Thursday, June 9, 2011

हेर्नुस जिल्ला समाचार हरु !


ग्रामिण भेगका कृषकहरु लोडसेडिङ्को मारमा

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

जिल्लाको गल्याङ्मा ५.३ किलोवाट विद्युत उत्पादन क्षमताको बुटवल पावर कम्पनीद्धारा वितरित विद्युत प्रसारण लाईनमा लामो समयदेखि जारी रहदै आएको लोडसेडिङ्ले ग्रामिण भेगका कृषकहरु बढि मारमा परेका छन् ।

      ग्रामिण क्षेत्रमा दिउँसोमा समयमा खासै विद्युतको उपभोग नगर्ने कृषक उपभोत्ताहरुलाई दैनिक बिहान छ बजेदेखि ११ बजेसम्म करिव पाँच घन्टा विद्युत आपूर्ति बन्द हुदाँ उनीहरु मारमा परेका हुन् । विहानै घरायासी कामसगै घर खर्चीको लागि धान, मकै, कोदो लगायतका अन्न बाली कुटानी पिसानी गर्ने महत्वपूर्ण समयमा विद्युत सेवा बन्द हुदाँ कृषकहरु मारमा परेको बताउँछन् ।

      विहानीको समयमा कुटानी पिसानी सक्नुपर्ने हुन्छ । स्थानिय कृषक भुवानि शर्माले ग्रामीण क्षेत्रका कृषक हामी दिउँसोमा मेलापात गर्नुपर्ने हुन्छ । मेलापातको समयमा घर खर्चका लागि अन्नपातको व्यवस्थामा दिन जाने गरेको शर्माको भनाई छ ।

      विगत केही महिनादेखि जिल्लामा वितरित विद्युत प्रसारण लाईनमा तार फेर्ने भन्दै नियमित रुपमा कम्पनीले विहान पाँच घन्टा तथा अन्य सार्वजनिक विदाका दिनहरुमा विहानदेखि साँझसम्म १२ घन्टा भन्दा बढीे विद्युत कटौतीले जिल्लावासी नै पिडित भएका छन् ।

      ग्रामिण क्षेत्रहरुमा भएका विद्युत वितरण केबल कामचलाउका रुपमा मात्रै छन् । लामो समयसम्म पनि पुराना पोलहरु फेर्न तर्फ कुनै चासो नदेखाएको स्थानिय कृषकहरुको भनाई छ । विद्युत तार तानिएका स्थानमा रुखहरुले तार छुदा समेत सम्बन्धीत नियकाले बेवस्ता गर्दै आएका छन् । कृषकका अनुसार वर्षात र हावाहरीसँगै विद्युत आपुर्ति समस्या आउने गरेको छ ।

      प्रत्येक बिहान पाँच घन्टा लोडसेडिङ् छदैछ । कृषकहरुको दिउसोको समय आ–आफ्नै खतेबारीमा काम हुन्छ ठुलाडिही–१, की माया रेग्मीले भनिन्, बेलुकी पानी पर्ना साथ विद्युत बन्द हुन्छ । विजुली कतिखेर बाल्ने ? रेग्मीले प्रतिप्रश्न गर्दै भनिन्, विद्युत उपभोग बापत न्यूनतम मुल्य सितैमा तिर्नुपरेको छ ।

      ग्रामिण क्षेत्रका स्थानिय कृषक लगायतलाई सुविधा दिने भन्दै विद्युत प्रधिकरणले साना उपभोत्ताका लागि प्रदान गरेको न्युनतम २० युनिटको खपत सुविधा दिदै आएको छ । न्यूनतम सुविधा समेत उपभोत्ताहरुले उपभोग गर्न सकेका छैनन । मासिक ८÷१० युनिट मात्रै विद्युत खपत गर्दै आएका उपभोत्ताहरु कम्पनीबाट ठगिएको बताएका छन् ।


डुबेर एकको मृत्यू

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

स्याङ्जाको छाङ्छाङ्दी गाविस स्थित आँधीखोलमा डुबेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा स्वरेक गाविस–९, सिम्ले निवासी वर्ष ३८ का झकबहादुर खवास रहेका छन् ।

      वालिङबाट घर फर्किएर जाँदै गर्दा आँधीखोला तर्ने क्रममा ढुङ्गामा चिप्लीएर लड्दा खोलामा डुब्न पुगेका खवासलाई उद्धार गरेर वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्ने क्रममा प्रहरीले बताएको छ ।

दलित सबालमा पत्रकारको भूमिका

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

दलित गैर सरकारी संस्था महासंघ स्याङ्जाको आयोजनामा दलित सवाल सम्वोधनमा पत्रकारको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।

      कार्यक्रममा महासंघका कार्यक्रम संयोजक आशा घतानेले वर्तमान सन्चारमा दलित मानव अधिकारका सवाल, रेडियोमा दलितका सवाल र टेलिभिजनमा दलितका सवाल सम्बोधनका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

      अन्तरक्रियामा दलित गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य धनमाया विश्वकर्माले दलित समुदायको विगतको समस्या, वर्तमान अवस्था र भविश्य तथा समाधानका वारेका चर्चा गरेकी थिईन । विश्वकर्माले दलितको उत्थानका लागि सवै क्षेत्रको समानुपातिक सहभागितामा आवश्यक प्रतिवद्धताको खाचो भएको बताईन् ।

      कार्यक्रममा सहभागि पत्रकारहरुले दलित विकासका लागि आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जिल्लामा ठूला दलित वस्ती रहेका सेतिदोभान, पञ्चमुल, खिलुङदेउराली, स्वरेक, छाङ्छाङ्दी, मल्याङकोट, तीनदोवाटे र पेल्कोट प्राथमिक क्षेत्रमा छनौट भएका छन् ।

      महासंघ जिल्ला अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सन्चालन कार्यक्रम संयोजक आशा घतानेले सन्चालन गरेकी थिईन ।



पत्रकारहरुद्धारा सहयोग हस्तान्तरण

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

स्याङ्जामा क्रियाशिल पत्रकारहरुको सामूहकि पहलमा पिडीखोला गाविस–५, रामीडाडाँका तीन वर्षीय अभिवावक विहिन समिर परियारलाई आर्थिक सहयोग रकम प्रदान गरेका छन् ।

      जिल्ला सदरमुकाममा दलित गैरसरकारी महासंघको आयोजना भएको दलित सवाल सम्वोधनमा पत्रकारको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा संस्थाले उपलव्ध गराएको भत्ता स्वरुपको एकहजार आठ सय रुपयाँ परियारलाई प्रदान गरेका हुन् ।

        संस्थाले प्रति व्यक्ति तीन सयका दरले भत्ता उपलव्ध गराईएको थियो । उच्च रक्तश्रावका कारण आमाको मृत्यू हुदा परियार अभिभावक विहिन भएका थिए । तीन वर्षीय वालक अहिले सहयोगको खोजिमा रहेको उनकी दिदी लिला परियारले वताएकी छन् । तीन वर्षीय परियारको आर्थिक अवस्था निकै नाजुक भएको अवस्थामा अहिले उनकी दिदीले हेरचाह गर्दै आएकी छिन् ।

No comments:

Post a Comment