Saturday, October 2, 2010

ढापुक सिमल भन्ज्याङ्गमा स्थानियबासीको सक्रियतामा ४ किलोमिटर गोरेटो बाटो निर्माण कार्य सम्पन्न

By Lokendra Marasini 
स्याङ्जा १६ - ढापुक सिमल भन्ज्याङ्ग गाउँ विकास समिति वडा नं. ६ स्याङ्जामा स्थानियबासीको सक्रियतामा ४ किलोमिटर गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
अर्जुनचौपारी गाउँ विकास समिति वडा नं. ८ भिरखर्कदेखि सिमल भन्ज्याङ्गसम्म जोडने गोरेटोबाटो गाउँ विकास समितिको ४० हजार र स्थानियको ३० हजार तथा जनश्रमदान गरी निर्माण कार्य सम्पन्न भएको हो । 

गाउँ सम्म पुग्ने व्यवस्थीत बाटोको अभावमा मानिसहरु दुर्घटनामा पर्ने क्रम बढ्दै गएकाले गाविस समेतको सहयोग लिएर आफुहरुले गोरॆटो बाटो निर्माण गरेको निर्माण समितिका अध्यक्ष टिकाराम शर्माले जानकारी दिनुभएको छ । 
बाटो निर्माणपश्चात स्याङ्जको ढापुक हुदै पर्वततर्फ पुग्ने मानिसहरुलाई समेत आवत जवत गर्न सहज हुने भएको छ । 

थुमपोखरामा जीप दुर्घटना : १ जनाको दुखद निधन ,३ जना घाइते

by Lokendra Marasini 
वालिङबाट पर्वतको हुवासतर्फ जाँदै गरेको लु१ज ९७९ नम्बरको जिप शनिबार स्याङ्जाको थुमपोखरा-८ स्थित मैनीखोलामा दुर्घटनाग्रस्त हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी सहायक निरीक्षक शिव खत्रीका अनुसार मृत्यु हुनेको हालसम्म सनाखत हुन सकेको छैन । 
त्यस्तै गम्भीर घाइतेहरुमा जिपका चालक वर्ष २२ का युवराज, डुम्रे वर्ष २१ का सहचालक दीपक ठकुरी र पुतलीबजार नगरपालिका-३ का ४५ वर्षीय खेमराज शर्मा रहेका छन् ।

घाइतेहरुलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ । मृतक करिब ३५\४० वर्षका पुरुष रहेको प्रहरीले बताएको छ । 

सडकमा जिपको स्टेरिङ फेल हुन गई दुर्घटना भएको र जिप सडकबाट करिब ४०० मिटर तल खसेको छ । 

स्याङ्जामा दासढुङ्गा प्रर्दशन, निष्पक्ष छानविन हुनुपर्नेमा दर्शकहरुको जोड !

 By Lokendra Marasini 
स्याङ्जा १६ - तत्कालीन एमाले महासचिब मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्मय रुपमा हत्या गरीएको हो भन्ने सन्दर्भमा निर्माण भएको चलचित्र दासढुङ्गा स्याङ्जा बजारमा शुक्रबार प्रर्दशन भएको छ ।
नेकपा एमाले जिल्ला कमिटि स्याङ्जाको अयोजनामा शुक्रबार स्याङ्जाको सौगात चलचित्र हलमा च्यारीटी शो प्रदर्शन गरीएको हो । सत्य घटनामा आधारित चलचित्र हेर्न गाउँ गाउँ देखि सहरी इलाका सम्मका विभिन्न क्षेत्रमा अबद्ध व्यत्तीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

चलचित्रमा भण्डारी र आश्रितको तत्कालीन राजनितिक अवस्था हत्या हुँदाको अवस्था जिप चालक अमर लामाको अवस्था र मनोबैज्ञानिक चिन्तन घटनाको समयमा नेता र कार्यकर्ताहरुको कुराकानी दुर्घटना भएपछि अमर लामाको अवस्था अमर लामाको हत्या जस्ता घटनाहरुलाई प्रष्ट रुपमा चलचित्रमा देखाइएको छ ।
मजोज पण्डित निर्माता रहेको चलचित्र दासढुङ्गा हेरिसकेपछि सबैले हत्याको निस्पक्ष छानविन हुनुपर्ने बताएका थिए । 
२०५० साल जेष्ठ ३ गते चितवनको दासढुङ्गामा भण्डारी र आश्रतको रहस्मय तरीकाबाट जिप दुर्घटनामा परी मुत्यु भएको थियो । चलचित्रमा अनुप बराल दयाहाङ राई र संचिता लुइटेल मुख्य भुमिकामा रहेका छन् ।
शुक्रबार स्याङ्जाको सौगात चलचित्र मन्दिरमा ३ शोमा प्रर्दशन भएको चलचित्र दासढुङ्गा शनिबार स्याङ्जाकै वालिङ्मा समेत प्रर्दशन गरिएको छ ।

Tamekot festival on Oct 13


SYANGJA: With a view to promote tourism, Tamkekot festival is going to be held in Pindikhola, a western part of Syangja district.

The nine-day festival will be organised by Janamukti Youth Club beginning Oct. 13.

According to the organiser, the fest aims at popularising cultural, religious and tourism importance of the village ahead of Nepal Tourism Year 2011.


Friday, October 1, 2010

समाजसेवी नीलकण्ठ सुवेदीको अल्पायुमै निधन

ई स्याङ्गजा रिपोर्टर 
स्याङ्जा जिल्लाको जगत्रदेवी गाविस वडा नं ३ गुठी निवासी समाजसेवी नीलकण्ठ सुवेदीको अल्पायुमै निधन भएको छ।
उहाँ केही वर्षयता सुगर, निमोनिया र क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो। उहाँको उपचार भारत नेपालका विभिन्न ठाउँमा भए पनि ४९ वर्षको उमेरमा निधन भएको हो।
सुवेदीले विभिन्न सङ्घसंस्था पार्टीका रहेर निरन्तररूपमा सहयोग पुर्‍याउनुभएको तथा २०४५ सालदेखि नै गल्याङ्मा रहेर व्यापार व्यवसाय एवम् २०५९ सालयता गल्याङ् बजार व्यवस्थापन समितिको उपाध्यक्षको पदभार सम्हाल्दै आउनुभएको थियो।
२०५८ नेकपा एमालेको सक्रिय कार्यकताको भूमिका निवाह गर्नुभएको र नेकपा एमाले गाउँ कार्यसमितिकोअध्यक्ष पद समेत सम्हाल्दै आउनुभएकोले उहाँको पार्थिव शरीरमा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष मुक्तिप्रसाद पाठकले पार्टीको झण्डा ओढाउनुभएको थियो।
गल्याङ् बजारका एक प्रतिष्ठित व्यापारी तथा समाजसेवी भएकोलेगल्याङ बजार तथा उद्योगधन्दा कलकारखाना, विद्यालय सङ्घसंस्थाले पूर्णरूपमा बन्दगरेर शोक मनाएका थिए।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति धैरधारण गर्ने शक्ति इश्वरले प्रदान गरून् भन्दै गल्याङ् बजार व्यवस्थापन समिति, जिल्ला उद्योग वाणिज्य सङ्घ तथा जिल्ला उद्योग वाणिज्य सङ्घ एकाइ समिति गल्याङ्ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शोक मनाएका छन्।
सुवेदीकी श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ।

चाडपर्वमा यातायात सेवालार्इ सर्वसुलभ गराउने प्रतिबद्धता

स्याङ्जा, असोज १५ - चाडपर्वमा बढ्ने यात्रीको चापलाई दृष्टिगत गरी यहाँका यातायात व्यवसायीले सेवालाई सर्वसुलभ बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार सम्पन्न यातायात व्यवसायीको भेलाले प्रचलित भाडा कायम राख्ने तथा हाललाई त्यसमा वृद्धि नगर्नेलगायत नौ बुँदे सहमति जारी गरेको छ ।
भेलामा इलाका प्रशासन कार्यालयका प्रमुख केशवराज शर्मा, वडा प्रहरी कार्यालयका प्रमुख राजेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक कमल गुरुङ, आँधीखोला यातायात समितिका सचिव गुणनिधि काफ्ले सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी वालिङ यातायात समितिका अध्यक्ष प्रवीण गुरुङ, पश्चिमाञ्चल बस व्यवसायी समितिका एकराज सुवेदी, गण्डकी बस व्यवसायी समितिका विजय मल्ल, पृथ्वीराज मार्ग समितिका दीपक श्रेष्ठ, मिर्दी जिप समितिका यामनारायण मानन्धर रामवाच्छा, जिप समितिका रामबहादुर एसकेलगायत यातायात व्यवसायीको सहभागिता थियो । 

Thursday, September 30, 2010

विकास र पुर्वाधार निर्माणमा उत्तरी स्याङ्जा पछाडी परेको गुनासो !

राजन पौडेल 

उत्तरी स्याङ्जाको सेतिदोभान र फापरथुम गाउँ विकास समितिका वासन्दिाहरुले विकास र पुर्वाधार निर्माणमा उत्तरी स्याङ्जा पछाडी परेको गुनासो गरेका छन् । सेतिदोभान र फापरथुम गाविस बाट सेतिदोभान बजारमा भेला भएका दुई गाविसका व्यत्तिहरुले आज यस्तो गुनासो गरेका हुन् । सेतिदोभान ३ र फापरथुम ४ विच आँधीखोलामा पक्की मोटरेवल पुल निर्माण गर्न विषयमा भएको भएको छलफलमा बोल्दै नोपलि कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनिले पर्यटकिय गाउँ सिरुवारी पुग्ने मोटरबाटामा पर्ने सेतिदोभान तथा आधिखोलामा मोटरेवल पुल निर्माण गर्न सबै दल मिलेर अगाडि बढनु पर्ने बताउनुभएको थियो । भेलामा सेतिदोभानमा पक्की पुल निर्माण, सेतिदोभानबाट निवुवाबोट हुदै सिरुवारीआरुचौर मोटरबाटोले प्राथमिकता पाउनुपर्ने लगाएताका कुरामा जोड दिइएको थियो ।


स्याङजा सहयोग समाजद्वारा खेलाडी सम्मान

दोहा
 इद उल फित्रको अवसरमा कतारमा आयोजित भलिवल प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीहरूलाई स्याङजा सहयोग समाज (स्यासस) कतारले गत साता एक विशेष कार्यक्रमकाविच सम्मान गरेको छ ।
स्याससका अध्यक्ष गुरु नारायण रानाभाटले खेलको भावना र स्याससको भावना दुवै मैत्रीपुर्ण रहेको चर्चा गर्दै जिल्लाको प्रतिष्ठाका लागि खेलाडीले धेरै मेहनत गरेको बताए । ‘स्याससको चाहना विशुद्व सामाजिक सेवाको भावना’को मर्म अनुसार काम गर्दै जाने प्रतिबद्वता ब्यक्त गर्दै रानाभाटले खेलाडीलाई वधाई तथा शुभकामनाब्यक्त गरे । सो अवसरमा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का महासचिव विल गुरुङले स्याङजाका खेलाडीले खेलबाट धेरैको मन जितेको बताए । ‘अनुशासित भएर खेल्दा पाएको सफलता निकै स्मरणयोग्य हुन्छ’ स्याससका खेलाडीलाई थप प्रगतीको कामना गर्दै उनले भने । एनआरएनएले अन्य संघसंस्थासंग मिलेर खेल गतिविधीलाई बढाउने योजना राखेको उनले जनाए ।
हाल सचिवको पनि कार्यभार सम्हाल्दै आएका सल्लाहकार सदस्य बुद्वि विकको सञ्चालन एवं अध्यक्ष गुरु नारायण रानाभाटको सभापतित्वमा आयोजित सो कार्यक्रमका विशेष अतिथि स्याससका संस्थापक एवं निवर्तमान अध्यक्ष पुर्ण केसीले पनि खेलाडीहरूसंग शुभकामना आदान प्रदान गरेका थिए ।
स्याससका उपाध्यक्ष प्रकाश श्रेष्ठले कतारले खेलकुदबाट आफुलाई विश्वभरि चिनाएको चर्चा गर्दै सोही प्ररेणा लिएर स्याससले पनि खेलकुदमार्फत आफुलाई चिनाउनुपर्नेमा जोड दिए । ‘धेरैले स्याससलाई चिनेका छन्, अव हामीले खेलकुदको माध्यमबाट नयाँ परिचय थपौं’ श्रेष्ठले भने । स्याससका खेलाडीहरू अन्य जिल्लाबाट खेलिरहेको चर्चा गर्दै अव छिट्टै एक खेलकुद समिति बनाई सवैलाई आवद्व गर्ने योजनावारे उनले प्रकास पारे । ‘अव धेरै प्रतियोगिता हुनेछन्, तयार रहनुहोला’ श्रेष्ठले भने । स्वागत मन्तब्य राख्दै कोषाध्यक्ष कमलराज रेग्मीले स्याससका योजनाहरूवारे चर्चा गर्दै सवै संघसंस्थाले ब्यक्तिगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औंल्याए । ‘अव थप काम गर्ने बेला आएको छ’ उनले भने– ‘रचनात्मक समालोचना गर्दै हौसला बढाइदिनुहोला ।’ खेलसंयोजक तथा टिम क्याप्टेन कृष्ण सारु मगरले खेलाडीको मनोव बढाउने स्याससका गतिविधिप्रति कृतज्ञता जनाए । स्याससको अक्षयकोष संयोजक एवं इदका अवसरमा कतार रिइन्फोर्समेन्स कम्पनीमा आयोजित भलिवल प्रतियोगितामा खेल संयोजक टुकराज अर्यालले सो आयोजनावारे चर्चा गर्दै खेलाडीहरूलाई हमेशा तम्तयार रहन आग्रह गरे । हरेक प्रयासबाट सफलताका लागि नयाँ र सजिला बाटाहरूको खोज भइरहने उनको तर्क थियो । स्यासस सदस्य तथा एकाई समिति थुमपोखराका संयोजक डोलराज डुम्रेले पनि खेलाडीलाई बधाई ज्ञापन गर्दै मन्तब्य राखे । भलिवलका पुर्व खेलाडी नरेन्द्र एलसीले खेलाडीहरूलाई सम्बोधन गर्दै अनुशासन सवैभन्दा महत्वपुर्ण तत्व रहेकोमा जोड दिए ।
सो कार्यक्रमका सहभागिहरूले परिचयात्मक चरणमा स्याससका खेलाडीहरूप्रति शुभकामना र कृतज्ञता ब्यक्त गरे । सो अवसरमा ‘भलिवल खेलाडीहरूलाई हौसला प्रदान गर्न एवं खेलभावना दिगो राख्नका लागि’ स्याससले प्रसंसापत्रले सम्मान गरेको थियो । विराज थापा, सोम प्रकास मानन्धर, कृष्ण सारु मगर, चित्र बहादुर गुरुङ, विरेन्द्र राना, तिल कुमार विक, विसन विक, रविन विक, विकास विक, राजु राना, कमल गुरुङ, वम थापा मगर, रविन राना, कुसल खत्री, कमल राना, बोम सारु, कमल थापा, राजकुमार विसी, प्रेम भुजेल, सुर्य थापा, ज्ञानेन्द्र राना, प्रेम कुमार श्रेष्ठ, विशाल गुरुङ, एभरेष्ट युथ क्लवका सुर्य बहादुर थापा लगायतलाई प्रसंसापत्र प्रदान गरिएको थियो । सो अवसरमा खेलाडी एवं खेल पदाधिकरीको सम्मानमा स्याससले रात्रीभोजको आयोजना गरेको थियो ।

टाम्केकोट महोत्सवको पूर्व सन्ध्यामा पिडीखोला मा सरसफाइ

ई स्याङ्गजा रिपोर्टर 
गल्याङ, १३ असोज। यही असोज २७ गतेदेखि कात्तिक ४ गतेसम्म पिंढीखोला गाविसको टाम्केकोटमा सञ्चालन गरिने टाम्केकोट महोत्सवको पूर्व सन्ध्यामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
जनमुक्ति युवा क्लबको अगुवाइमा गाउँ सरसफाइ गरिएको क्लबका अध्यक्ष विनोद रखालीमगरले जानकारी बताउनुभयो।
टाम्केकोट डाँडा यस क्षेत्रकै सबैभन्दा अग्लो डाँडा भएकाले त्यस स्थानबाट पाल्पा, पर्वत, गुल्मी, नवलपरासीलगायतका मनमोहक दुश्य माछापुच्छे्र, अन्नपूर्ण हिमशृङ्खला देखन सकिन्छ।
महोत्सवमा आदिवासी जनजातिको वाहुल्यता रहेकोले जनजातिका भाषा, कला, संस्कृति, साहित्यको अध्ययन अवलोकन गर्न सकिने मौलिक झाँकी समेत प्रस्तुत गरिने अध्यक्ष रखालीमगरले बताउनुभयो।
टाम्केकोट वरिपरि रानीफाल, वाक्छयाकचौर, भालथुमकोट मन्दिर, चिया बगान, एकगौडे गुफा, सौर्यनी गुफालगायतका धार्मिक तथा एैतिहासिक महत्त्वपूर्ण स्थान अवलोकन गर्न सकिने पर्यर्टन वर्ष २०११ सफल पार्न समेत टेवा पुर्‍याउनेमा समेत विस्वास लिएको आयोजक स्रोतले जानकारी गराएको छ।
स्याङ्जाकै पहिलो चिया बगानका रूपमा स्थापित भालथुम डाँडा भएको कार्यक्रममा हस्तनिर्मित, सामग्रीको प्रदर्शन गरिने, राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ।
महोत्वसमा आन्तरिक तथा बाह्य गरी १० हजार पर्यटक भित्र्याउने उदेश्य रहेको छ।
त्यस स्थानमा पुग्नका लागि गल्याङदेखि तीन घण्टाको पैदल यात्रा गरेर पुग्न सकिने ग्रामीण पर्यटन विकासको संरक्षण गर्ने उद्देश्यको साथ विजया दशमी तथा दिपावलीको  अवसर पारी सो महोत्सवको आयोजना गरिएको हो।

आपराधिक क्रियाकलापबाट सतर्क रही सुरक्षित बनौं भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गल्याङमा सम्पन्न

आपराधिक क्रियाकलापबाट सतर्क रही सुरक्षित बनौं भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गल्याङमा सम्पन्न :



गल्यांग , १३ असोज।प्रहरी चौकी गल्याङको आयोजनामा आपराधिक क्रियाकलापबाट सतर्क रही सुरक्षित बनौं भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गल्याङमा सम्पन्न भयो।
प्रहरी चौकी गल्याङका प्रमुख नेमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गल्याङ क्षेत्रका व्यापारी, बुद्धिजीवी, उद्योगपति पेसाकर्मी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीबीच भएको थियो।
वक्ताहरुले बजार विस्तार हुँदै गएको र नजिकिदै जाँदा आपराधिक क्रियाकलाप बढ्दै जान थालेकाले त्यसको रोकथामका लागि प्रहरी प्रशासनले मात्रै सुरक्षा दिन नसक्ने, त्यसका लागि स्थानीयबासीले टोल टोलमा गार्डको व्यवस्था मिलाउनुपर्ने र प्रत्येक घरमा रातिको समयमा बिजुलीबत्ती बाल्ने व्यवस्था मिलाएमा आपराधिक क्रियाकलापमा कमी हुनेमा सबैले जोड दिएका थिए।
बजारको विस्तारसँगै सुरक्षा व्यवस्था पनि विस्तार गरेर जानुपर्ने भएकाले गल्याङमा इलाका प्रहरी कार्यालय स्थापना गर्नुपर्ने भएकाले जग्गा छनौटका लागि गल्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद बस्यालको संयोजकत्वमा नौ सदस्यीय समिति समेत चयन गरिएको छ।
समितिको सदस्यहरुमा प्रेमराज श्रेष्ठ, कोमलनाथ शर्मा, दुर्गाप्रसाद भण्डारी, लक्ष्मणप्रसाद भट्टराई, टेकनाथ न्यौपाने, भेमलाल अर्याल, अर्जुनप्रसाद श्रेष्ठ, किसान श्रेष्ठ रहनुभएको छ। कार्यक्रममा प्रहरी चौकी गल्याङका सर्इ नेम केसीले आपराधिक क्रियाकलापबाट बच्न अपनाउनुपर्ने ३२ बुँदे सावधानीपत्र प्रस्तुत गर्नुभएको थियो।

गाउ ठाउँ मा घोक हाल्ने कटुवाल प्रथा कायमै : ज्याला भने न्यून भएको गुनासो !

By Prakash Dotel 
राणाकालिन शासन व्यवस्थाबाट हजुरबुवाले थालेको काम पञ्चायती व्यवस्थाको करिव १५ वर्षको समय बुवाले थाम्नुभयो, २०३५ सालदेखि हाल (लोकतान्त्रिक व्यवस्था) सम्म आउँदा समेत कामको स्वरुपमा कुनै परिवर्तन छैन्। हजुरबुवा, बुबा र मेरा गरि तीनपुस्ताको निरन्तर काम एउटै छ। स्याङ्जाको विकट सेखाम गाविसमा एउटै परिवारको तीनपुस्ताले कटुवालको काम गर्दै आएको छ। हजुरबुवा भमरे दमै, बुवा अविरे दमैले कटुवाल गदै आएकोमा पछिल्लो समय छोरा खिमबहादुर दमैले उक्त काम सम्हाल्दै आएका छन्। 
सेखाम गाउँ विकास समिति वडा नं.–२, निवासी दमैले २०३५ सालदेखि समालेको कटुवालको कामबाट खास्सै आम्दानी हुन नसकेको बताए। काम वापत वर्षभरिमा प्रत्येक घरमा पुगेर पाथि माग्नुपर्ने बाध्यता छ। उनले भने, कस्तो काममा फसियो? न त चट्क्कै काम छाड्न सकिन्छ न निरन्तर राख्न सकिन्छ। परिवार धान्ने समस्या आएको छ। 
सेखाम गाविसमा कटुवालको काम गरेवापत गाविस कार्यालयबाट मासिक एक हजार पांचसय पाउँदै आएको छु। दमैले भने, महँगीको समय यति रकमले के गर्ने? 
उक्त गाविसको वडा नं.–२, का करिव एकसय घरधुरीमा पुगेर विगत लामो समयदेखि वर्षमा एक पाथीका दरमा धान हो वा कोदो उठाउने गरेको दमैले बताए। कटुवाल दमैले भने, कतिपय घरले त त्यही पाथि पनि दिदैन्न। वडा वासिन्दामा कतिमा त पाथि दिने हैसियत नै छैन्। 
गाविस कार्यालयका सबै किसिमका कामको खबर गाविस वासिन्दाहरुसम्म पुर्‍याउने काम दमैले गरेका छन्। विहान उठना साथ काममा खटिनु पर्छ, दमैले खाना विनाको उक्त रकमले दमैले ८ जनाको परिवार धानेका छन्। 
आफैसँगका साथीहरु कति सरकारी नोकरीबाट पेन्सनर भए कति विदेशबाट मोटो रकम आर्जन गर्न सफल भए। कटुवाल कामबाटै केहि हुन्छ की भनेर बस्दा दमैले दुखेसो गरे, हातमुख जोर्न समेत धौ–धौ परेको छ। उनको माग छ, ‘सरकारले कटुवालहरुलाई पेन्सनको व्यवस्था गरिदिनु पर्छ।’ 
गाविसमा कटुवाल काम गर्दै आएको दमैको तीनपुस्ता उस्तै भएको उनका छिमेकी दलबहादुर सिंहले बताए। करिव एकसय ५० वर्षको अन्तरसम्म यहि काम गर्दा आजपनि हजुरबुवाले छाडेर गएको अवस्था भन्दा कत्तिपनि फरक छैन्। दमैको अवस्थालाई देखेर सिंहले अगाडी थपे, कटुवाल प्रथालाई व्यवस्थित गर्नुपर्छ।
देशका अधिक गाविसहरुमा कटुवाल प्रथा हट्यो भन्ने सुनेको छु। बुढेसकालमा त्यही कटुवाल काम पनि गर्न पाईदैन की? भन्ने दमैले ठूलो चिन्ता व्यक्त गरे। कटुवाल काम गदै आएकालाई बैकल्पीक व्यवस्था गरेर यो प्रथा हटाए पनि कटुवाल काम गर्दै आएकालाई समस्या आउने थिएन्।
जिल्लाका २ नगरपालिका र करिव ४० गाविसमा कटुवाल प्रथा छैन्। कतिपय गाविसका कटुवालले पेशा परिवर्तन गरेका छन्। शहरी ईलाका बाहिर रहेका करिव २ दर्जन गाविसमा कटुवाल प्रथा कायमै छ |

गल्याङ चापाकोट ग्रामिण सडक संचालनमा

By Prakash dotel 
एक महिना अघिको अबिरल वर्षाका कारण अवरुद्ध स्याङ्जाको गल्याङ देखि चापाकोट रत्नपुरसम्म जोड्ने ग्रामिण सडक सुचारु भएको छ। गल्याङदेखि चापाकोट सम्मको करिव २७ किलोमिटर कच्ची सडकको ठाँउ–ठाँउमा गएको पहिरोको कारण सडक अवरुद्ध भएको थियो। सडकको मर्मत तथा सरसफाई गरि यातायात संचालनमा ल्याईको गल्याङ चापाकोट ग्रामिण सडक समितिका उपाध्यक्ष सूर्य प्रसाद चापाकागाईले बताए।
सडक अवरुद्ध हुँदा स्याङ्जाका पकवादी, तुल्सीभञ्ज्याङ, कुवाकोट, चापाकोट, रत्नपुर, सेखाम, साँखर र छिमेकी जिल्ला पाल्पाका हेक्लाङ, हुँगी, रामपुर लगायतका गाविसका सर्वसाधारहरु मर्कामा परेका थिए ।

गरिमा पछी मुक्तिनाथ को ATM

स्याङ्जा सदरमुकाममौ पहिलो पटक मुक्तिनाथ विकास बैकले सोमबार देखि एटिएम कार्ड प्रयोगमा ल्याएको छ ।
आधुनिक समाज सुहाउँदो वित्तिय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जा सदरमुकाम पुतलीजार नगपालीका १ मा रहेको मुक्तिनाथ बिकास वैकले पैसा झिक्न अटोमेटेड टेलर मेसिन एटिएम सोमबारबाट संचालनमा ल्याएको हो ।
एटिएम संचालनामा आएपछि स्याङ्जाबासीहरुमा लामो समयदेखि पैसाको प्रतिक्षामा चेक बोकेर बैकको काउन्टरमा बस्ने पर्ने समस्या केहि हदसम्म भएपनि समाधान हुने भएको छ । वित्तिय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले चलाउन सजिलो छिटो र जुनसुकै समय खुला रहने एटिएम कार्डको सेवा संचालनमा ल्याएको बैकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।

स्याङ्जा सदरमुकाममा आधा दर्जन बिकास बैक रहेपनि एटिएम संचालनमा ल्याउने मुक्तिनाथनै पहिलो बैक बनेको छ । स्याङ्जा, कास्कि र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाएको मुक्तिनाथ विकास बैंकले आफ्ना ३४ वटा शाखामा एटीएम खाता खोलेका ग्राहकहरुले नबिल र एसबिआई बैकबाट अधिराज्यभर सेवा प्राप्त गर्न सक्नेछन् भने नेपाल इन्भेष्टमेन्ट, कुमारी, ग्लोबल लगायतका १५ बैकको एटिएम कार्डबाट मुक्तिनाथ बैकबाट रकम झिक्न सक्नेछन् ।

बैकको एटीएम सेवाबाट एक पटकमा ४० हजार र एक दिनमा ८० हजार रकम निकाल्न सकिने व्यवस्था रहेको बैक स्रोतले जनाएको छ । २०६३ सालदेखि संचालनमा आएको बैंकको एक अर्व अधिकृत पुँजि २० करोड चालुपुँजि र १३ करोड चुक्ता पुँजि रहेको छ ।
स्याङ्जाको अर्को व्यापारीक केन्द्र वालिङ्मा भने अन्य केहि वित्तय संस्थाहरुले यस अगाडिनै एटीएम कार्ड प्रयोग ल्याईसकेका थिए । सदरमुकाम स्याङ्जा बजारमा पनि मुक्तिनाथ बिकास बैक पछाडि नेपाल बैक लिमिटेड र गरीमा विकास बैकले समेत एटिएमको सुविधा ल्याउने तयारी गरीरहेका छन् । 

Sunday, September 26, 2010

राष्ट्रिय अभिभावक सङ्घ स्याङ्जाको जिल्ला सम्मेलन सम्पन्न

नेपाल राष्ट्रिय अभिभावक सङ्घ स्याङ्जाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनले ध्रुव अधिकारीको अध्यक्षतामा चार सदस्य पछि थप्ने गरी १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, कोषाध्यक्षमा मिनप्रसाद कोइराला, सचिवमा देविमाया थापामगर तथा सदस्यहरुमा कविता खत्री, दिलबहादुर श्रेष्ठ, दिपेन्द्र परियार, डिल्लीरमण खनाल, लोक राज काफ्ले, अमरबहादुर गुरुङ, बद्री डोटेल, ऋषिराम पाण्डे र ज्ञानेन्द्र ढकाल रहनुभएको छ।
भेलाले भगवान गिरी, मोति रानाभाट, श्यामप्रसाद अर्याल, शारदा शाह, रुद्रबहादुर थापा र गणेश पाण्डेय सम्मिलित छ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ।
ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सङ्घका केन्द्रीय सदस्य तोयनाथ लम्सालले गर्नुभएको थियो भने सञ्चालन ज्ञानेन्द्र ढकालले गर्नुभएको थियो। कार्यक्रममा दीपेन्द्र परियार, मिनप्रसाद कोइराला, भीमकुमारि पौडेल तथा तारा भुसाल लगायतले विद्यमान शैक्षिक विकृतिलाई हटाउन सङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।