Friday, November 12, 2010

संजिवनी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेतिदोभान ३ स्याङ्जाको नवनिर्मात भवनको कांग्रेस सभापति शुशिल कोइरला द्वारा उदघाटन

लोक  नाथ मरासिनी

नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले देश आर्थिक रुपमा संकटमा पर्दै गएकाले कामचलाउ सरकारलेनै पुर्ण बजेट ल्याउने बताउनुभएको छ । बजेट ल्याउने बारेमा कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले छलफललाई तिव्र पारीरहेका बेला कोइरलाको यस्तो अभिव्यत्ति सार्वजनिक भएको हो । स्याङ्जाको सेतिदोभान २ जुग्लेमा कांग्रेस कार्यकर्ता स्व. डाँसीराम पौडेलको वार्षिक पुण्यतिथिमा सहभागि हुन जाने क्रममा स्याङ्जाको कुभिण्डेमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरलाले कामचलाउ सरकारसँग स्पष्ट बहुमत कायम रहेकाले माओवदी विरोधका बाबजुत पनि बजेट पास हुने दाबि गर्नुभएको हो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा स्याङ्जाले अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरलाले पुर्व सहमति पालना लगायतका विषयमा प्याकेजमै सहमति नभएसम्म जारी प्रधानमन्त्रीय निर्वाचनबाट आफ्नो पार्टि पछाडि नहटने बताउदै जारी राजनितिक गतिरोध अन्त्यका लागि माओवदीलाई जिम्मेवार हुन आग्रह समेत गर्नुभएको छ ।
एक अर्काे पत्रकारहरुको जिज्ञासामा बोल्दै सभापति कोइरालाले राष्ट्रपतिय शासनको कुनै सभावना नरहेको बताउनुभएको थियो । शान्ति र संविधानका कुरा गर्दै हिडने माओवदीनै शान्ति र संविधानमा गम्भिर नभएको बताउदै कोइरलाले सर्वसत्ताबादको पक्षमा कुनै पनि हालतमा सरकार गठन हुने नदिने समेत बतउनुभयो । यसैविच संजिवनी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सेतिदोभान ३ स्याङ्जाको नवनिर्मात भवनको कांग्रेस सभापति शुशिल कोइरलाले आजै उदघाटन गर्नुभएको छ ।
स्थानिय स्तरका जनताहरुनै एकृति भई निर्माण गरेको भवनको उदघाटन गर्दै सभापति कोइरलाले योजना अनुसारका कार्यहरु गर्न सकेमा आर्थिक रुपमा अगाडि बढन सकिने बताउनुभएको थियो । २०६५ सालदेखि निर्माण कार्य सुरु भएको भवन कुल ८ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । ७ सय शेयर सदस्य रहेको संस्थाको हाल १३ लाख बराबरको पुजि रहेको छ ।

No comments:

Post a Comment