Tuesday, November 30, 2010

स्याङ्जामा एचआईभी संक्रमितको संख्या पन्ध्र सय नाघ्यो

प्रकाश डोटेल स्याङजा–१४, मंसिर
बिश्वमै तिब्र रुपमा फैलिदै गएको एचआईभी एडस रोगबाट स्याङ्जामा दुईसय ४५ को संख्यामा संक्रमितहरु भेटिएका छन् । जिल्लामा एचआईभी संक्रमित तथा प्रभावितको संख्या भने एकहजार पाँचसयको हाराहारीमा रहेको एचआईभी क्षेत्रमा क्रियाशील संघ÷संस्थाले दावी गरेका छन् । जिल्लामा क्रियाशिल संघ(संस्थामा स्वेच्छिक रक्त परीक्षणबाट संक्रमितहरु भेटिएका हुन् । जिल्लामा आधा ाम गर्दै आएको सकल्प सहयोग समुह स्याङ्जाका अध्यक्ष लक्ष्मण खाँणले भने, डरका कारणले रक्तपरिक्षण नगराउँदा संक्रमितहरुको बास्तविक संख्या यकिन हुन सकेको छैन् ।
जिल्लामा एकसय ५५ महिला र ९० पुरुष संक्रमित भएका छन् । संक्रमित मध्ये २२ बालबालिका पर्छन् । एचआईभी एड्सबाट संक्रमित भएका १० जना औपचारिक रुपमा सार्वजनिक भएका छन् । स्याङ्जाका ग्रामीणक्षेत्रमा एचआइभी संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । रोजगारीका निम्ती विदेशिएका तथा सचेतनाको अभावले एचआईभी संक्रमितहरुको संख्या ग्रामीण क्षेत्रमा बढेको हो अध्यक्ष खाँणले भने, एचआईभी क्षेत्रमा क्रियाशिल संस्थाहरुले आफ्ना कार्यक्रम ग्रामीण क्षेत्रमा लैजानुपर्छ ।
एचआइभी नियन्त्रण तथा रोकथामका लागि आधा दर्जन सरकारी तथा गैरसरकारी संघ÷संस्थामा संक्रमितहरुको नाममा जिम्मेवार कर्मचारीद्धारा आर्थिक अनियमितता हुने गरेको संक्रमितहरुको आरोप छ ।
संक्रमितका लागि प्राप्त अनुदान रकम क्रियाशिल संस्थाबाटै हिनामिना हुने गरेको समय–समयमा आरोप लाग्दै आएको छ । कार्यक्रम संचालनको नाममा कार्यालयमै बिलभरपाई मिलाएर हिनामिना गर्ने गरेको आफ्नो नाम नलेखिदिने शर्तमा एकजना संक्रमितले बताए ।
आयु लम्ब्याउन सहयोग गर्ने अर्थात रोगबिरद्ध लड्न सक्ने क्षमताको बृद्धि गर्ने एन्ट्रिरेक्ट्रो भाइरल नामक औषधि जिल्लाका ४७ महिला र ४३ पुरुषले सेवन गरिरहेका छन् ।
बि।स १९८८ मा नेपालमा भेटिएको एचआईभि एड्स स्याङ्जामा भने २०६० सालमा फेला परेको थियो । २०६० पछि एचआईभीको प्रभावले जिल्लामा करिब ३० जनाको मृत्यू भइसकेको छ ।
बिगतका बर्षहरुमा आर्थिक अभावमा आवश्यक औषधी सेवनबाट बञ्चित हुँदा कालको शिकार बन्न बाध्य भएका थिए । पछिल्लो समयमा जिल्ला अस्पतालबाट समेत निशुल्क औषधी वितरणको व्यवस्था भएपछि संक्रमितहरुले राहत महसुस गरेको अध्यक्ष खाणले बताए ।
जिल्लाका २ नगरपालिका र ६० गाविस मध्ये एचआईभी एड्सबाट पुतलीबजार र वालिङ् नगरपालिकाका बजार क्षेत्र र गाविस तर्फ अर्जुनचौपारी, खिलुङ्–देउराली, श्रीकृष्णगण्डकी, पकवादी, रत्नपुर, कुवाकोट, चापाकोट, मालुङ्गा, थुमपोखरा, सिर्सेकोट, कालिकाकोट, पिडिखोला मुख्य जोखिमको सूचीमा छन् । स्याङ्जाको एउटै गाविसमा करिव २० जनासम्म संक्रमितहरु रहेको बताइएको छ ।
दर्जन संघ÷संस्थाहरुले एचआईभी एड्स रोगको रोकथाम र सेचतनाका कार्यक्रम संचालन गर्दै आएका छन् ।
एचआइभी एड्स संक्रमित भएको खुलासा भएमा समाजमा तिरस्कृत हुनुपर्छ भन्ने डर कायमै छ ।

No comments:

Post a Comment