Wednesday, November 10, 2010

कालिका अस्पतालको भवन निर्माण सम्पन्न

अस्पतालमा अत्यावश्यक सेवा प्रारम्भ

प्रकाश डोटेल स्याङ्जा–२४, कार्तिक

ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्याङ्जाको दार्सिङ दहथुम गाविस–१, हेलु बजारमा ६ बर्षदेखि निर्माण थालनी भएको कालिका सामुदायिक स्वास्थ्य सेवा संस्था अन्र्तगतको कालिका अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएलगत्तै आजैबाटै अस्पतालले अत्यावश्यक सेवा प्रारम्भ गरेको छ ।
२०६२ बैशाखबाट आँधीखोला किनारमा स्थानिय स्तरमा संकलित रकमको सहयोगमा ८ रोपनी जग्गा खरिद गरि कालिका अस्पतालको निर्माण सम्पन्न गरिएको हो । अस्पतालमा आज बुधबारबाट सेवा संचालनमा ल्याएको हो । अस्पताल निर्माणबाट डाक्टर, स्टाप नर्स, एएनएम, ल्याब टेक्निसियन, सिएमए, प्राबिधिक, प्रसासन लगायतका ८१ जनाले रोजगारि पाएको छन् ।
अस्पतालले सुरुको ३ महिना मेडिकल, इमजेन्सी सेवा सुचारु गर्ने भएको छ भने ३ महिनापछि अस्पतालमा बिशेषज्ञ सेवा सहित एक्सरे, भिडियो एक्सरे, सर्जरी, गाइनो, अर्थोपेडिक, डेन्टल लगायतका सेवा प्रदान गरिने अस्पताल संचालन समितिले जनाएको छ ।
सामान्य स्वास्थ्य सेवाबाट पछाडि परेका स्याङ्जाका बिरामी उपचारका लागी महंगा र ठुला शहर पोखरा, पाल्पा तथा काठमाण्डौ धाउन नपरोस भनेर स्थापना गरिएको अस्पताल एकसय सैयाको रहेको छ । अस्पतालले सेवा प्रारम्भ गरेपछि स्थानियवासीमा खुसियाली छाएको छ ।
२ बर्षमा निर्माण सकेर संचालन ल्याउने लक्ष्य लिइएको अस्पताल आर्थिक समस्या र ५० सैयाको अनुमती लिएका थियौ । संस्थाका अध्यक्ष प्रेमनारायण अर्यालले बताए । उनले भने, अस्पतालमा शिक्षण संस्था खोल्ने भएपछि एकसय सैया भएपछि निर्माण कार्य छ बर्ष ढिलाई भएको अस्पताल निर्माण ढियो भयो ।
अस्पताल निर्माणका लागि आजिवन तथा स्थायी सदस्य बनाएर रकम संकलन गरि निर्माण गरिएको अस्पतालमा डाक्टर आवास सहित ३ छुट्टाछुट्टै भवनमा एक सय ५० कोठा रहेका छन् ।
अस्पतालको भवन निर्माणका लागि करिव ३ करोड खर्च भएको छ । अस्पताललाई आवश्यक पर्ने करिव २ करोड ५० लाखको सामाग्री खरिद गरेका छौं, संस्थाका कोषाध्यक्ष चुडामणी अर्यालले बताए । कोषाध्यक्ष अर्यालले भने, करिव पाँच करोड ५० लाख खर्च भएको छ । सेवालाई थप गर्दै जादा लागत रकम बृद्धि हुने छ ।
अस्पतालले १ लाख भन्दा माथिको सहयोग गर्ने ब्यक्तिलाई आजिवन सदस्य र १० हजार भन्दा माथि सहयोग गर्नेलाई स्थायी सदस्य बनाउने बिधान बनाएको छ । अस्पतालमा २२ जना आजिवन र १ हजार स्थायी सदस्य रहेको निर्माण समितिका अध्यक्ष अर्यालले बताए ।
अस्पतालको अतिरिक्त सामुदायिक अस्पतालले निकट भबिष्यमा नर्सिङ् क्याम्पसको अध्ययनलाई समेत अगाडी बढाउने छ । नर्सिङ् क्याम्पसमा स्टार्फ नर्स, हेल्थ असिस्टेन्ट, सी.एम.ए, ल्याव असिस्टेन्ट, एएनएम विषयको ४०–४० सिटमा अध्ययन गराउने समितिले बताएको छ ।
नर्सिङ क्याम्पसको सञ्चालनपछि अस्पताललाई आवस्यक कर्मचारी उत्पादन हुने र स्थानिय सर्वसाधारणहरुले रोजगार प्राप्त गर्ने भएकोले शिक्षण अस्पताल खोल्न लागिएको हो ।
स्याङ्जाको मध्यभागमा निर्माण भएको जिल्लाको सबैभन्दा ठुलो अस्पतालबाट जिल्लाका २ नगरपालिका र करिव ५० गाविस सहित पाल्पा, गुल्मी, तनहँु, पर्वत लगायतका छिमेकी जिल्लाका लाखौं सर्वसाधारणहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुनसक्नेछन् ।
नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा गरेकोे लगानी वालुवामा पानी जस्तै भैरहेको अवस्थामा जिल्ला स्तरमै एकसय शैयाको अस्पताल निर्माण भएपछि ग्रामिण बस्तिका गरिब स्थानियबासिन्दा अकालमा मृत्यु हुनुबाट जोगिने भएपछि खुसियाली छाएको छ ।

No comments:

Post a Comment