Saturday, November 13, 2010

पुबनपा ४ सिहालेमा मोटरसाईकल दुर्घटना, ३ घाईते

पुतली बजार नगर पालीका ४ सिहालेमा दुइ मोटर साइकल शनिबार एक आपसमा ठोकिदा तिन जना घाइते भएका छन् । घाइतेहरुमा एकको अवस्था गम्भिर रहेका छ । पोखराबाट स्याङ्जा तर्फ आइरहेको ग ५ प २१५१ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आएको ग ३ प ३५४५ न...म्बरको मोटर साइकलसगँ ठोकिदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा वालिङ् नगर पालिका ९ का लोक नाथ अर्याल, दाङ् बीजौरि ३ का बिशेषण ओली र स्याङ्जाका धन बहादुर परियार रहेका छन् ।
घाइते अर्यालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल स्याङ्जामा उपचार भैरहेको छ ।

Friday, November 12, 2010

संजिवनी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेतिदोभान ३ स्याङ्जाको नवनिर्मात भवनको कांग्रेस सभापति शुशिल कोइरला द्वारा उदघाटन

लोक  नाथ मरासिनी

नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले देश आर्थिक रुपमा संकटमा पर्दै गएकाले कामचलाउ सरकारलेनै पुर्ण बजेट ल्याउने बताउनुभएको छ । बजेट ल्याउने बारेमा कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले छलफललाई तिव्र पारीरहेका बेला कोइरलाको यस्तो अभिव्यत्ति सार्वजनिक भएको हो । स्याङ्जाको सेतिदोभान २ जुग्लेमा कांग्रेस कार्यकर्ता स्व. डाँसीराम पौडेलको वार्षिक पुण्यतिथिमा सहभागि हुन जाने क्रममा स्याङ्जाको कुभिण्डेमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरलाले कामचलाउ सरकारसँग स्पष्ट बहुमत कायम रहेकाले माओवदी विरोधका बाबजुत पनि बजेट पास हुने दाबि गर्नुभएको हो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा स्याङ्जाले अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरलाले पुर्व सहमति पालना लगायतका विषयमा प्याकेजमै सहमति नभएसम्म जारी प्रधानमन्त्रीय निर्वाचनबाट आफ्नो पार्टि पछाडि नहटने बताउदै जारी राजनितिक गतिरोध अन्त्यका लागि माओवदीलाई जिम्मेवार हुन आग्रह समेत गर्नुभएको छ ।
एक अर्काे पत्रकारहरुको जिज्ञासामा बोल्दै सभापति कोइरालाले राष्ट्रपतिय शासनको कुनै सभावना नरहेको बताउनुभएको थियो । शान्ति र संविधानका कुरा गर्दै हिडने माओवदीनै शान्ति र संविधानमा गम्भिर नभएको बताउदै कोइरलाले सर्वसत्ताबादको पक्षमा कुनै पनि हालतमा सरकार गठन हुने नदिने समेत बतउनुभयो । यसैविच संजिवनी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेतिदोभान ३ स्याङ्जाको नवनिर्मात भवनको कांग्रेस सभापति शुशिल कोइरलाले आजै उदघाटन गर्नुभएको छ ।
स्थानिय स्तरका जनताहरुनै एकृति भई निर्माण गरेको भवनको उदघाटन गर्दै सभापति कोइरलाले योजना अनुसारका कार्यहरु गर्न सकेमा आर्थिक रुपमा अगाडि बढन सकिने बताउनुभएको थियो । २०६५ सालदेखि निर्माण कार्य सुरु भएको भवन कुल ८ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । ७ सय शेयर सदस्य रहेको संस्थाको हाल १३ लाख बराबरको पुजि रहेको छ ।

देउसी खेलेर बाटो निर्माण

राजन  पौडेल


स्याङ्जाली गाइजका नाममा देउसी खेलेर युवाहरुले उठाएको रकम र स्थानीय उपभोक्ताहरुको आर्थिक सहयोग स्वरुपको रकमबाट बाटो निर्माण गरिन लागेको हो । देउसीभैलोबाट संकलित ३१ हजार र स्थानीय स्रोतबाट करीव २० हजार गरी करीव ५१ हजार रुपैपाँ खर्च गरी बाटो न...िर्माण गर्नका लागि हिजोको भेलाले स्थानीय समाजसेवी निर्मलकुमार शेरचनको अध्यक्षतामा ११ सदस्यीय निर्माण समिति गठन गरिएको छ । गठित समितिको सचिवमा विजय पालिखे, कोषाध्यक्षमा हनिफ मिया र सदस्यहरुमा शिवसंसार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ, प्रबीणजङ्ग अधिकारी, विरेन्द्र खडका, राजन श्रेष्ठ, सपना पौडेल, अरुणा केसी लगायत हुनुहुन्छ । सदरमुकामस्थित नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखादेखि नवनिर्मित बौद्ध गुम्बासम्मको करीव एक सय ५० मिटर लामो ढलानबाटो निर्माण गर्न लागिएको समितिका अध्यक्ष निर्मलकुमार शेरचनले जानकारी दिनुभयो

पञ्चासे आउने पर्यटको सङ्ख्यामा बृद्धि


स्याङ्गजा लि डट कम रिपोर्टर 
जैविक विविधताले भरिपूर्ण पञ्चासे क्षेत्रमा यस वर्ष पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ।
पञ्चासेमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा दुर्इ तिहाइले  वृद्धि भएको छ।
दृश्यावलोकन, जैविक विविधता र स्थानीय संस्कृतिको धनी मानिएको पञ्चासेमा पोखरा हुँदै दृश्यावलोकनका लागि पर्यटकहरू आउन थालेका हुन्।
पञ्चासे क्षेत्रमा पर्यटकका लागि थप पूर्वाधारसमेत निर्माण भएपछि नयाँ गन्तव्य बन्दै गएको छ। ‘गत वर्षको तुलनामा दुर्इ तिहाइ पर्यटक बढेका छन्’-पञ्चासे भ्यू होटलका सञ्चालक लोकबहादुर गुरुङले भन्नुभयो।
पर्वत, कास्की र स्याङ्जा जिल्लाको सिमानामा रहेको यस क्षेत्र ८०० देखि दुर्इ हजार ५०० मिटरसम्म उचाइ रहेको छ। यस ठाउँबाट विभिन्न हिमशृङ्खलाका साथै फेवाताललगायत पोखरा, स्याङ्जा, पर्वत, बाग्लुङका साथै विभिन्न मनोरम प्राकृतिक सौर्न्दर्यको अवलोकन गर्न सकिन्छ।
पञ्चासेमा नेपालमा सबैभन्दा बढी १०७ थरीका सुनगाभा पाइन्छ। अन्नपूर्ण पदयात्रा मार्ग सडक यातायातका कारण छोटिएकाले पञ्चासेलाई नयाँ गन्तव्य बनाउने अभियान  सुरु गरिएको हो।
पोखराबाट कास्कीको भदौरे हुँदै पञ्चासेबाट वीरेठाँटीबाट अन्नपूर्ण पदयात्राका लागि पर्यटक आउने गरेका छन्। पोखरानजिक रहेकी अनदूडाँडास्थित गुम्बाबाट पनि पञ्चासे हुँदै पर्यटक आउने गरेका छन्।
जङ्गलको बीचमा रहेको यस ताल विनामूलको भएको र हिउँद, वर्षा समानरूपमा पानी रहने साथै तालमा रहेको पानीमा रूखको पात परेमा चराले टिपेर फाल्ने हुँदा यस तालको धार्मिक तथा ऐतिहासिक महत्त्वसमेत भिन्न रहेको छ।
पाँच सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको धार्मिक, ऐतिहांसिक, सांस्कृतिक, पर्यटकीय तथा जैविक विविधताको धरोहर मानिने यस पञ्चासेलाई पर्यटन, जैविक विविधता र ग्रामीण पर्यटनको मोडेलका रूपमा विकास गर्ने काम भइरहेको माछापुच्छे्र विकास सङ्घका कार्यक्रम संयोजक रामशरण सेर्ढाईंले बताउनुभयो। 

राप्रपा नेपालको जिल्ला भेला सम्पन्न


गल्याङ, २५ कात्तिक।
राष्ट्रिय प्रजातन्त्र पार्टीनेपाल युवा मोर्चा स्याङ्जाको आयोजनामा जिल्ला भेला स्याङजाको पार्टीकार्यलयमा बिहीबार सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गदै राप्रपा नेपाल जिल्ला अध्यक्ष मदनबहादुर कार्कीले देशमा भइरहेको अन्योल, अस्थिरता र अराजकता हटाउनको लागि युवा मोर्चा हरु सशक्त ढङ्गबाट अगाडि बढ्न आग्रह गर्नुभयो।
उहाँले राष्ट्रमा प्रधानमन्त्री निवार्चन हुन नसक्नु,तोकिएको समयमा संविधान बन्न बस्ाक्नलगायतका विषयलाई लिएर राप्रपा नेपालले कात्तिक २९ गते सदरमुकाम स्याङ्जा बजारमा विरोध र्‍याली गर्ने र सोको उद्घाटन राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले गर्ने जानकारी दिनुभयो।
कार्यक्रममा पाटीका सचिव जयनाथ श्रेष्ठ, विद्यार्थी सङ्गठन जिल्ला अध्यक्ष देवेन्द्र लामिछाने, पुतलीबजार नगर कार्यसमिति राप्रपा नेपालका अध्यक्ष गोपीनाथ पौड्याल, राप्रपा नेपाल क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष चन्द्रप्रसाद गुरुङ, महिला सङ्गठनका जिल्ला सभापति जोककुमारी गुरुङलगायतले देशमा भइरहेको अस्थिरतालाई राजनीतिक दलले सहमतिको बाटो खोज्न आवश्यक परको कुरामा जोड दिएका थिए।
कात्तिक २९ गते जिल्लामा हुने विरोध र्‍यालीलाई भव्यरूपमा सम्पन्न गर्नका लागि प्रचार-प्रसारमा तीव्र पारिने अध्यक्ष कार्कीले जानकारी दिनुभएको थियो।
युवा मोर्चाका जिल्ला अध्यक्ष खेमबहादुर गुरुङले अध्यक्षता गर्नुभएको कार्यक्रमको सञ्चालन इन्द्रबहादुर रानाभाटले गर्नुभएको थियो

Thursday, November 11, 2010

ज्येष्ठ नागरिक सम्मानित

वृद्धलाई सम्मान

स्याङ्जा -कास)- पृथ्युपाध्य गाउँ सुधार समिति पुतलीबजारले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिले भुवानी उपाध्याय, कलावती उपाध्याय र नन्दबहादुर खत्रीलाई दोसल्ला ओढाएर सम्मानित गर्‍यो । यसैगरी शैक्षिक सत्र ०६६ को प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्रा निर्मला मरासिनी र छात्र सुशील शर्मालाई पुरस्कृत तथा सम्मान गरेको छ । समितिले गाउँलाई प्लास्टिक निषेधित क्षेत्र अभियान थाल्ने, बालबालिकालाई चकलेट खानबाट निरुत्साहित गराई फलफूलतिर मन लगाउने, समाजमा कम आय भएकालाई सहयोग गर्नेलगायत निर्णय गरेको छ ।

Wednesday, November 10, 2010

कालिका अस्पतालको भवन निर्माण सम्पन्न

अस्पतालमा अत्यावश्यक सेवा प्रारम्भ

प्रकाश डोटेल स्याङ्जा–२४, कार्तिक

ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्याङ्जाको दार्सिङ दहथुम गाविस–१, हेलु बजारमा ६ बर्षदेखि निर्माण थालनी भएको कालिका सामुदायिक स्वास्थ्य सेवा संस्था अन्र्तगतको कालिका अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएलगत्तै आजैबाटै अस्पतालले अत्यावश्यक सेवा प्रारम्भ गरेको छ ।
२०६२ बैशाखबाट आँधीखोला किनारमा स्थानिय स्तरमा संकलित रकमको सहयोगमा ८ रोपनी जग्गा खरिद गरि कालिका अस्पतालको निर्माण सम्पन्न गरिएको हो । अस्पतालमा आज बुधबारबाट सेवा संचालनमा ल्याएको हो । अस्पताल निर्माणबाट डाक्टर, स्टाप नर्स, एएनएम, ल्याब टेक्निसियन, सिएमए, प्राबिधिक, प्रसासन लगायतका ८१ जनाले रोजगारि पाएको छन् ।
अस्पतालले सुरुको ३ महिना मेडिकल, इमजेन्सी सेवा सुचारु गर्ने भएको छ भने ३ महिनापछि अस्पतालमा बिशेषज्ञ सेवा सहित एक्सरे, भिडियो एक्सरे, सर्जरी, गाइनो, अर्थोपेडिक, डेन्टल लगायतका सेवा प्रदान गरिने अस्पताल संचालन समितिले जनाएको छ ।
सामान्य स्वास्थ्य सेवाबाट पछाडि परेका स्याङ्जाका बिरामी उपचारका लागी महंगा र ठुला शहर पोखरा, पाल्पा तथा काठमाण्डौ धाउन नपरोस भनेर स्थापना गरिएको अस्पताल एकसय सैयाको रहेको छ । अस्पतालले सेवा प्रारम्भ गरेपछि स्थानियवासीमा खुसियाली छाएको छ ।
२ बर्षमा निर्माण सकेर संचालन ल्याउने लक्ष्य लिइएको अस्पताल आर्थिक समस्या र ५० सैयाको अनुमती लिएका थियौ । संस्थाका अध्यक्ष प्रेमनारायण अर्यालले बताए । उनले भने, अस्पतालमा शिक्षण संस्था खोल्ने भएपछि एकसय सैया भएपछि निर्माण कार्य छ बर्ष ढिलाई भएको अस्पताल निर्माण ढियो भयो ।
अस्पताल निर्माणका लागि आजिवन तथा स्थायी सदस्य बनाएर रकम संकलन गरि निर्माण गरिएको अस्पतालमा डाक्टर आवास सहित ३ छुट्टाछुट्टै भवनमा एक सय ५० कोठा रहेका छन् ।
अस्पतालको भवन निर्माणका लागि करिव ३ करोड खर्च भएको छ । अस्पताललाई आवश्यक पर्ने करिव २ करोड ५० लाखको सामाग्री खरिद गरेका छौं, संस्थाका कोषाध्यक्ष चुडामणी अर्यालले बताए । कोषाध्यक्ष अर्यालले भने, करिव पाँच करोड ५० लाख खर्च भएको छ । सेवालाई थप गर्दै जादा लागत रकम बृद्धि हुने छ ।
अस्पतालले १ लाख भन्दा माथिको सहयोग गर्ने ब्यक्तिलाई आजिवन सदस्य र १० हजार भन्दा माथि सहयोग गर्नेलाई स्थायी सदस्य बनाउने बिधान बनाएको छ । अस्पतालमा २२ जना आजिवन र १ हजार स्थायी सदस्य रहेको निर्माण समितिका अध्यक्ष अर्यालले बताए ।
अस्पतालको अतिरिक्त सामुदायिक अस्पतालले निकट भबिष्यमा नर्सिङ् क्याम्पसको अध्ययनलाई समेत अगाडी बढाउने छ । नर्सिङ् क्याम्पसमा स्टार्फ नर्स, हेल्थ असिस्टेन्ट, सी.एम.ए, ल्याव असिस्टेन्ट, एएनएम विषयको ४०–४० सिटमा अध्ययन गराउने समितिले बताएको छ ।
नर्सिङ क्याम्पसको सञ्चालनपछि अस्पताललाई आवस्यक कर्मचारी उत्पादन हुने र स्थानिय सर्वसाधारणहरुले रोजगार प्राप्त गर्ने भएकोले शिक्षण अस्पताल खोल्न लागिएको हो ।
स्याङ्जाको मध्यभागमा निर्माण भएको जिल्लाको सबैभन्दा ठुलो अस्पतालबाट जिल्लाका २ नगरपालिका र करिव ५० गाविस सहित पाल्पा, गुल्मी, तनहँु, पर्वत लगायतका छिमेकी जिल्लाका लाखौं सर्वसाधारणहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुनसक्नेछन् ।
नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा गरेकोे लगानी वालुवामा पानी जस्तै भैरहेको अवस्थामा जिल्ला स्तरमै एकसय शैयाको अस्पताल निर्माण भएपछि ग्रामिण बस्तिका गरिब स्थानियबासिन्दा अकालमा मृत्यु हुनुबाट जोगिने भएपछि खुसियाली छाएको छ ।

थुमपोखराबासी पुस्तकालय सञ्चालन अभियानमा

आफ्नो गाउँ आफैं बनाऔं' नाराका साथ थुमपोखराबासी पुस्तकालय सञ्चालन अभियानमा लागेका छन् । गाउँको शैक्षिक स्तर सुधार्ने उद्देश्यले यतातिर लागेको उनीहरूले बताए ।   

स्थानीय सर्वोदय जनसेवा युवा क्लब अगुवाइमा समाजका सबै वर्गको भेलाले पुस्तकालय सञ्चालनका लागि आवश्यक सामान जुटाउने निर्णय गरेको छ । यसका लागि अशोक गैरेको संयोजकत्वमा ५ सदस्यीय कार्यसमिति र ३३ सदस्यीय व्यवस्थापन उपसमितिसमेत गठन गरेको छ ।

गाउँका युवाशक्ति विदेश पलायन भइरहेका अवस्थामा बालबालिकाको शैक्षिक स्तर खस्केको उनीहरूको निष्कर्ष छ । फुर्सदको समयमा युवा र विद्यार्थी गलत काममा लाग्न नदिन पुस्तकालयले सहयोग गर्नेछ । पढ्ने बानीको विकास गर्नका लागि आफूहरू यतातिर लागेको क्लबका अध्यक्ष विनिता गैरेले बताइन्

Monday, November 8, 2010

सपना


निस्सर निस्पट्ट शहरमा भौतारिदा
मैले हिडदै,  डुल्दै
निकैसपना देखेको छु
तीनै सपना बाडदै हिड्दा

 कहिले सज्जन्, कहिले पागल
कहिले बच्चा, कहिले बृद्द
कहिले पुरुष , कहिले महिला
कहिले देउता, त कहिले राक्षस भेट्दो रहेछु

इनै भीडमा सपना पत्तैदिने
र नपत्तैदिनेहरुको गुत्बन्दिले
झडप   निम्ताउन सक्ने डरले
म मेरा सपना बड्नबाट
पनी आज्कल तर्सिन थालेकोछु

तेसैले त सपना नदेखेर
वा देखिहाले भने पनि खुम्चाएर
वा कसैलाई भनिहाले भने पनि
तोडेर मोडेर बाङ्गएर भन्ने गरेकोछु

अब मैले बुझेको छु
सपना बाड्ने कुरा होईन भनेर
सपना बाड्न सकिदैन भनेर

सुरेश पौडेल
काठमाडौं