Thursday, September 30, 2010

गरिमा पछी मुक्तिनाथ को ATM

स्याङ्जा सदरमुकाममौ पहिलो पटक मुक्तिनाथ विकास बैकले सोमबार देखि एटिएम कार्ड प्रयोगमा ल्याएको छ ।
आधुनिक समाज सुहाउँदो वित्तिय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जा सदरमुकाम पुतलीजार नगपालीका १ मा रहेको मुक्तिनाथ बिकास वैकले पैसा झिक्न अटोमेटेड टेलर मेसिन एटिएम सोमबारबाट संचालनमा ल्याएको हो ।
एटिएम संचालनामा आएपछि स्याङ्जाबासीहरुमा लामो समयदेखि पैसाको प्रतिक्षामा चेक बोकेर बैकको काउन्टरमा बस्ने पर्ने समस्या केहि हदसम्म भएपनि समाधान हुने भएको छ । वित्तिय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले चलाउन सजिलो छिटो र जुनसुकै समय खुला रहने एटिएम कार्डको सेवा संचालनमा ल्याएको बैकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।

स्याङ्जा सदरमुकाममा आधा दर्जन बिकास बैक रहेपनि एटिएम संचालनमा ल्याउने मुक्तिनाथनै पहिलो बैक बनेको छ । स्याङ्जा, कास्कि र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाएको मुक्तिनाथ विकास बैंकले आफ्ना ३४ वटा शाखामा एटीएम खाता खोलेका ग्राहकहरुले नबिल र एसबिआई बैकबाट अधिराज्यभर सेवा प्राप्त गर्न सक्नेछन् भने नेपाल इन्भेष्टमेन्ट, कुमारी, ग्लोबल लगायतका १५ बैकको एटिएम कार्डबाट मुक्तिनाथ बैकबाट रकम झिक्न सक्नेछन् ।

बैकको एटीएम सेवाबाट एक पटकमा ४० हजार र एक दिनमा ८० हजार रकम निकाल्न सकिने व्यवस्था रहेको बैक स्रोतले जनाएको छ । २०६३ सालदेखि संचालनमा आएको बैंकको एक अर्व अधिकृत पुँजि २० करोड चालुपुँजि र १३ करोड चुक्ता पुँजि रहेको छ ।
स्याङ्जाको अर्को व्यापारीक केन्द्र वालिङ्मा भने अन्य केहि वित्तय संस्थाहरुले यस अगाडिनै एटीएम कार्ड प्रयोग ल्याईसकेका थिए । सदरमुकाम स्याङ्जा बजारमा पनि मुक्तिनाथ बिकास बैक पछाडि नेपाल बैक लिमिटेड र गरीमा विकास बैकले समेत एटिएमको सुविधा ल्याउने तयारी गरीरहेका छन् । 

No comments:

Post a Comment