Saturday, February 19, 2011

महासंघ स्याङ्जामा पुनः शर्मा निर्विरोध


लोकनाथ मरासिनी

फागुन ७, स्याङ्जा ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ स्याङ्जाले पुन ओमप्रकाश शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति र्निविरोध चयन गरेको छ ।
सदरमुकाम स्याङ्जा बजारमा सम्पन्न दोस्रो जिल्ला अधिबेशनले उपाध्यक्षमा राधाकृष्ण डुम्रे, सचिवमा हिमलाल पराजुली, सह सचिवमा छविलाल गैह्रे, कोषध्यक्षमा गिरधारी पोखरेल तथा सदस्यहरुमा टिकाराम अधिकारी, भवानी अधिकारी, रोशन लामिछाने, मुत्ति न्यौपाने, कृष्ण न्यौपाने र विवेक अर्याललाई चयन गरेको निर्वाचन संयोजक पोमनारायण आर्यालले जानकारी दिनुभएको छ ।

त्यस्तै अधिवेशनले केन्द्रिय पार्षदमा अर्जुन काफ्ले, जानु पंगेनि र प्रदिप कोइरलालाई चयन गरेको छ ।

नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद गोपालमान श्रेष्ठले उदघाटन गर्नुभएको अधिवेशमा सहमतिका लागि दिनभरी प्रयास भएपनी साँझ मात्रै सर्बसम्मत भएको हो ।
अध्यक्षमा ओमप्रकाश शर्मा सहित प्रेस युनियनकै प्रकाश डोटलले समेत उम्मेदवारी दिएपनि सहमतिका लागि भन्दै डोटेलले उम्मेदावरी फिर्त लिएका थिए ।
अर्का अध्यक्षका उम्मेदावर गिरीधारी पोखरेलले समेत अन्तीम अवस्थामा आएर अध्यक्षको उम्मेदावरी फिर्ता लिई कोषध्यक्षमा बस्न सहमत भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

Friday, February 18, 2011

सुन्तला फुल्ने बेलासम्म फल बोटमै ।।


लोकनाथ मरासिनी

फागुन ५, स्याङ्जा ।

स्याङ्जाका कतिपय स्थानहरुमा सुन्तला गोडमेल गर्ने तथा फुल लाग्ने समयसम्म बोटमै अझै सुन्तला रहदा अर्काे वर्ष कम उत्पादन हुनेमा चिन्ता व्यक्त गरीएको छ ।

      सुन्तला उत्पादनका लागि दशमै अग्रणी जिल्लाका रुपमा रहेको स्याङ्जाका कृषकहरु बजार हुदा हुदै पनि उचित मुल्यका लागि भन्दै अहिलेसम्म बोटमै सुन्तला राखि वित्रि गर्दै छन् ।

      स्याङ्जाका ठुलाडिहि, ओरस्टे , मनकामना तथा विरुवा अर्चले लगायतका स्थानमा अझै लाखै मुल्य बराबरको सुन्तला बोटमै रहेका छन् ।

      कार्तिक मंसिरमा ३०÷३२ रुपैया किलो विक्रि हुने सुन्तलाको मुल्य अहिले भने कृषकहरुले ८०/९० रुपैया पाएका छन् ।

      तर यसरी लामो समयसम्म सुन्तला बाटमै राख्दा अर्काे साल सुन्तलाको उत्पादनमा गिरावट आउने जिल्ला कृषि विकास कार्यलय स्याङ्जाका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो ।

       आफुहरुले उचित मुल्य नपाउने तथा कोल्ड स्टोरको व्यवस्था समेत नभएकाले बोटलाई नै कोल्ड स्टोरका रुपमा मान्दै अहिलेसम्म सुन्तला राखेको ठुलाडिहि ९ का कृषक झविलाल रेग्मीको भनाई छ ।

       यता बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भने उत्पादनका हिसबलाई आधार मान्दा कृषकहरुले २० रुपैया किलो सम्म सुन्तला विक्रि गरेपनि नाफा नै गरेको मानिन्छ ।

      उहँले किसानको माग बमोजिम कोल्ड स्टोरको व्यवस्था हुदै गरेको र अर्काे सालसम्म तयार हुने जानकारी समेत दिनुभएको छ ।


विद्यालयद्धारा खेद प्रकट

लोक नाथ मरासिनी 
विद्यालयका प्रध्यानध्यापकले व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलोमतोमा भ्रष्टचार गरेको भन्ने समचार बाहिर आएको प्रति जनहित निम्न माध्यामिक विद्यालय पञ्चमुल ८, माझकटेरी, स्याङ्जाले  खेद प्रकट गरेको छ ।

      माघ २७ तथा २८ गते विभिन्न संञ्चारमाध्यमहरुबाट विद्यालयमा भ्रष्टचार भएको भन्दै समचार प्रकासित तथा प्रसारित भएको प्रति विद्यालय व्यवस्थापन समिति बैठकले खेद प्रस्ताव पारित गरेको हो ।

      यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र कुमार गुरुङ् तथा प्रध्यानध्यापक घनश्याम पौडेलले अजा सयुक्त विज्ञप्ती जारी गर्दै समचारको खण्डन समेत गर्नुभएको छ ।

       केहिदिन अगाडि विद्यालयमा करिब १० लाख बराबरको भ्रष्टचार भएको विद्यार्थि तथा अभिभावकले आरोप लगाउदै तालाबन्दी गरेका थियो ।

      विद्यालयमा २ दिनसम्म तालाबन्दी पश्चात प्रध्यानध्यापकको राजिनामा तथा विद्यालय व्यवस्थापन समिति पुर्न गठन भएपश्चात अहिले विद्यालयको वातावरण सामान्य भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

Wednesday, February 16, 2011

दहथुम क्याम्पस सन्चालनअर्थ आयोजित महायज्ञ को पहिलो दिनको तस्बिर् हरु

 दहथुम क्याम्पस सन्चालनअर्थ आयोजित महायज्ञ को पहिलो दिनको तस्बिर्, यस महायज्ञ फाल्गुन ३ देखी बयरघारीस्तिथ आदर्श बिद्यामन्दिरको प्रङनमा भाई रहेकोछ,भक्तजान हरु गुरु को स्वागत म लाम्बध





                                             

Monday, February 14, 2011

आयोजकलाई स्तब्ध पार्दै होराइजन द्धारा उपाधि कब्जा


लोकनाथ मरासिनी

फागुन २, स्याङ्जा
        आयोजक ए लाई पराजित गर्दै प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि होराइजन युथ क्लब भुम्रे वालिङ्ले हात पारेको छ ।

  स्याङ्जाको मालेबगरमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा होराइजन युथ क्लब भुम्रेका खेलाडी बलबहादुर गुरुङ्ले खेलको दोस्रो हाफको २५ औ मिनेटमा गरेको एक मात्र गोलको सहायताले उपाधि माथि कब्जा जमाएको हो ।

      प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको समर्थन पाएको आयोजकले अन्तीम समयमा खेललाई आफ्नो नियन्त्रणमा लिन नसक्दा उपाधिबाट बन्चीत भयो ।

      प्रतियोगिताको विजेता बन्दै भुम्रेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमिति बनेको आयोजकले नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

      नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको थियो ।

      प्रतियोगितामा उत्कृष्ट खेलाडि अयोजकका विकास गुरुङ्, अनुशासित टिम रजस्थल युवा क्लब र सर्वधिक गोलकर्ताका रुपमा पेल्काचौरका खगेन्द्र पुन घोषित भएका छन् ।

Sunday, February 13, 2011

अयोजक र भुम्रे उपाधिका लागि भिडने




लोकनाथ मरासिनी

फागुन १, स्याङ्जा ।

स्याङ्जाको मालेबगरमा जारी प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधिका लागि अयोजक ए र भुम्रे युवा क्लब सोमबार भिडने भएका छन् ।

      आइतबार सम्पन्न सेमिफाइनलका खेलाहरुमा पेल्काचौर यवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै भुम्रे तथा आयोजक नेपाल तरुणदल पुतलिबजार नगर कार्यसमितिले बरजा युवा क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।

      यसैविच आइतबार सम्पन्न पछिल्लो खेल पश्चात आयोजक र बरजा युवा क्लबका युवाहरुविच केहिबेर ढुङ्गा हानाहान समेत भएको थियो ।

      खेल खेल्ने क्रममा भएको विवादपश्चात केहिबेर स्थीत समेत असहज बनेको थियो । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् ।

      नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको छ ।