Monday, November 29, 2010

सबैभन्दा बढी स्याङ्जामा ११ हजार सात सय ३२ मेट्रिक टन सुन्तला उत्पादन

श्रीकृष्ण सुवेदी

काठमाडौं

कृषि तथा सहकारी मन्त्रालयले नेपालमा सुन्तला उत्पादन र उत्पादनको क्षेत्रफल चारगुणा बढेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पश्चिमाञ्चमाञ्चलमा मात्रै कूल उत्पादनको ४० प्रतिशत सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन हुने २३ हजार ९८ हेक्टरमा दुई लाख ६० हजार आठ सय ५४ मेट्रिक टन सुन्तला उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी स्याङ्जामा ११ हजार सात सय ३२ मेट्रिक टन र दोस्रोमा लमजुङमा १० हजार आठ सय १४ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, तनहुंमा ९६३१ मेट्रिक टन, सल्यानमा ८५९८ मेट्रिक टन, काभ्रेमा ७५६५ मेट्रिक टन, गोरखामा ७०११ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । अघिल्लो वर्षमात्र बजारमा २३ हजार मेट्रिक टन सुन्तला खपत भएको र आठ सय ३० मेट्रिक टन विदेश निर्यात भएको मन्त्रालयले जनाएको छ । यस वर्ष १० अर्व रुपैया“बराबरको सुन्तला उत्पादन भएको र निकट भविष्यमै २० अर्ब बराबरको उत्पादन हुने मन्त्रालयको दावी छ । अघिल्लो वर्ष सरकारले सुन्तला खेती अनुसन्धानका लागि १५ लाख रुपैया“ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा सुन्तला खेती पुनस्र्थापना कार्यक्रमका लागि ५० लाख रुपैया“ छुट्याइएको छ । अहिले नेपालमा धनकुटा स्थानीय, पोखरा स्थानीय, सत्सुमा उन्सु, योसिदा पोङकान, मरकट, कित्तो ओकिचुवासलगायतका सुन्तला खेती हु“दै आएको छ । प्रभावकारी संकलन, सस्तो ढुवानी, कोल्ड स्टोर ब्यवस्था तथा बजार र मुूयको सूचना समयमै कृषकलाई दिन सके सुन्तला खेतीबाट थप आम्दानी हुने मन्त्रालयले जनाएको छ । विश्वको एक सय ४० देशमा सुन्तला उत्पादन हुने गरेको छ । नेपाल विश्वमै फलफूल उत्पादनको ३४ औं स्थानमा र सुन्तला उत्पादनको ५२ औं स्थानमा पर्छ ।

2 comments: