Tuesday, October 5, 2010

प्रावि प्रअहरुको क्षेत्रीय बैठक गल्याङमा सम्पन्न

जिल्ला शिक्षा कार्यालय स्याङ्जाको आयोजनामा निवाचन क्षत्र नं ३ स्तरीय प्राथमिक विद्यालयका प्रअहरुको बैठक गल्याङमा शुक्रबार सम्पन्न गरिएको छ।
जिल्ला शिक्षा कार्यालय स्याङ्जाका जिल्ला शिक्षा अधिकारी तोपबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्याङ्जा क्षेत्र नं ३ का प्राविका एक सय १६ विद्यालयका प्रअको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयले समय अनुकूलको अङ्ग्रेजी माध्यममा कक्षा चलाउँदा पाठ्य पुस्तक कुन चलाउने भन्ने सम्स्या र अङ्ग्रेजी माध्यम सञ्चालन नगर्दा विद्यार्थी आउँदैनन् कि भन्ने समस्या बनेको र शिक्षा विभागले एकै किसिमको पाठ्यक्रम नबनाइदिंदा समस्या परेको गुनासो गरेका थिए।
कार्यक्रममा शिक्षामा हुने गरेका समस्या र समाधानका विषयमा छलफल तथा समाधानका विषयमा समेत चर्चा परिचर्चा गरिएको थियो। कार्यक्रममा जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपसचिव हेमनारायण चापागाई, शाखा अधिकृत धनश्याम पौडेल, विद्यालय निरीक्षक पदमप्रसाद आचार्य, स्रोतव्यक्ति नारायणप्रसाद पाण्डे, मुकुन्दप्रसाद डोटेल, टीकाराम रेग्मी, रामकान्त शर्मा, भानुभक्त आचार्य उच्च माविका प्राचार्य डिल्लीराम चापागाईलगायतले शैक्षिक विकासलाई हरेक तह र तपकाबाट सहयोग मिल्न सकेको खण्डमा शैक्षिक विकास गर्न सकिनेमा जोड दिएका थिए।
जिल्ला शिक्षा अधिकारी तोपबहादुर श्रेष्ठले विद्यालयहरुले गरेका अनुकरणीय र उदारहणीय कार्य प्रस्तुति साथै स्रात केन्द्गत अनुकरणीय कार्यका बारेमा समेत जानकारी गराउँदै शेक्षिक कार्यलाई गम्भीररूपले लैजानुपर्ने विद्यालय शान्ति क्षेत्र र सम्वेदनशील क्षेत्र भएकाले गहनरूपमा लिएर शैक्षिक कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपसचिव तोयानाथ लम्सालले गर्नुभएको थियो।

No comments:

Post a Comment