Saturday, January 29, 2011

स्याङ्गजाली साहित्यकार गोविन्दप्रसाद शर्मा सम्मानित


प्रधानमन्त्री हुनका लागि संसदिय दलको नेता हुनुपर्दैन् – श्रेष्ठ


पार्टिका लागि लडेका लडाकुहरु राष्ट्रिय सहिद नभएको दावि 


लोकनाथ मरासिनी

माघ १५, स्याङ्जा ।  
      प्रधानमन्त्री हुनका लागि संसदिय दलको नेतानै हुनुपर्छ भन्ने नभई जसले अन्य पार्टिको समर्थन ल्याउन सक्छ त्यसलाई पार्टीको तर्फबाट उम्मेदावर बनाउनुपर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सभाषद गोपालमान श्रेष्ठले बताउनुभएको छ ।

      शान्ति र संविधानलाई सुनिश्चित गर्नका लागि कांग्रेसलेनै अबको सरकारको नेतृत्व गर्नुपर्ने दावि गर्दै पार्टिका वरिष्ठ नेता शेरबहादुर देउवातर्फ इकित गर्दै बहुमत जुटाउनसक्ने नेतालाई प्रधानमन्त्रीको उम्मेदावरका रुपमा पार्टिले अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

        सहिद सप्ताहाको अवसरमा शनिबार स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहनुभएका नेता श्रेष्ठले माओवदी लडाकुहरु शेना समायोजन विशेष समिति माताहातमा आउदैमा विश्वास गर्ने आधार नभएको बताउनुभएको थियो ।

      नेता श्रेष्ठले शसस्त्र युद्धका समयमा पार्टिका तर्फबाट लडने लडाकुहरु कुनै पनि हालतामा सहिद हुन नसक्ने भन्दै उनिहरु राष्ट्रको सहिद नभई पार्टिको मात्रै सहिद भएको बताउनुभयो ।

      यसरी सहिद घोषण गर्ने हो भने युद्धका समयमा माओवादीले मारेका एमाले कांग्रेसका कार्यकर्ता र राज्यका सुरक्षाकर्मिलाई पनि सहिद घोषण गर्नुपर्ने बताउनुभयो ।

      कार्यक्रममा जिल्लाबाट साहित्यको क्षेत्रमा उल्लेख्य योगदान दिने साहित्यकार गोविन्दप्रसाद शर्मालाई यस वर्षको शङ्ख नारायण पुरस्कार समेत प्रदान गरीएको छ ।

        सेतिदोभान गाविस रङ्गेठाटि निवासी शर्मालाई नगद ५ हजार सहित प्रमाण पत्र संस्थापकका परिवार समेत रहनुभएका प्रमुख अतिथि गोपालमान श्रेष्ठले हस्तान्तरण गर्नुभयो हो ।

      स्याङ्जा साहित्य प्रतिष्ठान तथा लक्ष्मी स्मृत पुस्तकालयको संयुक्त अयोजनामा सहिद सप्ताहाको अवसरमा संचालित श्रद्धान्जली काव्य गोष्ठी तथा शङ्ख नारायण पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीले सरकारको निर्देशनका अभावमा यसपटक आफुहरुले सरकारी तवारले सहिद दिवसका अवसरमा कुनै कार्यक्रम संचालन गर्न नसकेको जानकारी गराउनुभएको थियो ।

      कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, बयोबृद्धा स्रष्टा केदार शर्मा, राष्ट्रिय ब्रहमाण समाज स्याङ्जाका अध्यक्ष शालिग्राम रेग्मी, त्रिभुवन आदर्श बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, रामबन्धु रेग्मी, धनप्रसाद गुरुङ्, सेरजंग अधिकारी, विष्णु काफ्ले लगायतले सहिदको परिभाषा स्पष्ट पर्न सरकारसँग माग गरेका थिए ।

      कार्यक्रममा स्याङ्जालि साहित्यकारहरु देवीप्रसाद वनवासी, चिन्तु गिरी, अग्नीकुमार पल्लभी, गणेश ढकाल, त्रिभुवन पौडेल, टंक पौडेल, लिलादेवी शर्मा तर्कना, लिलाम्बर ढुङ्गाना, रुद्रसन्देश मगर, नारायण काफ्ले लगायतले अ–आफ्ना रचना बचन गर्नुभएको थियो ।

      लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय तथा सामुदायिक रेडियो स्याङ्जाका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले गर्नुभएको थियो ।  
फोटो: कार्यक्रममा सम्बोधन गर्दै र साहित्यकार गोविन्दप्रसाद शर्मालाई शङ्ख नारायण पुरस्कार प्रदान गर्दै नेता गोपालमान श्रेष्ठ
तस्बिर : लोकनाथ मरासिनी

स्याङजामा पहिलो पटक सूचना प्रविधि(IT) प्रदर्शनि

टेकनारायण भट्टरा, वालिङ (स्याङजा), माघ १५ -


 स्याङजामा पहिलो पटक सूचना प्रविधि प्रदर्शनी आयोजना गरिएको छ। वालिङ महोत्सवमा सूचना प्रविधिका २१ वटा स्टलहरु छन्। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) स्याङजाको आयोजनामा शुक्रबार देखि प्रदर्शन सुरु भएको छ, जुन माघ २३ गतेसम्म (दशदिन) चल्ने छ।
'बृहत सूचना प्रविधि प्रदर्शनी' का लागि प्रदर्शनी स्थल वालिङ बगरमा अन्य स्टलहरु भन्दा बेग्लै स्थान छुट्याई स्टलहरु राखिएका छन्। क्यान स्याङजाका अध्यक्ष दिपक पंगेनीले जिल्लामै पहिलो पटक आयोजना भएको प्रदर्शनमा पछिल्लो समयमा उत्पादित कम मूल्यका ल्यापटप प्रति आकर्षण पाएको बताए। उनले प्रदर्शनीमा बिक्री हुने सामाग्रीमा ३० प्रतिशत सम्म छुट व्यवस्था गरिएको बताए।
'२० देखि ३० प्रतिशत छुटमा सामान बिक्री गरिएको,' पंगेनीले भने, 'व्यवसायिहरु र युवा पुस्ताको ज्यादा चासो छ। ६५ सय देखि एकलाख सम्मका ल्यापटप छन्।' कम्प्यूटर र इन्टरनेट प्रयोगकर्ताका लागि नयाँ उत्पादन उपलब्ध हुने र आईटिबारे जान्न चाहनेलाई जानकारी दिईने उनले बताए।
स्याङजा, पोखरा र काठमाडौका कम्प्यूटर व्यवसायिले सूचना प्रविधिका विभिन्न उत्पादनहरु प्रदर्शन तथा बिक्रीका लागि राखेका छन्। पोखरा न्यूरोडको हिमालयन कम्प्युटरले सिपियु र मोनिटर संगै रहेको अलिमन पिसि ४२ हजारमा बिक्रीका लागि राखेको छ। राउटर, वायरलेस माउस, विद्यार्थीका लागि स्वअध्ययन गर्न मिल्ने भिजुअल सिडी समेत छन्।
ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, फ्याक्स, फोटोकपि मेसिन लगायतका सामाग्री बिक्री तथा पर्दशनमा राखिएको छ। क्यान स्याङजाका महासचिव देव बहादुर बोगटीले एक स्टलका लागि दश दिनको १२ हजार शुल्क रहेको बताए। 'पछिल्लो समयमा उत्पादित सामाग्रीको प्रदर्शन गर्ने र बजार प्रवर्द्धन गर्ने उद्देश्य हो।' प्रदर्शनीबारे बोगटीले भने, 'उत्पादन कम्पनि, कम्प्युटर व्यवसायी र क्यानको संयुक्त पहलमा यस्तो प्रदर्शनी आयोजना गरिएको हो।' महोत्सव आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष यम बहादुर गुरुङले भने, 'सूचना प्रविधि प्रदर्शनीले 
 'यस अघिका महोत्सवमा भन्दा थप नयाँ पन दिएको छ।'

Friday, January 28, 2011

वालिंग महोत्सव आर्थिक, शैक्षिक, सामाजिक र सांस्कृर्तिक क्षेत्र विकासको कोषेढुङ्गा


प्रकाश डोटेल

स्याङजा १४ माघ ।

हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको तेस्रो वालिङ महोत्सव २०६७ को शुक्रबारबाट औपचारिक रुपमा शुरु भएको छ । महोत्सव माघ २३ गतेसम्म चल्ने छ ।

      महोत्सवको उदघाटन गर्दै संविधानसभाका सदस्य तथा पुर्व मन्त्रि गोपालमान श्रेष्ठले महोत्सवले आर्थिक, शै्िक्षक, सामाजिक र सांस्कृर्तिक बिकाशको कोषढुङ्गा हुने बताएका छन् । पर्यटन वर्ष २०११ को सुरुवातसंगै प्रारम्भ भएकोे वालिङ महोत्सव २०६७ ले स्याङजा जिल्लाको पर्यटन बिकाश तथा जिल्ला भित्र रहेका प्राकृतिक सम्पदाहरुको प्रचार–प्रसार गरि पर्यटन भित्राउन सजिलो माध्यम हुने बताए ।

      देशको विद्यमान असहज परिस्थितीलाई सहज वनाउन अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले लिनु पर्ने भएकाले सम्र्पुण राजनैतिक दललाई सहयोग गर्न आग्रह गर्दै पुर्व मन्त्री श्रेष्ठले भने, वर्तमान समयमा स्थाई शान्ती र लोकतन्त्र स्थापना गर्न नेपाली कांग्रेस मात्र सक्षम छ ।

      वालिङ उद्योग वाणिज्य संघको आयोजनामा सन्चालन गरिएको महोत्सवमा एकसय ६८ स्टल रहेको छ । महोत्सवमा सुचना प्रबिधि, होटल, यातायात, कृषि प्रर्दशनी, पर्यटकिय स्थलको फोटो प्रर्दशनी, वाल उद्यान, शैक्षिक प्रर्दशनी, स्थानिय उत्पादन, हस्तकलाका सामाग्रीहरु, पर्यटकिय गाउँहरुका खाना, लगायतका राखिएको छ ।

      महोत्सवको उद्घाटनका अवसरमा संविधान सभाका सदस्य पदमा अर्यालले तोकिएको समयमा संविधान निर्माण गर्नका लागि ठुला दलहरुले दलगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिईन् । उनले ठुला दलहरु सत्ता प्राप्तीको खेलमा लागेको आरोप लगाईन् ।

      त्यसमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष आजाद श्रेष्ठ, केन्द््िरय सदस्य विरेन्द्र अग्रहरी, चोपनारायण श्रेष्ठले देशका विभिन्न भागमा भएका महोत्सवहरु केवल फेसनका रुपमा रहेको हुदा यसको दिगोपनमा महासंघले केहि समय भित्रमा महोत्सव नीति ल्याउने तयारी गरेको बताए ।

      महोत्सव उद्घाटनका अवसरमा एकीकृत नेकपा माओवादीका तारा भुषाल, नेपाली काँग्रेसका कमल पंगेनी, नेकपा एमालेका चक्रबहादुर पराजुली, राजेन्द्र गैरे, दोणबहादुर गुरुङ्ले वालिङ् महोत्सवले समग्र स्याङ्जाको आर्थिक विकासमा महत्वपुर्ण टेवा पु¥याउने बताए ।

      महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अबधीभर ५ करोडको कारोवार हुने समेत आयोजकले जनाएको छ । महोत्सवमा बिगतमा भन्दा पृथक सुचना र प्रबिधी सम्बन्धी प्रदर्शनी र पर्यटकिय स्थलको प्रचार–प्रसार, अबलोकन तथा फोटो प्रर्दशनी रहेको छ ।

      महोत्सव उदघाटनको अबसरमा वालिङ आसपासका क्षेत्रहरुवाट बिभिन्न जातजातीका संस्कृति झल्काउने झांकीहरु, बिभिन्न जातजातीका भेषभुषा प्रर्दशन गरिएको थियो । बिहानैदेखि वालिङबजारमा झांकी सहितको ¥याली निकालिएको थियो ।

      महोत्सवको पुर्व सन्ध्यामा वालिङ बजारलाई बेहुली झै सिंगारिएको छ । महोत्सवको उदघाटन समारोहमा प्याराग्लाइडिङवाट पुष्प वर्षा गरिएको थियो ।

      महोत्सव उदघाटन महोत्सव मुल समितीका संयोजक ले.याम बहादुर गुरुङको सभापतीत्वमा सम्पन्न भएको थियो भने महासचिव पुष्पकुमार बगाले र अर्जुन खनालले कार्यक्रमको संचालन गरेका थिए ।

वालिङ महोत्सव सुरु


प्याराग्लाइडिङ्बाट पुष्प बृष्टि, पर्यटन वर्ष सफल पार्न केन्द्रित रहने


लोकनाथ मरासिनी

माघ १४, वालिङ्
पर्यटन वर्ष सन् २०११ मा स्याङ्जालाई पनि पर्यटकिय गन्तव्य बनाउने प्रमुख उद्धेश्यका साथ स्याङजाको व्यापारीक केन्द्र वालिङ्मा आजदेखि तेस्रो वालिङ् महोत्सव सुरु भएको छ ।

“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचन” भन्ने नाराका साथ सुरु भएको महोत्सवको वालिङ खेल मैदानमा एक भव्य समारोहका विच प्याराग्लाइडिङ्बाट पुष्प बृष्टिका साथ संविधानसभाका सभासद् तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले पानसमा बत्ति बालि उदघाटन गर्नुभएको हो ।

   स्याङ्जाका पर्यटकिय क्षेत्र कालिकाकोटको सिरकोट र खिलुङ्ग देउरालिको भानेओडारबाट उडाइएका विभिन्न ६ ओटा प्याराग्लाइडिङ्बाट पुष्प बृष्टि गरीएको थियो ।

  उदघाटन समारोहमा संविधानसभाका सभासद् पदमा अर्याल लगायत उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरुले सामुहिक रुपमा बेलुन उडाउनुभएको थियो ।

 महोत्सवको उदघाटन पुर्व वालिङ् बजारमा सर्ससाधरण, विद्यार्थि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको विभिन्न भेषभुषाका छाकि सहित निकालेको ¥यालिले नगर परिक्रमा गरेको थियो ।

आजबाट सुरु भएको महोत्सव २३ गते सम्म जम्मा १० दिन सम्म संचालन हुनेछ । वालिङ नगरपालिका र आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान, उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य, कृर्षि, पर्यटन तथा संस्कृतिको प्रवद्धनको लागि महोत्सवको आयोजना गरिएको आयोजक वालिङ् उद्योग वाणिज्य संघले बताएको छ ।

 २ सय बढि स्टलहरु रहेको महोत्सबमा ५८ लाख ५६ हजार बराबरको आम्दानी , ४३ लाख ५० हजार ब्याय र १५ लाख ६ हजार बचत हुने अनुमान गरीएको छ ।

      महोत्सवमा बाल उद्यान, पर्यटन, सांस्कृतिक कार्यक्रम, स्थानिय भेषभुषाको प्रदर्शनी, अन्तर माध्यामिक विद्यालयस्तरीय नृत्य, दोहोरीगीत प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी, आधुनिक गित, हास्य व्यग्य प्रस्तुती, अटोमोबाइल मुख्य आकर्षण रहेका छन् ।

 महोत्सबमा जिल्ला भित्रका ऐतिहासिक धार्मीक तथा पर्यटकिय स्थल शिरुवारी, पञ्चासे, देशको ठुलो जलबिद्युत आयोजना कालिगण्डकी ए, नमुना प्याराग्लाइडिङ् स्थल भानेओडार, राम्दीघाट, नुवाकोट, सतौ रजस्थल, बजाकोट, सिर्सेकोट पहेले डाडाँ अवलोकन समेत गराइने भएको छ ।

      महोत्सबमा भानेओडार र कालिकाकोटको सिरकोटबाट प्याराग्लाइडिङ्, फोटो पर्दशनी, लोप हुदै गएका कुडुले घर र पुराना सरसामाग्रीहरु महत्वपुर्ण आर्कषणका रुपमा रहेका छन् ।

        महोत्सवमा स्याङ्जा, पर्वत, पाल्पा, कास्की लगायतका जिल्लाका ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ भने पाँच करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरेको छ ।  

मुक्तिनाथ कास्कीको नयाँपुलमा

प्रकाश डोटेल स्याङ्जा–१४, माघ
पोखराको पृथ्वीचोकमा प्रधान कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले जनता बैंकमा होईन्, बैंक जनतामा जानुपर्छ भन्ने नाराका साथ कास्कीको सल्यान गाविस स्थित नयाँपुलमा आफ्नो ३५ औं शाखा स्थापना गरेको छ । बैंकले हाल स्याङ्जा, कास्की र तनहुँमा आफ्नो बैंकिङ् कारोबार संचालन गर्दै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले दिएको जानकारी अनुशार निकट भविश्यमै ७ करोड बराबरको सर्वसाधारण शेयर निश्कासनको लागि बैंकले तयारी गरेको छ ।
शाखाको उद्घाटन गर्दै बैंकका अध्यक्ष खगेन्द्रराज रेग्मीले आधुनिक समयमा बैंकहरुले आफ्नो लगानीलाई गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा बैंकका संचालक समितिका सदस्य मिनप्रसाद गुरुङ् लगाएतका वक्ताहरुले बोलेका थिए ।

ट्रक दुर्घटनामा परी ३ जना गम्भीर घाइते


लोकनाथ मरासिनी


माघ १४, स्याङ्जा ।


      स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नम्बर ७ नागडाँडा नजिकै आज विहान ९ बजे मालबहाक ट्रक दुर्घटना हुदा ३ जना घाइते भएका छन् ।


      पोखराबाट स्याङ्जातर्फ आउदै गरेको ना २ ख ४९०३ नम्बरको मालबहाक ट्रक सडकबाट पल्टिदा नवलपरासी दाउन्ने २ कुकुरमारका २७ वर्षीय चालक माधव अधिकारी, सहचालक होमप्रसाद अधिकारी, फेदीखोला ३ का ५३ वर्षीय धनराज केसी घाइते भएका छन् ।


 घाइते मध्य धनराज केसीलाई उपचारका लागि पोखरा लगिएको छ भने चालक र सहचालक अधिकारीद्धयलाई स्याङ्जा जिल्ला अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।


 घाइतेहरुको अवस्था गमभीर रहेको प्रहरीले बताएको छ ।

Thursday, January 27, 2011

Syangjali honoured !


Santosh Chhetri, a Syangja born Journalist affiliated with  The Kathmandu Post, was honoured by Vice President Paramananda Jha on Wednesday for attaining an academic distinction.
Vice President Jha decorated Chhetri along with three other students for scoring distinction in MA (Mass Communication) from Purbanchal University in 2009 from College of Journalism and Mass Communication by handing over appreciation letters amid a function in Lalitpur on the occasion of the 10th anniversary of the college.

वालिङ महोत्सवको तयारी पुरा, बेहुली झैँ सिंगारियो वालिङ्


प्याराग्लाइडिङ्, फोटो पर्दशनी र कुडुले घर महोत्सबका आर्कषण


अर्जुन काफ्ले

स्याङ्जा, माघ १२ गते । “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचन” भन्ने नाराका साथ स्याङजाको वालिङ स्थित खेल मैदानमा माघ १४ देखि २३ गते सम्म हुने तेस्रो वालिङ् महोत्सब– २०६७ को तयारी पुरा भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

      वालिङ  उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक दुई– दुई बर्षमा हुने वालिङ महोत्सवको महोत्सव स्थलमा बार तथा स्टल निर्माण कार्यहरु सकिएका छन् ।

      महोत्सबका लागि निर्माण भएका दुई सय स्टलहरु बुकिङ भैसकेको पत्रकार सम्मेलनमा बाणिज्य संघका अध्यक्ष ल्याप्टेन यामबहादुर गुरुङ्ले बताउनु भएको छ ।

      महोत्सवका लागि वाालिङ्, स्याङ्जा र गल्याङ् क्षेत्रलाई दुलही झै सिगारिएको छ । तुल– ब्यानर, ध्वजापतका, भित्ते लेखन, ठाउँ ठाउँमा निर्माण भएका स्वागत गेटले यस क्षेत्रमा कुनै बिवाह भएको महसुस हुन्छ ।

      निर्माण गरिएको गेट र प्रचार प्रसारले नगरको शोभा बडाउनुका साथै आम जनतामा छुट्टै खालको रौनक थपिएको छ ।

      महोत्सबमा प्रर्दशनका लागि वालिङ् आसपासका क्षेत्रमाा हस्तकलाका सामाग्री निर्माण गरिएको छ भने महोत्सवमा प्रदर्शनका लागि स्थानिय महिलाहरुले तान लगाएर धागोबाट आर्कषक सामाग्रीहरु बनाएका छन् ।

      पर्यटन बर्ष २०११ सगै वालिङ नगरपालिका र आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान, उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य, कृर्षि, पर्यटन तथा संस्कृतिको प्रवद्धनको लागि महोत्सवको आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन बताएको छ ।

      १० दिनसम्म चल्ने महोत्सबमा ५८ लाख ५६ हजार बराबरको आम्दानी , ४३ लाख ५० हजार ब्याय र १५ लाख छ हजार बचत हुने अनुमान गरेको अध्यक्ष गुरुङ्ले बताउनुभयो ।

      महोत्सवले स्थानिय कृषि पर्यटन लगायतको उत्थान गरि स्थानिय जनताको क्रयशक्तिमा बृद्धि ल्याउने लक्ष्य लिएको छ ।

      महोत्सवमा बाल उद्यान, पर्यटन, सांस्कृतिक कार्यक्रम, स्थानिय भेषभुषाको प्रदर्शनी, अन्तर माध्यामिक विद्यालयस्तरीय नृत्य, दोहोरीगीत प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी, आधुनिक गित, हास्य कलाकार, अटोमोबाइल मुख्य आकर्षण रहेका छन् ।

      महोत्सबमा कृषि मेला अन्तर्गत सुन्तला, कफी, ताजा तरकारी, अदुवा तथा जडिबुटीको प्रदर्शनी गरिने अध्यक्ष गुरुङ्ले बताउनुभयो ।

      महोत्सबमा जिल्ला भित्रका ऐतिहासिक धार्मीक तथा पर्यटकिय स्थल शिरुवारी, पञ्चासे, देशको ठुलो जलबिद्युत आयोजना कालिगण्डकी ए, नमुना प्याराग्लाइडिङ् स्थल भानेओडार, राम्दीघाट, नुवाकोट, सतौ रजस्थल, बजाकोट, सिर्सेकोट पहेले डाडाँ अवलोकन गराउने आयोजकले लक्ष्य लिएको छ ।

      महोत्सबमा भानेओडार र कालिकाकोटको सिरकोटबाट प्याराग्लाइडिङ्, फोटो पर्दशनी, लोप हुदै गएका कुडुले घर र पुराना सरसामाग्रीहरु महोत्सवबका महत्वपुर्ण आर्कषण रहने पत्रकार सम्मेलनमा प्रचार प्रसार उपसमितिका संयोजक अर्जुन खनालले बताउनुभयो ।

  महोत्सवमा स्याङ्जा, पर्वत, पाल्पा, कास्की लगायतका जिल्लाका ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ भने पाँच करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरेको छ ।

Wednesday, January 26, 2011

बिपन्न महिलाहरु आत्मनिर्भर उन्मुख

प्रकाश डोटेल स्याङ्जा–११, माघ
घर दैलो र चुलो चौकामा सिमिति स्याङ्जका बिपन्न महिलाहरु आत्मनिर्भर हुन थालेका छन् । साहारा समुह स्याङ्जाले दिएको आय–आर्जन सम्बन्धी बिभिन्न सिपमुलक तालिमहरु प्राप्त गरेपश्चात महिलाहरु आत्मनिर्भर हुन थालेको हुन् । बिपन्न तथा घरेलु हिसां प्रभाबित महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएर १२ बर्ष पहिला स्थापना भएको साहारा गैर सरकारी संस्थाले संचालन गरेको महिला लघु उद्यम कार्यक्रममा स्याङ्जाका महिलाहरु सन्तुष्ट देखिएका छन् ।
समुहले आरुखर्क, भाटखोला, सेतिदोभान, चिलाउनेवास, फापरथुम, पंचमुल, दरौ, खिलुङ्गदेउरालि, स्वरेक, छाङ्गछाङ्गदी, राङ्गभाङ्ग, विचारीचौतारा लगायतका २० वटा गाउँ विकास आफ्नो कार्यक्षेत्र बनाउर्द काम गरिरहेको छ ।
स्थानिय स्तरमा उत्पादीत सामाग्रीहरुको उचित प्रयोग गर्दै महिलाहरुलाई मुडा बनाउने, अगरबत्ती, मैनबत्ति, झोलाबुनाई, कुखुरापालन, माहुरीपालन, बंगुरपालन, कफी, च्याउ, अम्रिसो, अदुवा खेती लगायतका तालिमपछि व्यवसाय संचालनका लागि आवश्यक पर्ने सामाग्रि तथा औजारहरु उपल्बध गराएपछि महिलाहरु थप आर्कषित भएका छन् ।
घरको काम गरेर श्रीमानको आसमा बस्नु पर्ने बाध्यता तालीमले मुक्त गरेको उखुबारी आमा समुह चिलाउने बासकी अध्यक्ष सरस्वती पौडेलले बताईन् । उनले भनिन्, यहाँका छ सय महिलाहरु साहारा समुहले दिएको आत्मनिर्भर तालीमले आत्मनिर्भर बनेका छन् ।
साहारा समुहले चाडै नै जिल्लाको सबै गाउँ बिकास समिति कार्यक्षेत्र बिस्तार गर्ने लक्ष्य लिएको समुहकी हिमा पोख्रेलले बताईन् । उनले थपिन्, समुहले बालबालीका तथा युवा सहभागिता एवं ससक्तिकरण कार्यक्रम गर्दै आएका छौं ।

रिचार्ज कार्ड पनि नक्कली

प्रकाश डोटेल स्याङ्जा–११, माघ
नेपाल टेलिकमको सेवा गुणस्तरीय नभएको आम नागरिकबाट गुनासो आइरहेका बेला स्थानिय बजारमा विक्रि हुने गरेको रिचार्ज कार्डमा समेत चरम लापारबाहि भएको पाइएको छ । स्याङ्जा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकाको एक स्थानिय पसलबाट उपभोक्ताले खरिद गरेको पाँच सय मुल्यको रिचार्ज कार्डमा १२अंकको मात्रै कोड भेटिएपछि नेपाल टेलिकमको थप लापरबाहीको भएको पाइएको हो ।
१३ अंकको पिन नंम्बर हुनुपर्नेमा १२ अकंको मात्रै कोड रहेको रिचार्ज कार्ड वालिङ्ग नगरपालिका–८, त्रियासीका राजु रेग्मीले सोमबार खरिद गरेको पाँच सय मुल्यको रिचार्ज कार्ड मोवाईलमा रिचार्ज नभएपछि बताएका छन् ।
नेपाल टेलिकमको उक्त रिचार्ज कार्डमा पिन ४४१४६०४३३७५४ को १२ अंकको नंम्बर रहेको छ भने सि नं. २१९४९२९११६४ रहेको छ । पिडित रेग्मीले आफुलाई ५ सय रुपैयाको नोक्सान भन्दा पनि लाखौ सेवाग्रहिले विश्वास गरेको संस्थाको लापारवाहिको विषयमा छनविन भई कारवाहि गर्नुपर्ने माग गरे ।
नेपाल टेलिकम शाखा कार्यलय स्याङ्जामाका निमित्त कार्यलय प्रमुख एकनारायण सापकोटाले टेलिकमको समान्य त्रुटि मात्रै भन्दै टेलिकम पोखरामा गई नम्बर चेक गरी प्रमाणित भएमा अर्काे नयाँ कार्ड उपलब्ध हुने बताए ।

गरिमा बैंकद्धारा वालिङमा एटीएम सञ्चालन

प्रकाश डोटेल स्याङ्जा–११, माघ
स्याङ्जाको व्यापारिक केन्द्र वालिङ्का स्थानिय व्यावसायी तथा समाजसेवीहरुको पहलमा स्थापित गरिमा विकास बैंकले आधुनिक बैंकिङ् सेवा अन्र्तगत वालिङ् बजारमा एटीएम सेवा संचालनमा ल्याएको छ । २१ औं शताव्दीको समाज सुहाउँदो वित्तिय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले एटीएम सेवा संचालनमा ल्याएको वैकले जनाएको छ । समयको माग र बैंकका ग्राहकको सुविधालाई ध्यानमा राख्दै उक्त सेवा संचालनमा ल्याइएको र निकट भविष्यमा नै एस.एम.एस बैंकिङ र ई बैंकिङ सेवा सञ्चालनमा ल्याईने सो अवसरमा बैंकका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए ।
बैंकले आर्थिक वर्ष २०६६÷०६७ मा संकलित निक्षेप एक अर्ब २२ करोड मध्ये बैंकिङ् तर्फ ८५ करोड २० लाख र लघुवित्त तर्फ ५ करोड ८६ लाख कर्जा लगानी गरी ३ करोड ७९ लाख रुपैँया सञ्चालन मुनाफा गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा २०६७ पौष मसान्तसम्ममा २ करोड ८५ लाख सञ्चालन मुनाफा लिन सफल भएको अध्यक्ष पाण्डेले बताएका छन् । पाण्डेका अनुशार चालु आर्थिक वर्षमा एक अर्व ६५ करोड निक्षेप संकलन गरि एक अर्ब ४३ करोड लगानी गर्दै ६ करोड ५० लाख मुनाफा आर्जन गर्नेे लक्ष्य बैंकले लिएको छ ।
बैंकले ४ लाख रुपैँया सम्मको दुर्घटना बीमा, तथा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्था भएमा ३ हजार रुपैँया सम्मको औषधीउपचार बीमा सहितको गरिमा स्वास्थ्य सुरक्षित योजना लागु गरेको वालिङ शाखाका प्रमुख अरुण रानाभाटले जानकारी दिए ।
पोखरामा प्रधान कार्यालय रहेको बैंकले स्याङ्जा, पाल्पा र कास्की जिल्लामा गरी विभिन्न सात शाखा मार्फत सेवा प्रवाह गर्दै आएको छ । बैंकले निकट भविश्यमै काठमाडौंमा आफ्नो सेवा संचालनमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।

Tuesday, January 25, 2011

क्याम्पसको स्तरोन्नतीका लागि महायज्ञ


अर्जुन काफ्ले

स्याङ्जा माघ १० गते ।
 स्याङ्जाको दासर्िङ दहथुम बिकास गाउँ समिति- ९  स्थित दहथुम बहुमुखी क्याम्सको स्तरोन्नतीका लागि श्रीमद्भागवत महापुराण तथा धनधान्यााचल ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।

दुइ बर्ष अगाडी शिक्षाशास्त्र संकायबाट सुरुवात गरेको क्याम्पसको भौतिक पूर्वाधारको विकास व्यवस्थित पुस्तकालय तथा बिबिएस संचालनको  लागि महायज्ञको आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मुल आयोजक समितिका अध्यक्ष अध्यक्ष खेम केसीले बताउनुभयो । उहाँले महायज्ञ आगामी फागुनको ३ देखि १० गतेसम्म दासर्िङ दहथुम गाविसको बयरघारीमा आयोजना हुन लागेको पत्रकार
सम्मेलनमा बताउनुभयो ।

यहाँ स्थापना भएको बहुमुखी क्याम्पसबाट जिल्लाका दुई नगरपालिका दासर्िङ दहथुम छाङ्छाङ्दी स्वरेक कालिकाकोट खिलुङ्देउराली बानेथोक देउराली कालिकाकोट लगायतका गाउँ बिकास समितिका सर्वसाधारणहरुले उच्च शिक्षा सहज तरिकाबाट लिइरहेका छन्  ।पत्रकार सम्मेलनमा महायज्ञबाट संकलीत रकमबाट आगामी बर्षबाट बिबिएस र प्राबिधिक शिक्षालय स्थापना गर्ने लक्ष्य रहेको केसिले बताउनुभयो ।

महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले मुख्य कथा बाचन गर्नुहुने आयोजकले बताएको छ ।महायज्ञमा करिब एक करोड रकम संकलन गर्ने आयोजकले लक्ष्य लिएको छ भने सो अवधिमा करिब २० लाख खर्च हुने अनुमान समेत गरेको छ । एक हप्ता सम्म चल्ने महायज्ञमा भक्तजन आउन जानको लागि गल्याङ्देखि नागडाडाँ सम्मको ४० किलोमिटरको दुरीमा नि शुल्क दुईवटा बस संचालन गर्ने आयोजकले बताएको छ ।

महायज्ञलाई व्यवस्थित तबरले साचालन गर्नका लागि एक हजार एक सय ११ सदस्यिय मूल आयोजक समिति र २४ ओटा उपसमितिहरु समेत गठन गरिएको छ ।पत्रकार सम्मेलनमा प्रचार प्रसार उप समितिका संयोजक प्रकाशमान सिह गोबिन्द कर्मचार्य श्याम काजी अधिकारी लगायतले बोल्नु भएको थियो ।

syangja samachar

Sunday, January 23, 2011

महिला लद्यु उद्यममा स्याङ्जाका महिला सन्तृष्ट

लोकनाथ मरासिनी

माघ ९, स्याङ्जा ।  

  महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ साहारा समुह स्याङ्जाले संचालन गरेको महिला लघु उद्यम कार्यक्रममा स्याङ्जाका महिलाहरु सन्तुष्ट देखिएका छन् ।

 घर दैलो र चुला चौकामा मात्रै सिमिति हुने महिलाहरुले आय आर्जनका लागि विभिन्न तालिमहरु प्राप्त गरेपश्चात त्यसमा सक्रियताका साथ लाग्ने प्रतबद्धता समेत व्यक्त गरेका छन् ।

 जिल्लाका २० वटा ग्रामिण गाउँ विकास समितिका ४० जना महिलालाई पछिल्लो पटक प्रदान गरीएको १ हप्ते मुडा बनाउने तालिम, ३ दिने अगरबत्ती, मैनबत्ति, झोलाबुनाइ तथा कुखुरापालन तालिमपछि साहारा समुहले व्यवसाय संचालनका लागि आवश्यक पर्ने सामाग्रि तथा औजारहरु समेत उपल्बध गराएको छ ।

      जिल्ला सदरमुकाममा संचालित तालिममा आरुखर्क, भाटखोला, सेतिदोभान, चिलाउनेवास, फापरथुम, पंचमुल, दरौ, खिलुङ्गदेउरालि, दार्सिङ्ग दहथुम, स्वरेक, छाङ्गछाङ्गदी, राङ्गभाङ्ग, विचारी चौतारा, बाङ्गसिङ्ग, बागेफडके लगायतका महिलाहरुको सहभागिता रहेको थियो ।

      तालिममा सहभागिलाई सामाग्रि वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नवराज वरालले महिलाहरुको उत्साह देख्दा खुसि लागेको भन्दै व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।

      बरालले २० गाविसमा मात्रै कार्यक्रम सिमिति नगरी जिल्लाका अन्य ग्रमिण गाउँसम्म कार्यक्रमलाई पुराउन संस्थालाई आग्रह समेत गर्नुभएको थियो ।

      साहारा समुहले विभिन्न चरणहरुमा स्याङ्जाका २० गाउँ विकास समितिमा  करीब ६ सय महिलाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ । 

सिद्धार्थ राजमार्गमा ३ घण्टा यातायात बन्द

लोकनाथ मरासिनी
माघ ९, स्याङ्जा ।  

स्याङ्जाको फेदिखोला– २ सर्केटारीमा चालकलाई दूव्यवाहार गरेको भन्दै पश्चिम नेपाल यातायात व्यवसायि समितले आइतबार ३ घण्टा यातायात अवरुद्ध पारेको छ ।

सिदार्थ राजमार्ग अन्र्तगत सर्केटारीमा स्थानिय युवाहरुले भनेको ठाउँमा गाडि नरोकेको भन्दै पोखराबाट बुटवलका लागि छुटेको बस लु १ ख २९०५ नंम्बरको गाडिका चालकलाई कुटपिट गरेपछि व्यवसायिहरुले सडक अवरुद्ध गरेका थिए । दिउसो बाट अबरुद्ध सडक साँझ ६ बजे पछि खुलेको हो ।

      स्थानियबासी र यातायात व्यवसायिबीच प्रहरीको पहलमा भएको बार्तामा चालकलाई दुव्र्यवहार गर्ने युवाहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्ने सहमति भएपछि बाटो खुलेको हो । आरोपीत युवाहरु फरार रहेको प्रहरीले जनाएको छ