Sunday, September 26, 2010

राष्ट्रिय अभिभावक सङ्घ स्याङ्जाको जिल्ला सम्मेलन सम्पन्न

नेपाल राष्ट्रिय अभिभावक सङ्घ स्याङ्जाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनले ध्रुव अधिकारीको अध्यक्षतामा चार सदस्य पछि थप्ने गरी १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, कोषाध्यक्षमा मिनप्रसाद कोइराला, सचिवमा देविमाया थापामगर तथा सदस्यहरुमा कविता खत्री, दिलबहादुर श्रेष्ठ, दिपेन्द्र परियार, डिल्लीरमण खनाल, लोक राज काफ्ले, अमरबहादुर गुरुङ, बद्री डोटेल, ऋषिराम पाण्डे र ज्ञानेन्द्र ढकाल रहनुभएको छ।
भेलाले भगवान गिरी, मोति रानाभाट, श्यामप्रसाद अर्याल, शारदा शाह, रुद्रबहादुर थापा र गणेश पाण्डेय सम्मिलित छ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ।
ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सङ्घका केन्द्रीय सदस्य तोयनाथ लम्सालले गर्नुभएको थियो भने सञ्चालन ज्ञानेन्द्र ढकालले गर्नुभएको थियो। कार्यक्रममा दीपेन्द्र परियार, मिनप्रसाद कोइराला, भीमकुमारि पौडेल तथा तारा भुसाल लगायतले विद्यमान शैक्षिक विकृतिलाई हटाउन सङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

No comments:

Post a Comment