Friday, February 4, 2011

जनप्रदीप क्याम्पसमा महायज्ञ सुरु

पहिलो दिनमै ८ लाख बढि रकम संकलन



लोकनाथ मरासिनी

माघ २१, स्याङ्जा ।  

स्याङ्जाको चिलाउनेबास गाउँ विकास समिति ३ स्थित जनप्रदीप बहुमुखि क्याम्पसमा शुक्रबारबाट श्रीमदभागवत सप्ताहा धान्याचल ज्ञान महायज्ञ सुरु भएको छ ।

  उच्च माविको भौतिक पूर्वाधार विकास, व्यवस्थित पुस्तकालय, प्राविधिक शिक्षालय र वाणिज्य संकाय थप गर्नका लागि संचालन गरीएको महायज्ञमाको पहिलो दिननै ८ लाख बढि रकम संकलन भएको छ ।

      नेपालकै सुप्रसिद्ध भागवताचार्य गुरुदेव शान्तिदुत अध्यात्म शिरोमणि पं. श्री रामकृष्ण उपाध्याय ले शुक्रबार देखि माघ २८ गतेसम्म ७ दिनसम्म कथा बाचन गर्ने छन् । आर्थिक अभाव वा अन्य कारणले उच्च शिक्षा प्राप्त गर्नबाट बञ्चीत छोरा बुहारी एवं युवाहरुलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आर्थिक अभाव भएकाले सहयोग संकलनका लागि सुरु गरीएको यज्ञको जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले शुक्रबार एक कार्यक्रमका विच उदघाटन गरे ।

      यज्ञमा अन्तीम दिन सामुहिक ब्रतबन्ध तथा अन्य विभिन्न धार्मिक कार्यहरु समेत हुने  भएका छन् ।

   यसैविच महायज्ञमा प्रत्यक दिन दान गर्ने दानविरहरुलाई दान रकमअनुसारको सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

  भने विभिन्न पत्रपत्रिका तथा संचारमाध्यमहरुबाट नामावलि प्रकासन तथा प्रसारणको व्यवस्था समेत मिलाएको आयोजकले जानकारी दिएको छ ।

   शुक्रबारबाट सुरु भएको महायज्ञमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्थानिय रामचन्द्र पौडेलले १ लाख १ हजार ५१ रुपैया लगायत सयौ व्यत्तिहरुले दान गरेका छन् ।

   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलेको अध्यक्षतामा सम्पन्न महायज्ञ उदघाटन सत्रमा प्रमुख बाचक पं. श्री रामकृष्ण उपाध्याय, एमाले स्याङ्जाका सचिव पुण्य भुषाल, सहसचिव सुधिर पौडेल, पुण्यप्रसाद तिमिलसना, स्याङ्जाका पुर्व स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौडेल, गोरखाका स्थानिय विकास अधिकारी तिलक पौडेल, वेदप्रसाद दोरङ्ग लागयतले सुभकामना मन्तव्य राखेका थिए ।


No comments:

Post a Comment