Wednesday, October 6, 2010

राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने !

राप्रपा नेपालका संसदीय दलका नेता तथा सभासद् चन्द्रबहादुर गुरुङले राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने बताएका छन्।
सभासद् गुरुङ्ले राप्रपा नेपालको क्षेत्र नं. १ को चौथो अधिवेशनको सोमबार स्याङ्जामा उद्घाटन गर्दे जनमतको कदर नगरी संविधान लेखेमा राप्रपा नेपालले सो संविधान स्वीकार नगर्ने बताए।
कार्यक्रममा नेपाली काङ्ग्रेसका लक्ष्मण भट्टराई, गुरुदत्त ढकाल, टेकबहादुर गुरुङ, निलकुमारी मिया, विश्वनाथ अर्याल, जयनारायण श्रेष्ठ, मदनबहादुर कार्की, घनश्याम पौडेल, दीपेन्द्र लामिछाने, ओमप्रसाद पौडेल, अग्नीधर ढकाल, इन्द्रप्रसाद गुरुङ लगायतले ठूला राजनीतिक दल भारत र चीनपरस्त भएको बताउँदै नेपाली जनताका पीर मर्कालाई उपहास गरेको आरोप लगाउँ।
क्षेत्रीय अधिवेशनले इन्द्रप्रसाद गुरुङको अध्यक्षतामा नौ क्षेत्रीय कार्यसमिति निर्विरोच चयन गरेको छ। बालकुमार श्रेष्ठ, श्याम गुरुङ, सीता श्रेष्ठ, बैनप्रसाद गुरुङ र घनश्याम पौडेललगायतका सदस्यमा चयन गरिएका छन्।
राप्रपा नेपालका संसदीय दलका नेता तथा सभासद् चन्द्रबहादुर गुरुङले राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने बताएका छन्।

No comments:

Post a Comment