Thursday, October 7, 2010

दशैं SMS नेपालीमा !

ई स्याङ्गजा परिवार 




Bhagyya chamkos sabaiko,
Sabaiko hos sukha samriddhi,
Sukha saanti ko baas hos charai tira
Maata durga ko aasirwad rahirahos sarbada
Bijaya Dashami 2067 ko yehi chha subhakaamana


भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी २०६७  को येही छ शुभकामना



sampurna saathibhai tatha aafantalai
b – bijayako pratik banera aaos
ja – jaha gayepani dukha nahos
ya – yatra garda kaanda le pani narokos
da – dashain ko
su – subhakaamana yes mahaan parvak
mi – milansaar mitra sampurnalai
yehi chha mero mangalnaya subhakaamana






सम्पूर्ण साथीभाइ तथा आफन्तलाई
बि – बिजयको प्रतिक बनेर आओस
ज – जहाँ गएपनी दु:ख नहोस्
या – यात्रा गर्दा काडाले पनि नरोकोस
द – दशै को
स – शुभकामना येस् महान् पर्व
मी – मिलनसार मित्र सम्पूर्णलाई
येही छ मेरो मंगलमय शुभकामना
subhakaamana
maadhav nepalko jasto bhagya hos
baaburam bhattaraiko jasto budhhi hos
ang sang sukiko jasto dhaire hos
soniya gandhiko jasto tyag hos
madankrishna haribansako jasto mel hos
girija prasadko jasto aat hos
deshma feri pani ashanti nahos
3 crore nepaliko sadhai jaya hos
शुभकामना
माधव नेपालको जस्तो भाग्य होस्
बाबुराम भट्टराईको जस्तो बुद्धी होस्
आङ साङ् सुकिको जस्तो धैय होस्
सोनिया गन्धिको जस्तो त्याग होस्
मदनकृष्ण हरीबन्शको जस्तो मेल होस्
गिरिजा प्रसादको जस्तो आट होस्
देशमा फेरी पनि अशान्ति नहोस्
३ करोड नेपालीको सधैं जय होस्


utsaha, umanga
utsav, khusi
shanti, ullas
harsa, sukha
prasannata, subista
aananda, samridhhi
unnati, kalyan
mangal, subidha
abhudaya
e sabdaharu sabdakos ma maatra narahun
yehi chha bijaya dashami ko subhakamana
उत्साह, उमाङ
उत्सव, खुसी
शान्ति, उल्लास
हर्स, सुख
प्रसन्नता, सुबिस्ता
आनन्द, सम्रिधी
उन्नती, कल्याण
मंगल्, सुबिधा
अभुदय
यी शब्दहरु शब्दकोस मा मात्र नरहुन
येही छ बिजया दशमी को शुभकामना
jaagar dine jamaraa
aanta dine achheta
char chimeki gaun basti
aafantako mamata
saradko khusiyaali
chairahos, fulirahos
sabailai sukha milos
shanti milos bhanchhu ma ta
jaagar dine jamaraa
aanta dine achheta
durga bhawani daine hun
sabaiko bhalo hos
sabaiko mangal hos
जागर दिने जमरा
आँट दिने अछेता
घर छिमेकी गाउँ बस्ती
आफन्तको ममता
सरद्को खुशीयाली
छाइरहोस्, फुलिरहोस्
सबैलाई सुख मिलोस
शान्ति मिलोस भन्छु म त
जागर दिने जमरा
आँट दिने अछेता
दुर्गा भवानी दाइने हुन
सबैको भलो होस्
सबैको मंगल् होस्
bijaya dashami sadhai aau timi unnati banera,
chunauti samana garna chattan banera,
raato tika banera, jamara banera,
saktiddayek banera, gyan maya bhayera,
khusi bhayera, ullas bhayera,
sabaika laagi sadhai sadhai, mangal maya banera,
sabai sabailai subhakaamana banera
बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर
aayo dashain aayo, khusiyaali layo
charai tira batabaran umangalle chayo
mannka dukha basta, chhedik bhayepani birsaayo
haasi kheli ramai manaaine parwa aayo
dashainko sabailai subhakaamana
आयो दशै आयो, खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट, छेडिक भयेपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना
dhashainma durga bhawani daahine rahun,
tiharma  laxmile baas garun,
sampurna nepaliko ghar aanganma
durga bhawani, laxmile sadha khusi chharun
Yehi nai hamro sabailai hardik mangal maya subhakaamanana
दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा  लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना
pyaara istamitraharu sada petrol paiyos,
loadshedding nahos, bandha ra hadtaal naparos,
mobileko network laagos, netaharuma samriddhi aaos,
mahangi kam hos, purahos sabaiko manokaamana
yehi chha mero dashain ra tiharko subhakaamana
प्यारा इस्तमित्रहरु सदा पेट्रोल पाइयोस,
loadshedding नहोस्, बन्द र हड्ताल नपरोस,
मोबाईलको नेट्वोर्क लागोस, नेताहरुमा सुबुद्दी आओस,
महंगी कम होस्, पुराहोस् सबैको मनोकामना
येही छ मेरो दशै र तिहारको शुभकामना
“aayo dashain dhol bayai
gayo dashain rin bokai”
ukhan ko punara bitti nahos,
jhadapakhalaa pidit ko pet ma anna paros
khokro aadambar tyagera dashain manau
bijaya dashami ko yehi kaamaan
“आयो दशै ढोल बजाइ
गयो दशै रिन बोकाइ”
उखान को पुनराबित्ति नहोस्,
झाडापखाला पीडित को पेट मा अन्न परोस
खोक्रो आडम्बर त्यागेर दशै मनाउ
बिजया दशमी को येही कामना
naya nepal bhanda bhandai dashain aaisakyo
saradako nyano ghaamle dharti chhoisakyo
kahele hola maanisama ekatako baasa
yehi dashainma bhayepani hunthiyo bipattiko naas
नयाँ नेपाल भन्दा भन्दै दसैं आएसक्यो
सरदको न्यानो घामले धर्ती छोइसक्यो
कहिले होला मानिसमा एकताको बास
येहि दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश
gayanti mangalaakari, bhadrakaali kapaalini
durgachyma simadhatri, swaha soda namastute
mata durga bhawanile sabaiko rakchha garun
पानी खोज्दा बियर भेटियोस, धारा खोल्दा वाइन बगोस्, चिकेन खाँदा साप्रो परोस, मटन खाँदा हृयाकुला परोस,
साथ साथैहजुरको घरमा धमिरा परेर छानो चुहिने होस, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली जस्तो होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झंिगा परोस्,निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्, लोग्नेले सौता हालोस्, स्वास्नी पोइला जाओस, घरवार भसक्कै बिगि्रयोस।।सधै कलह छाओस्,किरा परेर मर्न परोस्,भनेर भन्ने हजुरको शत्रुको सत्यानाश होस् , मेरो व्ययक्तिगत सल्लाहा पनि प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, प्रचण्डपुत्र झै जडिया नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, केपी झै छुच्चो नहुनु, बिद्या झै चालु नहुनु, प्रदिप झै ठालु नहुनु, सुजाता झै बेश्या नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, ने।बि।संघ झै ट्यापे नहुनु, वाइ।सी।एल। झै उददण्ड नहुनु, सेना झै भेडा नहुनु, युथफोर्स झै गुन्डा नहुनु, यहि छ मेरो सबै साथिहरूलाई गणतान्त्रिक नेपालको दोस्रो विजया दशमीको शुभकामना
यहि नै मेरो बिजया दशमी तथा शुभ दिपावली २०६६ को मंगलमय शुभ कामना छ ।।।।सम्पूर्ण नेपालीहरू, बिदेशी भुमिमा रहनुभएका हुन् वा नेपाल भित्रै,
उही तपाँइको पि्रय मित्र 

दशैं SMS अंग्रेजी मा :
Thuloko aashis,
Saanoko maya,
Dashainko ramjham
sadhai rahi rahos.
Happy DASHAIN !!!

Three people are asking ur mobile no. with me.
I didn't give ur no but I gave home address to them.
They are coming at ur home in this Dashain.
They are Sukha, Shanti and Samriddhi.
Please welcome them. SUBHA DASHAIN. enjoy !!

 

Ghyampo-bhari raksi hos
nidharma tika hos
sathibhai haru sanga ramailo hos
hathma ekka ko trail hos. HAPPY DASHAIN.

 

Changa chait ramailo bhet
Khasiko rate masuko plate
Juwako khal chiurako thal
64 saal Dashain babbal
Happy Dashain

 

A RELAXED mind, A PEACEFUL soul, A JOYFUL spirit, A HEAL THY body, Be A Heartfull of Love, May U have all these Everyday. Happy Dashain!

 

Look Outside...
It's so pleasant!
Sun Smiling For you...
Trees Dancing for you...
Birds singing for you...
Because I requested them All to wish You. HAPPY DASHAIN

 

Before the Golden Sun Rise,
let me decorate each of the Rays with Wishes of Success, prosperous and Happiness 4 u and 4 ur Family. HåpPY D@SH@iN

 

This sms with xplode in 5 seconds.
5
4
3
2
1
((((((BOOM))))))
"*"*"*"*"*"*"*"*"*"*
****HAPPY DASHAIN****
"*"*"*"*"*"*"*"*"*"*


 

,.-~*´¨¯¨`*•~-.¸-(_ Wishing You _)-,.-~*´¨¯¨`*•~-.¸
׺°"~`"°º××÷•.•´¯`•)» Å VË®¥ HåppY D@SH@iN «(•´¯`•.•÷×׺°"~`"°º×



Wednesday, October 6, 2010

राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने !

राप्रपा नेपालका संसदीय दलका नेता तथा सभासद् चन्द्रबहादुर गुरुङले राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने बताएका छन्।
सभासद् गुरुङ्ले राप्रपा नेपालको क्षेत्र नं. १ को चौथो अधिवेशनको सोमबार स्याङ्जामा उद्घाटन गर्दे जनमतको कदर नगरी संविधान लेखेमा राप्रपा नेपालले सो संविधान स्वीकार नगर्ने बताए।
कार्यक्रममा नेपाली काङ्ग्रेसका लक्ष्मण भट्टराई, गुरुदत्त ढकाल, टेकबहादुर गुरुङ, निलकुमारी मिया, विश्वनाथ अर्याल, जयनारायण श्रेष्ठ, मदनबहादुर कार्की, घनश्याम पौडेल, दीपेन्द्र लामिछाने, ओमप्रसाद पौडेल, अग्नीधर ढकाल, इन्द्रप्रसाद गुरुङ लगायतले ठूला राजनीतिक दल भारत र चीनपरस्त भएको बताउँदै नेपाली जनताका पीर मर्कालाई उपहास गरेको आरोप लगाउँ।
क्षेत्रीय अधिवेशनले इन्द्रप्रसाद गुरुङको अध्यक्षतामा नौ क्षेत्रीय कार्यसमिति निर्विरोच चयन गरेको छ। बालकुमार श्रेष्ठ, श्याम गुरुङ, सीता श्रेष्ठ, बैनप्रसाद गुरुङ र घनश्याम पौडेललगायतका सदस्यमा चयन गरिएका छन्।
राप्रपा नेपालका संसदीय दलका नेता तथा सभासद् चन्द्रबहादुर गुरुङले राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने बताएका छन्।

दशै नजिकिदै गर्दा बैकिङ कारोबारमा ठुलो बृद्धि !

By lokendra marasini 
असोज, स्याङ्जा २० - हिन्दुहरुको महान पर्व विजयादशमी नजिकिदै जाँदा स्याङ्जाका वित्तिय संस्थाहरुको कारोबार उल्लेख्य रुपमा बृद्धि भएको छ ।
दैनिकजसो करीव चार करोड रुपैयाँको कारोबार गर्ने नेपाल बैंक लिमिटेड स्याङ्जाले मंगलबार मात्रै सात करोड बढीको कारोवार गरेको प्रबन्धक डोलराज केसीले बताएका छन् । गतबर्ष ग्राहकको माग बमोजिम रकम भुक्तानी दिन अप्ठ्यारो परेका कारण यसपालि माग बमोजमको रकम भुक्तानी दिन सकिने व्यवस्था मिलाइएको के।सीले जानकारी दिए । 
बैंकले एकै ठाउँबाट भुक्तानी दिइँदै आएकोमा सेवाग्राहीको संख्यामा बृद्धि भएपछि मंगलबारदेखि तीन ठाउँबाट भुक्तानी दिने व्यवस्था मिलाएर भीड कम गर्ने कोशीस गरेको छ । पेन्शन तथा बचत खाता चल्ती तथा सरकारी र रेमिट्यान्स तथा अन्य गरी तीन वटा काउन्टरबाट नेपाल बैक लिमिटेडले सेवा सुरु गरेको हो । 
नेपाल बैंकबाट सोमबार केहीबेर माग बमोजिमको रकम भुक्तानी हुन नसकेपछि मंगलबार ग्राहकको संख्यामा बृद्धि भएको थियो । त्यस्तै अर्को धेरै कारोबार गर्ने कृषि विकास बैक शाखामा आजभोलि २० प्रतिशतले भुक्तानि बृद्धि भएको छ भने २५ प्रतिशतले डिपोजिट घटेको प्रबन्धक चुडामणी अधिकारीले जानकारी गराएका छन । 
आधा दर्जन बढी स्याङ्जाका सवैजसो वित्तिय संस्थाहरुमा तुलनात्मक हिसावले कारोवारमा बृद्धि भएको पाइन्छ । यसैबीच दैनिक एक करोड रुपैयाँको कारोवार गर्ने गरिमा विकास बैंकले मंगलबार मात्रै तीन करोड सात लाख रुपैंया भुक्तानी गरेको शाखा प्रबन्धक कृष्ण श्रेष्ठले जानकारी गराए । 
उता मुक्तिनाथ विकास बैंकका प्रबन्धक डण्डपानी ढकाल भने रेमिट्यान्सका ग्राहकहरुमा अत्याधिक बृद्धि बताएका छन् । बैकहरुमा हिजो आज खुद्रा पौसा जोहो गर्नका लागि पुग्ने ग्रहाकहरुको पनि उल्लेख्य उपस्थिति रहने गरेको छ । 

सामाजिक स्वास्थ्य चेतना : स्याङ्गजा का महिला निर्धक्क कण्डम किन्छन !





परदेशबाट श्रीमान् घर आउने बेला भयो, कन्डम दिनुहोस् न ?' बिरुवा अर्चलेकी रिता पौडेलले रेडक्रसकी 'साथी शिक्षक' नन्दकुमारी खड्कासँग निर्धक्क मागिन् । दसैं आउन लाग्दा पैसा, खाद्यान्न र लत्ताकपडासँगै कन्डमको जोहो गर्नेको संख्या यहाँ बढ्न थालेको छ । यसले रेडक्रसकी 'साथी शिक्षक' खड्कालाई थप व्यस्त बनाएको हो ।

ज्ााने-बुझेकाले त मागे तर नबुझेकालाई पनि खड्का उनीहरूका श्रीमान् आउने बेलामा कन्डम बाँड्दै हिँडछन् । दसैमा विदेशिएका धेरैका श्रीमान् घर आउने कारण पनि कन्डमको कुरासँगै व्यापार बढी हुन थालेको छ । अहिले बजारमा मात्र होइन, गाउँसम्म 'पहिलो रात कन्डमको साथ' भन्ने उखान चर्चित छ । गर्भनिरोधकबिना सन्तान जन्मने त्रासभन्दा पनि अहिले कुनै यौनरोग वा एचआईभी संक्रमणमा नपरियोस् भन्ने चेतना बढेकाले कन्डमको प्रयोग बढ्दो छ । विदेश रहेका श्रीमान्ले यस्ता रोग लिएर आउने आशंकामा अधिकांश श्रीमतीहरू सचेत बन्न थालेका छन् ।

'सानो होस पुर्‍याउँदैमा जीवन बर्बाद हँुदैन भने लाजशरम मान्न नहुने' सुझाव छ रिताको । उनी भन्छिन्, 'यो त चेतनाको कुरा हो, लाज मान्नुपर्दैन ।' रेडक्रस सामुदायिक सेवाले मात्रै वर्षमा 'साथी शिक्षक' र आफ्नो कार्यालयमार्फत कम्तीमा ३२ हजार कन्डम वितरण गर्ने गरेको छ । 'पोहोरसम्म घरमा श्रीमान् नभएकी महिलाले कन्डम बोकेर हिँडेमा चरित्रहीन भएको आरोप लगाउनेहरू थुप्रै हुन्थे,' नन्दकुमारीले भनिन्, 'पहिला त हामी पनि डराएका थियौं ।'

उनका अनुसार बढ्दो चेतनाकै कारण अहिले भने श्रीमान् विदेशमा रहेकै बेला पनि श्रीमतीले घरमा कन्डम राख्न डराउँदैन । कन्डम मात्रै राख्ने होइन कि श्रीमान् आएपछि नजिकको परामर्श केन्द्र र रक्त परीक्षण केन्द्रसम्म उनलाई लैजान थालेको रेडक्रस सोसाइटी, सामुदायिक स्वास्थ्य सेवा केन्द्रकी कार्यक्रम संयोजक गीता पोख्रेलले बताइन् । उनले भनिन्, 'दसैंका बेला श्रीमान्-श्रीमती मिलेर स्वैच्छिक परामर्श लिन तथा रक्त परीक्षण गर्न आउने क्रम बढेको छ ।' अहिले केन्द्रमा दैनिक परामर्श गर्न आउँने जोडीको संख्या कम्तीमा १० पुगेको छ ।

एचआईभी तथा यौनरोगको उपचार श्रीमान्-श्रीमतीले एकैपटक गर्दा लाभदायक हुने स्टाफ नर्स उर्मिला बस्नेतले बताइन् । उनले भनिन्, 'यसरी दम्पती नै एकसाथ आएमा दुवैसँग परामर्श गर्न र एक-अर्काका कुरा बुझ्न पनि सजिलो हुन्छ ।'



http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=227836

घाटा लागेपछि जिप बन्द

बसन्ती बास्तोला 
स्याङ्जा, आश्विन १९ -
बाडखोलादेखि तनहुँको दुलेगौंडा सडकमा चल्ने जिप सेवा घाटा लागेपछि बन्द गरिएको छ । 

व्यवसायीले जिविस कर र महँगो तेल हालेर गाडी चलाउँदा खर्च नै उठ्न धौधौ भएकाले सेवा बन्द गर्नुपरेको बताए । उक्त बाटोमा पुतलीबजारको बाडखोलादेखि नयाँबजार, पौवेगौडे, टक्सार र मौरीयासम्म जिप चल्छ ।

व्यवसायीले भाडा वृद्धि नगरेसम्म आफूहरूले सेवा नचलाउने बताए । छोटो रुटमा पुरानो भाडादरमा जिप चलाउँदा घाटा बेहोर्नुपरेकाले जिप चलाउन नसकेको व्यवसायी समितिका सचिव रामचन्द्र पोखरेलले बताए । उनले भने, 'व्यवसाय हो, घाटामा कसरी चलाउनु ?' यस रुटमा कायम गरिएको भाडादर तेलको मूल्यवृद्धि हुनुभन्दा पहिले तोकिएको उनले बताए । यसरी दसैंको बेला जिप नचल्दा यात्रु मर्कामा परेका छन् । सदरमुकामदेखि र बाहिरबाट आउने आफन्तसमेत जिप नचल्दा चिन्तित छन् । हिँड्ने बानी बिगि्रएको र सामान बोक्न नसक्दा समस्या भएको टक्सारकी माया रानाले बताइन् । उनले भनिन्, 'पहिला त हिँडिएको हो, अब नसकिने रहेछ ।'

जिप नचल्दा दसैंलाई चाहिने खाद्यान्न समेत गाउँ लान नसकिने भएको छ । यसरी यात्रुलाई समस्या परेपछि सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले चाडवाडको बेलामा एक्कासि यातायात बन्द नगर्न व्यवसायीसँग आग्रह गरेका छन् । बरालले भने 'व्यवसायीलाई मर्का परेको भए कानुनबमोजिमको प्रक्रिया पूरा गरेर मात्र भाडा बढाउन उपयुक्त हुन्छ ।'

Tuesday, October 5, 2010

संकल्प अध्यक्षमा रेग्मी

 एचआईभी एड्सको क्षेत्रमा क्रियाशील संकल्प सहयोग समूहको पाँचौं वाषिर्क साधारणसभा तथा तेस्रो अधिवेशनले टीका रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समूहको उपाध्यक्षमा मनुका शाही, सचिव लक्ष्मण खाँड, सहसचिव काशीराम रेग्मी, सदस्यमा पाण्डव केसी, धनसिंह सारू छन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले एचआईभीलाई न्यूनीकरण गर्नका लागि सबैले मन खोलेर सहयोग गर्नुपर्ने बताए ।

ग्रामीण सूचना केन्द्रमा जिल्ला विकास समितिको ध्यान पुगेन !

स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका वडा नं १३ स्थित नेपाल सरकार, सूचना प्रविधि उच्चस्तरीय आयोग र जनएकता युवा कल्बद्वारा संयुक्तरूपमा सञ्चालित ग्रामीण सूचना केन्द्रमा जिल्ला विकास कार्यालय स्याङ्जाको ध्यान नपुगेको गुनासो स्थानीयवासीले गरेका छन्।
२०६४ सालमा स्थानीय युवाहरुको सक्रियतामा भैली खेलेर सङ्कलन गरिएको २५ हजारले सुरुवात गरेको ग्रामीण सूचना केन्द्र अहिले व्यवसायिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गरेर समेत आम्दानी गर्ने गरेको भए तापनि स्याङ्जा सदरमुकामदेखि सात किलोमिटर पश्चिममा रहेको सूचना केन्द्रमा भने जिल्ला विकास कार्यालय स्याङ्जामा पटक-पटक निवेदन दर्ता गराउँदा समेत  ध्यान नदिएको गुनासो स्थानीय युवा केदारप्रसाद अर्यालले गुनासो गर्नुभयो।
३३ फिट लम्बाई १९ फिट चौर्डाई भएको दुर्इ तले पक्की भवन निर्माण कार्य समेत नेपाल सरकार अर्थ मन्त्रालयको तीन लाख आर्थिक सहयोग, सभासद् राहत कोषबापत ७५ हजार पुतली बजार नगरपालिकाको एक लाख ५० हजार पेलकाचौर गाविसको १० हजार स्थानीयस्तरबाट छ लाख नगद प्रदान गरिने छ।
त्यस सूचना केन्द्रले अहिलेसम्म कम्प्युटर बेसिक कोर्षमा ६५ जना र सिलाई कर्टाईमा  एक सयभन्दा बढीले सीप सिकिसकेको स्थानीयवासीले बताएका थिए।
सूचना केन्द्रमा पर्याप्त स्रोत र साधन भएको भए तापनि कुनै निकायले चासो दिन नसकेको कारण प्रभावकारी बन्न नसकेकोमा दुःख व्यक्त गर्दै सम्बन्धित सरोकारवालाले चासो देखाउनुपर्नेमा स्थानीबासीले दुखेसो पोखेका थिए।
सूचना केन्द्रमा नेपाल सरकार सूचना प्रविधि उच्चस्तरीय आयोग काठमाडौंको सहयोगमा दुर्इवटा कम्प्युटर, एक थान फ्याक्स मेसिन,एक थान स्क्यानर, वेव क्यामरा लगायत पाँचवटा सिलाई कर्टाईका मेसिन तथा राष्टिय दैनिक पत्रपत्रिका साथै करिब तीन सयजति ज्ञानगुनका पुस्तक राखिएकोले विद्यार्थी युवा पाकाका लागि समेत सूचना केन्द्र  उपयोगी बन्दै जान थालेको एक विद्यार्थी प्रतिमा अर्यालले बताइन्।
सरोकारवालाको समयमा नै ध्यान पुग्न नसकेको कारण स्थानीय बासिन्दालगायत आसपासका गाविसका जनता अवसरबाट बन्चित भएको स्थानीय शिक्षक कृष्णप्रसाद अर्यालले बताए

प्रावि प्रअहरुको क्षेत्रीय बैठक गल्याङमा सम्पन्न

जिल्ला शिक्षा कार्यालय स्याङ्जाको आयोजनामा निवाचन क्षत्र नं ३ स्तरीय प्राथमिक विद्यालयका प्रअहरुको बैठक गल्याङमा शुक्रबार सम्पन्न गरिएको छ।
जिल्ला शिक्षा कार्यालय स्याङ्जाका जिल्ला शिक्षा अधिकारी तोपबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्याङ्जा क्षेत्र नं ३ का प्राविका एक सय १६ विद्यालयका प्रअको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयले समय अनुकूलको अङ्ग्रेजी माध्यममा कक्षा चलाउँदा पाठ्य पुस्तक कुन चलाउने भन्ने सम्स्या र अङ्ग्रेजी माध्यम सञ्चालन नगर्दा विद्यार्थी आउँदैनन् कि भन्ने समस्या बनेको र शिक्षा विभागले एकै किसिमको पाठ्यक्रम नबनाइदिंदा समस्या परेको गुनासो गरेका थिए।
कार्यक्रममा शिक्षामा हुने गरेका समस्या र समाधानका विषयमा छलफल तथा समाधानका विषयमा समेत चर्चा परिचर्चा गरिएको थियो। कार्यक्रममा जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपसचिव हेमनारायण चापागाई, शाखा अधिकृत धनश्याम पौडेल, विद्यालय निरीक्षक पदमप्रसाद आचार्य, स्रोतव्यक्ति नारायणप्रसाद पाण्डे, मुकुन्दप्रसाद डोटेल, टीकाराम रेग्मी, रामकान्त शर्मा, भानुभक्त आचार्य उच्च माविका प्राचार्य डिल्लीराम चापागाईलगायतले शैक्षिक विकासलाई हरेक तह र तपकाबाट सहयोग मिल्न सकेको खण्डमा शैक्षिक विकास गर्न सकिनेमा जोड दिएका थिए।
जिल्ला शिक्षा अधिकारी तोपबहादुर श्रेष्ठले विद्यालयहरुले गरेका अनुकरणीय र उदारहणीय कार्य प्रस्तुति साथै स्रात केन्द्गत अनुकरणीय कार्यका बारेमा समेत जानकारी गराउँदै शेक्षिक कार्यलाई गम्भीररूपले लैजानुपर्ने विद्यालय शान्ति क्षेत्र र सम्वेदनशील क्षेत्र भएकाले गहनरूपमा लिएर शैक्षिक कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपसचिव तोयानाथ लम्सालले गर्नुभएको थियो।

Monday, October 4, 2010

एउटै गाविसका दुई उम्मेदवार तर फरक प्यानलबाट भिड्दै

BY Uttam Bhattari 
अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा स्याङ्जाका एउटै गाविसका दुई उम्मेदवार दुई मुख्य पदमा भिड्ने भएका छन्। निर्वाचन क्षेत्र नं. ३ को सुदुरपूर्वमा पर्ने गाविस सांखर गाविसका उनीहरुको उम्मेदवारीले स्याङ्जामा व्यापक चासोको विषय बनेको छ। ऐतिहासिक मिथिला नगरीको जनकपुरमा जारी सम्मेलनमा अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष सोभियत ढकाल र महासचिव पदका लागि निवर्तमान सचिव किशोर विक्रम मल्लले दावेदारी सार्वजनिक गरेका छन्। ढकालले गाउँको एक माविबाट एसएलसी पास गरी पीएन क्याम्पस पोखरामा भर्ना भएपछि औपचारिक राजनीतिमा प्रवेश गरेका थिए। पीएन क्याम्पसको प्रारम्भिक कमिटि अध्यक्ष, स्ववीयु सभापति, गण्डकी अञ्चल अध्यक्ष, राष्ट्रिय परिषद सदस्य,२ पटक केन्द्रीय सदस्यमा निर्वाचित हुँदै १८ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित भएर अखिलको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका ढकालले पोखरामा भएको १९ औं सम्मेलनबाट भारी मतले उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
त्यसैगरी अर्का महासचिव पदका मुख्य दावेदारी सार्वजनिक गरेका किशोर विक्रम मल्ल अनेरास्ववियु स्याङ्जाको जिल्ला कमिटी सदस्य, जिल्ला अध्यक्ष, गण्डकी अञ्चल अध्यक्ष हुँदै केन्द्रीय सदस्य, २ चोटी कोषाध्यक्ष, पोखरामा भएको १९ औं सम्मेलनमा सचिव पदमा निर्वाचित भएका थिए। उनी संगठनमा राम्रो पकड भएका व्यक्ति मानिन्छन्। पोखरामा भएको १९ औं सम्मेलनमा एउटै प्यानलबाट उम्मेदवारी दिएका द्वय जनपुरसम्म पुग्दा भने २ फरक प्यानलबाट उम्मेदवारीको घोषणा गरेका छन्।

पढाएर फर्केकी १९ वर्षीया शिक्षिका बेपत्ता !

चिठीमा भनिएको छ- मलाई नखोज्नू-
टेकनारायण भट्टराई, पाल्पा, असोज १८- विद्यालयबाट पढाएर फर्केकी १९ वर्षीया शिक्षिका बेपत्ता भएको पाँच दिन बिते पनि उनका बारेमा केही पत्तो लाग्न सकेको छैन। स्याङ्गजाको दक्षिण भेगमा पर्ने रत्‍नपुर गाविस–४ की विमला खनाल बाटोबाटै बेपत्ता भएकी परिवारले जनाएको छ
घरदेखि आधा घण्टा टाढा रहेको गण्डकी ब्राइट फ्युचर बोर्डिङ स्कूलकी शिक्षिका खनाल विद्यालयबाट बेलुका ५ बजे घरतर्फ फर्केकी थिइन्। तर उनी ५ दिन हुँदासम्म घर नआएपछि परिवारले खोजी गरिदिन इलाका प्रहरी कार्यालय रत्‍नपुरमा निवेदन दिएका थिए।

कालीगण्डकी नदी किनारको खोरियाघाट भन्ने स्थानमा नदी छेउमा उनको मोवाइल, पछ्यौरी र कापीको पानामा लेखिएको चिठी प्रहरीले फेला पारेको बताएको छ। घरबाट पढाउन विद्यालय पुग्न उनलाई दैनिक कालीगण्डकीको पुल तरेर आइजाइ गर्नुपर्थ्यो।

'खोजतलासको क्रममा मोवाइल र पछ्यौरी फेला पार्‍यौं, सँगै चिठी पनि रहेछ', रत्‍नपुरका प्रहरी प्रमुख  श्याम ओलीले भने- चिठीमा मलाई अब नखोज्नु भनेर लेखिएको छ। युवतीले नदीमा हाम फलेको हो वा कसैले अपहरण या हत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको ओलीले बताए। 'चिठीका अक्षर युवतीको हो वा होइन भनी विद्यालय र परिवारसँग भेटेर परीक्षण गर्छौं'- उनले भने। प्रहरी र स्थानीयले नदLमा हाम फालेको हुन सक्ने भन्दै नदीमासमेत खोजी गरेको उनले बताए।

युवतीका काका विनोद खनालले पारिवारमा कुनै तनाव पनि नभएको र आत्महत्या गर्ने कुनै सङ्केत नदेखिएकाले अपहरण वा हत्या भएको हुनसक्ने शङ्का रहेको बताए। 'कुनै पारिवारिक तनाव पनि छैन र उसले आत्महत्या गर्नुपर्ने कारण केही देखिँदैन। उसको व्यवहार पनि सामान्य थियो'- उनले भने। उनले रातको समयमा गाउँदेखि नजिकैको बजार गल्याङबाट सिद्धार्थ राजमार्ग हुँदै अपहरण गरिएको हुन सक्ने शङ्कासमेत व्यक्त गरे

दुर्घटना :करेन्ट लागेर बालकको मृत्यु


स्याङ्जा- , आश्विन १७ - पुतलिबजार नगरपालिका-१, विरेन्द्र नगरमा ११ वर्षीय बालकको विद्युतीय करेन्ट लागेर आइतबार  मृत्यु भएको छ ।
 ओरष्टे  स्थायी घर भई  विरेन्द्र नगरमा डेरा गरी बस्ने कमल थापाका छोरा दीपक थापाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । थापा खेल्नेक्रममा स्थानीय दिलबहादुर नेपालीको घरको टिनको छानामा छोईदा करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपालीको घरको छानामा करेन्ट सर्ट भएको थियो ।
  

"महामन्त्री बनाउ गगनलाई"

मिलन बगाले,तनहुँ 

युवा नेता गगन थापाले कांग्रेसको केन्द्रिय सदस्यमा सर्बाधिक मत पाएर जितेको सुखद क्षणलाई मैले नेपाली राजनितिको 'एक जुगको एक दिन'सम्झेको छु । 'मिडियाका नेता', 'राजधानीका हुनेखानेका नेता' र 'उरन्ठेउला ठिटाका नेता' जस्ता उपमा दिएर अनेकथरीबाट उनको कदलाई होचो बनाउन गरिएका भगिरथ प्रयासहरु यतिबेला 'ईतिहास निमाण' सगै एकादेशका कथा बनेका छन।

 राजनितिलाई  समाजसेवा  र खेती किसानी लाई जिविकोपार्जनको  सुन्दर  र नेपालको सन्दर्भमा अपत्यारिलो लाग्ने लक्ष्य बनाएका  यि  असल र पठित युवाले  रत्नपार्कमा लोकतान्त्रिक गणतन्त्रको झण्डा उचालेर कांग्रेसभित्र नया तरङ्ग ल्याईदिएका थिए ।ढिलोचाडो पार्टी उनकै पथमा हिडेपछि यिनको छवी राष्टिय  अन्तराष्टिय रुपमा स्थापित भएको थियो । नेतृत्व तहमा केश पाकेकाहरुकै एकछत्र राज देखिएपछि बुढापाकाको पार्टीको उपमा पाएको काग्रेसलाई युवा बर्गमा पनि उत्तिकै लोकपि्रय बनाउन र 'युवाको पनि यसभित्र भविष्य छ' भनेर प्रमाणित गर्न सफल  छन गगन ।

युवा बर्गमा देखिएको राजनितिक निष्कृयता र राजनितिप्रतिको चरम घृणा र  बितृष्णा लाई धेरै हदसम्म् तोडन सफल  उनमा नेपालीले भोलिको आफनो नेताको सफा र चम्किलो छायाछवि देखेका पनि छन। गगनको जीतलाई बिभिन्न पार्टीसग आबद्ध युवाहरुले मात्र होईन कुनै पार्टीसग केही साईनो नगासेका मजस्ता हजारौले आफ्नै जीत ठानेर दङ्ग परेका छन।

अस्बस्थताका कारण हस्टीपलको बेडमा सुतेर सबै परिणाम लाई नियालिरहेका काग्रेसका नव निर्वाचित सभापति सुशिल कोईरालाले आम मतदाताको भावनाको कदर  गर्दै धेरैले रुचाएका यि 'आईकन' लाई घटीमा महामन्त्रीमा मनेनित गर्नुपर्छ । कोईरालाले ठुलो छाती बनाएर यति क्रान्तीकारी कदम उठाए भने उनको छवी त उकासिने छ नै कता कता ओईलाए जस्तो नेपाली काग्रेसमा यसले नया उर्जा थप्नेछ  र पार्टीले नया जीवन पाउनेछ।

 ईतिहास निर्माता गगन थापालाई मेरो धेरै धेरै बधाई । जनताका 'आईकन' को कदर गरेर ईतिहास रच्ने पालो अब सुशील  को।

 मिलन बगाले
 तनहु

Sunday, October 3, 2010

बिपन्न लाई बाख्रा सहयोग

by Prakash Dotel 
सहारा समुह स्याङ्जाले अपेरोन नेपालको आर्थिक सहयोगमा जिल्लामा रहेका विपन्न परिवारका ६३ महिलाहरुलाई आयआर्जनमा टेवा पुर्‍याउन निःशुल्क बाख्रा वितरण गरेको छ। सहारा समुहको महिला लघु उद्यमशीलता तथा सशक्तिकरण कार्यक्रम अन्तर्गत स्याङ्जाका २० गाविसमा रहेका महिला समुह मार्फत छनौट भएका विपन्न परिवारका महिलाहरुलाई २/२ वटा बाख्रा वितरण गरिएको हो। ६३ महिलाहरुलाई प्रति परिवार करिव ५ हजार मुल्यका १ सय २० बाख्रा निशुल्क वितरण गरिएको थियो। अपेरोन नेपालको आर्थिक सहयोगमा सहारा समुहको आयोजनामा सदरमुकाममा दुई दिने बाख्रा पालन तालिम संचालन गरि बाख्रा वितरण गरिएको थियो।
बाख्रा वितरण गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले नेपालको विकासमा महत्वपुर्ण भुमिका रहेका महिलाहरु पछाडी परेको बताउँदै, समाजमा महिलाहरु अगुवा भए मात्रै विकासले सार्थकता पाउने जिकिर गरे।
त्यस अवसरमा वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी, डा. कल्याण श्रेष्ठ, मुक्तिनाथ विकास बैंकका डण्डपानी ढकालले यर्थाथमा नयाँ नेपाल निर्माणको नारालाई व्यवहारमा उतार्न महिलाहरुको शैक्षिक र आर्थिक विकास आवश्यक रहेको बताए।
सहारा समुहका कार्यक्रम अधिकृत गिरीजा काफ्ले, दुर्गा वाग्ले लगायतले महिला अग्रसर भएमात्र विकास सम्भव हुने विचार व्यक्त गरेका थिए। सहारा समुहका सचिव कमल पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सहाराले स्याङ्जा जिल्लाका २० गाउँ विकास समितिलाई कार्यक्षेत्र छनौट गरी छ सय महिलालाई समूहमा संगठित गरेको छ। समुह गठन भएका गाविसमा महिला समुह मार्फत सहकारी संचालन गरिएको कार्यक्रम अधिकृत काफ्लेले बताइन्।
सहारा समुहमा आवद्ध महिलाहरुलाई माहुरी पालन, अदुवा, मौसमी तथा बेमौसमी तरकारी खेती, बंगुर पालन र कफि खेती गर्नमा विउविजन, आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।

Best Dashain SMS, दशै SMS नेपालीमा- The best collection of Bijaya Dashain Text Messages !

Bhagyya chamkos sabaiko,
Sabaiko hos sukha samriddhi,
Sukha saanti ko baas hos charai tira
Maata durga ko aasirwad rahirahos sarbada
Bijaya Dashami 2067 ko yehi chha subhakaamana
भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
 
  माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी २०६७ को येही छ शुभकामना
sampurna saathibhai tatha aafantalai
b – bijayako pratik banera aaos
ja – jaha gayepani dukha nahos
ya – yatra garda kaanda le pani narokos
da – dashain ko
su – subhakaamana yes mahaan parvak
mi – milansaar mitra sampurnalai
yehi chha mero mangalnaya subhakaamana
सम्पूर्ण साथीभाइ तथा आफन्तलाई
बि – बिजयको प्रतिक बनेर आओस
ज – जहाँ गएपनी दु:ख नहोस्
या – यात्रा गर्दा काडाले पनि नरोकोस
द – दशै को
स – शुभकामना येस् महान् पर्व
मी – मिलनसार मित्र सम्पूर्णलाई
येही छ मेरो मंगलमय शुभकामना
subhakaamana
maadhav nepalko jasto bhagya hos
baaburam bhattaraiko jasto budhhi hos
ang sang sukiko jasto dhaire hos
soniya gandhiko jasto tyag hos
madankrishna haribansako jasto mel hos
girija prasadko jasto aat hos
deshma feri pani ashanti nahos
3 crore nepaliko sadhai jaya hos
शुभकामना 
माधव नेपालको जस्तो भाग्य होस 
बाबुराम भट्टराईको जस्तो बुद्धी होस्
आङ साङ् सुकिको जस्तो धैय होस्
सोनिया गन्धिको जस्तो त्याग होस्
मदनकृष्ण हरीबन्शको जस्तो मेल होस्
गिरिजा प्रसादको जस्तो आट होस्
देशमा फेरी पनि अशान्ति नहोस्
३ करोड नेपालीको सधैं जय होस्

utsaha, umanga
utsav, khusi
shanti, ullas
harsa, sukha
prasannata, subista
aananda, samridhhi
unnati, kalyan
mangal, subidha
abhudaya
e sabdaharu sabdakos ma maatra narahun
yehi chha bijaya dashami ko subhakamana
उत्साह, उमाङ
उत्सव, खुसी
शान्ति, उल्लास
हर्स, सुख
प्रसन्नता, सुबिस्ता
आनन्द, सम्रिधी
उन्नती, कल्याण
मंगल्, सुबिधा
अभुदय
यी शब्दहरु शब्दकोस मा मात्र नरहुन
येही छ बिजया दशमी को शुभकामना
jaagar dine jamaraa
aanta dine achheta
char chimeki gaun basti
aafantako mamata
saradko khusiyaali
chairahos, fulirahos
sabailai sukha milos
shanti milos bhanchhu ma ta
jaagar dine jamaraa
aanta dine achheta
durga bhawani daine hun
sabaiko bhalo hos
sabaiko mangal hos
जागर दिने जमरा
आँट दिने अछेता
घर छिमेकी गाउँ बस्ती
आफन्तको ममता
सरद्को खुशीयाली
छाइरहोस्, फुलिरहोस्
सबैलाई सुख मिलोस
शान्ति मिलोस भन्छु म त
जागर दिने जमरा
आँट दिने अछेता
दुर्गा भवानी दाइने हुन
सबैको भलो होस्
सबैको मंगल् होस्
bijaya dashami sadhai aau timi unnati banera,
chunauti samana garna chattan banera,
raato tika banera, jamara banera,
saktiddayek banera, gyan maya bhayera,
khusi bhayera, ullas bhayera,
sabaika laagi sadhai sadhai, mangal maya banera,
sabai sabailai subhakaamana banera
बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर
aayo dashain aayo, khusiyaali layo
charai tira batabaran umangalle chayo
mannka dukha basta, chhedik bhayepani birsaayo
haasi kheli ramai manaaine parwa aayo
dashainko sabailai subhakaamana
आयो दशै आयो, खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट, छेडिक भयेपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना
dhashainma durga bhawani daahine rahun,
tiharma  laxmile baas garun,
sampurna nepaliko ghar aanganma
durga bhawani, laxmile sadha khusi chharun
Yehi nai hamro sabailai hardik mangal maya subhakaamanana
दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा  लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना
pyaara istamitraharu sada petrol paiyos,
loadshedding nahos, bandha ra hadtaal naparos,
mobileko network laagos, netaharuma samriddhi aaos,
mahangi kam hos, purahos sabaiko manokaamana
yehi chha mero dashain ra tiharko subhakaamana
प्यारा इस्तमित्रहरु सदा पेट्रोल पाइयोस,
loadshedding नहोस्, बन्द र हड्ताल नपरोस,
मोबाईलको नेट्वोर्क लागोस, नेताहरुमा सुबुद्दी आओस,
महंगी कम होस्, पुराहोस् सबैको मनोकामना
येही छ मेरो दशै र तिहारको शुभकामना
“aayo dashain dhol bayai
gayo dashain rin bokai”
ukhan ko punara bitti nahos,
jhadapakhalaa pidit ko pet ma anna paros
khokro aadambar tyagera dashain manau
bijaya dashami ko yehi kaamaan
“आयो दशै ढोल बजाइ
गयो दशै रिन बोकाइ”
उखान को पुनराबित्ति नहोस्,
झाडापखाला पीडित को पेट मा अन्न परोस
खोक्रो आडम्बर त्यागेर दशै मनाउ
बिजया दशमी को येही कामना
naya nepal bhanda bhandai dashain aaisakyo
saradako nyano ghaamle dharti chhoisakyo
kahele hola maanisama ekatako baasa
yehi dashainma bhayepani hunthiyo bipattiko naas
नयाँ नेपाल भन्दा भन्दै दसैं आएसक्यो
सरदको न्यानो घामले धर्ती छोइसक्यो
कहिले होला मानिसमा एकताको बास
येहि दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश
gayanti mangalaakari, bhadrakaali kapaalini
durgachyma simadhatri, swaha soda namastute
mata durga bhawanile sabaiko rakchha garun
पानी खोज्दा बियर भेटियोस, धारा खोल्दा वाइन बगोस्, चिकेन खाँदा साप्रो परोस, मटन खाँदा हृयाकुला परोस,
साथ साथैहजुरको घरमा धमिरा परेर छानो चुहिने होस, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली जस्तो होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झंिगा परोस्,निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्, लोग्नेले सौता हालोस्, स्वास्नी पोइला जाओस, घरवार भसक्कै बिगि्रयोस।।सधै कलह छाओस्,किरा परेर मर्न परोस्,भनेर भन्ने हजुरको शत्रुको सत्यानाश होस् , मेरो व्ययक्तिगत सल्लाहा पनि प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, प्रचण्डपुत्र झै जडिया नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, केपी झै छुच्चो नहुनु, बिद्या झै चालु नहुनु, प्रदिप झै ठालु नहुनु, सुजाता झै बेश्या नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, ने।बि।संघ झै ट्यापे नहुनु, वाइ।सी।एल। झै उददण्ड नहुनु, सेना झै भेडा नहुनु, युथफोर्स झै गुन्डा नहुनु, यहि छ मेरो सबै साथिहरूलाई गणतान्त्रिक नेपालको दोस्रो विजया दशमीको शुभकामना
यहि नै मेरो बिजया दशमी तथा शुभ दिपावली २०६६ को मंगलमय शुभ कामना छ ।।।।सम्पूर्ण नेपालीहरू, बिदेशी भुमिमा रहनुभएका हुन् वा नेपाल भित्रै,
उही तपाँइको पि्रय मित्र

बिजया दशमीको शुभ अवसर मा यहाँ उपस्थित सबै महानुभाव हरुलाई हार्दिक मंगलमय शुभकामना बेक्त गर्न चाहन्छु – (तपाईंको नाम)
ठुलाको आशिस,
सानाको माया,
दशैको रमझम
सधैं रही रहोस्।
Happy Dashain 2067
पानी खोज्दा बियर भेटियोस,
धार खोल्दा wine बगोस,
chicken खादा, साम्प्रो परोस,
mutton खादा, ह्यकुला परोस,
एही नै दशै को शुभकामना।
घ्याम्पो भरी रक्सी होस्
निधार मा टिका होस्
साथी भाई हरु सँग रमाइलो होस्
हात म एक्का trial होस्।
Happy Dashain
चङ्गा चेट, रमाइलो भेट
खसिको रेट, मासुको प्लेट
जुवाको खाल, चिउराको थाल
६७   साल दशै बब्बाल
Happy Dashain