Saturday, December 25, 2010

सडक दुर्घटना मा घाइते बृद्धको मृत्यु

लोकनाथ मरासिनी

पौष १०, स्याङ्जा
  दर्सिङ  दहथुम १ हेलू स्याङ्जामा आज भएको सडक दुर्घटनामा गम्भीर घाइते एक बृद्धाको उपचारका क्रममा पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको छ ।
वालिङबाट अर्जुनचौपारी तर्फ आउदै गरेको ना ४ ख २८९३ नंवरको बसले सिद्धार्थ राजमार्ग अन्र्तगतको सो सडक खण्डमा ठक्कर दिदा दर्सिङ दहथुम १ हेलू घर भएकी वर्ष ८० कि वुद्धिसरा माझीको मृत्यु भएको हो ।
बस र बस चालक  वडा प्रहरी कार्यालय वालिङको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आधिखोलाको क्षमता विस्तारका लागि पीपीए

आँधिखोला जलविद्युत् केन्द्रको क्षमता विस्तारका लागि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ


थप १ अर्ब लगानी हुने

 बुधबार सम्पन्न पीपीए सम्झौतामा बीपीसीका प्रमुख कार्यकारी अधिकृत रञ्जन लोहार र प्राधिकरणका प्रसारण तथा प्रणाली सञ्चालन प्रमुख तीर्थमान शाक्यले हस्ताक्षर गरेका हुन् । स्याङ्जास्थित सो आयोजनाको जडित क्षमता ५.१ मेगावाट रहेको छ । क्षमता विस्तारपछि विद्युत केन्द्रबाट ९.४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ र हिउँदमा प्रतियुनिट ७ रुपैयाँमा पीपीए भएको छ । आयोजना विस्तारका लागि कात्तिक १८ गते नै बीपीसीले सरकारबाट अनुमति लिएको थियो ।
सन् १९९१ देखि नियमित रूपमा सञ्चालनमा आएको उक्तविद्युत् केन्द्रको क्षमता विस्तार गर्न करिब १ अर्ब रुपैयाँ लाग्ने बीपीसीले जनाएको छ । बीपीसीका अनुसार अबको दुई महिनाभित्र क्षमता विस्तारको कार्य सुरु हुनेछ । विस्तारको कार्य सम्पन्न गर्न करिब १८ महिना लाग्ने बताइएको छ ।
जलविद्यत् केन्द्रको क्षमता विस्तार गर्न बाँधको उचाइ थप, टेलरेस सुरुङको विस्तार, एउटा पेनस्टक पाइपको जडान र  इलेक्ट्रोमेकानिकल्स उपकरण बदल्नेजस्ता कार्य गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृत लोहारले बताए । आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल निर्माण गर्न हिमाल हाइड्रो एपीपी चाइना इलेक्ट्रिकसँग सम्झौता भएको बीपीसीले जनाएको छ ।  
आयोजनाबाट पाल्पा र स्याङ्जा जिल्लाका करिब ८ सय  परिवार लाभान्वित भइरहेका छन् भने विद्युत केन्द्रको हेडरेस टनलमार्फत ३ सय ९ हेक्टर जमिन सिञ्चित गरिएको छ । आयोजनाको क्षमता विस्तारपछि थप २ सय ५० हेक्टर जमिनमा सिंचाइ पुग्ने बताइएको छ

Friday, December 24, 2010

जनप्रदिप उच्चमावि स्रोत केन्द्र चिलाउनेवास मा प्रतितियोगिता सम्पन्न

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 


 जनप्रदिप उच्चमावि स्रोत केन्द्र चिलाउनेवास स्याङ्जा अन्र्तगत रहेका विद्यालयहरुको प्रथामिक विद्यालय स्तरीय स्मरण खेल प्रतियोगिता आज सम्पन्न भएको छ ।
स्रोत केन्द्र अन्र्तगत रहेका २२ विद्यालयका ४४ जना विद्यार्थिले भाग लिएको प्रतियोगितामा स्टारा एजुकेशनल एकेडेमि विचारी चौताराका सोरोज खत्रि प्रथम, पार्खिबोट प्रविका मानोज पौडेल द्धितिय, सेपत सिरानचौर माविका सुजन क्षेत्रि तृतिय र जनप्रदिप उमाविका लक्ष्मी भुजेल सान्तवना हुन सफल भएको छ ।
स्रोत व्यक्ति चिरिञ्जीवी शर्माले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको स्थायिन प्रतिनिधि लुमचन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।

मग्याम चिसापानी गाबिसमा अगरबत्ति बनाउने तालीम सम्पन्न

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 

      “सिप सिकौं आत्मनिर्भर बनौं’’ भन्ने नाराका साथ प्रगतिशिल नारी सञ्जाल समुहको आयोजना एवं कोपिला नेपालको प्राविधिक सहयोगमा स्याङ्जा चिसापानीको गा.वि.स. भवनमा पौष ४ देखी शुरु भएको अगरबत्ति बनाउने तालीम एक समारोहका विच समापन्न  गरिएको छ ।महिलाहरुको सिप विकास कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको उक्त तालिममा गा.वि.स. भरिका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम पश्चात ब्यबसायमुलक रुपमा अगाडी बढ्न सहभागीहरुको तर्फबाट समिति गठन गरिएको छ । 

बिद्यालय मा उच्च मावी बनाउन एकै दिन १४ लाख घोषणा

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 

स्याङजा जिल्लाको दुर्गम गाविस चित्रेभञ्ज्याङमा रहेको मातृ भूमि माध्यमिक विद्यालयमा उच्च मा.वि.सञ्चालानार्थ १४ लाखभन्दा बढि रकम एकै दिनको घोषणा सभाबाट संकलन भएको छ ।गाउँमै उच्च माध्यमिक तहसम्मको शिक्षा दिलाउन र गाउँको मुहार शिक्षाले उज्याँलो पार्ने अभियान का साथ स्थानीय समाजसेवी, बुद्धिजिवि, शिक्षाप्रेमी एवं अभिभावकहरुले घोषणा सभामा एकै दिनमा १४ लाख ३५ हजार रुपैयाँ नगद उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।कार्यक्रममा सहभागिहरुले घरदैलोमा नै आफ्ना बालबालिकाहरुलाई उच्च शिक्षा दिलाउने अवसर पाएकोमा खुशी ब्यक्त गरेका छन् । यसरी सहयोग प्राप्त भएपछि विद्यालयले आउँदो शैक्षिक सत्रबाट उच्च माध्यमिक विद्यालयको पढाई सुरु गरिने जानकारी दिएको छ ।

नागरीक अभिन्नदन

लोकनाथ मरासिनी
पौष ९, स्याङ्जा । 

नेपाल राष्ट्रका एकमात्र प्रथम जगतगुरु अन्नत श्री विभुषित बालसन्त मोहन शरण देवाचार्य महाराज श्रीलाई आज स्याङ्जा जिल्लाको तर्फबाट नागरीक अभिन्नदन गरीएको छ ।चम्फागिरी सन्यास आश्रम गुँडिखोलामा हिजोबाट सुरु भएको श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागि हुन आउनुभएका जगतगुरुलाई सम्मान गरीएको हो

दलित कानून सहायक तालिम सुरु

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 

जिल्ला अदालत बार एशोसिएशन स्याङ्जाको अयोजनामा शुक्रबारदेखि ५ दिने दलित कानून सहायक तालिम सुरु भएको छ । कानून सम्बन्धी आधारभूत जानाकारी गराउने उद्धेश्यले संचालित तालिमको एक कार्यक्रमका विच जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीले शुक्रबार दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो ।स्याङ्जा बार एशोसिएशनको प्राङ्गणमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला न्याधिश रेग्मीले कानूनको अज्ञानता क्षम्य नहुने भएकाले सबै नागरिकले कानून जानेको हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
१३ गतेसम्म संचालन हुने तालिममा जिल्लाका पुतलीबजार र वालिङ न.पा.का प्रत्येक वडा बाट १/१ जना तथा छानिएका १६ गा.बि.स.बाट १/१ जना गरी कुल ४० जनाको सहभागिता रहेको छ ।

१४ बुधे बाल अधिकार सम्बन्धि स्याङ्जा घोषण पत्र जारी



लोकनाथ मरासिनी,रेडियो स्याङ्गजा

पौष ९, स्याङ्जा ।

जिल्ला बालक्लब नेटवर्ककको आयोजनामा संचालित तेश्रो जिल्ला स्तरिय बाल भेला स्याङ्जा घोषणा पत्र जारी गर्दै सदरमुकाम स्याङ्जा बजारमा सम्पन्न भएको छ ।

 हामि सबैको सरोकार ,नयाँ संविधानमा सुनिश्चित बाल अधिकार भन्ने नाराका साथ संचालित भेलाले १४ बुधे स्याङ्जा घोषण पत्र जारी गरेको हो ।
 जिल्ला बालकल्याण समिति स्याङ्जाको संरक्षकत्वमा सम्पन्न भेलाले नयाँ बन्ने संविधानमा बाल अधिकारको सुनिश्चितता र अन्य क्षेत्रमा पनि बालबालिकको हक र अधिकार संरक्षणको माग गरेको छ ।
घोषणा पत्रमा मौलिक हक, सुरक्षित जन्म, परिचयको अधिकार, भेदभाव रहित, शिक्षा र संस्कृतिको अधिकार, सुचना तथा जानकारीको अधिकार तथा हिंसा, यौन शोषण, दुव्र्यहार, बेचविखन, बालविवाह, जोखिमपुर्ण काम विरुद्धको अधिकार लगायतलाई समेटिएको छ ।
भेलाले जनक सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ |

Thursday, December 23, 2010

ऐक्यवद्धता निर्माण तालिम सम्पन्न

प्रकाश डोटेल स्याङ्जा–८, पौष
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा स्याङ्जाको आयोजनामा जिल्ला सदरमुकाममा सामुदायिक ऐक्यवद्धता निर्माण तालिम सम्बन्धी दुईदिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा सामु्दायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा स्याङ्जा अन्र्तगत जिल्लाका पदाधिकारी, रेन्जपोष्टका पदाधिकारी र सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि गरि २१ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रशिक्षक मिना सुयलले प्रशिक्षण दिएकी थिइन् ।
जिल्ला शाखाका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सामुदायिक वनको ऐतिहासिक विकासक्रम र सामुदायिक वन सम्बन्धी कानुनी व्यवस्थाहरुको बारेमा प्रशिक्षण प्रदान गरिएको सचिव दोबहादुर कार्कीले बताएका छन् ।

धार्मिक पर्यटकिय क्षैत्र सिताकुण्डमा मोटर पुग्यो

प्रकाश डोटेल स्याङ्जा–८, पौष
पाल्पा जिल्लाको दक्षिण भेगको पर्यटकिय क्षेत्र दर्छा गाविस स्थित सिताकुण्ड लाम्टाङ्मा पहिलो पटक ग्रामीण सडक निर्माण सम्पन्न भएको छ । एक सय आठ कुण्ड मध्येको एक सिताकुण्ड हो । दर्छा गाबिसको १० लाख अनुदान सहयोग वडा नं २ र ३ को वडा कोष तथा जुल्केनी सामुदायिक बनको समुह कोष र स्थानीय उपभोक्ताको श्रमदान ३ लाख गरी १३ लाखको लागतमा सात किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न भएको हो । सडक पुगेपछि सिताकुण्ड क्षेत्रमा पहिलो पटक बस पनि पुगेको छ ।
गण्डकीबेसी पाल्पा जिल्लाको धार्मिक एवं एतिहासीक रुपलै महत्वपूर्ण सिताकुण्डमा सडक पुगेपछि यसको महत्व बढ्नुका साथै बिकास हुने आशा लिइएको सडक उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर ठाडाले बताए ।
त्रेतायुगमा मर्यादापुरुषौतम भगबान सिता र रामको किम्बदन्तीमा बिश्वास गरिदै आएको कहिल्यै नसुक्ने अग्लो डाडामा रहेको कुण्डको बिकास प्रचार– प्रसार गरी पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर गदै सर्बदलिय सहमतिमा दश लाख अनुदान बिनियोजन गरि सडक निर्माण गरिएको गाबिस सचिब देबेन्द्र प्रसाद पोखरेलले बताए ।
जिल्लाकै बिकट क्षेत्रमा रहेको सिताकण्डमा सडक पुगेपछि यसक्षेत्रको पर्यटन बिकास हुने स्थानिय उत्पादन तरकारीले बजार पाउने भएपछि स्थानियवासीमा खुसी भएको श्याम मल्लले बताए ।
तालमा आफै फल्ने झर्नै उम्रने पशुले कहिलै नखाने धान मनोआकांक्षा भाकल पुरा हुने बिश्वास गरीने सिताकुण्डमा हरेक कृष्णजन्मष्टमीका दिन काली नदि रामघाटबाट सिताकुण्डमा जल चढाइ धान गोड्नहरुको मेला लाग्दछ ।

दुइसयको सिम पाँच सयमा बिक्रि

प्रकाश डोटेल स्याङ्जा–८, पौष
नेपाल टेलिकमले वितरण गरेको प्रिपेड मोवाइलको सिम दुइ सयमा किनेर पाँच सयमा बिक्रि भएको खुलासा भएको छ । नेपाल टेलिकमले सक्कली फर्मको फोटोकपीबाट सिम वितरण गर्दा सिमको व्यापारमा संलग्न हुनेले सिम बिक्रि गरेका हुन् । पौष ४ गते देखी वितरण गर्न लागीएको दुई सयको सिम टेलिकमबाट किनेर गाँउघरका सोझा साझा सर्वसाधारणलाई सिम बिक्रि गरिएको उपभोक्ता बताउछन् । सिम प्राप्त गर्न भरीने निवेदनका लागी टेलीकमले सक्कली फर्म उपलब्ध नगराउदा सिमको व्यापार गर्नेले यस्तो मौका पाएका हुन् ।
एउटै ब्यक्तिले ५० ओटा सम्म फर्म बुझाएपछि ५० ओटै सिम टेलिकमले दिने गरेको छ । टेलिकममा लाइनमा बस्नु पर्ने झन्झट भएकाले र सक्कली फर्म नभएपनि हुने गरेकाले सिमको व्यपार गर्ने दलालीहरुले यस्तो मौका पाएको उपभोक्ताको गुनासो छ ।
स्याङ्जामा मात्रै तीनदिनमा करिव ४ हजार सिम वितरण भएको छ । ४ हजार सिम मध्ये २ हजार सिम दलालहरुले लगेको टेलिमक स्याङ्जाले आशंका गरेको छ । तीनदिन सम्म वितरण गरिएको सिम मध्ये ५० प्रतिशत सिमको चलखेल गरेका दलालले निरन्तरता दिइरहनेहो भने र टेलिकमले समयमा ध्यान नपुर्याएमा दलालले लाखौको ठगी गर्न सक्ने बताइएको छ ।
अर्को तर्फ टेलिकमले सक्कली फर्म उपलव्ध नगराएपछि फोटोकपीको १५ रुपया तिरेर निवेदन दिनुपर्दा पनि उपभोक्ता ठगीन बाध्य भएका छन् । टेलिकमले दिएको सक्कली फर्मबाट फोटोकपी गरेर व्यवसाय गर्नेको स्याङ्जा बजारमा तछाडमछाड नै छ ।
नेपाल टेलिकमले स्याङ्जाको सदरमुकाम पुतलीबजार, वालिङ् र गल्याङ्बाट गरि तीन स्थानबाट सिम बितरण गरिरहेको छ । सिमको दलाल गर्नेहरुले स्याङ्जाका तीन स्थानबाट एउटै नागरिकता प्रयोग गरि सिम लिने गरेको समेत बताइएको छ ।

Wednesday, December 22, 2010

स्याङ्जा शाखाबाट समेत सिम काड लिनेको भिड

 लोक नाथ मरासिनी , स्याङ्गजा
 
नेपाल टेलिकमले २०० रुपैयामा सिम कार्ड वित्रि वितरण सुरु गरेपछि स्याङ्जा शाखाबाट समेत सिम काड लिनेको भिड बढेको छ । पौष ४ गते देखि लागु हुने गरी टेलिकमले देशै भरी सस्तोमा सिम उपल्बध गराउन लागेपछि स्याङ्जामा पनि भिड बढेको हो । यस भन्दा अगाडि ११ सय ३५ मा बित्रि वितरण हुदै आएको सिम कार्ड अहिले २०० पाउने भएपछि सदरमुकाम स्याङ्जा बजारमा रहेको शाखा कार्यलयबाट मात्रै ४ दिनको अवधिसम्म ३५०० सिम वितरण भइसकेको टेलिकम स्याङ्जाले जनाएको छ । स्याङ्जा शाखाबाट दैनिक लगभग हजारको हाराहारिमा सिम वितरण हुदै आएका छन् । २०० रुपैयामा उपल्बध हुने सिम कार्डमा १ सय रुपैया व्यालेन्स समेत रहने र यो सेवा अब निरन्तर लागु हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले स्याङ्जाको सदरमुकाम पुतलीबजार, वालिङ् र गल्याङ् बाट गरि तिन ठाउ बाट सिम बितरण गरेको छ । स्याङ्जामा नेपाल टेलिकमका साथै एनसिएल र युटिएलका समेत उपभोक्ताहरु रहेका छन् । अन्य नेटवर्ककका मोवाइलका सिमहरु सर्वसुलभ रुपमा पसलहरुमा पाइने भएपनि टेलिकमको भने अफिसमै जानुपर्ने झन्झटले गर्द केहि सिम कार्डहरु दलालि समेत हुने गरेको उपभोत्ताहरुको गुनासो रहेको छ ।

Monday, December 20, 2010

वालिङमा आइसिटी सम्मेलन सम्पन्न

प्रकाश डोटेल स्याङ्जा–५, पौष
स्याङजाको वालिङमा जिल्लामै पहिलो पटक आईसिटी सम्मेलन सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघको सिटीहलमा सम्पन्न ईन्टरनेट तथा पछिल्लो आईटीको वारेमा जानकारी गराउनुको साथै छलफल भएको थियो । सम्मेलनको उद्दघाटन गर्दै क्यानका केन्द्रिय उपाध्यक्ष किशोर पन्तले सूचना प्रविधिको पछिल्लो जानकारी दिनु सवैले आवश्यक्ता रहेको भन्दै प्रविधिको सही सदुपयोग गर्न सक्ने हो भने मानव जीवन सफल हुने स्पक्ष्ट समेत पारे । उनले सूचना प्रविधिको विकासले विश्वलाई नै गोलवद्ध वनाएको स्पष्ट पारे ।
कम्यूटर एसोसिएसन अफ नेपाल क्यान स्याङजाको आयोजनामा भएको आईसीटी सम्मेलनमा शैक्षिक संस्थाका प्रतिनिधि तथा विद्यार्थी, वैक तथा वित्तिय क्षेत्रका प्रतिनिध तथा विभिन्न आईटी सम्वन्धी जाकनारी लिनेको उल्लेख्य सहभागिता थियो ।

सिरुबारी होमस्टे तालिम केन्द्र बन्ने

प्रकाश डोटेल स्याङ्जा–५, पौष
पर्यटन वर्ष २०११ लाई ध्यानमा राखेर नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी होमस्टे तालिम केन्द्र बन्ने भएको छ । आवश्यक पुर्वाधारको अभावमा स्थानिय पर्यटक व्यवसायी गाउँ छाडने क्रम बढेको थियो । सिरुबारीलाई होमस्टे तालिम केन्द्र घोषणाको तयारीसँगै आवश्यक पुर्वाधार बन्नेमा व्यवसायी थप आशावादी भएका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहलमा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सिरुबारी होमस्टे तालिम केन्द्र बन्ने भएको संघका अध्यक्ष दिपक लम्सालले बताए । पर्यटन मनत्रालयले केहि दिनभित्रमा केन्द्र घोषणा हुने लम्सालले बताए ।
 तालिम केन्द्रका रुपमा औपचारिक घोषण भएपछि सिरुबारी गाउँमा देशका विभिन्न भागमा संचालनको तयारीमा रहेका ग्रामीण पर्यटक क्षेत्रका व्यवसायीहरु समुह–समुहमा आउनेछन् । नेपाल भ्रमण वर्ष १०९८ को समयमा सिरुबारीमा थालिएको होमस्टे अवधारणाको अवलोकन तथा अनुशरण गर्दै व्यवसायीले तालिम लिने छन् ।
सिरुबारी नेपालकै पहिलो होमस्टे तालिम संचालन भएको क्षेत्र हो । त्यहाँ स्थानिय स्तरमा उत्पादीत कृषिजन्य बस्तुको प्रयोगमा पर्यटकलाई मनपर्ने खानाका परिकार बनाउने गर्दछन् ।
ग्रामीण स्तरमा पर्यटकको खानपान र बसोबासको प्रबन्ध मिलाउनेलाई होमस्टे भन्ने गरिन्छ । केन्द्र बन्ने भएपछि स्थानिय पर्यटन व्यवसायीमा उत्साह छाएको छ । सिरुबारी ग्रामीण पर्यटन मोडलमा देशका अन्य पर्यटक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने कार्य जारी छ ।
सिरुबारीको थप प्रचार हुने भयो । स्थानिय पर्यटन व्यवसायी बबरसिंह गुरुङ्ले भने, अब आन्तरिक तथा बाह्यि पर्यटकको आगमनमा बृद्धि हुने छ । गुरुङ्ले थपे, होमस्टे तालिम केन्द्र सिरुबारीको राम्रो पहिचानको अवसर पनि हो

एचआईभि एडसको सकरात्मक रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न

लोकनाथ मरासिनी

पौष ५,स्याङ्जा
एच आई भि एडस एंव लान्छना तथा भेदभावको सकरात्मक रोकथाम सम्बन्धि १ दिने कार्यक्रम राङ्भाङ् गाउँ विकास समिति स्याङ्जामा सम्पन्न भएको छ ।स्याङ्जा सपोर्ट ग्रुपको अयोजनामा गाउँ विकास समिति र उपस्वास्थ्य चौकिको संयुक्त सहयोगमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।एच आई भि सबैको सामुहिक समस्या हो भन्ने विषयलाई महशुस गराउने उद्धेशयले संचालित कार्यक्रममा संक्रमितहरुको आवज आफ्नै स्वारमा समेत प्रस्तुत गर्दै २ जना संक्रमितहरुको अनुभव सुनाइएको थियो ।

 गाविसका ५७ जनाको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै राङ्भाङ गाविस सचिव खुमलाल ढकालले एच आई भि को क्षेत्रमा आफ्नो क्षेत्रबाट सक्दो पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
स्याङ्जा सपोर्ट ग्रुपका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा सम्पन्न कर्यक्रममा सपोर्ट ग्रुपका परियोजना संयोजक विजय ज्ञावलि तथा राधाकुष्ण शर्माले प्रशिक्षण समेत प्रदान गरेका थिए ।

अरनिको माध्यामिक विद्यालय राङ्भाङ्ग ५ स्याङ्जाको ६१ औ वार्षिकउत्सव सम्पन्न

लोकनाथ मरासिनी

पौष ५,स्याङ्जा

अरनिको माध्यामिक विद्यालय राङ्भाङ्ग ५ स्याङ्जाको ६१ औ वार्षिकउत्सव तथा अभिभावक भेला सोमबार सम्पन्न भएको छ ।सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले विद्यालयको भौतिक श्रोत र साधनसँगै गुणस्तरीय शिक्षमा पनि जोड दिनुपर्ने बताएका थिए ।विद्यालयको वर्षिकउत्सवकै अवसर पारी विद्यालयका प्रध्यानध्यापक हेमराज अर्याल लगायत विभिन्न शिक्षकहरु तथा क्रियाशिल अभिभावकहरुलाई समेत सम्मान गरीएको छ ।
कार्यक्रममा विद्यालय निरिक्षक पदमराज अचार्य, दिर्घबन्दु सुवेदी, हेमन्त थापा, बेलकुमार थापा, नेत्रकुमारी थापा लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार गुरुङ्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्याङ्जामा सप्ताहाव्यापि रुपमा गाविसहरु खुल्ला दिशामुक्त घोषित हुदै

लोकनाथ मरासिनी

पौष ५,स्याङ्जा
सोमबार बाहाकोट खुल्ला दिशा मुत्त गाविस घोषित सन् २०११ सम्म खुल्ला दिशामुक्त जिल्ला घोषण गर्ने अभियानका साथ अगाडि बढेको जिल्ला विकास समिति स्याङ्जाले सप्ताह व्यापि कार्यक्रम अन्र्तगत सोमबार  बाहाकोट गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको छ । अभियानको तेस्रो दिन अन्र्तगत सोमबार विभिन्न कार्यक्रमका साथ बाहाकोटलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको हो ।बाहाकोट गाउँ विकास समिति स्थीत क्रन्तिकारी चौतारोमा सम्पन्न भेलामा सम्पुर्ण बहाकोट बासीहरुले म मरो परिवार र मेरो घरमा आउने पाहुनाहरुले बाहाकोट देवि काखमा बसी अग्नी साँची खुल्ला दिशा गर्ने छैनै भनि प्रतिबद्धता व्यत्त गर्दछै भनि कसम समेत खाएका छन् ।

      बाहाकोटमा सम्पन्न सो कार्यक्रममा स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषण गरेका हुन् ।
गाविसमा रहेको ४७२ सम्पुर्ण घरहरुमा चर्पि निर्माण पश्चात गाविसलाई खुल्ला दिशामुक्त घोषण गरीएको हो ।
खुल्ला दिशामुक्त गाविस घोषण कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला इन्जीनियर अमृत श्रेष्ठ, जिविस स्याङ्जाका इन्जीनियर खेमकान्त रेग्मी, पश्मिाञ्चल नेपाल ग्रमिण खानेपानि तथा स्वास्थ्य सरसफाई परियोजनाका प्रमुख लोकनाथ रेग्मी लगायतले बोलेका थिए  ।
 जिल्ला विकास समिति स्याङ्जको सप्ताहा व्यापि कार्यक्रम अन्र्तगत शनिबारबाट सुरु भएको कर्यक्रम अन्र्तगत शनिबार बागेफड, आइतबार बाङसीङ् र सोमबार बाहाकोट खुल्ला दिशामुक्त गाविस घोषण भएका हुन ,भने मंगलबार भाडखोला, बुधबार मालुङ्गा, विहिबार चण्डी भञ्ज्यङ्ग र शुक्रबार ढापुक लाई खुल्ला दिशामुक्त गाविस घोषण गरीने जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ ।

Sunday, December 19, 2010

साखँरको राधादामोदर मन्दिरमा बृद्ध आश्रम निमार्ण

Lok Nath Marasini
स्याङ्गजा जिल्लाको सबैभन्दा होचो भागमा रहेको मन्दिर साखँरको राधादामोदर मन्दिरमा बृद्ध आश्रम निमार्ण भएको छ । ४० जना अटाउन सक्ने क्षमता भएको एक तले १० कोठे बृद्धाआक्षम भवन निमार्ण भएको हो । महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयको १२ लाख र धनधान्याञ्चल महायज्ञको १६ लाख गरेर करिब २८ लाखको खर्चमा बृद्धा आश्रम निमार्ण गरिएको निमार्ण समितिका सचिब घनश्याम खनालले बताउनुभयो । मन्दिरमा रहेका ४० जना बृद्धहरुलाई व्यबस्थित बसाई र सुरक्षित स्थानका लागि मन्दिर परिसरमा बृद्ध आश्रम निमार्ण गरिएको हो । निमार्ण कार्य पूरा भएपछि आउँदो माघ महिनाबाट बृद्धबृद्धालाई आश्रममा बस्ने वाताबरण गराइने भएको छ । २ तले निमार्ण लक्ष्य लिइएको भवनको अर्को तला भने आर्थिक अभाबका कारण निर्माण कार्य सारिएको समितिका हरिबाबु पोखरेलले बताउनुभयो । स्याङ्गजा,पाल्पा तनहुँ र नवलपरासी गरेर ४ जिल्लाको केन्द्र कालीगण्डकी नदीको किनार साखँर स्याङ्गजामा स्थापना गरिएको आश्रममा ४ जिल्ला सहित पश्चिमाञ्चल क्षेत्रका सयौ बृद्धबृद्धाको लागि साहारा बन्ने छ ।

एमाले निकटको दलित भातृ संगठन मुक्ति समाजको २३ औ स्थापना दिवस

 Lok Nath Marasini
नेकपा एमाले निकटको दलित भातृ संगठन मुक्ति समाजको २३ औ स्थापना दिवस अजा स्याङ्जा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । मदन आश्रित स्मृति भवन स्याङ्जाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा अब बन्ने नयँ संविधानमा दलितका हक अधिकारका विषयमा स्पष्ट उल्लेख गर्न सबै हक हुनुको विकल्प नभएको बत्ताहरुले जोड दिएका थिए । मुक्ति समाज नेपालका केन्द्रिय उपाध्यक्ष टेकु नेपाली, एमाले स्याङ्जाका उपसचिव सुधिर पौडेल, एमाले स्याङ्जा सचिवालय सदस्य सिता सुन्दास, जमानसिंह नेपाली लगायतले बोल्नुभएको थियो । मुक्ति समाज स्याङ्जाका अध्यक्ष खडकबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धनमाया विकले गर्नुभएको थियो भने संचालन सदस्य मोहन गहतराजले गर्नुभएको थियो ।

जिल्लाका ७ ओटा गाविसलाई खुल्ला दिशामुक्त गाविसहरु घोषण अभियान

स्याङ्जा जिल्लालाई सन् २०११ सम्म खुल्ला दिशामुक्त जिल्ला घोषण गर्ने अभियानका साथ अगाडि बढेको जिल्ला विकास समिति स्याङ्जाले अजादेखि सप्ताहा व्यापि रुपमा जिल्लाका ७ ओटा गाविसलाई खुल्ला दिशामुक्त गाविसहरु घोषण अभियान सुरु थालेको छ । अभियानको पहिलो दिन आज बागेफडके गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको छ । स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले आज बागेफडकेलाई एक कार्यक्रमका विच खुल्ला दिशामुक्त क्षेत्र घोषण गर्नुभएको हो । खुल्ला दिशामुक्त क्षेत्र घोषण कार्यक्रममा अजा वागेफडकेका स्थानिय वासीहरुले पुर्ण रुपमा खुल्ला दिश मुक्त गाविस बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । खुल्ला दिशामुक्त गाविस घोषण कार्यक्रममा प्रमुख इन्जीनियर अमृत श्रेष्ठ, जिविस स्याङ्जाका उपसचिव हुमनाथ शर्मा ढकाल, मोतिप्रसाद भुषाल लगायतले बोल्नुभएको थियो । सप्ताहाव्यपि रुपमा आज बाट सुरु भएको खुल्ला दिशामुक्त गाविस घोषण अन्र्तगत भोलिबाट क्रमश बाङ्सीङ्, बहाकोट, भाडखोला, मालुङ्ग, चण्डी भञ्ज्याङ्ग र ढापुकलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीने जिल्ला विकास समिति स्याङ्जाले जानकारी दिएको छ

लोकतान्त्रीक राजनिति र समाजवादि अर्थनिति एक मत्रै बाटो :कमल पंगेनि

Lok Nath Marasini
नायँ र समृद्ध नेपालका लागि लोकतान्त्रीक राजनिति र समाजवादि अर्थनिति एक मत्रै बाटो भएको नेपलि कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनिले बताउनुभएको छ । मनकामना गाउँ विकास समिति कुसुम भञ्ज्याङ्ग स्याङ्जमा आज भएको एक कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति पंगेनिले देशलाई माया गर्ने लकतन्त्रबादिहरु एक हुनुपर्ने बेला आएको बताउनुभएको हो । गाउँ सभापति उमापत्ति शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि कमलाप्रसाद गुरुङ्, जिवन ज्योति उच्च माविका प्रचार्य सामबहादुर गुरुङ, तरुण दलका जिल्ला सदस्य खेम गुरुङ्, खडकबहादुर खाड, ध्रुव खाड, रोशन थापामगर, भिमनारायण काफ्ले लगायतले संविधान निर्माण पुर्व माओवदी शिवीरहरु खालि गरीनुपर्नेमा जोड दिएका थिए

ओशो स्याङ्जा जुनुतारा अन्तरगत सम्पन्न अडिसन बाट उत्कृष्ट १० प्रतियोगी घोषित

Lok Nath Marasini
सिस्ड नेपाल संस्थाले संचालन गरेको ओशो स्याङ्जा जुनुतारा अन्तरगत आज सम्पन्न अडिसन बाट उत्कृष्ट १० प्रतियोगी घोषित भएका छन् । अडिसनबाट गायन तर्फ ५ जना र नृत्य तर्फ ५ गरि उत्कृष्ट १० घोषित भएका हुन् । गायन तर्फ उत्कृटहुनेहरुमा बुद्ध गुरुङ्, नैनेन्द्र गुरुङ्, नविन कटट्वाल, अशोक गुरुङ्, विजय सुनार, सुसान्त गुरुङ रहेका छने भने नृत्यतर्फबाट भुममाया थापा, सोनिम थापा, कंञ्चन गुरुङ, सम्झना गुरुङ्, सुरक्षा पौडेल, नानुमाया गुरुङ् रहेको अयोजकले जानकारी दिएको छ ।

रङ्गेठाटिमा निशुलक आखा शिविर सम्पन्न

Lok Nath Marasini
स्थानीय आमा समुह तथा लायन्स क्लब अफ पोखरा अर्पण लामाचौरको संयुक्त अयोजनामा स्याङ्जाको रङ्गेठाटिमा आज निशुलक आखा शिविर सम्पन्न भएको छ । आखा शिविरमा ४३० जनाले आखा परिक्षण गराएकोमा ३ जनामा मोतिया विन्दु भेटिएको छ । शिविरबाटै २४ जना विरामीको निशुल्क आखाको अप्रेशनको व्यवस्था मिलाइएको छ भने आजको शिविरमा २० हजार बरारावरको औषधि वितरण भएको अयोजकले जानकारी दिएका छन् । शिवीरमा हिमालय अस्पतालका डा. गोविन्दनाथ योगी सहित ५ जनाले उपचार गरेका थिए । एक औपचारी कार्यक्रमका विच सम्पन्न शिविरमा आखा शिविर संयोजक (सह सचिव) लक्ष्मी पाण्डे , जानकी पन्त , प्रधुम्न पनेरु उचच मावि प्राचार्य बुद्धि बहादुर क्षेत्री, ख्यामनारायण पनेरु लगाएतले बोल्नुभएको थियो । सिता देवी ताम्राकारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हा

गरिमाले सुनचाँदी कर्जा लगानी गर्ने


प्रकाश डोटेल स्याङ्जा-३, पौष
वालिङ्मा रहेको गरिमा विकास बैंकले सुनचादी धितो राखेर कर्जा लगानी गर्ने योजना ल्याएको छ । गरिमा विकास बैंक चौथो बर्षा प्रवेस गरेको उपलक्ष्यमा नयाँ कार्ययोजना अर्न्तर्गत सुनचादी कर्जा लाइ अगाडी ल्याएको हो ।
स्याङ्जाको प्रमुख व्यपारीक केन्द्र वालिङ् बजारमा दिनानुदिन नयाँ बैंकहरु आउने क्रम जारी रहेपनि उपभोक्तलाई कर्जा लगानीमा कठिनाइ हुने गरेको थियो । अति सरल तवरले कर्जा लगानी गर्ने गरिमा विकास बैंकले सुनचादी राखेर कर्जा वितरण गर्ने योजना ल्याएको हो ।
वालिङ्मा नेपाल बैंक लिमिटेडले मात्रै सुनचाँदी राखेर कर्जा वितरण गर्दै आइरहेको थियो । गरिमाले पनि सुनचाँदी कर्जा लगानी गर्ने भएपछि यो सेवा प्रदान गर्नेमा बैंकहरु दुइ ओटा भएको छ । बैंकले पहिलो प्राथामिकतामा सुनचाँदी राखेर कर्जा लैजानेमा किसान र दोस्रोमा व्यपारीलाई प्राथामिक दिने जनाएको छ ।
बैंकले पहिलो बर्षा करिव एक करोड लगानी गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष जलेश्वर पाण्डेले बताए अध्यक्ष पाण्डेका अनुसार बैंकले यो सेवालाइृ पहिलो चरण्मा वालिङ् क्षेत्रमा मात्रै लागु गरेको हो । तिन महिनामा व्याज तिर्न पाइने र कर्जामा सेवा शुल्क पनि नलाग्ने भएपछि यस्तो कर्जामा ग्राहकहरुको आर्कषण बढने बैंकले अपेक्षा लिएको छ ।

आप्रवासी दिवसमा विविध कार्यक्रम


प्रकाश डोटेल स्याङ्जा-३, पौष
कामका खोजीमा देश बाहिर रहेका आप्रवासी कामदारको अधिकारलाई संरक्षण गर्न तथा कामको खोजीमा बाहिर जान लागेकाहरुलाई सचेतना मुलक कार्यक्रम गर्दै नेपालमा सन २००० देखि मनाउँदै आएको आप्रवासन दिवस शनिवार देश भर विभिन्न कार्यक्रम संचालन गरि मनाइएको छ ।
देशका विभिन्न शहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा प्रभातफेरि, अन्तरक्रिया, सचेतना मुलक कार्यक्रम, आप्रवासी कामदारहरुको समस्याहरुको भनाई र सुनाई तथा रचनात्मक कार्यक्रम गरि यो दिवस मनाइएको हो ।
अन्तरराष्ट्रिय आप्रवासन दिवस २०१० का अवसरमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जारी गरेको राष्ट्रिय आव्हृान पत्रमा २०६७ आषाढ मसान्तसम्ममा श्रम स्वीकृत लिएर जानेको संख्या १७ लाख २६ हजार ३ सय १८ रहेको बताइएको छ ।
श्रम स्वीकृत लिनेको संख्या करिव १८ लाख भएपनि अभिलेखवद्ध नगरिएको संख्या जोड्ने हो भने यो दोब्बर हुने अनुमान गरिएको छ । नेपाली आप्रवासी कामदारले प्रत्येक वर्षनेपालमा करिव २ खर्ब रेमिटान्स भित्र्याउने गरेका छन् ।
त्यसैगरि नेपालबाट ठूलो संख्यामा महिलाहरु पनि कामको खोजीमा विदेशीने क्रम बढ्दो छ । सरकारले बैदेशिक रोजगारमा संलग्न कामदारहरुको अधिकार संरक्षण तथा प्रवर्द्धन गर्नका लागि बैदेशिक रोजगार ऐन २०६४ तथा नियमावली २०६४ कार्यान्वयनमा ल्याएको छ ।
आप्रवासि दिवसलाई भव्यताका साथ सम्पन्न गर्न तथा यसको महत्व अझ प्रभावकारी बनाउने जिल्लाका सबै गाविस स्तरमा सचेतनाम मुलक कार्यक्रम गर्न पत्रचार गरिएको स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेलले बताए । कार्यक्रमबाट आप्रवासी कामदारका परिवार अझ सचेत हुने अपेक्षा गरिएको पौडेलले बताए ।
अन्तरराष्ट्रिय आप्रवासन दिवस २०१० लाई भव्यतापूर्वक सम्पन्न गर्न श्रम तथा यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा केन्द्रिय समिति गठन गरि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यस दिवसलाई भव्यताका साथ सम्पन्न गर्नमा संयुक्त राष्ट्रसंघ महिला विकास कोष युनिफेमले सहयोग गरेको छ 

स्याङजामा २ सय ३१ एच आइ भी संक्रमित


प्रकाश डोटेल स्याङ्जा-३, पौष
स्याङजामा एचआइभी संक्रमितको संख्या २ सय ३१ पुगेको छ । एड्स लागेर मृत्यु हुनेको संख्या भने ३० पुगेको छ । एचआइभी संक्रमितहरु सामाजिक विभेदका कारणले खुल्न नसक्दा एकीन तथ्याङ्क बाहिर आउन नसकेको गैर सरकारी सस्थाको भनाइ छ ।
जिल्लामा एचआईभी एड्को क्षेत्रमा कार्यरत संघसंस्थाले करोडौंको काम गरेको बताएका छन् । करोडौको वजेट आएपनि संक्रमितसम्म पुग्ने गरेको छैन । संक्रमितहरु बिभिन्न संघ संस्थाको साहरामा आफ्नै शिपलाई परिचालन गरि बाच्न बाध्य भएका छन ।
एचआइभी लाग्नुको कारण जेहोस्, मायाको सट्टा छिछि र दुरदुर हुनेहुँदा एचआइभि संक्रिमित खुलेर वाहिर आउन चाहदैनन् । जसले गर्दा अझ उनीहरुबाट अरु व्यक्तिमा र्सर्ने संभावना वढ्छ ।
हालसम्म जिल्लामा २ सय ३१ एचआइभि संक्रमित वाहिर आएका छन् । जसमध्ये १ सय ३५ पुरुष र ९६ महिला रहेका छन् । यि मध्ये संक्रमित बालबालिका २१ जना छन् ।
सामाजिक अपहेलनाका कारण संक्रमितहरु खुलेर वाहिर आएका छैनन । जसले हिम्मत देखाएर म एचआइभि पिडित हु भनेर अगाडि आएका छन् उनीहरुलाई संक्रमणभन्दा पनि परिवार र समाजका कारण वाँच्न गाहो भैरहेको एचआइभी संक्रमित जगत खडकाले बताए ।
सरकारवाट एचआईभि संक्रमितका लागि छुट्टाइएको वजेट पनि राम्रोसँग परिचालन हुन सकेको छैन् । संक्रमणमा परेकाले नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ । त्यसमा पनि औषधी लिनैका पोखरा पुग्नुपर्ने बाध्यताले थप पीडामा परेको बताउछन संक्रमित धनसिंह थापा ।
संक्रमित विरामीलाई सहयोग गर्ने नाममा खुलेका गैरसरकारी संघसस्थाले केही सीपमूलक तालिम दिइरहेका पनि छन् । तर सामाजिक असहयोगका कारण यो सीप प्रयोगमा ल्याउन सजिलो देखिएकेा छैन ।
संक्रमित तथा प्रभाबित अहिले आयअर्जन गर्न बिभिन्न शिपमुलक कार्यहरु गर्दै आइरहेका छन तर उनिहरुको शिपको उचित मुल्य पाउन सकेका छैनन । राज्यले उचित बजेटको ब्यबस्थ ागर्न सके उनिहरु सहज जिवनयापन गर्न गर्न सक्ने संकल्प सहयोग संस्थाका संयोजक लक्ष्मण खांणले बताए ।