Tuesday, October 5, 2010

ग्रामीण सूचना केन्द्रमा जिल्ला विकास समितिको ध्यान पुगेन !

स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका वडा नं १३ स्थित नेपाल सरकार, सूचना प्रविधि उच्चस्तरीय आयोग र जनएकता युवा कल्बद्वारा संयुक्तरूपमा सञ्चालित ग्रामीण सूचना केन्द्रमा जिल्ला विकास कार्यालय स्याङ्जाको ध्यान नपुगेको गुनासो स्थानीयवासीले गरेका छन्।
२०६४ सालमा स्थानीय युवाहरुको सक्रियतामा भैली खेलेर सङ्कलन गरिएको २५ हजारले सुरुवात गरेको ग्रामीण सूचना केन्द्र अहिले व्यवसायिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गरेर समेत आम्दानी गर्ने गरेको भए तापनि स्याङ्जा सदरमुकामदेखि सात किलोमिटर पश्चिममा रहेको सूचना केन्द्रमा भने जिल्ला विकास कार्यालय स्याङ्जामा पटक-पटक निवेदन दर्ता गराउँदा समेत  ध्यान नदिएको गुनासो स्थानीय युवा केदारप्रसाद अर्यालले गुनासो गर्नुभयो।
३३ फिट लम्बाई १९ फिट चौर्डाई भएको दुर्इ तले पक्की भवन निर्माण कार्य समेत नेपाल सरकार अर्थ मन्त्रालयको तीन लाख आर्थिक सहयोग, सभासद् राहत कोषबापत ७५ हजार पुतली बजार नगरपालिकाको एक लाख ५० हजार पेलकाचौर गाविसको १० हजार स्थानीयस्तरबाट छ लाख नगद प्रदान गरिने छ।
त्यस सूचना केन्द्रले अहिलेसम्म कम्प्युटर बेसिक कोर्षमा ६५ जना र सिलाई कर्टाईमा  एक सयभन्दा बढीले सीप सिकिसकेको स्थानीयवासीले बताएका थिए।
सूचना केन्द्रमा पर्याप्त स्रोत र साधन भएको भए तापनि कुनै निकायले चासो दिन नसकेको कारण प्रभावकारी बन्न नसकेकोमा दुःख व्यक्त गर्दै सम्बन्धित सरोकारवालाले चासो देखाउनुपर्नेमा स्थानीबासीले दुखेसो पोखेका थिए।
सूचना केन्द्रमा नेपाल सरकार सूचना प्रविधि उच्चस्तरीय आयोग काठमाडौंको सहयोगमा दुर्इवटा कम्प्युटर, एक थान फ्याक्स मेसिन,एक थान स्क्यानर, वेव क्यामरा लगायत पाँचवटा सिलाई कर्टाईका मेसिन तथा राष्टिय दैनिक पत्रपत्रिका साथै करिब तीन सयजति ज्ञानगुनका पुस्तक राखिएकोले विद्यार्थी युवा पाकाका लागि समेत सूचना केन्द्र  उपयोगी बन्दै जान थालेको एक विद्यार्थी प्रतिमा अर्यालले बताइन्।
सरोकारवालाको समयमा नै ध्यान पुग्न नसकेको कारण स्थानीय बासिन्दालगायत आसपासका गाविसका जनता अवसरबाट बन्चित भएको स्थानीय शिक्षक कृष्णप्रसाद अर्यालले बताए

No comments:

Post a Comment