Monday, October 4, 2010

एउटै गाविसका दुई उम्मेदवार तर फरक प्यानलबाट भिड्दै

BY Uttam Bhattari 
अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा स्याङ्जाका एउटै गाविसका दुई उम्मेदवार दुई मुख्य पदमा भिड्ने भएका छन्। निर्वाचन क्षेत्र नं. ३ को सुदुरपूर्वमा पर्ने गाविस सांखर गाविसका उनीहरुको उम्मेदवारीले स्याङ्जामा व्यापक चासोको विषय बनेको छ। ऐतिहासिक मिथिला नगरीको जनकपुरमा जारी सम्मेलनमा अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष सोभियत ढकाल र महासचिव पदका लागि निवर्तमान सचिव किशोर विक्रम मल्लले दावेदारी सार्वजनिक गरेका छन्। ढकालले गाउँको एक माविबाट एसएलसी पास गरी पीएन क्याम्पस पोखरामा भर्ना भएपछि औपचारिक राजनीतिमा प्रवेश गरेका थिए। पीएन क्याम्पसको प्रारम्भिक कमिटि अध्यक्ष, स्ववीयु सभापति, गण्डकी अञ्चल अध्यक्ष, राष्ट्रिय परिषद सदस्य,२ पटक केन्द्रीय सदस्यमा निर्वाचित हुँदै १८ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित भएर अखिलको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका ढकालले पोखरामा भएको १९ औं सम्मेलनबाट भारी मतले उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
त्यसैगरी अर्का महासचिव पदका मुख्य दावेदारी सार्वजनिक गरेका किशोर विक्रम मल्ल अनेरास्ववियु स्याङ्जाको जिल्ला कमिटी सदस्य, जिल्ला अध्यक्ष, गण्डकी अञ्चल अध्यक्ष हुँदै केन्द्रीय सदस्य, २ चोटी कोषाध्यक्ष, पोखरामा भएको १९ औं सम्मेलनमा सचिव पदमा निर्वाचित भएका थिए। उनी संगठनमा राम्रो पकड भएका व्यक्ति मानिन्छन्। पोखरामा भएको १९ औं सम्मेलनमा एउटै प्यानलबाट उम्मेदवारी दिएका द्वय जनपुरसम्म पुग्दा भने २ फरक प्यानलबाट उम्मेदवारीको घोषणा गरेका छन्।

No comments:

Post a Comment