Thursday, June 9, 2011

हेर्नुस जिल्ला समाचार हरु !


ग्रामिण भेगका कृषकहरु लोडसेडिङ्को मारमा

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

जिल्लाको गल्याङ्मा ५.३ किलोवाट विद्युत उत्पादन क्षमताको बुटवल पावर कम्पनीद्धारा वितरित विद्युत प्रसारण लाईनमा लामो समयदेखि जारी रहदै आएको लोडसेडिङ्ले ग्रामिण भेगका कृषकहरु बढि मारमा परेका छन् ।

      ग्रामिण क्षेत्रमा दिउँसोमा समयमा खासै विद्युतको उपभोग नगर्ने कृषक उपभोत्ताहरुलाई दैनिक बिहान छ बजेदेखि ११ बजेसम्म करिव पाँच घन्टा विद्युत आपूर्ति बन्द हुदाँ उनीहरु मारमा परेका हुन् । विहानै घरायासी कामसगै घर खर्चीको लागि धान, मकै, कोदो लगायतका अन्न बाली कुटानी पिसानी गर्ने महत्वपूर्ण समयमा विद्युत सेवा बन्द हुदाँ कृषकहरु मारमा परेको बताउँछन् ।

      विहानीको समयमा कुटानी पिसानी सक्नुपर्ने हुन्छ । स्थानिय कृषक भुवानि शर्माले ग्रामीण क्षेत्रका कृषक हामी दिउँसोमा मेलापात गर्नुपर्ने हुन्छ । मेलापातको समयमा घर खर्चका लागि अन्नपातको व्यवस्थामा दिन जाने गरेको शर्माको भनाई छ ।

      विगत केही महिनादेखि जिल्लामा वितरित विद्युत प्रसारण लाईनमा तार फेर्ने भन्दै नियमित रुपमा कम्पनीले विहान पाँच घन्टा तथा अन्य सार्वजनिक विदाका दिनहरुमा विहानदेखि साँझसम्म १२ घन्टा भन्दा बढीे विद्युत कटौतीले जिल्लावासी नै पिडित भएका छन् ।

      ग्रामिण क्षेत्रहरुमा भएका विद्युत वितरण केबल कामचलाउका रुपमा मात्रै छन् । लामो समयसम्म पनि पुराना पोलहरु फेर्न तर्फ कुनै चासो नदेखाएको स्थानिय कृषकहरुको भनाई छ । विद्युत तार तानिएका स्थानमा रुखहरुले तार छुदा समेत सम्बन्धीत नियकाले बेवस्ता गर्दै आएका छन् । कृषकका अनुसार वर्षात र हावाहरीसँगै विद्युत आपुर्ति समस्या आउने गरेको छ ।

      प्रत्येक बिहान पाँच घन्टा लोडसेडिङ् छदैछ । कृषकहरुको दिउसोको समय आ–आफ्नै खतेबारीमा काम हुन्छ ठुलाडिही–१, की माया रेग्मीले भनिन्, बेलुकी पानी पर्ना साथ विद्युत बन्द हुन्छ । विजुली कतिखेर बाल्ने ? रेग्मीले प्रतिप्रश्न गर्दै भनिन्, विद्युत उपभोग बापत न्यूनतम मुल्य सितैमा तिर्नुपरेको छ ।

      ग्रामिण क्षेत्रका स्थानिय कृषक लगायतलाई सुविधा दिने भन्दै विद्युत प्रधिकरणले साना उपभोत्ताका लागि प्रदान गरेको न्युनतम २० युनिटको खपत सुविधा दिदै आएको छ । न्यूनतम सुविधा समेत उपभोत्ताहरुले उपभोग गर्न सकेका छैनन । मासिक ८÷१० युनिट मात्रै विद्युत खपत गर्दै आएका उपभोत्ताहरु कम्पनीबाट ठगिएको बताएका छन् ।


डुबेर एकको मृत्यू

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

स्याङ्जाको छाङ्छाङ्दी गाविस स्थित आँधीखोलमा डुबेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा स्वरेक गाविस–९, सिम्ले निवासी वर्ष ३८ का झकबहादुर खवास रहेका छन् ।

      वालिङबाट घर फर्किएर जाँदै गर्दा आँधीखोला तर्ने क्रममा ढुङ्गामा चिप्लीएर लड्दा खोलामा डुब्न पुगेका खवासलाई उद्धार गरेर वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्ने क्रममा प्रहरीले बताएको छ ।

दलित सबालमा पत्रकारको भूमिका

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

दलित गैर सरकारी संस्था महासंघ स्याङ्जाको आयोजनामा दलित सवाल सम्वोधनमा पत्रकारको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।

      कार्यक्रममा महासंघका कार्यक्रम संयोजक आशा घतानेले वर्तमान सन्चारमा दलित मानव अधिकारका सवाल, रेडियोमा दलितका सवाल र टेलिभिजनमा दलितका सवाल सम्बोधनका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

      अन्तरक्रियामा दलित गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य धनमाया विश्वकर्माले दलित समुदायको विगतको समस्या, वर्तमान अवस्था र भविश्य तथा समाधानका वारेका चर्चा गरेकी थिईन । विश्वकर्माले दलितको उत्थानका लागि सवै क्षेत्रको समानुपातिक सहभागितामा आवश्यक प्रतिवद्धताको खाचो भएको बताईन् ।

      कार्यक्रममा सहभागि पत्रकारहरुले दलित विकासका लागि आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जिल्लामा ठूला दलित वस्ती रहेका सेतिदोभान, पञ्चमुल, खिलुङदेउराली, स्वरेक, छाङ्छाङ्दी, मल्याङकोट, तीनदोवाटे र पेल्कोट प्राथमिक क्षेत्रमा छनौट भएका छन् ।

      महासंघ जिल्ला अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सन्चालन कार्यक्रम संयोजक आशा घतानेले सन्चालन गरेकी थिईन ।



पत्रकारहरुद्धारा सहयोग हस्तान्तरण

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

स्याङ्जामा क्रियाशिल पत्रकारहरुको सामूहकि पहलमा पिडीखोला गाविस–५, रामीडाडाँका तीन वर्षीय अभिवावक विहिन समिर परियारलाई आर्थिक सहयोग रकम प्रदान गरेका छन् ।

      जिल्ला सदरमुकाममा दलित गैरसरकारी महासंघको आयोजना भएको दलित सवाल सम्वोधनमा पत्रकारको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा संस्थाले उपलव्ध गराएको भत्ता स्वरुपको एकहजार आठ सय रुपयाँ परियारलाई प्रदान गरेका हुन् ।

        संस्थाले प्रति व्यक्ति तीन सयका दरले भत्ता उपलव्ध गराईएको थियो । उच्च रक्तश्रावका कारण आमाको मृत्यू हुदा परियार अभिभावक विहिन भएका थिए । तीन वर्षीय वालक अहिले सहयोगको खोजिमा रहेको उनकी दिदी लिला परियारले वताएकी छन् । तीन वर्षीय परियारको आर्थिक अवस्था निकै नाजुक भएको अवस्थामा अहिले उनकी दिदीले हेरचाह गर्दै आएकी छिन् ।

Wednesday, June 8, 2011

बेखबर छन् आचार्य वालकृष्णका आमाबुवा !

भरुवा -स्याङ्जा, जेष्ठ २४ - 
भारतीय योगगुरु रामदेवको अनशनमा प्रहरी हस्तक्षेपपछि उनका निकट सहयोगी आर्चाय बालकृष्णबारे राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा विभिन्न खबरहरू आइरहेका छन् । उनका आमा-बुवालाई भने छोराबारे कुनै पत्तै छैन । तीन दिनदेखि बेपत्ता भएको भनिएका बालकृष्ण मंगलबार हरिद्वारमा पत्रकार सम्मेलनमा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वालिङ-५ भरुवामा स्थायी घर भएका बालकृष्णका बुवा जयवल्लभ सुवेदीलाइ चाहिँ छोरा बेपत्ता भएको थाहै थिएन । 'हामीलाई थाहै भएन,' उनको घर पुगेका सञ्चारकर्मीहरूसँग सुवेदीले भने, 'सम्पर्क नभएको पनि धेरै भयो । भारतमा अहिले के के भएको हो त्यो पनि थाहा छैन ।' घरमै बस्दै आएका ७७ वषर्ीय वृद्ध सुवेदीले बरु सञ्चारकर्मीहरूलाई नै सोधे, 'मेरो छोराले के गरेको रहेछ र ?'

६ छोरामध्येका जेठा बालकृष्ण मात्र नभई घरमा अहिले कुनै छोरा नभएको जनाउँदै आमा सुमित्रादेवीले भनिन्, 'हामीलाई न छिमेकीले भनेका छन् न छोराहरूले नै फोन गरेका छन् ।'

 बुवा-आमाका अनुसार २०२९ साउनमा भारतमै जन्मेका बालकृष्णलाई ३ महिनाको हुँदा नेपाल ल्याइएको थियो । ११ वर्ष पुगेपछि उमेरमा ६ कक्षा पढ्दापढ्दै बुवासँग भारत गएपछि उनी उतै बसेका थिए । 'दिल्लीमा पढेको छ भन्ने थाहा पाएर ४ वर्षपछि भेट्न गएको थिएँ,' जयवल्लभले भने, 'त्यसपछि उससँग १७ वर्षसम्म भेटघाट र फोनमा समेत कुराकानी भएन ।'

वालिङमा निर्माण भएको पतञ्जलि योग पीठ तथा आयुर्वेद भवन शिल्ाान्यास गर्न बालकृष्ण दुई वर्षअघि गृहजिल्ला आएका थिए । उनले हरिद्वार योग पीठमार्फत २ करोड ५० लाख रुपैयाँमा भवन निर्माण गराएका थिए । 'उसँग भेटघाट र फोनमा पनि कुराकानी नभएको २ वर्ष भइसक्यो,' बुवा जयवल्लभले भने ।

११ वर्षको उमेरमा हिँडेको छोरो अहिलेसम्म घरमा आएर एक रात पनि नबसेको आमा सुमित्रादेवीले बताइन् । 'भवन शिल्ाान्यास र त्यसको ११ महिनापछि उद्घाटनमा आउँदा सामान्य भेटघाटमात्र भएको हो,' उनले भनिन् ।

जयवल्लभको घरमा टेलिभिजन भए पनि हाल घर मर्मत भइरहेकाले नहेर्ने गरी थन्क्याइएको छ । त्यसैले छोराबारे आइरहेका कुनै पनि खबर उनीहरूले थाहा पाएका छैनन् ।

तैपनि बालकृष्णमाथि नेपालमा गैरकानुनी काम गरी भागेर भारत आएको भन्ने आरोप भने आमा-बुवाले अस्वीकार गरे । 'उ त्यस्तो गर्ने मान्छे नै होइन,' जयवल्लभले भने, 'विवाह गरभन्दा पनि मानेन । म अरूको सेवा गर्छु । राम्रो कामा लागेको छु भनिरह्यो ।' उनले नगर्ने बताएपछि अरू छोराहरूको विवाह गरिदिएको उनले बताए ।

जयवल्लभका अरू छोराहरूमध्ये दुई जना रामदेवले स्थापना गरेको पतञ्जलि योगमा कार्यरत छन् । एक जना काठमाडौंमा र तीन जना दिल्लीमा छन् ।

यसैबीच बालकृष्णले स्याङ्जा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको कुनै रेकर्ड नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले जनाएका छन् ।



जानु पंगेनी को रिपोर्ट ! 
ई कान्तिपुर सपोर्ट !

Monday, June 6, 2011


कालीनदीमा र्‍याफ्टिङ सञ्चालन गर्न सरकारी पहल

प्रकाश डोटेल स्याङ्जा २३ जेठ
कालीगण्डकी नदीमा जलयात्रा -र्‍याफ्टिङ) सञ्चालन गर्ने उद्देश्यले सरकारी तबरबाट पहल शुरु भएको छ । ऐतिहासिक धार्मिक स्थल मुक्तिनाथ-देबघाट हुदै भारतले तयार पारेको गण्डक नहरसम्म कालीगण्डकी नदीमा जलयात्राको संभाव्यता अध्ययन गर्न नेपाल सरकारबाट पहल शुरु गरेको हो ।
कालीगण्डकी नदी अर्न्तर्गत स्याङ्गजा र पाल्पा जिल्लाको सिमानाको सिर्द्धार्थ राजमार्गमा रहेको राम्दीघाट देखि तनहुँ नवलपरासी जिल्लाको सिमानामा रहेको धार्मिक क्षेत्र तथा संगम स्थल देबघाटसम्मको करिब एक सय ५० किलोमिटर जलयात्राको अध्ययन गरिने कालिगण्डकी पर्यटन बिकास समितिका अध्यक्ष बिष्णु थापाले बताए ।
नेपाल सरकारबाट विनियोजित तीन लाख बजेटमा बिन कल्सल्टेन्सीको सहयोगमा सरकारी, पर्यटन र जलयात्राको एक टोलीले नदी किनारको पैदल यात्रा गरि अध्ययनलाई अगाडी बढाएको छ अध्यक्ष थापाले बताए । सिर्द्धार्थ राजमार्ग सडक खण्डमा पर्ने कालीगण्डकी नदीको राम्दीदेखि गरेको अध्ययनमा करिव ४० किलोमिटर पैदल यात्रा सकिएको छ ।
नेपालको मुख्य धार्मिक क्षेत्र मुक्तिनाथ देखि शुरु भएको कालीनदीको यो खण्डमा जलयात्राको संभावनामा छ । स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लाका स्थानियबासीले २०६५ सालमा एक समिति गठन गरेका थिए । स्थानियवासीका अनुसार, सरोकारवालाहरुको ध्यान पुर्‍याउन समिति गठन गरिएको हो । २०६५ सालमा स्थानियवासीको पहलमा सरकारको ध्यान केन्द्रित गर्न नदी महोत्सब सम्पन्न गरेका थिए । र्
पर्यटन बिकास समिति स्याङ्गजा र कालीगण्डकी एकीकृत बिकास समितिले पछिल्लो समयमा कालीगण्डकी नदी अर्न्तगत राम्दी-देबघाट जलयात्रा सञ्चालन गरि सम्भाव्यता अध्ययन प्रतिबेदन सरकारलाई बुझाएको छ । प्रतिबेदनमा सम्भाव्यता रहेको हुदा सरकारले सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । त्यस अनुरुप नै सरकारी तबरबाट सम्भाव्यता अध्ययन भएको हो ।
नदी किनार गण्डकीबेशीमा रहेका तर पहिचान लोपोन्मुख दरै, कुमाल, बोटे, मगर समुदायकेा मारुनी, कौरा, नौमती बाजा, भजन-कृतन लगायत लोकसंस्कृति झल्कने सांस्कृतिक रहेका छन् । स्थानियबासी भने, पर्यटक लोभ्याउने यो एउटा राम्रो माध्यम बनाएर गण्डकीबेशीको बिकास गर्न सकिन्छ भन्ने विश्वास छ ।
स्थ्ाानिय स्तरबाट पहलपछि क्रमशः सरकारी स्तरबाट समेत ध्यान पुगेकोमा स्थानियवासीले खुसी व्यक्त गरेका छन् । सम्भाव्यता अध्ययनका लागि जिल्ला आएको टोलीले नदी किनारको स्थलगत रिपोर्ट शुरु गरेको छ । टोलीले गण्डकीबेशी स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लाका स्थानियवासीन्दाका रहन-सहन र संस्कृतिलाई बढि महत्व दिएको बताइएको छ ।

मुक्तिनाथ बैंकको ७ लाख शेयर खुला


मुक्तिनाथ बैंकको ७ लाख शेयर खुला

प्रकाश डोटेल

स्याङ्जा–२३, जेठ ।

स्थानिय प्रतिष्ठीत समाजसेवि, उद्योगीहरुको सामुहिक पहलमा जिल्लामै पहिलो पटक सुविधा सम्पन्न बैंकिङ् कारोबार गरेको मुक्तिनाथ विकास बैंकले मंगलबारबाट सर्वसाधारणका लागि कुल लगानीको ३५ प्रतिशतले शेयर खुला गरेको छ ।

स्याङ्जा, कास्की र तनहुँ गरि तीन जिल्लामा बैंकिङ्क कारोबार गर्दै आएको बैंकले सर्वसाधारणसम्म आफ्नो सेवाको पहुँच पु¥याउने उद्देश्यले शेयर पुजिँ बृद्धि गर्न लागेको हो । सात करोड बराबरको सात लाख कित्ता शेयर विक्रीको प्रबन्ध मिलाएको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा बताइएको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एस क्यापिटल लिमिटेड काठमाडौं रहेको छ ।

आधुनिक, ग्रामीण र लघुवित्त बैंकिङ् कारोबारको एकसाथ नेपालमा पहिलो पटक सेवा संचालनमा ल्याएको बैंकले मंगलबारबाट शेयर खुला गरि जेठ २७ गतेसम्म छिटो र ढिलोमा असार ७ गतेसम्म विक्री गर्ने बताइएको छ । विज्ञप्तीमा सर्वसाधारणले एक हजारदेखि १० लाख रुपयाँसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

 स्थापना कालदेखि मुनाफामा रहेको बैंकमा एक हजारदेखि एक करोडसम्म कर्जा प्रवाह गर्ने गरेको बैंकका कम्पनी सचिव झलक सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्छ भन्ने मुल उद्देश्यका साथ बैंक स्थापना गरिएको हो ।

शेयर विक्रीपछि चुक्ता पुजिँ २० करोड पुग्ने बताइएको छ । २०६३ सालदेखि संचालनमा आएको बैंकले हालसम्म झण्डै आठ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । पोखराको पृथ्वीचोकमा बैंकको हाल केन्द्रिय कार्यालय रहेको छ ।

वातावरण दिवसमा बृक्षरोपण


वातावरण दिवसमा बृक्षरोपण

प्रकाश डोटेल

स्याङ्जा–२२, जेठ ।

३८ औ बिश्व वातावरण दिवसको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ तिनधारेमा बृक्षरोपण गरिएको छ । कञ्चनखोला अलैंचीवारी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा बृक्षारोपण गरिएको हो ।

बृक्षरोपण कार्यक्रममा बन बिभागका महानिर्देशक गोपालकुमार श्रेष्ठले वन नेपालको धन भएकोले संरक्षणका लागि सबै क्षेत्रको भुमिका जरुरी रहेको बताए । बनको संरक्षण गर्न सके देशको आर्थिक बिकास हुने श्रेष्ठको भनाई थियो ।

बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद ओली, जिल्ला बन अधिकृत जिवनाथ पौडेल, कृषि बिकास कार्यालयका प्रमुख चेतनाथ अधिकारी, भुमिसुधार अधिकृत श्यामलाल सापकोटा, कन्चनखोला सामुदायीक बनका अध्यक्ष नारायण लम्साल  लगायतले बनको संरक्षण सबैको दायित्व रहेको जिकिर गरे ।

बृक्षारोपण कार्यक्रममा लप्सी, बडहर, अम्रिसो, धुपि, कपुर, सर्पगन्धा, अमला, खनियो, बकाइनो लगायतका दुई दर्जन एक हजार बिरुवा रोपण गरिएको थियो ।

त्यस्तै सदरमुकममा रहेको नेपाली सेनाको विरभद्रजंग गुल्ममा पनि विभिन्न प्रजातिका तीन सय विरुवा रोपण गरिएको छ ।

यसैबिच विश्व वातावरण दिवसको अवसर पारेर स्याङ्जाको वाँगेफड्के गाविसस्थित भगवती प्रा.वि सिरानचौरको विद्यालय हाताभित्र विरुवा रोपिएको छ । जिल्ला वन कार्यलय स्याङ्जाको सहयोग तथा स्थानीय मैदान इको क्लवको सक्रियतामा पैयु, बकाइनो, लाकुरी, सल्लो, चाप गरी तीन सय विरुवा रोपिएको हो ।

विक्रम सम्बत २०२९ सालमा सोही स्थानमा पैह्रो गई ४२ जनाको मृत्यु भएका अग्रजहरुको सम्झनामा वृक्षारोपण गरिएको स्थानियवासीले बताएका छन् ।