Friday, December 3, 2010

विद्यालयलाई कम्युटर हस्तान्तरण

लोकनाथ मरासिनी स्याङ्जा १७ मंसिर
विभिन्न सामाजिक तथा शैक्षिक कार्यहरुमा सहयोग पुराउदै आएको स्याङ्जा सहयोग समाज दोहा कतारले स्याङ्जाको रणजनहित उच्च मावि त्रियासी खहरेलाई कम्युटर हस्तान्तरण गरेको छ । विद्यालयको शैक्षिक स्तर सुधारका लागि समाजले विद्यालयलाई १ थान कम्युटर तथा टेबुल फ्यान समेत हस्तान्तरण हो । समाजका अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले कम्युटर हस्तान्तरण गरेका हुन् । जिल्लाका विभिन्न विद्यालयहरुमा यस अगाडिनै समाजले विभिन्न किसिमा आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आएको छ । 

समाजले कतारमा रोजगारका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुलाई समेत आर्थिक सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
समाजले छिटै जिल्लाकै ठुलो सामुदायिक अस्पताल कालिका सामुदायिक अस्पताललाई पनि एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी गरेको छ ।
कम्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रचार्य बाबुराम नेपाली, स्याङ्जा सहयोग समाज दोहा कतार अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जाका सदस्यहरु प्रकाश परियार, लक्ष्मण अधिकारी लगायतले बोलेका थिए ।

Thursday, December 2, 2010

“रमणीय स्याङ्जा” नामक पुस्तकको विमोचन

 रासस ,
जिल्ला पर्यटन विकास समिति स्याङ्जाद्वारा  राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व सांसद रुद्रमान गुरुङलाई सम्मान गर्दै अध्यक्ष नेम्बाङले देशको पर्यटकीय सौन्दर्यहरुको उपयोग गरी पर्यटन प्रबद्र्धनका लागि देशमा शान्ति र संविधान निर्माण अपरिहार्य रहेको विचार व्यक्त गरे ।
स्याङ्जाको सिरुबारीलाई नेपालको पहिलो ग्रामीण पर्यटकीय गन्तव्यस्थलको रुपमा प्रबद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएबापत गुरुङलाई सो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा अध्यक्ष नेम्बाङले स्याङ्जाका पर्यटकीय स्थलहरुलाई उजागर गरी प्रकाशित गरिएको “रमणीय स्याङ्जा” नामक पुस्तकको पनि विमोचन गरे ।
पत्रकारद्वय तीर्थ न्यौपाने र अनन्तकुमार श्रेष्ठद्वारा लिखित सो पुस्तकमा स्याङ्जाको जलयात्रा, कृषि र औद्योगिक पर्यटन, धार्मिक तथा ग्रामीण पर्यटन, गुफालगायत पर्यटकीय उत्पादनको सचित्र चिनारी दिइएको छ ।
सो अवसरमा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले स्याङ्जाको लुकेको सौन्दर्यलाई पुस्तकले उजागर गरेको बताउँदै यस पुस्तकलाई अङ्ग्रेजीमा प्रकाशित गरी विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे ।

Wednesday, December 1, 2010

अकबरे खुर्सानीले बजार पाएन

स्याङ्जा जिल्लाका विभिन्न भागमा उत्पादित खुर्सानी मध्ये अकबरे नामको खुर्सानीले बजार तथा उचित मूल्य पाउन सकेको छैन । ग्याष्ट्रिकको औषधी हुने विश्वासमा अकबरे खुर्सानी लगाउने कृषकको संख्यामा बृद्धि भएपनि उचित मूल्य र बजार नपाउदा कृषकहरु चिन्तित भएका छन् ।
अकबरे खुर्सानीको महत्वका बारेमा ज्ञानको कमीले गर्दा बजार र मूल्य नपाएको उक्त खुर्सानी विस्तार गर्ने संस्था स्रि्रेड अनुसन्धान उपयोग कार्यक्रमका कर्मचारी अर्जुन चौलागाईँले बताउनुभयो ।
जिल्लाका दुर्इ नगरपालिका पुतलीबजार र वालिङ सहित फेदीखोला, आर्रुखर्क, पौवेगौँडे, स्वरेक, छाङछाङ्दी, दहथुम, जगतभञ्ज्याङ लगायतका एक दर्जनभन्दा बढी गाविसका कृषकहरुले अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन् ।
कृषकहरुले करिव १ सय ४० रोपनीमा व्यवसायिक अकबरे खुर्सानी लगाएका छन् । प्रति रोपनी जग्गामा सरदर ७ सय किलो फल्ने गरेको कृषकहरु बताउँछन् । जगतभज्याङ् स्थित पित्लेकका कृषक रामप्रसाद लामिछानेले स्थानीय बजारमा मात्र नभएर अन्य सहरमा समेत खुर्सानीले बजार तथा उचित मूल्य नपाएको गुनासो गर्नुभयो । अन्य खुर्सानीको तुलनामा अधिक पिरो र महङ्गो हुने कारण तरकारीमा अकबरे खुर्सानी उपयोग नगरेको स्थानिय गृहणीहरु बताँछन् ।
सामान्य खुर्सानी प्रतिकिलो २० देखि ३० रुपैयामा पाइने गरेपनि अकबरे खुर्सानीलाई प्रतिकिलो ८० रुपैयादेखि १ सय रुपैयासम्म पर्दछ ।
अकबरे खुर्सानीबाट स्वास्थ्यका लागि हुने फाइदाबारे ज्ञान नभएकोले यसले बजार र उचित मूल्य नपाएको जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो ।
विभिन्न देशमा गरिएको अनुसन्धानपछि यो खुर्सानी ग्याष्ट्रिकको औषधिको रुपमा प्रयोग गर्न सकिने पत्ता लागेको हो । औषधीको रुपमा प्रयोगमा ल्याउन सकिने भएपछि कृषकलाई यस खुर्सानीको व्यवसायिक खेती गर्न सरकारी तथा गैरसरकारी कार्यालयले नै प्रोत्साहन गरेका थिए ।
कृषक उत्साहित भएर खेती गरे त्यसरी उपभोक्ता विक्री हुन नसक्दा कृषक मर्कामा परेका छन् ।

मुक्तिनाथ बैंकको ८० करोड लघुवित्तमा लगानी

प्रकाश डोटेल स्याङ्जा–१५, मंसिर
पाँच वर्षदेखि बैंकिङ् कारोबार गर्दै आएको मुक्तिनाथ विकास बैंकले २ वर्षअघि देखि संचालनमा ल्याएको लघुवित्त कार्यक्रम मार्फत उत्पादनशिल क्षेत्रमा चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ८० करोड लगानी गरि ४२ करोड फिर्ता गरेको छ भने ३८ करोड लगानीमै रहेको छ । हाल स्याङ्जा, कास्की र तनहुँ गरि तीन जिल्लामा लघुवित्त (विनाधितो) कार्यक्रम संचालन भएको छ । कार्यक्रम अनुशार बैंकले विपन्न परिवारका महिला सदस्यहरुलाई समुहमा आवद्ध गराएर सामुहिक जमानीमा ऋण लगानी गर्दै आएको छ । एक महिला बराबर कम्तीमा एकहजार देखि ९० हजारसम्म लगानी गरेको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकले तीन जिल्लाका २२ स्थानमा शाखा कार्यालय स्थापना गरि सेवा प्रवाह गरेको छ । कुल दुईहजार दुईसय केन्द्रमा छहजार आठसय महिला समुह गठन गरिएको छ । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले भने, करिव ३४ हजार महिलाहरु सामुहिक जमानीमा ८० करोड विनाधितो ऋण लिएर आयआर्जनमा लागेका छन् ।
बैंकको बैंकिङ् सेवा तर्फको लगानीको तुलनामा लघुवित्त विभाग तर्फको लगानी सुरक्षित रहेको अधिकृत ढकालले बताए । उनले भने, सामुहिक जमानीमा ऋण लिएका महिलाहरुले भरपुर मेहनत गर्ने गरेका छन् । पुरुषको तुलनामा महिलाहरु बढि इमान्दार हुने गरेको अधिकृत ढकालले दावी गरे ।
उत्पादनशिल क्षेत्रमा लगानी गर्ने भएपछि लघुवित्तमा महिलाहरुको आक्रर्षण बढेको छ । मुक्तिनाथ विकास बैंकको लघुवित्त कार्यक्रमबाट ऋण लिएर गरेको बाख्रापालन र तरकारी खेतीबाट छोराछोरीको पठनपाठन सहित पारिवारिक खर्चको व्यवस्था गरेको स्याङ्जाको बहाकोटकी माया शाहीले बताईन् । बैंकका अनुशार, लघुवित्तमा आवद्ध ३४ हजार महिलाहरु आयआर्जन गर्न सफल भएका छन् ।
५ वर्षपछि २०७२ भित्रमा तीन जिल्लाका प्रत्येक घरमा मुक्तिनाथ बैंकको सेवा पु¥याउने लक्ष्य लिएका छौं । अधिकृत ढकालले भने, महिलाहरुको जीवनस्तर माथि उठाएर आत्मनिर्भर बनाएमा देशको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्ने छ । बैंकको सेवालाई गाउँमुखी बनाएका छौं, ढकालले भने ।
स्याङ्जाको पुतलीबजारबाट कारोबारको थालनी भएकोमा हाल जिल्लाका दुईनगरपालिका र ६० गाविस मध्ये दुईनगरपालिका सहित ५६ गाविस, कास्कीको पोखरा उपमहानगरपालिका र ४३ गाविस मध्ये ३० गाविस तथा तनहुँ जिल्लाको ४७ गाविस मध्ये ३५ गाविस र व्यास नगरपालिका क्षेत्रमा लघुवित्त कार्यक्रम लागु भएको छ ।
मुक्तिनाथ विकास बैंक संचालन गरेको लघुवित्त कार्यक्रमको (मोडल) कार्ययोजना बमोजिम नेपाल राष्ट्र बैंकले देशका अन्य विकास बैंकहरु मार्फत लघुवित्त कार्यक्रम लागु गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुशार, विकास बैंक र लघुवित्त विनियम निर्माणको अन्तिम चरणमा पुगेको छ ।
आगामी २ वर्षभित्रमा राष्ट्रिय स्तरको बैंक बनाउने तयारीमा जुटेको छ । पोखरामा केन्द्रिय कार्यालय रहेको बैंकको हाल अधिकृत पुँजी एक अर्ब जारी पुँजी २० करोड र १३ करोड चुक्ता पुँजी रहेको छ । पौष मसान्तभित्रमा चुक्ता पुँजीलाई बृद्धि गरि २० करोड बनाउने भएको छ

Tuesday, November 30, 2010

स्याङ्जामा एचआईभी संक्रमितको संख्या पन्ध्र सय नाघ्यो

प्रकाश डोटेल स्याङजा–१४, मंसिर
बिश्वमै तिब्र रुपमा फैलिदै गएको एचआईभी एडस रोगबाट स्याङ्जामा दुईसय ४५ को संख्यामा संक्रमितहरु भेटिएका छन् । जिल्लामा एचआईभी संक्रमित तथा प्रभावितको संख्या भने एकहजार पाँचसयको हाराहारीमा रहेको एचआईभी क्षेत्रमा क्रियाशील संघ÷संस्थाले दावी गरेका छन् । जिल्लामा क्रियाशिल संघ(संस्थामा स्वेच्छिक रक्त परीक्षणबाट संक्रमितहरु भेटिएका हुन् । जिल्लामा आधा ाम गर्दै आएको सकल्प सहयोग समुह स्याङ्जाका अध्यक्ष लक्ष्मण खाँणले भने, डरका कारणले रक्तपरिक्षण नगराउँदा संक्रमितहरुको बास्तविक संख्या यकिन हुन सकेको छैन् ।
जिल्लामा एकसय ५५ महिला र ९० पुरुष संक्रमित भएका छन् । संक्रमित मध्ये २२ बालबालिका पर्छन् । एचआईभी एड्सबाट संक्रमित भएका १० जना औपचारिक रुपमा सार्वजनिक भएका छन् । स्याङ्जाका ग्रामीणक्षेत्रमा एचआइभी संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । रोजगारीका निम्ती विदेशिएका तथा सचेतनाको अभावले एचआईभी संक्रमितहरुको संख्या ग्रामीण क्षेत्रमा बढेको हो अध्यक्ष खाँणले भने, एचआईभी क्षेत्रमा क्रियाशिल संस्थाहरुले आफ्ना कार्यक्रम ग्रामीण क्षेत्रमा लैजानुपर्छ ।
एचआइभी नियन्त्रण तथा रोकथामका लागि आधा दर्जन सरकारी तथा गैरसरकारी संघ÷संस्थामा संक्रमितहरुको नाममा जिम्मेवार कर्मचारीद्धारा आर्थिक अनियमितता हुने गरेको संक्रमितहरुको आरोप छ ।
संक्रमितका लागि प्राप्त अनुदान रकम क्रियाशिल संस्थाबाटै हिनामिना हुने गरेको समय–समयमा आरोप लाग्दै आएको छ । कार्यक्रम संचालनको नाममा कार्यालयमै बिलभरपाई मिलाएर हिनामिना गर्ने गरेको आफ्नो नाम नलेखिदिने शर्तमा एकजना संक्रमितले बताए ।
आयु लम्ब्याउन सहयोग गर्ने अर्थात रोगबिरद्ध लड्न सक्ने क्षमताको बृद्धि गर्ने एन्ट्रिरेक्ट्रो भाइरल नामक औषधि जिल्लाका ४७ महिला र ४३ पुरुषले सेवन गरिरहेका छन् ।
बि।स १९८८ मा नेपालमा भेटिएको एचआईभि एड्स स्याङ्जामा भने २०६० सालमा फेला परेको थियो । २०६० पछि एचआईभीको प्रभावले जिल्लामा करिब ३० जनाको मृत्यू भइसकेको छ ।
बिगतका बर्षहरुमा आर्थिक अभावमा आवश्यक औषधी सेवनबाट बञ्चित हुँदा कालको शिकार बन्न बाध्य भएका थिए । पछिल्लो समयमा जिल्ला अस्पतालबाट समेत निशुल्क औषधी वितरणको व्यवस्था भएपछि संक्रमितहरुले राहत महसुस गरेको अध्यक्ष खाणले बताए ।
जिल्लाका २ नगरपालिका र ६० गाविस मध्ये एचआईभी एड्सबाट पुतलीबजार र वालिङ् नगरपालिकाका बजार क्षेत्र र गाविस तर्फ अर्जुनचौपारी, खिलुङ्–देउराली, श्रीकृष्णगण्डकी, पकवादी, रत्नपुर, कुवाकोट, चापाकोट, मालुङ्गा, थुमपोखरा, सिर्सेकोट, कालिकाकोट, पिडिखोला मुख्य जोखिमको सूचीमा छन् । स्याङ्जाको एउटै गाविसमा करिव २० जनासम्म संक्रमितहरु रहेको बताइएको छ ।
दर्जन संघ÷संस्थाहरुले एचआईभी एड्स रोगको रोकथाम र सेचतनाका कार्यक्रम संचालन गर्दै आएका छन् ।
एचआइभी एड्स संक्रमित भएको खुलासा भएमा समाजमा तिरस्कृत हुनुपर्छ भन्ने डर कायमै छ ।

Monday, November 29, 2010

सबैभन्दा बढी स्याङ्जामा ११ हजार सात सय ३२ मेट्रिक टन सुन्तला उत्पादन

श्रीकृष्ण सुवेदी

काठमाडौं

कृषि तथा सहकारी मन्त्रालयले नेपालमा सुन्तला उत्पादन र उत्पादनको क्षेत्रफल चारगुणा बढेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पश्चिमाञ्चमाञ्चलमा मात्रै कूल उत्पादनको ४० प्रतिशत सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन हुने २३ हजार ९८ हेक्टरमा दुई लाख ६० हजार आठ सय ५४ मेट्रिक टन सुन्तला उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी स्याङ्जामा ११ हजार सात सय ३२ मेट्रिक टन र दोस्रोमा लमजुङमा १० हजार आठ सय १४ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, तनहुंमा ९६३१ मेट्रिक टन, सल्यानमा ८५९८ मेट्रिक टन, काभ्रेमा ७५६५ मेट्रिक टन, गोरखामा ७०११ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । अघिल्लो वर्षमात्र बजारमा २३ हजार मेट्रिक टन सुन्तला खपत भएको र आठ सय ३० मेट्रिक टन विदेश निर्यात भएको मन्त्रालयले जनाएको छ । यस वर्ष १० अर्व रुपैया“बराबरको सुन्तला उत्पादन भएको र निकट भविष्यमै २० अर्ब बराबरको उत्पादन हुने मन्त्रालयको दावी छ । अघिल्लो वर्ष सरकारले सुन्तला खेती अनुसन्धानका लागि १५ लाख रुपैया“ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा सुन्तला खेती पुनस्र्थापना कार्यक्रमका लागि ५० लाख रुपैया“ छुट्याइएको छ । अहिले नेपालमा धनकुटा स्थानीय, पोखरा स्थानीय, सत्सुमा उन्सु, योसिदा पोङकान, मरकट, कित्तो ओकिचुवासलगायतका सुन्तला खेती हु“दै आएको छ । प्रभावकारी संकलन, सस्तो ढुवानी, कोल्ड स्टोर ब्यवस्था तथा बजार र मुूयको सूचना समयमै कृषकलाई दिन सके सुन्तला खेतीबाट थप आम्दानी हुने मन्त्रालयले जनाएको छ । विश्वको एक सय ४० देशमा सुन्तला उत्पादन हुने गरेको छ । नेपाल विश्वमै फलफूल उत्पादनको ३४ औं स्थानमा र सुन्तला उत्पादनको ५२ औं स्थानमा पर्छ ।

सुन्तला उत्पादनमा बृद्धि भए पनि कृषक भने चिन्तित !

प्रकाश डोटेल स्याङजा–१३ मंसिर
अधिराज्यमै मिठो र स्वादिलो सुन्तला उत्पादनमा अग्रणी जिल्लाका रुपमा रहेको स्याङ्जामा चालु आर्थिक बर्षमा सुन्तला उत्पादनमा बृद्धि भएको छ। उत्पादीत सुन्तलाले आवश्यक बजार नपाउँदा भने कृषकहरु चिन्तित बनेका छन्। सुन्तला फल्ने मौसममा असिना र खडेरी नपर्दा सुन्तला उत्पादनमा यस वर्ष २५ प्रतिशतले बृद्धि भएको छ। सुन्तला उत्पादनमा बृद्धि भएपनि बिक्रीका लागि बजारको अभाब भएको व्यवसायीहरुले बताए। बिगतका बर्षमा उद्योग बाणिज्य संघको पहलमा उत्पादीत सुन्तला बंगलादेश पुर्‍याउने गरेको भएपनि यस बर्ष कुनै पहल नहुदा बजारको अभाब भएको हो।

गत बर्ष अहिलेको समयमा सुन्तला बिक्रि भएर सकिए थियो। बजारको अभाबमा हुदा यस बर्ष ७५ प्रतिसत सुन्तला बोटमा रहेको तरकारी तथा फलफुल ब्यवसायि समितिका अध्यक्ष फणीनारायण अर्यालले बताए।
जिल्लामै ठुलो मात्रामा सुन्तला उत्पादन गर्ने कृषक अर्जुनचौपारी गाविस–२, घर भएका फलफुल समितिका अध्यक्ष अर्यालले आफुले ४० टन सुन्तला उत्पादन गरेको बताए। स्याङ्जामा रहेका कृषकहरुले उत्पादीत सुन्तला विक्रीबाट एक लाख देखि १५ लाख सम्म आम्दानी गर्ने गरेका छन्।
ठुलो मात्रामा सुन्ताला उत्पादन गर्ने अर्याल मात्र होइन शिक्षक पेशाबाट निबृत्त भएर विगत ५ बर्षदेखि सुन्तला खेती गर्दै आएका रापाकोट गाविस–५, का चोलाकान्त काफ्लेले १० पाथी कोदो उत्पादन हुने बारीमा दुई लाख बराबरको सुन्तला उत्पादन गरेको बताए।
जिल्लाका २ नगरपालिका र ६० गाविस मध्ये पुतलीबजार नगपालिका ४, १०, ११, १२ र १३, वडाहरु, वालिङ् नगरपालीका केहि क्षेत्र, अर्जुनचोपारी, रापाकोट, मनकामना, खिलुङ्–देउराली, पेलाकोट, ठुलाडिही, एलादी, स्वरेक सहित एक दर्जन गाउँ बिकास समितिमा ब्यवसायीक रुपमा सुन्तला उत्पादन गरिएको छ। यहाँ उत्पादीत सुन्तला बुटवल, पोखरा, काठमाडौ, नेपालगञ्ज बजारमा पुर्‍याउने गरिन्छ।
गतबर्ष ३० करोड बराबरको कारोबार गरेको स्याङ्जाका कृषकहरुले बताए। चालु बर्ष ४० करोड बराबरको सुत्तला उत्पादन गरेको जिल्ला कृषी बिकास कार्यालय स्याङ्जाका बरिष्ठ कृषि अधिकृत चेतनाथ अधिकारीले बताए।
गतआर्थिक बर्षमा ११ हजार ११ मेटि्रक टन सुन्तला उत्पादन भएकोमा चालु बर्ष करिब १५ हजार मेटि्रक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको अधिकारीले बताए।
स्याङ्जामा करिव ३ हजार ५ सयको संख्यामा ठुला देखि साना सुन्तलाका बगैचा रहेको रहेका छन्। जिल्लाका ३ हजार घरपरिवार व्यवसायीक रुपमा सुन्ताला खेती गर्दै आएको कृषि बिकास कार्यालय स्याङ्जाले जनाएको छ 


स्याङ्जामा पाचँ सय २८ हेक्टर जग्गामा सुन्ताला खेती गरिन्छ। उक्त जग्गामा चार लाख बिरुवा रोपण गरिएको अधिकृत अधिकारीले बताए। उनले भने, रोपण गरिएका करिब दुइ लाख ५० हजार फल्ने र एक लाख ५० हजार नफल्ने सुन्तलाका बिरुवा रहेका छन्। २ वर्षभित्रमा बाँकी विरुवाले उत्पादन दिने समेत अधिकारीले दावी गरे।