व्यवास्थापन नहुदासम्म लोकतान्त्रीक संविधान बन्नै नसक्ने ठोकुवा गर्नुभएको हो ।बस्नेतले संविधान निर्माण नगरी माओवदीले राजसंस्था जस्तै अर्काे तानाशाहाको परिकल्पना गरेको बताउदै कांग्रेसले लोकतान्त्रीक संविधान निर्माणका लागि लिएका अडानहरु कुनै पनि हालतमा नछाडने अठोट समेत व्यक्त गर्नुभएको थियो ।दिगो शान्ति लोकतान्त्रिक संविधान हाम्रो अभियान भन्ने नाराका साथ अयोजित कार्यक्रममा नेपालि कांग्रेस महासमिति सदस्यहरु तुलसी गिरी, शिवकुमार गिरी, राजु थापा लागायतले बोल्नुभएको थियो ।
जिल्ला सभापति कमल पंगेनिको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कोषध्यक्ष मधुसुधन गैह्रे र संचालन सचिव लक्ष्मन प्रसाद भट्टराई ले गर्नुभएको थियो ।

Thursday, December 30, 2010

मृर्गौला पिडितलाई आर्थिक सहयोग

IMG_6045.JPG
फोटो ः सहयोग हस्तान्तरण गर्दै अध्यक्षा अनन्त कुमार श्रेष्ठ लगायतका ।।

लोकनाथ मरासिनी

पौष १५, स्याङ्जा
   स्याङ्जाको पुतलीवजार नगरपालिका वडा नम्बर ३ निवासी मृगौला पिडित गेमबहादुर कामीलाई स्याङ्जा सहयोग समाज स्याङ्जाले आर्थिक सहयोग गरेको छ ।
सूर्योदय क्लव बाडखोलामा आयोजित एक कार्यक्रमबीच देव्रे मृगौलाको समस्याबाट पिडित कामिलाई उपचारका क्रममा आर्थिक अवस्था कम्जोर बन्दै गएकाले सहयोग गरीएको हो ।
बैदेशिक रोजगारीको शिलशिलामा विरामी तथा मृत्यु भएकाहरुलाई राहत र शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई सहयोग पु¥याउदै आएको संस्था स्याङ्जा सहयोग समाजले मृगौला पिडित कामीलाई सहयोग गरेको हो ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष अनन्तकुमार श्रेष्ठले ३७ हजार, आठ सय २१ रुपैया प्रदान गरे ।

थ्रिस्टार युनाइटेड कप भलिबल स्थगित

लोकनाथ मरासिनी

पौष १५, स्याङ्जा

      २५९४ ल्होसार पर्वको अवसरमा स्याङ्जाको रापाकोट ५ सल्यानमा आयोजित क्षेत्रिय स्तरको प्रथम थ्रिस्टार युनाइटेड कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
 बिहिबार दरौखोला युवा परिवार अर्जुनचौपारी र कालिका युवा क्लब रापाकोट रातो विचको सेमिफाइनल खेलमा विवाद भएपछि अयोजकले अनिश्चित कालका लागि खेल स्थगित गरहेको हो ।दरौखोला र कालिका बिचको खेल १÷१ सेटको बराबरीमा रहदा  तेस्रो सेटम  विवाद भएको हो ।
प्रतियोगितामा पर्वतको लुखुं देउरालि युवा क्लब यस पुर्व फाइनलमा प्रवेश गरीसकेको छ ।
 स्थगित भएको खेल जिल्ला खेलकुद विकास समिति स्याङ्जालाई जिम्मा दिएर वालिङ् र स्याङ्जा बजारमा सुचना प्रकासन गरेर खेलाउने जनाएको छ ।
थ्रि स्टार युनाइटेड क्लब अर्जुन चौपारी – रापाकोट र तमु ह्युल छोजधीको आयोजनामा पौष १२ गतेबाट शुरु भएको प्रतियोगिता बिहिबार समापन गर्न लागिएको थियो ।
जिल्लाको सबैभन्दा धेरै धनराशी भएको पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा लगायतका क्लबको सहभागिता रहेको छ ।

संविधान निर्माणका लागि जनदबाब आवश्यकः उपराष्ट्रपति झा

IMG_0393.JPG    ।
लोकनाथ मरासिनी

पौष १५, स्याङ्जा
  उपराष्ट्रपति परमानन्द झाले तोकिएको समयमा संविधान निर्माणका लागि जनदबाब सृजना गर्न नागरिकसँग आग्रह गर्नुभएको छ
संविधान निर्माणमा जुटनुपर्ने समयमा दलहरु संविधान बनाउनमा केन्द्रित नदेखिएकोले जनदबाब आवश्यक भएको उपराष्ट्रति झाले बताउनुभएको हो । उहाँले दलहरुसँग जनताको ठुलो अपेक्षा भएको हुदा अपेक्षा अनुरुप काम गर्न आग्रह गर्नुभयो
      स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका–६ गुँडिखोला स्थित श्री १००८ चम्फागिरीको ९३ औं जन्मदीनको अवसरमा सन्यास आश्रममा पौष ८ गतेदेखि शुरु भएको श्रीमद्भागवत महापुराणको समापन समारोहलाई सम्बोधन गर्दै झाले संविधान लेखनलाई प्रथमिकता दिन राजनितिक दलहरुलाई आग्रह गर्नुभयो ।हामी जुन धर्ममा आस्था राखेपनि सबै धर्महरु नेपाल र नेपालीको प्राण भएको कुरामा जोड दिर्दै उपराष्ट्रपति झाले सनातन धर्म ऐतिहाकिस तथा पुरानो धर्म भएको बताउनुभयो ।
उपराष्ट्रपति झाले धार्मिक र संस्कृतिक परम्परालाई जोगाउन सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको जिकिर गर्नुभयो । उहाँले एकसय ५० वर्ष पुरानो आश्रम विकास तथा समुन्नतको आधार भएको दावी गर्नुयो ।

      श्रीमद्भागवत महापुरण समापनका अवसरमा देशका विभिन्न भागमा रहेर हिन्दुधर्म मार्फत मानव तथा समाज विकासमा महत्वपुर्ण योगदान पु¥याउने करिव एक दर्जन धार्मिक व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
IMG_0400.JPG
      श्रीमद्भागवत महापुराणको समापन पुर्व उपराष्ट्रपति परमानन्द झाले श्री १००८ चम्फागिरी सन्यास आश्रमको नवनिर्मित प्रवेशद्धारको समेत उदघाटन गर्नुभएको थियो । प्रवेशद्धार आश्रममा संकलन गरिएको करिव ४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
श्रीमद्भागवत महापुराण मुल आयोजक समितिका अध्यक्ष राजु थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, आश्रमका स्वामी गोविन्द गिरि, कुमार राना लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

      उपराष्ट्रपति झा जिल्ला आउँदा जनपथ र सशस्त्र सहितको सुरक्षा अंगलाई व्यापक रुपमा परिचालन गरि सुरक्षा व्यवस्था गरिएको थियो ।

पराजित नभएसम्म प्रधानमन्त्रीको उम्मेदावरी फिर्ता हुदैन: श्रेष्ठ

प्रकाश डोटेल स्याङ्जा–१५, पौष
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य गोपालमान श्रेष्ठले नेकपा एमाले एकीकृत नेकपा माओवादीको रणनीतिमा फसेको दावी गर्दै पार्टीका संसदीय दलका नेताको प्रधानमन्त्रीको उम्मेदावरी संसदबाट पराजित नभएसम्म कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । स्याङ्जाको किचनास–९ को भोजप्रकाश उच्च माविको स्वर्ण जयन्ती उद्घाटन गर्दै नेता श्रेष्ठले आगामी २५ गतेबाट सुरु हुने हिउदे अधिवेशनले प्रधानमन्त्री चयन गर्ने विश्वास गरे । उनले भने माघको दोस्रो हप्ता देशले प्रधानमन्त्री पाउने छ ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदा जनतालाई शासन नभई हुकुम गर्न खोजेकाले असफल भएको भएको श्रेष्ठको जिकिर थियो । जनतासँग गरेका बाचा पुरा गर्न तर्फ लाग्न माओवदीलाई श्रेष्ठले आग्रह गरे ।
स्वर्णजन्यतीको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत गरेका श्रेष्ठले माओवादी लडाकु समायोजन नभएसम्म संविधान जारी हुन नसक्ने बताए । उनले भने, माओवादीले चाहे अनुशारको एकदलिय संविधान पनि बन्न सक्दैन् ।
सोहि विद्यालयले प्रकाशन गरेको स्वर्ण वार्षिक स्मारीकाको समेत विमोचन गरेका श्रेष्ठले शान्तिको अभावमा दक्षा जनशक्ति समेत विदेशिन बाध्य भएको प्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीले संघियताको नाममा मुलुकलाई विभाजन गर्दा देश टुक्रिने तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिर्दै नेपाललाई टुक्राउन विदेशी चलखेल बढेको बताए ।
स्वर्णजन्यती कार्यक्रम जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, कांग्रेस महासमिति सदस्य हिरादेवी शर्माले शिक्षा विना देश विकासको परिकल्पना गर्न नसकिने बताए ।

अनमिनको म्याद थप्नुको कुनै ओचित्य छैन्: बराल

प्रकाश डोटे स्याङ्जा–१५, पौष
राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष शंकर बरालले नेपालको शान्ति प्रक्रियालाई सघाउन आएको संयुक्त राष्ट्रसंघिय मिसन अनमिनलाई एकीकृत नेकपा माओवादीको चाहाना अनुशार थप म्याद थप्नुको कुनै ओचित्य नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चा नोपालले देशव्यापी रुपमा संचालन गरेको एकमहिने राष्ट्रिय जनअभियान अन्र्तगत बुधबार जिल्ला सदरमुकाम स्याङ्जा बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष बरालले अनमिनलाई नेपालमै राखि अमेरीकी साम्राज्यबादको चाकडी गरेर माओवदीले शत्ता कब्जाको राणनिती अंख्तियार गरेको समेत आरोप लगाए ।
ठुला तिन दलको शत्ता लुलुप्ताले गर्दा अहिले नेपालमा राजाबादीहरु सलबलाएको आरोप लगाउँदै बरालले दलहरुले आफ्नो स्वार्थ नछोडेसम्म संविधान बन्न नसक्ने दावी गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा नोपालका उपाध्यक्ष एवं सभासद रश्मिराज नेपाली, अखिल नेपाल किसान संघका केन्द्रिय सल्लाकार कृष्ण आचार्य, रत्तिम परिवारका महासचिव रेम राना, अखिल नेपाल जनजाति सम्मेलनका होमबहादुर राना लगायतले जातिय संघियताले देश ठुलो दुर्घटनामा पुग्ने बताएका थिए ।
कार्यक्रममा रत्तिम संस्कृतिक समुहले विभिन्न देश प्रति ओतप्रोत संस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो 

Tuesday, December 28, 2010

स्याङ्गजा जिल्ला का सबै बिद्यालय मा इन्टरनेट पुग्ने

लोक नाथ मरासिनी 


जिल्ला शिक्षा कार्यलय स्याङ्जाले यस शैक्षिक सत्र भित्र जिल्लाका प्रयत्यक विद्यालयमा इन्टरनेटको पहुच वितस्तार गर्ने लगायतका विभिन्न कार्यक्रमहरु सावर्जनिक गरेको छ । आफ्नो वार्षिक कार्यक्रम प्रबोधिकरण मार्फत जिल्लामा यस आर्थिक वर्षमा शैक्षिक क्षेत्रमा ७३ करोड ६१ लाख ५४ हजार रुपैया छुटिएको तथा अझै १० करोड थप समेत हुन सक्ने जानकारी दिएको छ । यस वार्ष जिल्लाका विभिन्न क्षेत्रहरुमा क्षेत्र गत रुपमा विज्ञान भवन निर्माण, छात्रा छात्रावासको निर्माण तथा राम्रो विद्यालय तथा कमजोर विद्यालय विच शैक्षिक गुणस्तर विद्धका उद्धेश्यले अन्तक्रिया कार्यक्रम संचालन गर्ने लगायतका नयँ कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । जिल्ला शिक्षा समिति स्याङ्जाका संयोजक समेत रहनुभएका स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी महोन अर्याल, विद्यालय निरिक्षक पदमराज आचर्य लगायतले बोल्नुभएको थियो ।

रापाकोटमा भलिबल प्रतियोगिता सुरु

लोकनाथ मरासिनी

पौष १२, स्याङ्जा ।

      २५९४ औ तमु ल्होसार पर्वको उपलक्ष्यमा स्याङ्जाको रापाकोट ५ सल्यानमा सोमबारबाट क्षेत्रिय स्तरको प्रथम थ्रिस्टार युनाइटेड कप खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

       प्रतियोगिताको उद्रघाटन खेलमा कालिका युवा क्लब रापाकोटले नवज्योति युवा क्लब घडेरीलई २–१  अन्तरले पराजित गदै बिजय शुरुवात गरेको छ ।

      प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद बिकास समिति स्याङ्जाका अध्यक्ष गिरमान गुरुङ्ले गाउँमा रहेका प्रतिभाको खोजि हुनु सराहनिय भएको बताए ।

      कार्यक्रममा रापाकोट गाउँ बिकास समितिका सचिब खडानन्द मरासिनी, कार्यक्रमका संयोजक पानाम घले, क्लबका कोषाध्यक्ष राम प्रसाद लम्साल, रापाकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक चन्द्रमणि पौडेल लगायतले राज्यको प्रतिष्ठाको रुपमा रहेको खेलको बिकासमा सबैको चासो जानु पर्नेमा जोड दिएका थिए ।

      जिल्लाको सार्वधिक धनराशिको पुरुष भलिबल प्रतियोगितामा गुल्मी, पर्वत, पाल्पा र स्याङ्जाका १५ टिमको सहभागिता रहेको छ ।

      १५ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले ३० हजार द्धितियले  २० हजार र तृतियले १० हजार कप मेडल  र प्रमाण पत्र तथा सान्तवना ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

रचनात्मक क्रियाशिलताको आन्दोलनमा अगाडि बढ– सुवेदी

लोकनाथ मरासिनी

पौष १२,स्याङ्जा

विद्यार्थिलाई शैक्षिक जागरण मार्फत रचनात्मक क्रियाशिलताको आन्दोलनमा अगाडि बढन नवनिर्वाचित  अनेरास्ववियुका केन्द्रिय सदस्य घनश्याम सुवेदीले आग्रह गरेका छन् ।
त्रिभुवन आदर्श उच्च मावि अनेरास्ववियु स्याङ्जाले सोमबार अयोजना गरेको हाजिरिजवाफ प्रतियोगिता पश्चात अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले विद्यार्थि आन्दोलनको नेतृत्व लिन अनेरास्वविय तयार रहेको दावि समेत गरे ।
 कार्यक्रममा नेपाल शिक्षक युनियन स्याङ्जका अध्यक्ष मुक्ति रेग्मी, अनेरास्वविय जिल्ला कमिटिका कोषध्यक्ष नारायण प्रसाद पौडेल, प्रध्यापक खेमराज घिमिरे लगायतले विद्यार्थिहरुले बेला बेलामा अयोजना गर्ने यस्ता रचनात्मक क्रियाकलापले शैक्षिक गणस्तरमा बृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए  ।
सम्पन्न हाजिरिजवाफ प्रतियोगितामा मडि श्रेष्ठ, लक्षुमण चौधरी र शेरजंग थापको समुह प्रथम, सागर पुरी, संगिता नेपाली र लक्ष्मी अर्यालको समुह द्धतिय तथा  रवि गिरी, बृद्धिसागर पराजुली र मनकुमारी नेपालीको समुह तृतिय हुन सफल भएका छन् ।
विद्यालयका काक्षा ११ र १२ का गरी ६ सदनले भाग लिएको उक्त प्रतियोगिताका विजेताहरुलाई सोमबारै पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरीएको छ ।
 त्रिभुवन आदर्श उच्च मा वि अनेरास्ववियु प्ररम्भीक कमिटिका अध्यक्ष अर्जुन सुवेदी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अनेरास्ववियु जिल्ला कमिटि  सह सचिव गणेशराज तिमिल्सनाले संचालन तथा प्रराम्भीक कमिटिका सदस्य सनदीप पुरीले स्वागत गरेका थिए ।

Monday, December 27, 2010

विश्वकै ठूलो शिला हेर्नेको थामिएन घुइँचो

imageई स्याङ्गजा ,
विश्वकै ठूलो शिला अवलोकन गर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुन्दर मनोरम दृश्य भएको पर्वतको शालिग्राम गाविसमा पर्ने शिला अवलोकन गर्न दैनिक १ हजारको संख्यामा पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।
धौलागिरि, लुम्ब्िानी र गण्डकी तीनै अञ्चलका पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका सिमानामा रहेको छ शिला । धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक शालिग्राम पुग्ने गर्छन् ।
हिन्दू धर्मअनुसार शिलालाई भगवान विष्णुका रूपमा पुज्ने गरिन्छ । शालिग्ा्रामको शिला दर्शन गरेर 'भाकल' गरे मनोकामना पूरा हुने जनविश्वास छ । शिलाको पूजा गरेको र भाकल गर्नेका तस्बिर खिच्न विदेशी लालायित हुन्छन् ।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलाको अवलोकनका लागि विभिन्न जिल्लाका विद्यालयब्ााट विद्यार्थी आउने गरेका छन् । कालीगण्डकी 'ए' जलविद्युत् केन्द्र निर्माण गर्दा बनेको जलाशयमा ७ किलोमिटर लामो स्टिमर सेवा सञ्चालनमा आएपछि पर्यटक आउने क्रम बढेको स्थानीय व्यवसायी रेशमराज न्यौपानेले बताए ।
०५८ सालदेखि नेपालमै पहिलोपटक व्यासायिक रूपमा जलयातायात सञ्चालनमा आएपछि ३ जिल्लाको संगममा पर्ने सेतीवेणीबजारमा पर्यटक आउने क्रम बढेको हो । स्याङ्जाको वालिङ नगरपालिका हुँदै मिर्मीसम्म सडक पुगेकाले पर्यटकलाई सजिलो भएको छ ।
शीला हेर्न आउनेे पर्यटकबाट थोरै शुल्क लिएपनि करोडाँै आम्दानी गर्न सकिने शिला संरक्षण समितिले जनाएको छ । तर, समितिबाट अहिलेसम्म त्यस्तो प्रयास भएको छैन ।
पर्यटक बढेपछि जलाशयमा सञ्चालन हुँदै आएको १० स्टिमरलाई भ्याइनभ्याई छ । त्यस्तै सेतीवेणी बजारको व्यवसायमा लाखौँको व्यापार हुन थालेको हिमलालले बताए । सेतीवेणीमा पर्यटकका लागि आवश्यक सबैखाले सुविधा नहुँदा लामो समय बस्ने पर्यटकलाई समस्या पर्ने गरेको छ । कालीगण्डकीमा र्‍याफ्टिङका लागि आउने बाह्य पर्यटकको गन्तव्यसमेत बनेको छ शालिग्राम ।
हरिवोधनी एकादशी, बालाचतुर्दशी, वैशाखे संक्रान्ति, माघेसंक्रान्ति, श्रीपञ्चमीलगायतका चाडपर्वमा निकै भीड हुने पुजारी केशवराज न्यौपाने बताउँछन् ।
सरकारले चिन्न नसकेको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीयबासीले चासो दिनुपर्ने न्यौपानेको भनाइ छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरेर शालिग्राममा पर्यटक ल्याउन अतिथि सत्कार गृह, पर्यटकीय होटललगायत मनोरञ्जनका साधनस्रोत उपलब्ध गराउने तयारी हुँदै छ । शिलाको विकास र प्रवर्द्धनका लागि गतवर्ष महायज्ञसमेत लगाइएको थियो । महायज्ञबाट संकलित १ करोड ३९ लाख रुपैयाँ त्यसै क्षेत्रको विकासमा खर्चिने बताइन्छ । दुर्गम क्षेत्रमा रहेको शिलाको प्रचारका लागि जिल्ला विकास समितिले सहयोग गरेपनि छिमेकी जिल्ला गुल्मी र स्याङ्जाले भने कुनै पहल नगरेको गुनासो सेतीवेणीका बासिन्दाले गरेका छन् ।
संगम स्थलमा व्यवस्थित होटलको अभाव छ । बसोबासको उचित प्रबन्ध नभएकाले विदेशी पर्यटक धेरै दिन बस्दैनन् । शालीग्राम उच्च माविका प्राचार्य अशोकसिंह पाण्डेले सेतीवेणीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए । तीनै जिल्लाको सदरमुकामबाट दुर्गममा पर्ने सो स्थानको संरक्षण र प्रचार-प्रसार गर्न सके लाखौँ पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ |

स्याङ्जामा डावरको रियल जुसमा अखाद्यय बस्तु फेला

लोकनाथ मरासिनी
पौष ११, स्याङ्जा ।
नेपालका बिभिन्न भागमा डावर कम्पनीद्धारा उत्पादित रियल जुसमा अखाद्य बस्तु भेट्टिइ रहेको वेलामा स्याङ्जाको वालिङ्मा पनि लेदो भेट्टिएको छ ।
वालिङ् नगरपालिका २ भ.कुण्डेका स्थानीय ख्यामनारायण खनालले लिएर गएको एक लिटरको एक्टिभ रियल जुसमा लेदो भेएिको हो । स्थानीय खनालले आफ्नो आमा बिरामी भएका बेला साथीले किनेर ल्याएको जुस आमालाइ खुवाउने क्रममा आमाले स्वाद अर्कै भएको बताएपछि सबै जुस अर्को भाडोमा खन्याएपछि उक्त लेदो देखिएको बताउनुभयो । डावर कम्पनीले उत्पादन गरेको एक्टिभ रियल जुसमा लेदो भेएिपछि पत्रकारहरुलाइ खनालले खवर गर्नु भएको थियो ।
आक्रोसित मुन्द्रमा रहेका खनालले पत्रकारहरु सगँ बहुराष्ट्रिय कम्पनि डावर नेपालले नेपाललाइ जे गरेपनि हुन्छ भन्ने गरेकाले लापरवाही गरेको बताउनुभयो । रियल जुसमा लापरवाही गरेपछी अख्तियार आयोगले कम्पनीमा छापा मारी कारर्वाही थालीरहदा बिभिन्न जिल्लामा जुसमा अखाद्य बस्तु भेटिएपछि रियल जुसलाइ बिक्रि वितरणमा रोक लगाउन उपभोक्ताले माग गरेका छन् ।लेदो भेट्टिएको एक्टिभ रियल जुस सुगर फ्रि भएको हुनाले यो जुस बिरामीले खानेगरेको बताइएको छ ।

सामुदायिक बनका उपभोक्ताहरुमा लागु भएका कार्यहरु स्याङ्जामा निकै प्रभावकारी

लोकनाथ मरासिनी

पौष ११, स्याङ्जा ।
पछिल्लो समयमा सामुदायिक बनहरुमा प्रयोगमा ल्याइएको अति विपन्न परिवारका लागि विभिन्न आय अर्जन मुलक कार्यहरु स्याङ्जामा निकै प्रभावकारी देखिएका छन् । नेपाल सरकारको निति अनुसार स्याङ्जाका विभिन्न सामुदायिक बनहरुमा हाल संचालनमा आएका कबुलियती वन समुह गठन, घुम्तीकोष संचालन, बन व्यवस्थापन अनुदान तथा लघु उद्यम कार्यक्रमहरु प्रभावकरी देखिएका हुन् । ४ सय भन्दा बढि सामुदायिक बनहरु रहेको जिल्ला स्याङ्जामा विगत ३÷४ वर्षदेखि २३ ओटा सामुदायिक बनका १६० विपन्न घरधुरीका ९७० जना परीवारमा यस्तो कार्यक्रमहरु लागु भएका छन् । जसका लागि अहिले सम्म जिल्ला बन कार्यलय स्याङ्जाले ४ लाख ५० हजार रुपैया अनुदान उपल्बध गराईसकेको छ । जिल्ला बन कार्यलय स्याङ्जाकै अनुदान तथा प्रेरणाका आधारमा लघु उद्यम अन्र्तगत हलो व्यवसाय थालेका बाघको खोर सामुदायिक बन पुतलिबजार ८ सतौ स्याङ्जाका हलो व्यवसायिहरु सनतृष्ट देखिएका छन् । त्यस्तै जिल्लाको अर्काे बान्द्रे सामुदायिक बन फेदिखोला १ का उपभोक्ताहरुमा पनि लागु भएको अति विपन्न बर्गका परिवारका लागि बाख्रा वितरण तथा कबुलियति बन पनि सफल देखिएको जिल्ला बन क्षेत्र अनुगमन समितिले निष्कर्ष निकाले हो । अनुदान पाएर परम्परागत सिपलाई प्रयोग गर्दै हालो व्यवसाय सुरु गरी आम्दानि लिन सुरु गरेका व्यवासायिहरु स्थानिय स्रोत र साधानको प्रयोग गरी उपभोक्ताहरुलाई राहत दिन पाउदा खुसी देखिएका हुन् ।  ९५ घर धुरी रहेको र त्यहि समिति भित्र मात्रै हलो वित्रि गर्दै आएका  हलो व्यवसायिहरु विष्णु विक, बेलबहादुर जि टी र डिलबहादुर विकले व्यवसायबाट सन्तुष्ट भएको बताए । गाँउकै श्रम सिप र काठको प्रयोग गरी ति व्यवसायिहरुले दिनको २ ओटा होल निर्माण गर्न सक्छन् । १ हलोको मुल्य २ सय रुपैया कायम गरी २५ रुपैया समितिलाई बुझाउदै आएको उनिहरुले जानकारी दिए । २०६६ साल फागुनमा स्थापना भएको बघको खोर सामुदायिक बन पुतलिबजार ८ सतौका उपभोत्ताहरुमा देखिएको उत्साहाले कार्यक्रम सफल देखिएको अनुगमन समितिका संयोजक जिल्ला बन अधिकृत जिवनाथ पौडेलले दाबि गर्नु भयो । यस्तै जिल्लाका अन्य सामुदायिक बनहरुमा पनि विभिन्न कार्यक्रमहरु अगाडि बढाइएको र त्यस प्रति स्थानिय उपभोक्ता सनतृष्ट रहेको जिल्ला बन कार्यलय स्याङ्जाले जनाएको छ ।

Saturday, December 25, 2010

सडक दुर्घटना मा घाइते बृद्धको मृत्यु

लोकनाथ मरासिनी

पौष १०, स्याङ्जा
  दर्सिङ  दहथुम १ हेलू स्याङ्जामा आज भएको सडक दुर्घटनामा गम्भीर घाइते एक बृद्धाको उपचारका क्रममा पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको छ ।
वालिङबाट अर्जुनचौपारी तर्फ आउदै गरेको ना ४ ख २८९३ नंवरको बसले सिद्धार्थ राजमार्ग अन्र्तगतको सो सडक खण्डमा ठक्कर दिदा दर्सिङ दहथुम १ हेलू घर भएकी वर्ष ८० कि वुद्धिसरा माझीको मृत्यु भएको हो ।
बस र बस चालक  वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आधिखोलाको क्षमता विस्तारका लागि पीपीए

आँधिखोला जलविद्युत् केन्द्रको क्षमता विस्तारका लागि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ


थप १ अर्ब लगानी हुने

 बुधबार सम्पन्न पीपीए सम्झौतामा बीपीसीका प्रमुख कार्यकारी अधिकृत रञ्जन लोहार र प्राधिकरणका प्रसारण तथा प्रणाली सञ्चालन प्रमुख तीर्थमान शाक्यले हस्ताक्षर गरेका हुन् । स्याङ्जास्थित सो आयोजनाको जडित क्षमता ५.१ मेगावाट रहेको छ । क्षमता विस्तारपछि विद्युत केन्द्रबाट ९.४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ र हिउँदमा प्रतियुनिट ७ रुपैयाँमा पीपीए भएको छ । आयोजना विस्तारका लागि कात्तिक १८ गते नै बीपीसीले सरकारबाट अनुमति लिएको थियो ।
सन् १९९१ देखि नियमित रूपमा सञ्चालनमा आएको उक्तविद्युत् केन्द्रको क्षमता विस्तार गर्न करिब १ अर्ब रुपैयाँ लाग्ने बीपीसीले जनाएको छ । बीपीसीका अनुसार अबको दुई महिनाभित्र क्षमता विस्तारको कार्य सुरु हुनेछ । विस्तारको कार्य सम्पन्न गर्न करिब १८ महिना लाग्ने बताइएको छ ।
जलविद्यत् केन्द्रको क्षमता विस्तार गर्न बाँधको उचाइ थप, टेलरेस सुरुङको विस्तार, एउटा पेनस्टक पाइपको जडान र  इलेक्ट्रोमेकानिकल्स उपकरण बदल्नेजस्ता कार्य गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृत लोहारले बताए । आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल निर्माण गर्न हिमाल हाइड्रो एपीपी चाइना इलेक्ट्रिकसँग सम्झौता भएको बीपीसीले जनाएको छ ।  
आयोजनाबाट पाल्पा र स्याङ्जा जिल्लाका करिब ८ सय  परिवार लाभान्वित भइरहेका छन् भने विद्युत केन्द्रको हेडरेस टनलमार्फत ३ सय ९ हेक्टर जमिन सिञ्चित गरिएको छ । आयोजनाको क्षमता विस्तारपछि थप २ सय ५० हेक्टर जमिनमा सिंचाइ पुग्ने बताइएको छ

Friday, December 24, 2010

जनप्रदिप उच्चमावि स्रोत केन्द्र चिलाउनेवास मा प्रतितियोगिता सम्पन्न

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 


 जनप्रदिप उच्चमावि स्रोत केन्द्र चिलाउनेवास स्याङ्जा अन्र्तगत रहेका विद्यालयहरुको प्रथामिक विद्यालय स्तरीय स्मरण खेल प्रतियोगिता आज सम्पन्न भएको छ ।
स्रोत केन्द्र अन्र्तगत रहेका २२ विद्यालयका ४४ जना विद्यार्थिले भाग लिएको प्रतियोगितामा स्टारा एजुकेशनल एकेडेमि विचारी चौताराका सोरोज खत्रि प्रथम, पार्खिबोट प्रविका मानोज पौडेल द्धितिय, सेपत सिरानचौर माविका सुजन क्षेत्रि तृतिय र जनप्रदिप उमाविका लक्ष्मी भुजेल सान्तवना हुन सफल भएको छ ।
स्रोत व्यक्ति चिरिञ्जीवी शर्माले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको स्थायिन प्रतिनिधि लुमचन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।

मग्याम चिसापानी गाबिसमा अगरबत्ति बनाउने तालीम सम्पन्न

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 

      “सिप सिकौं आत्मनिर्भर बनौं’’ भन्ने नाराका साथ प्रगतिशिल नारी सञ्जाल समुहको आयोजना एवं कोपिला नेपालको प्राविधिक सहयोगमा स्याङ्जा चिसापानीको गा.वि.स. भवनमा पौष ४ देखी शुरु भएको अगरबत्ति बनाउने तालीम एक समारोहका विच समापन्न  गरिएको छ ।महिलाहरुको सिप विकास कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको उक्त तालिममा गा.वि.स. भरिका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम पश्चात ब्यबसायमुलक रुपमा अगाडी बढ्न सहभागीहरुको तर्फबाट समिति गठन गरिएको छ । 

बिद्यालय मा उच्च मावी बनाउन एकै दिन १४ लाख घोषणा

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 

स्याङजा जिल्लाको दुर्गम गाविस चित्रेभञ्ज्याङमा रहेको मातृ भूमि माध्यमिक विद्यालयमा उच्च मा.वि.सञ्चालानार्थ १४ लाखभन्दा बढि रकम एकै दिनको घोषणा सभाबाट संकलन भएको छ ।गाउँमै उच्च माध्यमिक तहसम्मको शिक्षा दिलाउन र गाउँको मुहार शिक्षाले उज्याँलो पार्ने अभियान का साथ स्थानीय समाजसेवी, बुद्धिजिवि, शिक्षाप्रेमी एवं अभिभावकहरुले घोषणा सभामा एकै दिनमा १४ लाख ३५ हजार रुपैयाँ नगद उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।कार्यक्रममा सहभागिहरुले घरदैलोमा नै आफ्ना बालबालिकाहरुलाई उच्च शिक्षा दिलाउने अवसर पाएकोमा खुशी ब्यक्त गरेका छन् । यसरी सहयोग प्राप्त भएपछि विद्यालयले आउँदो शैक्षिक सत्रबाट उच्च माध्यमिक विद्यालयको पढाई सुरु गरिने जानकारी दिएको छ ।

नागरीक अभिन्नदन

लोकनाथ मरासिनी
पौष ९, स्याङ्जा । 

नेपाल राष्ट्रका एकमात्र प्रथम जगतगुरु अन्नत श्री विभुषित बालसन्त मोहन शरण देवाचार्य महाराज श्रीलाई आज स्याङ्जा जिल्लाको तर्फबाट नागरीक अभिन्नदन गरीएको छ ।चम्फागिरी सन्यास आश्रम गुँडिखोलामा हिजोबाट सुरु भएको श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागि हुन आउनुभएका जगतगुरुलाई सम्मान गरीएको हो

दलित कानून सहायक तालिम सुरु

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 

जिल्ला अदालत बार एशोसिएशन स्याङ्जाको अयोजनामा शुक्रबारदेखि ५ दिने दलित कानून सहायक तालिम सुरु भएको छ । कानून सम्बन्धी आधारभूत जानाकारी गराउने उद्धेश्यले संचालित तालिमको एक कार्यक्रमका विच जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीले शुक्रबार दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो ।स्याङ्जा बार एशोसिएशनको प्राङ्गणमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला न्याधिश रेग्मीले कानूनको अज्ञानता क्षम्य नहुने भएकाले सबै नागरिकले कानून जानेको हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
१३ गतेसम्म संचालन हुने तालिममा जिल्लाका पुतलीबजार र वालिङ न.पा.का प्रत्येक वडा बाट १/१ जना तथा छानिएका १६ गा.बि.स.बाट १/१ जना गरी कुल ४० जनाको सहभागिता रहेको छ ।

१४ बुधे बाल अधिकार सम्बन्धि स्याङ्जा घोषण पत्र जारी



लोकनाथ मरासिनी,रेडियो स्याङ्गजा

पौष ९, स्याङ्जा ।

जिल्ला बालक्लब नेटवर्ककको आयोजनामा संचालित तेश्रो जिल्ला स्तरिय बाल भेला स्याङ्जा घोषणा पत्र जारी गर्दै सदरमुकाम स्याङ्जा बजारमा सम्पन्न भएको छ ।

 हामि सबैको सरोकार ,नयाँ संविधानमा सुनिश्चित बाल अधिकार भन्ने नाराका साथ संचालित भेलाले १४ बुधे स्याङ्जा घोषण पत्र जारी गरेको हो ।
 जिल्ला बालकल्याण समिति स्याङ्जाको संरक्षकत्वमा सम्पन्न भेलाले नयाँ बन्ने संविधानमा बाल अधिकारको सुनिश्चितता र अन्य क्षेत्रमा पनि बालबालिकको हक र अधिकार संरक्षणको माग गरेको छ ।
घोषणा पत्रमा मौलिक हक, सुरक्षित जन्म, परिचयको अधिकार, भेदभाव रहित, शिक्षा र संस्कृतिको अधिकार, सुचना तथा जानकारीको अधिकार तथा हिंसा, यौन शोषण, दुव्र्यहार, बेचविखन, बालविवाह, जोखिमपुर्ण काम विरुद्धको अधिकार लगायतलाई समेटिएको छ ।
भेलाले जनक सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ |

Thursday, December 23, 2010

ऐक्यवद्धता निर्माण तालिम सम्पन्न

प्रकाश डोटेल स्याङ्जा–८, पौष
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा स्याङ्जाको आयोजनामा जिल्ला सदरमुकाममा सामुदायिक ऐक्यवद्धता निर्माण तालिम सम्बन्धी दुईदिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा सामु्दायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा स्याङ्जा अन्र्तगत जिल्लाका पदाधिकारी, रेन्जपोष्टका पदाधिकारी र सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि गरि २१ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रशिक्षक मिना सुयलले प्रशिक्षण दिएकी थिइन् ।
जिल्ला शाखाका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सामुदायिक वनको ऐतिहासिक विकासक्रम र सामुदायिक वन सम्बन्धी कानुनी व्यवस्थाहरुको बारेमा प्रशिक्षण प्रदान गरिएको सचिव दोबहादुर कार्कीले बताएका छन् ।

धार्मिक पर्यटकिय क्षैत्र सिताकुण्डमा मोटर पुग्यो

प्रकाश डोटेल स्याङ्जा–८, पौष
पाल्पा जिल्लाको दक्षिण भेगको पर्यटकिय क्षेत्र दर्छा गाविस स्थित सिताकुण्ड लाम्टाङ्मा पहिलो पटक ग्रामीण सडक निर्माण सम्पन्न भएको छ । एक सय आठ कुण्ड मध्येको एक सिताकुण्ड हो । दर्छा गाबिसको १० लाख अनुदान सहयोग वडा नं २ र ३ को वडा कोष तथा जुल्केनी सामुदायिक बनको समुह कोष र स्थानीय उपभोक्ताको श्रमदान ३ लाख गरी १३ लाखको लागतमा सात किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न भएको हो । सडक पुगेपछि सिताकुण्ड क्षेत्रमा पहिलो पटक बस पनि पुगेको छ ।
गण्डकीबेसी पाल्पा जिल्लाको धार्मिक एवं एतिहासीक रुपलै महत्वपूर्ण सिताकुण्डमा सडक पुगेपछि यसको महत्व बढ्नुका साथै बिकास हुने आशा लिइएको सडक उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर ठाडाले बताए ।
त्रेतायुगमा मर्यादापुरुषौतम भगबान सिता र रामको किम्बदन्तीमा बिश्वास गरिदै आएको कहिल्यै नसुक्ने अग्लो डाडामा रहेको कुण्डको बिकास प्रचार– प्रसार गरी पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर गदै सर्बदलिय सहमतिमा दश लाख अनुदान बिनियोजन गरि सडक निर्माण गरिएको गाबिस सचिब देबेन्द्र प्रसाद पोखरेलले बताए ।
जिल्लाकै बिकट क्षेत्रमा रहेको सिताकण्डमा सडक पुगेपछि यसक्षेत्रको पर्यटन बिकास हुने स्थानिय उत्पादन तरकारीले बजार पाउने भएपछि स्थानियवासीमा खुसी भएको श्याम मल्लले बताए ।
तालमा आफै फल्ने झर्नै उम्रने पशुले कहिलै नखाने धान मनोआकांक्षा भाकल पुरा हुने बिश्वास गरीने सिताकुण्डमा हरेक कृष्णजन्मष्टमीका दिन काली नदि रामघाटबाट सिताकुण्डमा जल चढाइ धान गोड्नहरुको मेला लाग्दछ ।

दुइसयको सिम पाँच सयमा बिक्रि

प्रकाश डोटेल स्याङ्जा–८, पौष
नेपाल टेलिकमले वितरण गरेको प्रिपेड मोवाइलको सिम दुइ सयमा किनेर पाँच सयमा बिक्रि भएको खुलासा भएको छ । नेपाल टेलिकमले सक्कली फर्मको फोटोकपीबाट सिम वितरण गर्दा सिमको व्यापारमा संलग्न हुनेले सिम बिक्रि गरेका हुन् । पौष ४ गते देखी वितरण गर्न लागीएको दुई सयको सिम टेलिकमबाट किनेर गाँउघरका सोझा साझा सर्वसाधारणलाई सिम बिक्रि गरिएको उपभोक्ता बताउछन् । सिम प्राप्त गर्न भरीने निवेदनका लागी टेलीकमले सक्कली फर्म उपलब्ध नगराउदा सिमको व्यापार गर्नेले यस्तो मौका पाएका हुन् ।
एउटै ब्यक्तिले ५० ओटा सम्म फर्म बुझाएपछि ५० ओटै सिम टेलिकमले दिने गरेको छ । टेलिकममा लाइनमा बस्नु पर्ने झन्झट भएकाले र सक्कली फर्म नभएपनि हुने गरेकाले सिमको व्यपार गर्ने दलालीहरुले यस्तो मौका पाएको उपभोक्ताको गुनासो छ ।
स्याङ्जामा मात्रै तीनदिनमा करिव ४ हजार सिम वितरण भएको छ । ४ हजार सिम मध्ये २ हजार सिम दलालहरुले लगेको टेलिमक स्याङ्जाले आशंका गरेको छ । तीनदिन सम्म वितरण गरिएको सिम मध्ये ५० प्रतिशत सिमको चलखेल गरेका दलालले निरन्तरता दिइरहनेहो भने र टेलिकमले समयमा ध्यान नपुर्याएमा दलालले लाखौको ठगी गर्न सक्ने बताइएको छ ।
अर्को तर्फ टेलिकमले सक्कली फर्म उपलव्ध नगराएपछि फोटोकपीको १५ रुपया तिरेर निवेदन दिनुपर्दा पनि उपभोक्ता ठगीन बाध्य भएका छन् । टेलिकमले दिएको सक्कली फर्मबाट फोटोकपी गरेर व्यवसाय गर्नेको स्याङ्जा बजारमा तछाडमछाड नै छ ।
नेपाल टेलिकमले स्याङ्जाको सदरमुकाम पुतलीबजार, वालिङ् र गल्याङ्बाट गरि तीन स्थानबाट सिम बितरण गरिरहेको छ । सिमको दलाल गर्नेहरुले स्याङ्जाका तीन स्थानबाट एउटै नागरिकता प्रयोग गरि सिम लिने गरेको समेत बताइएको छ ।

Wednesday, December 22, 2010

स्याङ्जा शाखाबाट समेत सिम काड लिनेको भिड

 लोक नाथ मरासिनी , स्याङ्गजा
 
नेपाल टेलिकमले २०० रुपैयामा सिम कार्ड वित्रि वितरण सुरु गरेपछि स्याङ्जा शाखाबाट समेत सिम काड लिनेको भिड बढेको छ । पौष ४ गते देखि लागु हुने गरी टेलिकमले देशै भरी सस्तोमा सिम उपल्बध गराउन लागेपछि स्याङ्जामा पनि भिड बढेको हो । यस भन्दा अगाडि ११ सय ३५ मा बित्रि वितरण हुदै आएको सिम कार्ड अहिले २०० पाउने भएपछि सदरमुकाम स्याङ्जा बजारमा रहेको शाखा कार्यलयबाट मात्रै ४ दिनको अवधिसम्म ३५०० सिम वितरण भइसकेको टेलिकम स्याङ्जाले जनाएको छ । स्याङ्जा शाखाबाट दैनिक लगभग हजारको हाराहारिमा सिम वितरण हुदै आएका छन् । २०० रुपैयामा उपल्बध हुने सिम कार्डमा १ सय रुपैया व्यालेन्स समेत रहने र यो सेवा अब निरन्तर लागु हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले स्याङ्जाको सदरमुकाम पुतलीबजार, वालिङ् र गल्याङ् बाट गरि तिन ठाउ बाट सिम बितरण गरेको छ । स्याङ्जामा नेपाल टेलिकमका साथै एनसिएल र युटिएलका समेत उपभोक्ताहरु रहेका छन् । अन्य नेटवर्ककका मोवाइलका सिमहरु सर्वसुलभ रुपमा पसलहरुमा पाइने भएपनि टेलिकमको भने अफिसमै जानुपर्ने झन्झटले गर्द केहि सिम कार्डहरु दलालि समेत हुने गरेको उपभोत्ताहरुको गुनासो रहेको छ ।

Monday, December 20, 2010

वालिङमा आइसिटी सम्मेलन सम्पन्न

प्रकाश डोटेल स्याङ्जा–५, पौष
स्याङजाको वालिङमा जिल्लामै पहिलो पटक आईसिटी सम्मेलन सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघको सिटीहलमा सम्पन्न ईन्टरनेट तथा पछिल्लो आईटीको वारेमा जानकारी गराउनुको साथै छलफल भएको थियो । सम्मेलनको उद्दघाटन गर्दै क्यानका केन्द्रिय उपाध्यक्ष किशोर पन्तले सूचना प्रविधिको पछिल्लो जानकारी दिनु सवैले आवश्यक्ता रहेको भन्दै प्रविधिको सही सदुपयोग गर्न सक्ने हो भने मानव जीवन सफल हुने स्पक्ष्ट समेत पारे । उनले सूचना प्रविधिको विकासले विश्वलाई नै गोलवद्ध वनाएको स्पष्ट पारे ।
कम्यूटर एसोसिएसन अफ नेपाल क्यान स्याङजाको आयोजनामा भएको आईसीटी सम्मेलनमा शैक्षिक संस्थाका प्रतिनिधि तथा विद्यार्थी, वैक तथा वित्तिय क्षेत्रका प्रतिनिध तथा विभिन्न आईटी सम्वन्धी जाकनारी लिनेको उल्लेख्य सहभागिता थियो ।

सिरुबारी होमस्टे तालिम केन्द्र बन्ने

प्रकाश डोटेल स्याङ्जा–५, पौष
पर्यटन वर्ष २०११ लाई ध्यानमा राखेर नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी होमस्टे तालिम केन्द्र बन्ने भएको छ । आवश्यक पुर्वाधारको अभावमा स्थानिय पर्यटक व्यवसायी गाउँ छाडने क्रम बढेको थियो । सिरुबारीलाई होमस्टे तालिम केन्द्र घोषणाको तयारीसँगै आवश्यक पुर्वाधार बन्नेमा व्यवसायी थप आशावादी भएका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहलमा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सिरुबारी होमस्टे तालिम केन्द्र बन्ने भएको संघका अध्यक्ष दिपक लम्सालले बताए । पर्यटन मनत्रालयले केहि दिनभित्रमा केन्द्र घोषणा हुने लम्सालले बताए ।
 तालिम केन्द्रका रुपमा औपचारिक घोषण भएपछि सिरुबारी गाउँमा देशका विभिन्न भागमा संचालनको तयारीमा रहेका ग्रामीण पर्यटक क्षेत्रका व्यवसायीहरु समुह–समुहमा आउनेछन् । नेपाल भ्रमण वर्ष १०९८ को समयमा सिरुबारीमा थालिएको होमस्टे अवधारणाको अवलोकन तथा अनुशरण गर्दै व्यवसायीले तालिम लिने छन् ।
सिरुबारी नेपालकै पहिलो होमस्टे तालिम संचालन भएको क्षेत्र हो । त्यहाँ स्थानिय स्तरमा उत्पादीत कृषिजन्य बस्तुको प्रयोगमा पर्यटकलाई मनपर्ने खानाका परिकार बनाउने गर्दछन् ।
ग्रामीण स्तरमा पर्यटकको खानपान र बसोबासको प्रबन्ध मिलाउनेलाई होमस्टे भन्ने गरिन्छ । केन्द्र बन्ने भएपछि स्थानिय पर्यटन व्यवसायीमा उत्साह छाएको छ । सिरुबारी ग्रामीण पर्यटन मोडलमा देशका अन्य पर्यटक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने कार्य जारी छ ।
सिरुबारीको थप प्रचार हुने भयो । स्थानिय पर्यटन व्यवसायी बबरसिंह गुरुङ्ले भने, अब आन्तरिक तथा बाह्यि पर्यटकको आगमनमा बृद्धि हुने छ । गुरुङ्ले थपे, होमस्टे तालिम केन्द्र सिरुबारीको राम्रो पहिचानको अवसर पनि हो

एचआईभि एडसको सकरात्मक रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न

लोकनाथ मरासिनी

पौष ५,स्याङ्जा
एच आई भि एडस एंव लान्छना तथा भेदभावको सकरात्मक रोकथाम सम्बन्धि १ दिने कार्यक्रम राङ्भाङ् गाउँ विकास समिति स्याङ्जामा सम्पन्न भएको छ ।स्याङ्जा सपोर्ट ग्रुपको अयोजनामा गाउँ विकास समिति र उपस्वास्थ्य चौकिको संयुक्त सहयोगमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।एच आई भि सबैको सामुहिक समस्या हो भन्ने विषयलाई महशुस गराउने उद्धेशयले संचालित कार्यक्रममा संक्रमितहरुको आवज आफ्नै स्वारमा समेत प्रस्तुत गर्दै २ जना संक्रमितहरुको अनुभव सुनाइएको थियो ।

 गाविसका ५७ जनाको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै राङ्भाङ गाविस सचिव खुमलाल ढकालले एच आई भि को क्षेत्रमा आफ्नो क्षेत्रबाट सक्दो पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
स्याङ्जा सपोर्ट ग्रुपका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा सम्पन्न कर्यक्रममा सपोर्ट ग्रुपका परियोजना संयोजक विजय ज्ञावलि तथा राधाकुष्ण शर्माले प्रशिक्षण समेत प्रदान गरेका थिए ।

अरनिको माध्यामिक विद्यालय राङ्भाङ्ग ५ स्याङ्जाको ६१ औ वार्षिकउत्सव सम्पन्न

लोकनाथ मरासिनी

पौष ५,स्याङ्जा

अरनिको माध्यामिक विद्यालय राङ्भाङ्ग ५ स्याङ्जाको ६१ औ वार्षिकउत्सव तथा अभिभावक भेला सोमबार सम्पन्न भएको छ ।सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले विद्यालयको भौतिक श्रोत र साधनसँगै गुणस्तरीय शिक्षमा पनि जोड दिनुपर्ने बताएका थिए ।विद्यालयको वर्षिकउत्सवकै अवसर पारी विद्यालयका प्रध्यानध्यापक हेमराज अर्याल लगायत विभिन्न शिक्षकहरु तथा क्रियाशिल अभिभावकहरुलाई समेत सम्मान गरीएको छ ।
कार्यक्रममा विद्यालय निरिक्षक पदमराज अचार्य, दिर्घबन्दु सुवेदी, हेमन्त थापा, बेलकुमार थापा, नेत्रकुमारी थापा लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार गुरुङ्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्याङ्जामा सप्ताहाव्यापि रुपमा गाविसहरु खुल्ला दिशामुक्त घोषित हुदै

लोकनाथ मरासिनी

पौष ५,स्याङ्जा
सोमबार बाहाकोट खुल्ला दिशा मुत्त गाविस घोषित सन् २०११ सम्म खुल्ला दिशामुक्त जिल्ला घोषण गर्ने अभियानका साथ अगाडि बढेको जिल्ला विकास समिति स्याङ्जाले सप्ताह व्यापि कार्यक्रम अन्र्तगत सोमबार  बाहाकोट गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको छ । अभियानको तेस्रो दिन अन्र्तगत सोमबार विभिन्न कार्यक्रमका साथ बाहाकोटलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको हो ।बाहाकोट गाउँ विकास समिति स्थीत क्रन्तिकारी चौतारोमा सम्पन्न भेलामा सम्पुर्ण बहाकोट बासीहरुले म मरो परिवार र मेरो घरमा आउने पाहुनाहरुले बाहाकोट देवि काखमा बसी अग्नी साँची खुल्ला दिशा गर्ने छैनै भनि प्रतिबद्धता व्यत्त गर्दछै भनि कसम समेत खाएका छन् ।

      बाहाकोटमा सम्पन्न सो कार्यक्रममा स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषण गरेका हुन् ।
गाविसमा रहेको ४७२ सम्पुर्ण घरहरुमा चर्पि निर्माण पश्चात गाविसलाई खुल्ला दिशामुक्त घोषण गरीएको हो ।
खुल्ला दिशामुक्त गाविस घोषण कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला इन्जीनियर अमृत श्रेष्ठ, जिविस स्याङ्जाका इन्जीनियर खेमकान्त रेग्मी, पश्मिाञ्चल नेपाल ग्रमिण खानेपानि तथा स्वास्थ्य सरसफाई परियोजनाका प्रमुख लोकनाथ रेग्मी लगायतले बोलेका थिए  ।
 जिल्ला विकास समिति स्याङ्जको सप्ताहा व्यापि कार्यक्रम अन्र्तगत शनिबारबाट सुरु भएको कर्यक्रम अन्र्तगत शनिबार बागेफड, आइतबार बाङसीङ् र सोमबार बाहाकोट खुल्ला दिशामुक्त गाविस घोषण भएका हुन ,भने मंगलबार भाडखोला, बुधबार मालुङ्गा, विहिबार चण्डी भञ्ज्यङ्ग र शुक्रबार ढापुक लाई खुल्ला दिशामुक्त गाविस घोषण गरीने जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ ।

Sunday, December 19, 2010

साखँरको राधादामोदर मन्दिरमा बृद्ध आश्रम निमार्ण

Lok Nath Marasini
स्याङ्गजा जिल्लाको सबैभन्दा होचो भागमा रहेको मन्दिर साखँरको राधादामोदर मन्दिरमा बृद्ध आश्रम निमार्ण भएको छ । ४० जना अटाउन सक्ने क्षमता भएको एक तले १० कोठे बृद्धाआक्षम भवन निमार्ण भएको हो । महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयको १२ लाख र धनधान्याञ्चल महायज्ञको १६ लाख गरेर करिब २८ लाखको खर्चमा बृद्धा आश्रम निमार्ण गरिएको निमार्ण समितिका सचिब घनश्याम खनालले बताउनुभयो । मन्दिरमा रहेका ४० जना बृद्धहरुलाई व्यबस्थित बसाई र सुरक्षित स्थानका लागि मन्दिर परिसरमा बृद्ध आश्रम निमार्ण गरिएको हो । निमार्ण कार्य पूरा भएपछि आउँदो माघ महिनाबाट बृद्धबृद्धालाई आश्रममा बस्ने वाताबरण गराइने भएको छ । २ तले निमार्ण लक्ष्य लिइएको भवनको अर्को तला भने आर्थिक अभाबका कारण निर्माण कार्य सारिएको समितिका हरिबाबु पोखरेलले बताउनुभयो । स्याङ्गजा,पाल्पा तनहुँ र नवलपरासी गरेर ४ जिल्लाको केन्द्र कालीगण्डकी नदीको किनार साखँर स्याङ्गजामा स्थापना गरिएको आश्रममा ४ जिल्ला सहित पश्चिमाञ्चल क्षेत्रका सयौ बृद्धबृद्धाको लागि साहारा बन्ने छ ।

एमाले निकटको दलित भातृ संगठन मुक्ति समाजको २३ औ स्थापना दिवस

 Lok Nath Marasini
नेकपा एमाले निकटको दलित भातृ संगठन मुक्ति समाजको २३ औ स्थापना दिवस अजा स्याङ्जा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । मदन आश्रित स्मृति भवन स्याङ्जाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा अब बन्ने नयँ संविधानमा दलितका हक अधिकारका विषयमा स्पष्ट उल्लेख गर्न सबै हक हुनुको विकल्प नभएको बत्ताहरुले जोड दिएका थिए । मुक्ति समाज नेपालका केन्द्रिय उपाध्यक्ष टेकु नेपाली, एमाले स्याङ्जाका उपसचिव सुधिर पौडेल, एमाले स्याङ्जा सचिवालय सदस्य सिता सुन्दास, जमानसिंह नेपाली लगायतले बोल्नुभएको थियो । मुक्ति समाज स्याङ्जाका अध्यक्ष खडकबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धनमाया विकले गर्नुभएको थियो भने संचालन सदस्य मोहन गहतराजले गर्नुभएको थियो ।

जिल्लाका ७ ओटा गाविसलाई खुल्ला दिशामुक्त गाविसहरु घोषण अभियान

स्याङ्जा जिल्लालाई सन् २०११ सम्म खुल्ला दिशामुक्त जिल्ला घोषण गर्ने अभियानका साथ अगाडि बढेको जिल्ला विकास समिति स्याङ्जाले अजादेखि सप्ताहा व्यापि रुपमा जिल्लाका ७ ओटा गाविसलाई खुल्ला दिशामुक्त गाविसहरु घोषण अभियान सुरु थालेको छ । अभियानको पहिलो दिन आज बागेफडके गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको छ । स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले आज बागेफडकेलाई एक कार्यक्रमका विच खुल्ला दिशामुक्त क्षेत्र घोषण गर्नुभएको हो । खुल्ला दिशामुक्त क्षेत्र घोषण कार्यक्रममा अजा वागेफडकेका स्थानिय वासीहरुले पुर्ण रुपमा खुल्ला दिश मुक्त गाविस बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । खुल्ला दिशामुक्त गाविस घोषण कार्यक्रममा प्रमुख इन्जीनियर अमृत श्रेष्ठ, जिविस स्याङ्जाका उपसचिव हुमनाथ शर्मा ढकाल, मोतिप्रसाद भुषाल लगायतले बोल्नुभएको थियो । सप्ताहाव्यपि रुपमा आज बाट सुरु भएको खुल्ला दिशामुक्त गाविस घोषण अन्र्तगत भोलिबाट क्रमश बाङ्सीङ्, बहाकोट, भाडखोला, मालुङ्ग, चण्डी भञ्ज्याङ्ग र ढापुकलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीने जिल्ला विकास समिति स्याङ्जाले जानकारी दिएको छ

लोकतान्त्रीक राजनिति र समाजवादि अर्थनिति एक मत्रै बाटो :कमल पंगेनि

Lok Nath Marasini
नायँ र समृद्ध नेपालका लागि लोकतान्त्रीक राजनिति र समाजवादि अर्थनिति एक मत्रै बाटो भएको नेपलि कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनिले बताउनुभएको छ । मनकामना गाउँ विकास समिति कुसुम भञ्ज्याङ्ग स्याङ्जमा आज भएको एक कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति पंगेनिले देशलाई माया गर्ने लकतन्त्रबादिहरु एक हुनुपर्ने बेला आएको बताउनुभएको हो । गाउँ सभापति उमापत्ति शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि कमलाप्रसाद गुरुङ्, जिवन ज्योति उच्च माविका प्रचार्य सामबहादुर गुरुङ, तरुण दलका जिल्ला सदस्य खेम गुरुङ्, खडकबहादुर खाड, ध्रुव खाड, रोशन थापामगर, भिमनारायण काफ्ले लगायतले संविधान निर्माण पुर्व माओवदी शिवीरहरु खालि गरीनुपर्नेमा जोड दिएका थिए

ओशो स्याङ्जा जुनुतारा अन्तरगत सम्पन्न अडिसन बाट उत्कृष्ट १० प्रतियोगी घोषित

Lok Nath Marasini
सिस्ड नेपाल संस्थाले संचालन गरेको ओशो स्याङ्जा जुनुतारा अन्तरगत आज सम्पन्न अडिसन बाट उत्कृष्ट १० प्रतियोगी घोषित भएका छन् । अडिसनबाट गायन तर्फ ५ जना र नृत्य तर्फ ५ गरि उत्कृष्ट १० घोषित भएका हुन् । गायन तर्फ उत्कृटहुनेहरुमा बुद्ध गुरुङ्, नैनेन्द्र गुरुङ्, नविन कटट्वाल, अशोक गुरुङ्, विजय सुनार, सुसान्त गुरुङ रहेका छने भने नृत्यतर्फबाट भुममाया थापा, सोनिम थापा, कंञ्चन गुरुङ, सम्झना गुरुङ्, सुरक्षा पौडेल, नानुमाया गुरुङ् रहेको अयोजकले जानकारी दिएको छ ।

रङ्गेठाटिमा निशुलक आखा शिविर सम्पन्न

Lok Nath Marasini
स्थानीय आमा समुह तथा लायन्स क्लब अफ पोखरा अर्पण लामाचौरको संयुक्त अयोजनामा स्याङ्जाको रङ्गेठाटिमा आज निशुलक आखा शिविर सम्पन्न भएको छ । आखा शिविरमा ४३० जनाले आखा परिक्षण गराएकोमा ३ जनामा मोतिया विन्दु भेटिएको छ । शिविरबाटै २४ जना विरामीको निशुल्क आखाको अप्रेशनको व्यवस्था मिलाइएको छ भने आजको शिविरमा २० हजार बरारावरको औषधि वितरण भएको अयोजकले जानकारी दिएका छन् । शिवीरमा हिमालय अस्पतालका डा. गोविन्दनाथ योगी सहित ५ जनाले उपचार गरेका थिए । एक औपचारी कार्यक्रमका विच सम्पन्न शिविरमा आखा शिविर संयोजक (सह सचिव) लक्ष्मी पाण्डे , जानकी पन्त , प्रधुम्न पनेरु उचच मावि प्राचार्य बुद्धि बहादुर क्षेत्री, ख्यामनारायण पनेरु लगाएतले बोल्नुभएको थियो । सिता देवी ताम्राकारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हा

गरिमाले सुनचाँदी कर्जा लगानी गर्ने


प्रकाश डोटेल स्याङ्जा-३, पौष
वालिङ्मा रहेको गरिमा विकास बैंकले सुनचादी धितो राखेर कर्जा लगानी गर्ने योजना ल्याएको छ । गरिमा विकास बैंक चौथो बर्षा प्रवेस गरेको उपलक्ष्यमा नयाँ कार्ययोजना अर्न्तर्गत सुनचादी कर्जा लाइ अगाडी ल्याएको हो ।
स्याङ्जाको प्रमुख व्यपारीक केन्द्र वालिङ् बजारमा दिनानुदिन नयाँ बैंकहरु आउने क्रम जारी रहेपनि उपभोक्तलाई कर्जा लगानीमा कठिनाइ हुने गरेको थियो । अति सरल तवरले कर्जा लगानी गर्ने गरिमा विकास बैंकले सुनचादी राखेर कर्जा वितरण गर्ने योजना ल्याएको हो ।
वालिङ्मा नेपाल बैंक लिमिटेडले मात्रै सुनचाँदी राखेर कर्जा वितरण गर्दै आइरहेको थियो । गरिमाले पनि सुनचाँदी कर्जा लगानी गर्ने भएपछि यो सेवा प्रदान गर्नेमा बैंकहरु दुइ ओटा भएको छ । बैंकले पहिलो प्राथामिकतामा सुनचाँदी राखेर कर्जा लैजानेमा किसान र दोस्रोमा व्यपारीलाई प्राथामिक दिने जनाएको छ ।
बैंकले पहिलो बर्षा करिव एक करोड लगानी गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष जलेश्वर पाण्डेले बताए अध्यक्ष पाण्डेका अनुसार बैंकले यो सेवालाइृ पहिलो चरण्मा वालिङ् क्षेत्रमा मात्रै लागु गरेको हो । तिन महिनामा व्याज तिर्न पाइने र कर्जामा सेवा शुल्क पनि नलाग्ने भएपछि यस्तो कर्जामा ग्राहकहरुको आर्कषण बढने बैंकले अपेक्षा लिएको छ ।

आप्रवासी दिवसमा विविध कार्यक्रम


प्रकाश डोटेल स्याङ्जा-३, पौष
कामका खोजीमा देश बाहिर रहेका आप्रवासी कामदारको अधिकारलाई संरक्षण गर्न तथा कामको खोजीमा बाहिर जान लागेकाहरुलाई सचेतना मुलक कार्यक्रम गर्दै नेपालमा सन २००० देखि मनाउँदै आएको आप्रवासन दिवस शनिवार देश भर विभिन्न कार्यक्रम संचालन गरि मनाइएको छ ।
देशका विभिन्न शहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा प्रभातफेरि, अन्तरक्रिया, सचेतना मुलक कार्यक्रम, आप्रवासी कामदारहरुको समस्याहरुको भनाई र सुनाई तथा रचनात्मक कार्यक्रम गरि यो दिवस मनाइएको हो ।
अन्तरराष्ट्रिय आप्रवासन दिवस २०१० का अवसरमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जारी गरेको राष्ट्रिय आव्हृान पत्रमा २०६७ आषाढ मसान्तसम्ममा श्रम स्वीकृत लिएर जानेको संख्या १७ लाख २६ हजार ३ सय १८ रहेको बताइएको छ ।
श्रम स्वीकृत लिनेको संख्या करिव १८ लाख भएपनि अभिलेखवद्ध नगरिएको संख्या जोड्ने हो भने यो दोब्बर हुने अनुमान गरिएको छ । नेपाली आप्रवासी कामदारले प्रत्येक वर्षनेपालमा करिव २ खर्ब रेमिटान्स भित्र्याउने गरेका छन् ।
त्यसैगरि नेपालबाट ठूलो संख्यामा महिलाहरु पनि कामको खोजीमा विदेशीने क्रम बढ्दो छ । सरकारले बैदेशिक रोजगारमा संलग्न कामदारहरुको अधिकार संरक्षण तथा प्रवर्द्धन गर्नका लागि बैदेशिक रोजगार ऐन २०६४ तथा नियमावली २०६४ कार्यान्वयनमा ल्याएको छ ।
आप्रवासि दिवसलाई भव्यताका साथ सम्पन्न गर्न तथा यसको महत्व अझ प्रभावकारी बनाउने जिल्लाका सबै गाविस स्तरमा सचेतनाम मुलक कार्यक्रम गर्न पत्रचार गरिएको स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेलले बताए । कार्यक्रमबाट आप्रवासी कामदारका परिवार अझ सचेत हुने अपेक्षा गरिएको पौडेलले बताए ।
अन्तरराष्ट्रिय आप्रवासन दिवस २०१० लाई भव्यतापूर्वक सम्पन्न गर्न श्रम तथा यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा केन्द्रिय समिति गठन गरि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यस दिवसलाई भव्यताका साथ सम्पन्न गर्नमा संयुक्त राष्ट्रसंघ महिला विकास कोष युनिफेमले सहयोग गरेको छ 

स्याङजामा २ सय ३१ एच आइ भी संक्रमित


प्रकाश डोटेल स्याङ्जा-३, पौष
स्याङजामा एचआइभी संक्रमितको संख्या २ सय ३१ पुगेको छ । एड्स लागेर मृत्यु हुनेको संख्या भने ३० पुगेको छ । एचआइभी संक्रमितहरु सामाजिक विभेदका कारणले खुल्न नसक्दा एकीन तथ्याङ्क बाहिर आउन नसकेको गैर सरकारी सस्थाको भनाइ छ ।
जिल्लामा एचआईभी एड्को क्षेत्रमा कार्यरत संघसंस्थाले करोडौंको काम गरेको बताएका छन् । करोडौको वजेट आएपनि संक्रमितसम्म पुग्ने गरेको छैन । संक्रमितहरु बिभिन्न संघ संस्थाको साहरामा आफ्नै शिपलाई परिचालन गरि बाच्न बाध्य भएका छन ।
एचआइभी लाग्नुको कारण जेहोस्, मायाको सट्टा छिछि र दुरदुर हुनेहुँदा एचआइभि संक्रिमित खुलेर वाहिर आउन चाहदैनन् । जसले गर्दा अझ उनीहरुबाट अरु व्यक्तिमा र्सर्ने संभावना वढ्छ ।
हालसम्म जिल्लामा २ सय ३१ एचआइभि संक्रमित वाहिर आएका छन् । जसमध्ये १ सय ३५ पुरुष र ९६ महिला रहेका छन् । यि मध्ये संक्रमित बालबालिका २१ जना छन् ।
सामाजिक अपहेलनाका कारण संक्रमितहरु खुलेर वाहिर आएका छैनन । जसले हिम्मत देखाएर म एचआइभि पिडित हु भनेर अगाडि आएका छन् उनीहरुलाई संक्रमणभन्दा पनि परिवार र समाजका कारण वाँच्न गाहो भैरहेको एचआइभी संक्रमित जगत खडकाले बताए ।
सरकारवाट एचआईभि संक्रमितका लागि छुट्टाइएको वजेट पनि राम्रोसँग परिचालन हुन सकेको छैन् । संक्रमणमा परेकाले नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ । त्यसमा पनि औषधी लिनैका पोखरा पुग्नुपर्ने बाध्यताले थप पीडामा परेको बताउछन संक्रमित धनसिंह थापा ।
संक्रमित विरामीलाई सहयोग गर्ने नाममा खुलेका गैरसरकारी संघसस्थाले केही सीपमूलक तालिम दिइरहेका पनि छन् । तर सामाजिक असहयोगका कारण यो सीप प्रयोगमा ल्याउन सजिलो देखिएकेा छैन ।
संक्रमित तथा प्रभाबित अहिले आयअर्जन गर्न बिभिन्न शिपमुलक कार्यहरु गर्दै आइरहेका छन तर उनिहरुको शिपको उचित मुल्य पाउन सकेका छैनन । राज्यले उचित बजेटको ब्यबस्थ ागर्न सके उनिहरु सहज जिवनयापन गर्न गर्न सक्ने संकल्प सहयोग संस्थाका संयोजक लक्ष्मण खांणले बताए ।

Saturday, December 18, 2010

स्याङ्जामा सुर्तीजन्य पदार्थ सेवन विरुद्ध पदयात्रा

लोकनाथ मरासिनी पौष २,स्याङ्जा  
सुर्तीजन्य पदार्थ सेवन विरुद्ध स्याङ्जामा शुक्रबार जनचेतनामुलक पदयात्रा लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको भएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल स्याङ्जामा आवद्ध २२ सामाजिक संस्था र नागरिक समाजको सक्रियतामा जनदवाव पदयात्रा तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम आयोजना गरिएको हो । स्याङ्जा सदरमुकामको सहिदचोकबाट निस्केको पदयात्राले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली मार्फत ज्ञापन पत्र बुझाएको हो । जनस्वास्थयमा प्रतक्ष्य असर पार्ने सुर्तिजन्य बस्तुहरुको नियन्त्रणका लागि अन्तराष्ट्रिय महासन्धि र नेपालको अन्तरिम संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि लागु नगर्नाले हजारौं नेपाली सुर्तिजन्य पदार्थको सेवनबाट रोगी भई अकालमा मृत्यु भएकोले सुर्ति नियन्त्रण तथा नियमन विधेयक संसदबाट पास गरी लागु गर्न जोडदार ज्ञापनपत्रमा माग गरेको छ । ज्ञापनपत्रमा व्यवस्थापिका संसदमा विधेयक पेश गर्ने वातावरण नभए मन्त्रिपरिषदबाट निर्णय गराएर तुरुन्त लागु गर्न जोड दिइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वलीले सञ्जालले गरेको कामको स्रहान गर्दै सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ प्रयोग नगर्न सवैसँग आग्रह गर्नुभयो ।

Friday, December 17, 2010

पञ्चासेमा दैनिक सयौ पर्यटकको ओइरो

लक्ष्मीप्रसाद सापकोटा
सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउँदै गर्दा पर्वत, कास्की र स्याङ्जाको सिमानामा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे सही गन्तव्य हुन सक्छ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा अवस्थित यो स्थान प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवं ऐतिहासिक पर्यटनका लागि प्रसिद्ध छ ।
पर्वत सदरमुकामदेखि राम्जा अथवा चित्रे, कास्कीबाट नौडाँडा हुँदै भदौरे, सिधाने गाविस र स्याङ्जाबाट बाङसिंग र काउले हुँदै पञ्चासे पुग्न सकिन्छ । पञ्चासे कास्कीबाट ३५ किलोमिटर, पर्वतबाट ३५ किमि र स्याङ्जाबाट ४० किमिको दूरीमा पर्छ । तीनवटै जिल्ला सदरमुकामबाट पैदलयात्रा गरेर पनि उक्त स्थानमा पुग्न सकिन्छ । सबै जिल्लाबाट सहज रूपमा यातायातको पनि व्यवस्था छ ।
समुद्री सतहदेखि २ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे अहिले पश्चिमाञ्चल क्षेत्रकै मुख्य पर्यटकीय क्षेत्र बनिरहेको छ । घना जंगलसँगै विभिन्न धार्मिक स्थलहरूका साथै सफा र सुन्दर प्राकृतिक ताल पनि यहाँ छ । पछिल्लो समयमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । यहाँबाट पश्चिमाञ्चल क्षेत्रका अन्नपूर्ण, गणेश, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायत एक दर्जनभन्दा बढी हिमश्रृंखला एकैसाथ दख्न सकिन्छ । त्यस्तै पर्वत, बाग्लुङ, पोखरा, पाल्पा, स्याङ्जा, वालिङ, तनहुँलगायतका जिल्ला सदरमुकामसमेत अवलोकन गर्न सकिन्छ ।
यहाँ जाने पर्यटकहरू प्रायः अघिल्लै दिन पुग्छन् । पञ्चासे जाने पर्यटकका लागि कास्कीको भदौरे, पर्वतको चित्रे, राम्जा र आर्थर, त्यस्तै कास्कीको बाङसिङ र सरादीमा होमस्टेको समेत सुविधा छ । पर्यटकहरू सूर्याेदयसँगै हिमालको मनमोहक दृश्य हेर्नका लागि अघिल्लै दिन होमस्टे भएको ठाउँमा गएर बास बस्ने र अर्को दिन बिहान सबेरै उठेर डाँडामा पुग्छन् ।
अधिकांश आन्तरिक र केही मात्रमा बाह्य पर्यटक कास्कीको सिधानेसम्म गाडी रिजर्भ गरेर आउने र त्यहा“बाट मनोरम दृश्य नियाल्दै पैदल यात्रामार्फत पञ्चासे पुग्ने गरेको पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले बताए ।
“पञ्चासेबाट लोभलाग्दा मनोरम दृश्य हेर्न पर्यटकको घुइ“चो लाग्छ,” अध्यक्ष गुरुङ्गले भने, “विगतका वर्षभन्दा अहिले मौसम राम्रो परेकाले हिमश्रृंङ्खलालगायत अन्य दृश्यसमेत सफा र स्पष्ट देखिएकाले यसपटक यहाँ आएका पर्यटक ज्यादै रमाएका छन् ।” उनका अनुसार पर्यटन वर्ष सुरु हुन लागेकाले पञ्चासेमा दिन–प्रतिदिन पर्यटकको आगमनमा वृद्धि भएको छ ।
होमस्टे सुविधाले पर्यटकलाई बढी आकर्षण गरेको पञ्चासे युवा क्लबका संस्थापक मनोज गुरुङले बताए । “यो वर्ष पञ्चासेमा गत वर्षभन्दा दोब्बरको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने उनको अनुमान छ । अहिले स्वदेशका अधिकांश जिल्लाका साथै विदेशी पर्यटकको पनि उत्तिकै लर्को लागेको गुरुङले बताए । उसो त पर्यटक मात्र हैनन्, शैक्षिक भ्रमणका लागि अवलोकन गर्न आउने शिक्षक तथा विद्यार्थीको संख्या पनि पञ्चासेमा उत्तिकै छ ।
यो क्षेत्रमा अत्यधिक जाडो हुने भए पनि जाडोको प्रवाह नगरी पर्यटक आउँछन् । होटलको अभावमा विदेशी पर्यटकहरू भने पाल टा“गेर बस्ने गरेका छन् । आन्तरिक पर्यटकहरू दुई दिनसम्म र विदेशी पर्यटकहरू चार दिनसम्म यो क्षेत्रमा घुमफिर गरी रमाउने गरेको चित्रेका होमस्टे सञ्चालकहरूले बताए ।
यहाँ विभिन्न क्षेत्र अवलोकनका लागि भ्यू टावरसमेत निर्माण गरिएको छ । कुनै पनि खोला वा मुहानविनाको ताल यो क्षेत्रको मुख्य आकर्षण हुन् । यस क्षेत्रमा पुराना र ऐतिहासिक मन्दिरहरू पनि छन् । तालमा कुनै पात खस्यो कि हावाले उति बेलै किनारमा पु¥याइदिने यहाँको तालका बारेमा मनिसहरूको विश्वास पनि अझै रोचक छ । ५ हजार ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासेको जंगलमा १ सय १२ थरीका सुनाखरी र बहुमूल्य जडिबुटीसमेत पाइन्छन् । पञ्चासे जडिबुटीका लागि पनि परिचित छ ।
मुख्य पर्यटकीय क्षेत्र मन्दिर र अतिथिगृह रहेको स्थानमा खानेपानीको समस्याले गर्दा पर्यटकहरूलाई भने समस्या हुने गरेको छ । नजिकमा स्रोत नभएकाले र निकै उचाइमा रहेकाले पनि पानी सहज रूपमा उपलब्धता हुन नसकेको हो । पञ्चासेसम्म खानेपानी विस्तारका लागि काम भने सुरु भइसकेको छ ।
गत वर्षदेखि सुचारु गरिएको होमस्टे सेवाले यहाँ जानेहरूलाई केही सहज भएको छ । चाडबाडको समयमा अन्य बेलाभन्दा धेरै पर्यटक यहाँ भित्रिन्छन् । “पहिले–पहिले प्रचार–प्रसारको अभावसँगै यातायातको असुविधाले निकै कम आउँथे,” पञ्चासेमा होटल सञ्चालन गर्दै आएका लोकबहादुर गुरुङले भने, “यातायातको सुविधाले बालबालिका, बूढापाकालगायत सबै वर्गका सर्वसाधारणहरू आउने गरेका छन् ।” होमस्टे भएका गाउँहरू पञ्चासेदेखि निकै तल झर्नुपर्ने भएकाले झन्झटिलो मानेर पञ्चासेमै बस्ने गरेको लोकबहादुरले बताए । बिहानीपख देखिने सूर्योदयसँगै आफ्नो तस्बिर क्यामेरामा कैद गर्न पर्यटकहरू जाँडो सहेरै भए पनि बस्ने गरेका हुन् ।
शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्ति, नववर्ष, हरीबोधनी एकादशी, पूर्णिमा, लगायत विभिन्न पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्छ ।
होटल–व्यवसाय पर्याप्त मात्रामा नभएको र पर्यटकलाई सेवासुविधा दिने उद्देश्यका साथ व्यवसाय विस्तार गरी धेरैको संख्यामा पर्यटक भित्र्याउने अभियानको शुरुवात भइरहेको स्थानीय मनोज गुरुङले बताए । सबै खाले सेवा–सुविधाको व्यवस्था गरेर लाखौं संख्यामा पर्यटक भित्र्याउने तयारी समितिले गरेको छ । पञ्चासे क्षेत्रकै प्रचार–प्रसार र पर्यटकहरूको थप आकर्षणका लागि स्थानीयवासीहरूले ‘पञ्चासे मेला’को आयोजना गर्ने भएका छन् । कास्कीको तमाङी गाविसको सिदाने गाउँमा मेला मंसिर १६ र १७ गरी दुई दिनसम्म मेला सञ्चालन गरिनेछ । मेलामा स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ घरेलु उत्पादनको प्रदर्शनी गरिने बताइएको छ । आयोजक पञ्चासे आदर्श युवा क्लबका अनुसार मेला अवलोकनका लागि आउने पाहुनालाई स्थानीय परिकारहरूको व्यवस्था गर्ने र आन्तरिक तथा बाह्य पर्यटकका लागि होमस्टे सुविधाको व्यवस्थासमेत गरिनेछ ।
पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने पर्यटकहरूको अकार्षणको केन्द्र भइसकेको पञ्चासे क्षेत्रलाई अझ सुविधासम्पन्न बनाउनका लागि चित्रे गाविसमा भएको होमस्टेलाई थप प्रभावकारी बनाउन लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताए । पञ्चासे क्षेत्रको रुट मानिने उक्त गाविसमा ११ वटा घरले होम स्टे सेवा दिँदै आएका छन् । प्राकृतिक हिसाबले महत्वपूर्ण मानिएको पञ्चासेको अझै व्यापक रूपमा प्रचार–प्रसार गर्न सके पर्यटन वर्षमा लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सरोकारवालाहरू बताउँछन्

कोलेनिका स्याङ्जा आफ्नै सुविधा सम्पन्न भवनमा

लोकनाथ मरासिनी मंसिर २७,स्याङ्जा  


स्थापना भएको झण्डै ३० वर्ष पछि कोष तथा लेखा नियन्त्रक कार्यलय स्याङ्जा आफनै सुविधा सम्पन्न भवनमा सरेको छ । २०३८ सालमा कोष तथा लेखा नियन्त्रक कार्यलयको स्थापना भएपश्चातनै भाडाको घरमा बस्दै आएको कोलेनिका स्याङ्जाले २० महिना लगाएर आफ्नै भवन निर्माण पश्चात सुविधा सम्पन्न भवनमा सरेको हो । जिल्लाको सम्पुर्ण सरकारी कार्यलयहरुको आर्थिक गतिविधिहरुको अनुगमन तथा नियन्त्रण गर्ने कार्यलय कोष तथा लेखा नियन्त्रक कार्यलय स्याङ्जाको भवन १ करोड २७ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । स्याङ्जा सदरमुकामको मुटु सहिद चोक नजिकै रेडक्रस भवन सँगै रहेको करिब १ रोपनि ३ आना जग्गामा भवन निर्माण गरीएको हो । ३ तले रहेको नवनिर्मित भवनमा सुविधासम्पन्न ७ कोठा कार्यलय प्रयोजनका लागि र ४ कार्यलय प्रमुखका लागि गरी ११ कोठा रहेका छन् । १ आर्थिक वर्षमा सिधाउने लक्ष्यका साथ कार्य अगाडि बढाइएको भएपनि देशको राजनितिक लगायतका विभिन्न कारणले २ पटक म्याद थप गरी २० महिनामा कार्य सम्पन्न भएको भवनको सोमबार महालेखा नियन्त्रक डा. माधवप्रसाद घिमिरेले एक कार्यक्रमका विच उदघाटन गर्नुभएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै नियन्त्रक घिमिरेले सेवाग्रही प्रति उत्तरदायि भई आफ्नो व्यात्तिगत स्वार्थलाई त्यागि कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । उदघाटन कार्यक्रममा बोल्दै सह महालेखा नियन्त्रक चुडामणि शर्माले निकट भविष्यमै लागु हुन लागेको एकृकीत कोष प्रणलिका लागि नवनिर्मित भवन कोषेढुङ्गा सावित हुने दावि गर्नुभएको थियो । देशका ८ जिल्लाहरुमा प्ररिक्षणका क्रममा रहेको एकृकीत कोष प्रणलि स्याङ्जामा पनि छिटै लागु हुने तयारीमा रहेको तथा २ वर्ष भित्र देशै भरी लागु गरीने जानकारी समेत उप महालेखा नियन्त्रक शर्माले दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी वलीले कोष तथा लेखा नियन्त्रक कार्यलय स्याङ्जाले जिल्लामा राम्रो कार्य गरीरहेको भन्दै खुसी व्यक्त गर्नुभएको | उहँले जिल्लाका कार्यलयहरुमा पर्यप्त बजेट विनियोजन नगरीदा कार्य संचालनमा केहि कठिनाई भएको भन्दै महालेखा नियन्त्रकको ध्यानअकर्षण समेत गराउनुभएको थभवन निर्माणका सुरुवति समयमा जिल्लामा रहनुभएका प्रमुख कोष नियन्त्रक विष्णुराज ढकालको विशेष पहलमा निर्माण सुरु भएको भवन अफ्नो कार्यकालमा सफलता पुर्वक सम्पन्न भएको निमित्त कोष नियन्त्रक पदमबहादुर घिमिरेले जानकारी दिसुविधा सम्पन्न भवनमा कार्यलय सरेपश्चात कर्मचारीहरुको कार्य गर्ने मनोवलमा बृद्धि हुने भन्दै घिमिरेले खुसी व्यक्त गर्नुभयो ।भवन सम्पुर्ण प्रविधिक दृष्टिकोणले उतकृष्ठ तथा आधुनिक रहेको इनजिनियर अन्नत पौडेलले उक्त उदघाटन कार्यक्रममा जानकारी गराउनुभएको थियो । भवन निर्माणको ठेक्का लिएको सपना निर्माण सेवा प्र लिका निर्माण व्यवसायि बाबुकाजि श्रेष्ठले विविध बाह्य कारणहरुले निर्धारीत समयमा निर्माण गर्न नसकेपनि सम्पुर्ण कार्यहरु उतकृष्ठ रुपमा सम्पन्न गरेको दावि गर्नु भयो । कोष तथा लेखा नियन्त्रक कार्यलय स्याङ्जाले मंसिर २२ गतेको सुभ साइत पारी आफ्ना दैनिक कार्यहरु संचालन नवनिर्मित भवनबाट सरु गरी सकेको छ ।

Monday, December 13, 2010

सिरुवारीमा स्वास्थ्य पर्यटक गाउँको विकास विषयक पाचँ दिने तालिम सम्पन्न

लोकनाथ मरासिनी


मंसिर २६,स्याङ्जा ।

नेपालको पहिलो पर्यटकीय गाँउ सिरुवारीमा देशमै पहिलो पटक नमुना स्वास्थ्य पर्यटक गाउँको विकास विषयक पाचँ दिने तालिम सम्पन्न भएको छ ।
पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरगतको समिति तारा गाउँ विकास समितिको अयोजनामा संचालित तालिममा ग्रमिण पर्यटनको विकास, होमस्टे, हर्बलथेरापि लगायतकाका विषयमा प्रशिक्षण प्रदान गरीएको हो ।
तालीमको समापनमा जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपालको पहिलो पर्यटकीय गाउँ सिरुवारी पहिलो नमूना स्वास्थ्य पर्यटकी गाउँ बन्नेमा विश्वास व्यक्त गर्दै सबैले सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।
सिरुबारी पर्यटन विकास समितिका २७ जना सदस्यहरुको सहभागिता रहेको तालिममा पर्यटन विकासका लागि आगमी ५ बर्षका लागि कार्ययोजना तयार पारि सोही अनुसार कार्य गर्ने सहभागिहरुले प्रतिवद्धता जनाएका छन् ।
पर्यटन विकास निति अन्तरगत नेपाल सरकारले कृषि, स्वास्थ्य र खेल गरि तीनवटा क्षेत्रमा बर्गिकरण गरेकोमा स्वास्थ्य पर्यटन अन्तरगत स्याङ्जाको सिरुवारी, लम्जुङको घलेगाउँ र रोल्पाको जलजला छानिएका छन् ।

बहुमतिय सरकारको विकल्प छैन – नेता श्रेष्ठ

लोकनाथ मरासिनी

मंसिर २६,स्याङ्जा ।
नेपालि काँग्रेसका केन्द्रिय सदस्य तथा सभाषद गोपालमान श्रेष्ठले सहमतिय सरकार निर्माण गर्न संभव नभएपछि बहुमतिय सरकार गठनको विकल्प नभएको बताउनुभएको छ ।
तिन ठुला दलको राजनैतिक खिचातानीका कारण देश अहिलेको अन्यलोग्रस्त अवस्थामा पुगेको नेता श्रेष्ठको भनाई छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जाको सदरमुकाममा निर्माण शुरु गरिएको कार्यालय भवनको शिलन्यास गर्दै आइतबार उहाँले तिन दलले सहमति गरेर तत्काल निकास दिनुपर्ने बतउनुभयो ।
भवनको शिलन्यस गर्र्दै उहाले एकीकृत नेकपा माओवादीको गोरखाको पालुङ्टारमा सहभागि सेनालाई सरकारले तलवभत्ता रोकेर जनसेनाबाट निस्कासन गर्नुपर्ने पनि बताउनुभएको थियो ।
भवन सिलन्यास कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनी, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष दिपक लम्साल, स्याङ्जा निर्माण व्यवसायी संघका अधयक्ष गजिन्द्रप्रकाश मल्ल लगाएतका वक्ताहरुले नेपालमा देखिएको राजनीतिक अस्थिरताले देश गम्भिर संकटमा फस्ने आशंका व्यक्र गर्नुभयो ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा आवास कार्यालय पोखराबाट निर्माण शुरु गरिएको भवनको कुल लागत २ करोड ९९ लाख रहेको छ ।
आर्थिक वर्ष २०६८÷०६९ को साउन मसान्तसम्ममा भवन निर्माण गर्ने लक्ष लिइएको छ । करिव २ रोपनी क्षेत्रफलमा बन्ने भवन ३ तलाको २४ कोठाको रहने छ ।

Saturday, December 11, 2010

कालिका सहकारी संस्था ठुलाडिहि ८ को सातौ वार्षिक साधरण सभा सम्पन्न

लोक नाथ मरासिनी

कालिका बहुउद्धेश्यक सहकारी संस्था ठुलाडिहि ८, स्याङ्जाको सातौ वार्षिक साधरण सभा अजा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले संस्थाको गत आर्थिक वार्षको ३८ लाख बराबरको अया व्यय विवरण पेश गर्दै आगामि आर्थिक वार्षका लागि ८० लाख बराबरको अया व्यय विवरण सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष खेमनारायण दोरङ्गाको अध्यक्षतामा सम्पन्न भएको सो साधरण सभाकै भेला मार्फत ठुलाडिहि क्षेत्र भित्रबाट यस वर्षको प्रवेशिका परिक्षामा सर्वउत्कृष्ठ अंक ल्याउने दुई विद्यर्थिलाई सम्मान समेत गरेको छ । सम्मानित हुने विद्यार्थिहरुमा मदरल्यान्ड बोर्डिङ स्कुलका समुन्द्र नेपाल र जनता उच्च माविकी सपना थापा रहेको संस्थाले जनाएको छ । स्थानिय बयोबृद्ध ९२ वर्षिय रुकुमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्याङ्जा जिल्ला सहकारी संस्थाका प्रबन्धक टेकबहादुर गोदार, ढकबहादुर राना, नरेन्द्रविक्रम थापा, विशेश्वरप्रसाद रेग्मी, रेडक्रस उपशाखाका सभापति रामप्रसाद रेग्मी, गाविस अध्यक्ष शोभाचन्द्र रेग्मी लगायतले बोल्नुभएको थियो । संस्थाका उपाध्यक्ष मानध्वज थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव बेलु गुरुङ्ले गर्नुभएको थियो । साथै संस्थाको अजा सम्पन्न सातौ वार्षिक साधरण सभाले १८ बुधे निति तथा कार्यक्रम समेत पारीत गरेको संस्थाले जनाएको छ ।

तिमिलसीना समाजद्धारा सम्मान

लेखक /सम्बाददाता
लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।

    तिमिलसीना समाज स्याङ्जा, नेपालले शनिबार एक कार्यक्रमका विच समाज भित्र रहेका बृद्धाबृद्धहरुलाई तथा प्रवेशिका परिक्षमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थिलाई सम्मान गरेको छ ।
  तिमिलसिना समाज स्याङ्जा भित्र रहेका २० जना बृद्धाबृद्धहरुलाई तथा ४ जना विद्यार्थिहरुलाई सम्पन्न गरीएको समाजले जनाएको छ । समाज स्याङ्जाका अध्यक्ष कुलानन्द तिमिलसनाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा महुतगल्य समाज केन्द्रिय अध्यक्ष विष्णुहरी तिमिलसिना, केन्द्रिय सल्लाहाकार समिति सदस्य पिताम्बर तिमिलसना, शिबकुमार तिमिलसना, धर्माेदत्त तिमिलसना लगायतले बोलेका थिए|सम्पन्न कार्यक्रमको संचालन गोविन्द तिमिलसनाले गरेको  प्रप्त समाचारमा उल्लेख गरीएको छ ।


रापुली तमु बन्धुहरुको कुल पुजा

लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।

    आरुखर्क गाउँ विकास समिति १ गलेम स्याङ्जामा शनिबार रापुली तमु बन्धुहरुको कुल अर्थत सिल्लो पुजा विभिन्न संस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
 बयोबृद्ध पुजारी केशव तमुद्धारा पुजा अर्चना गरी सम्पन्न भएको पुजामा गाँउ तथा जिल्ला बहिराका समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।  पुजा व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हर्कबहादुर तमुले गरेका थिए । पुजाकै अवसरमा शनिबार विभिन्न संस्कृतिक कार्यक्रमहरु तथा खेलकुद प्रतियोगिताहरु समेत सम्पन्न भएका छन् । त्यस्तै गरी सोहि अवसरमा डा मनिषा गुरुङ्द्धारा गाँउलेहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्य समेत सम्पन्न भएको शितला उच्च माविका शिक्षक यामनारायण लामिछानेले जानकारी दिएका छन् ।

माइक्रो ल्यापटप अभुमिखिकरण तालिम सम्पन्न

लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।

    स्याङ्जा जिल्ला भित्र रहेका अंग्रेजि शिक्षकहरुको संगठन नेल्टा स्याङ्जाको अयोजनामा शनिबार एक दिने माइक्रो ल्यापटप अभुमिखिकरण तालिम सम्पन्न भएको छ । इन्टरनेशनल ट्रेड कन्र्सन नेपालको सैजन्य तथा प्रविधिक सहयोगमा सदरमुका स्याङ्जा बजारमा तालिम सम्पन्न भएको हो । ल्यापटपको प्रयोगले शिक्षकमा व्यावसायिक अभिबृद्धि, सिकाई उपलब्धी पुर्ण बनाइनुका साथै विज्ञान र प्रविधिको सदुपयोग गर्ने उद्धेश्यले तालिम प्रदान गरीएको बताइएको छ । उक्त अवसरमा ७ हजार, १० हजार र १३ हजार मुल्य पर्ने माइक्रो ल्यापटपको प्रर्दशनि समेत गरीएको थियो । नेल्टा स्याङ्जाका सभापति चन्द्रबहादुर के.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, नेल्टाका केन्द्रिय सल्लाहाकार लेखनाथ शर्मा पाठक, ज्याति बोर्डिङका स्याप्रिन्सिपल बृद्धिसागर त्रिपाठि, प्यावसनका केन्द्रिय सदस्य ध्रुव पंगेनि लगायतले बोल्नुभएको थियो । तालिममा स्याङ्जा भित्र रहेका विभिन्न बोर्डिङ स्कुलका प्रचार्यहरु, प्रिन्सिपल तथा अंग्रेजि शिक्षकहरु गरी करीब ८० जनाको सहभागिता रहेको अयोजकले जनाएको छ ।

स्याङ्जामा आइतबार रक्तदान हुदै

लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।
    स्याङ्जामा आइतबार रक्तदान कार्यक्रम गरिने भएको छ । मानव रगतको कुनै मुल्य छैन, यसको कृत्रिम उत्पादन गर्न सकिदैन, मानवताका लागि मानिसहरुबाट मात्र प्राप्त गर्न सकिन्छ भन्दै सत्य साई केन्द्र स्याङ्जाले रक्तदान कार्यक्रम सदरमुकामस्थित सहिदचोकमा आयोजना गर्ने भएको हो ।
    नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोग एवं सदरमुकामका विभिन्न शैक्षिक संस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको साई केन्द्र स्याङ्जाले जनाएको छ ।
    आइतबार हुने रक्तदानमा रक्तदान गर्न दुईसय ५० जनाले नाम दर्ता गरिसकेको केन्द्रले जनाएको छ ।