Wednesday, February 2, 2011

कृषिजन्य बस्तु र सुचना प्रविधि महोत्सवका आक्रर्षण


प्रकाश डोटेल स्याङजा- १८, माघ
हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको तेस्रो वालिङ महोत्सव २०६७ को शुक्रबारबाट औपचारिक रुपमा शुरु भए लगत्तै महोत्सव अवलोकनमा दर्शकको सहभागिता उल्लेख्य रुपमा रहेको छ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा सन्चालन गरिएको महोत्सवमा एकसय ६८ स्टल रहेको छ । महोत्सवमा सुचना प्रबिधि, होटल, यातायात, कृषि प्रदर्शनी, पर्यटकिय स्थलको फोटो प्रदर्शनी, वाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानिय उत्पादन, हस्तकलाका सामाग्रीहरु, पर्यटकिय गाउँहरुका खाना, लगायतका राखिएको छ ।
महोत्सवमा आउने दर्शकहरुले विगतका तुलनामा चालु महोत्सवमा स्थानिय कृषिजन्य बस्तुको प्रदर्शनी र २१ औं शताव्दीमा सुचना र प्रविधिको विकाससँगै महोत्सवमा राखिएको सुचना र प्रविधिको प्रदर्शनी पृथक रहेको बताएका छन् । महोत्सवको थप आर्क्राणमा परम्परागत कुडुले घर समेत रहेको छ ।
देशभरि महोत्सवको लहर चलिरहेको अवस्थामा विगतको तुलनामा चालु तेस्रो वालिङ् महोत्सवमा आफुले फरक अनुभुति गरेको महोत्सवमा सहभागि सरस्वती तिवारीले बताइन् । उनले भनिन्, महोत्सवको लहरमा वालिङ् महोत्सव फरक रहेको छ ।
महोत्सव आउने पर्यटकका लागि आयोजकले नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी, नमुना गुरुङ्बस्ती सिर्सेटको मैदान, मगरहरुको ठुलोबस्ती रहेको तीनदोबाटेको बजाकोट क्षेत्र र कृषि पर्यटकीय क्षेत्र जगतभज्याङ्को पित्लेकमा पर्यटकलाई होमस्टेको समेत प्रवन्ध मिलाएको छ ।
विगत वर्षा महोत्सवहरु प्रचार-प्रसारमा जे जस्तो भनिएपनि तेस्रो वालिङ् महोत्सवमा कृषिजन्य बस्तुको करिव एक दर्जन स्टलमा राखिएको कृषिजन्य बस्तुको प्रदर्शनीले महोत्सवलाई थप आर्क्राक बनाएको महोत्सवमा सहभागि कृषकहरुले बताए । महोत्सव अवधिमा ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अबधी भर ५ करोडको कारोवार हुने समेत आयोजकले जनाएको छ । दैनिक ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने करिव २ करोड बराबरको आर्थिक कारोबार भएको संघका अध्यक्ष ल्या. यामबहादुर गुरुङ्ले बताए । पर्यटन वर्ष२०११ को सुरुवातसंगै प्रारम्भ भएको वालिङ महोत्सव २०६७ ले स्याङजा जिल्लाको पर्यटन बिकाश तथा जिल्ला भित्र रहेका प्राकृतिक सम्पदाहरुको प्रचार-प्रसार गरि पर्यटन भित्राउन सजिलो माध्यम हुने अपेक्षा गरिएको छ । महोत्सव माघ २३ गतेसम्म संचालन हुने छ ।

No comments:

Post a Comment