Saturday, December 25, 2010

आधिखोलाको क्षमता विस्तारका लागि पीपीए

आँधिखोला जलविद्युत् केन्द्रको क्षमता विस्तारका लागि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ


थप १ अर्ब लगानी हुने

 बुधबार सम्पन्न पीपीए सम्झौतामा बीपीसीका प्रमुख कार्यकारी अधिकृत रञ्जन लोहार र प्राधिकरणका प्रसारण तथा प्रणाली सञ्चालन प्रमुख तीर्थमान शाक्यले हस्ताक्षर गरेका हुन् । स्याङ्जास्थित सो आयोजनाको जडित क्षमता ५.१ मेगावाट रहेको छ । क्षमता विस्तारपछि विद्युत केन्द्रबाट ९.४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ र हिउँदमा प्रतियुनिट ७ रुपैयाँमा पीपीए भएको छ । आयोजना विस्तारका लागि कात्तिक १८ गते नै बीपीसीले सरकारबाट अनुमति लिएको थियो ।
सन् १९९१ देखि नियमित रूपमा सञ्चालनमा आएको उक्तविद्युत् केन्द्रको क्षमता विस्तार गर्न करिब १ अर्ब रुपैयाँ लाग्ने बीपीसीले जनाएको छ । बीपीसीका अनुसार अबको दुई महिनाभित्र क्षमता विस्तारको कार्य सुरु हुनेछ । विस्तारको कार्य सम्पन्न गर्न करिब १८ महिना लाग्ने बताइएको छ ।
जलविद्यत् केन्द्रको क्षमता विस्तार गर्न बाँधको उचाइ थप, टेलरेस सुरुङको विस्तार, एउटा पेनस्टक पाइपको जडान र  इलेक्ट्रोमेकानिकल्स उपकरण बदल्नेजस्ता कार्य गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृत लोहारले बताए । आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल निर्माण गर्न हिमाल हाइड्रो एपीपी चाइना इलेक्ट्रिकसँग सम्झौता भएको बीपीसीले जनाएको छ ।  
आयोजनाबाट पाल्पा र स्याङ्जा जिल्लाका करिब ८ सय  परिवार लाभान्वित भइरहेका छन् भने विद्युत केन्द्रको हेडरेस टनलमार्फत ३ सय ९ हेक्टर जमिन सिञ्चित गरिएको छ । आयोजनाको क्षमता विस्तारपछि थप २ सय ५० हेक्टर जमिनमा सिंचाइ पुग्ने बताइएको छ

1 comment: