Wednesday, November 24, 2010

राजासहितको प्रजातन्त्रका लागि ठूलादलसँग छलफल गर्दैछौं : थापा

स्याङ्जा, मंसिर ८ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प नभएको बताएका छन् ।
बुधबार बिहान स्याङ्जाको वालिङमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले कांग्रेस र एमाले पनि माओवादीको गणतन्त्रको एजेण्डाको पछि दौडेर गणतन्त्रको एकलौटी घोषणा गरेको आरोप लगाए ।
अध्यक्ष थापाले भने, ‘नेपालमा राजासहितको प्रजातन्त्रको विकल्प छैन, त्यसका लागि कांग्रेस, एमाले, माओवादीलगायतका दलहरुसँग छलफल गरिरहेका छौँ ।’
संविधानसभाको औचित्य समाप्त भएको बताउँदै उनले त्यसको विघटन गरी नयाँ जनमतका लागि जनमत सङ्ग्रहमा जान दलहरुलाई सुझावसमेत दिए ।
अध्यक्ष थापाले माओवादीले हालै संसद्मा बजेट ल्याउने बेलामा भएको आक्रमण प्रजातन्त्रमाथिको नाङ्गो नाच प्रदर्शन गरेको टिप्पणी गरे । उनले भने– ‘माओवादीले प्रजातन्त्र चाहेको छैन, त्यो कुरा काँग्रेस, एमालेजस्ता दलहरुले बुझेका छैनन्, त्यसैले म उहाँहरुलाई भन्न चाहन्छु– आउनुहोस् हामी मिलेर जनमत सङ्ग्रहमा जाऔँ ।

(ई कान्तिपुर सहयोग )

स्याङजा सबैभन्दा बढी सुन्तला उत्पादन हुने जिल्ला

सुन्तलाको उत्पादन बढे पनि बजारमा कम

सुन्तलाको उत्पादन उल्लेख्य बढे पनि बजारमा भने त्यसअनरूप आउने गरेको छै्रन ।


साढे २ लाख टनभन्दा बढी सुन्तला उत्पादन भए पनि मुख्य बजारमा भने १२ गुनाभन्दा कम आउने गरेको तथ्यांकबाट देखिएको छ । आर्थिक वर्ष २०६६/६७ मा २ लाख ६० हजार ८ सय ५४ टन सुन्तला उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । तर कृषि वस्तु निर्यात प्रवर्द्धन कार्यक्रम, कृषि विभाग सुन्तला तथा जुनारको आयत निर्यात सर्वेक्षण प्रतिवेदन २०६६ का अनुसार देशको प्रमुख बजारमा २३ हजार टनको हाराहारीमा मात्रै सुन्तला खपत हुने गरेको छ । निर्यातको परिमाण पनि ज्यादै कम रहेकाले उत्पादित सुन्तला कहाँ खपत भयो भन्ने स्पष्ट जानकारी सरकारी निकायसँग पनि छैन । आव २०६५/६६ मा ८ सय ३० टन ताजा सुन्तला र १० हजार ६ सय ५६ टन जमेको सुन्तलाको जुस निर्यात भएको थियो ।


दुर्गम र यातायात अभावले उत्पादनको ठूलो परिमाण स्थानीयस्तरमै खपत हुने गरेको हुन सक्ने मन्त्रालयका प्रवक्ता हरि दाहाल बताउँछन् । 'प्रभावकारी संकलन, सस्तो ढुवानी, कोल्डस्टोरेजको व्यवस्था, बजार र मूल्यको सूचना समयमै किसानलाई दिनसके उत्पादन थप वृद्धि भई किसानको आयस्तर वृद्धि हुने निश्चित छ,' उनले संवाददाताहरूसँग भने । 


पश्चिमाञ्चल विकास क्षेत्रका पहाडी जिल्ला सुन्तला उत्पादनमा केन्द्रविन्दु मानिन्छन्, जसले कुल सुन्तला उत्पादनको करिब ४० प्रतिशत ओगट्छन् । स्याङजा सबैभन्दा बढी सुन्तला उत्पादन हुने जिल्ला हो । त्यसपछि लमजुङ, तनहुँ, सल्यान, काभ्रे, गोरखा, धादिङ, तेह्रथुम र धनकुटा क्रमशः सुन्तला बढी फल्ने जिल्लामा पर्छन् ।


सुन्तलाको अनुसन्धान र विकासका लागि राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटालाई तोकिएको छ । क्षेत्रीय केन्द्रका रूपमा रसुवा, पोखरा, दैलेख र डडेलधुरालाई पहिचान गरिएको छ ।



गरिमा विकास बैंकद्धारा स्याङ्जामा एटीएम सेवा शुरु

लोकनाथ मरासिनी स्याङ्जा ८ मंसिर
चार वर्ष अगाडि स्याङ्जाको वालिङ्मा प्रधान कार्यलय राखि कारोबार सुरु गरेको गरिमा विकास बैङ्कले स्थापनाको चौथो बर्ष प्रबेश गरेको अवसरमा मंगलबारदेखि स्याङ्जामा एटीएम सेवा शुरु गरेको छ । गाउँदेखि शहरसम्म आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले स्याङ्जा जिल्लामा मंगलबारदेखि एटीएम सेवा शुरु गरेको हो । बैकको एटीएम काउन्टरबाट चौबिसे घण्टा एक पटकमा बढिमा २० हजार र एक दिनमा पाचँ पटकसम्म गरी १ लाख सम्म रकम निकाल्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
बैकको काउन्टरबाट भिसा कार्ड र मास्टर्ड कार्डबाट रकम निकाल्न र गरिमा बिकास बैकको एटिएम कार्डबाट नेपालभर नेशनल पेमेन्टसग सम्बन्धित सबै एटीएम काउन्टरबाट रकम निकाल्न सकिने ब्यवस्था गरिएको बैंकका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिनुभयो ।
मंगलबार एक कार्यक्रमकाविच स्याङ्जा सदरमुकामको सहिद चोकमा रहेको एटिएम काउन्टरको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले राष्ट्रिय हित र लगानीकर्ताको हितमा बैंक क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले स्थापनाको छोटो अवधिमा नै बैंकले ग्राहक वर्ग लगायतमा पु¥याएको सेवाप्रतिको विश्वास कायम राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैकले यसै महिनादेखि स्याङ्जा सदरमुकामबाट लघुवित्त कार्यक्रम सञ्चालन शुरु गरेको छ भने मंगलबारबाटनै मुख्य शाखा वालिङ्गबाट सुन चाँदी धितोमा कर्जा प्रवाह शुरु गरेको कम्पनी सचिव माधवप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यस्तै बैंकले वालिङ्ग र गल्याङ्गमा समेत एटीएम सेवा प्रवाहको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।
बैंकले sms banking तथा e-bankinking सेवा प्रदान गर्न र लघुवित्त कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय स्तरको सहायक कम्पनी स्थापना गर्ने तयारी गरेको जनाएको छ ।
स्याङ्जा, पाल्पा र कास्की जिल्लामा कार्यक्षेत्र रहेको बैंकले सातवटा शाखाबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ

Tuesday, November 23, 2010

डा. शुशिललाई अन्र्तराष्ट्रिय सम्मान

मंसिर ७ -  संयुक्त राज्य अमेरिकाको वासिङटनस्थित एक अन्तराष्ट्रिय गैर सरकारी संस्था जिराफ हिरोज प्रोजेक्टले पिस फर नेपालका अध्यक्ष डा. शुसिल कोइरालालाई सन् २०१० को जिराफ हिरो सम्मान प्रदान गरेको छ ।
शान्ति प्रर्बद्धन र सामाजिक सेवाका क्षेत्रमा डा कोइरालाले  पिस फर नेपाल मार्फत पुराएको योगदानको कदर गर्दै जिराफ हिरो सम्मान प्रदान गरेको हो । सन १९८२ मा स्थापना भएको जिराफ हिरोज प्रोजेक्टले  बिश्वका बिभिन्न  देशका नागरिक समाजका अगुवाहरुलाई जिराफ हिरो सम्मान प्रदान गर्दै आएको छ  । डा.कोइराला जिराफ हिरो सम्मान पाउने पहिलो नेपाली भएको जिराफ हिरोज इन्टरनेशनलका अध्यक्ष जोन ग्रामले बधाई सन्देशमा उल्लेख गरेका छन ।
आफ्नो पदिय जिम्मेवारी र ब्यक्तिगत दायित्व भन्दा माथि उठेर आफ्नो ब्यक्तिगत जीबनमा अनेकौ जोखिमको सामना गर्दै बृहत सामाजिक हितका लागि काम गर्ने ब्यक्तित्वहरुलाई सो प्रोजेक्टले  जिराफ हिरो सम्मान प्रदान गर्दै आएको छ ।
डा शुशिल कोईरालाले सन् २००४ देखि  नेपालमा शान्ति र लोकतन्त्रका लागि बिभिन्न रचनात्मक कार्य गर्दे आएका छन । उनी नेपालगन्जको भेरी अन्चल अस्पतालमा कार्यरत छन । यसअघि उनले अमेरिकाको युनाईटेड रिलिजन्स  इनिसिएटिभबाट सन् २०१० को एशियाका लागि युथ एम्बेसडरको उपाधि समेत पाई सकेका छन! उहा को स्थायी घर खिलुंग देउराली ९ स्याङ्गजा हो |

इ कान्तिपुर बाट

पोखरा भ्यालीद्धारा उपाधि कब्जा

(लोकनाथ मरासिनी) 
स्याङ्जा, मंसिर ६ - 


स्याङ्जाको सर्वाधिक पुरस्कार राशीको "केण्डी ट्रिनिटि सेभेन ए साईड फुटबल प्रतियोगिता" को उपाधि पोखरा भ्यालि स्पोर्टस क्लबले कब्जा गरेको छ । आज सम्पन्न फाइनल प्रतिस्पर्धामा अयोजक ट्रिनिटि क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि पोखरा भ्यालीले रक्षा गरेको हो ।
खेलको पहिलो हाफमै पोखरा भ्यालीको तर्फबाट राजकुमार घिसिङले गरेको १ मात्रै गोलको मद्धतले उपाधि उचालेको भ्यालीले नगद ५० हजार १ सय १ प्रप्त गरेको छ । वालिङ् खेल मैदानमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १ गोलको पराजय व्योहोरेपछि उपाधि नजिक पुगेको घरेलु टोलि ट्रिनिटिले भने उपविजेतामा चिक्त बझाएको छ । उपविजेता आयोजक ट्रिनिटिले ३० हजार १ सय १ नगद प्रप्त गर्‍यो । उक्त प्रतियोगितामा भकुण्डे ए तितृय हुँदै १५ हजार र होराइजन सान्तवना हुदै १० हजार नगद पुरस्कार प्रप्त गरेका छन् । तृतिय र सान्तवनका लागि भएको आजको खेलमा भकुण्डे ए ले होराइजनलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै प्रतियोगिता अवधिभरी ६ गोल गर्ने भकुण्डे ए का साजन मल्ल सर्वधिक गोलकर्ता, वेष्ट प्लेयर ट्रिनिटिका कृष्ण कुँबर, फेयर प्लेयर टिम रिभर साइट क्लब तथा बेष्ट गोलकिप्पर ट्रिनिटिका दिलिप क्षेत्रीलाई समेत पुरस्कृत गरीएको छ । कात्तिक २९ गतेबाट सुरु भएको प्रतियोगितामा पाल्पा, रुपन्देही, कास्की, स्याङ्जालगायतका गरी २२ टिमको सहभागिता रहेका थियो ।

फोटो सहितको नामावली संकलनमा कुल मतदातामध्यबाट आधाभन्दा कम सहभागि

(लोकनाथ मरासिनी) 
स्याङ्जा, मंसिर ६ -
 
स्याङ्जाका दुईओटा नगरपालिकामा संचालित फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा जिल्लाका दुई नगरपालिकाका २२ हजार ५ सय ९९ जना मतदाता सहभागि भएको जिल्ला निर्वाचन कार्यलय स्याङ्जाले जानकारी दिएको छ ।


 
जिल्ला निर्वाचन कार्यलय स्याङ्जा मार्फत २०६७ साल भदौ ५ गतेदेखि कार्तिक २९ गतेसम्म संचालन भएको नामावली संकलन कार्यमा पुतलिबजारबाट १३ हजार ३ सय ३७ र वालिङ्बाट ९ हजार २ सय ६२ गरी २२ हजार ५ सय ९९ जनाले फोटो खिचाएका हुन् । 
देशका विभिन्न जिल्लाहरुमा लागु भएको पहिलो चरणको मतदाता नामावलि संकलन कार्य अन्र्तगत स्याङ्जाका २ नगरपालिकाका सम्पुर्ण वडाहरुमा ३३ केन्द्रहरुबाट मतदाता नामावलि संकलन गरीएको थियो । जिल्ला निर्वाचन कार्यलय स्याङ्जाको नामावली दर्ता विवरण तथ्याकं अनुसार २०६३ को मतदाता संख्याका आधारमा फोटो सहितको मतदाता नामावलि संकलन कार्यक्रमा सहभागि हुने मतदाताको संख्या भने आधाभन्दा पनि कम देखिएको छ । 
दुबै नगरपालिकामा गरी २०६३ को मतदाता संख्या ४५ हजार १ सय ५८ रहेकोमा फोटो खिचाउने मतदाताको संख्या २२ हजार ५ सय ९९ सय मात्रै रहेको छ । साथै दुबै नगरपालिकाबाट फोटो सहितको मतदाता नामावलि संकलन कार्यक्रममा छुट भएकाहरुको जिल्ला निर्वाचन कार्यलय स्याङ्जा मार्फत अहिलेपनि संकलन कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यलय स्याङ्जाले जनाएको छ ।

Monday, November 22, 2010

जनता सडकमा उत्रने : कमल थापा

राजन पौडेल (स्याङ्गजा एफ एम )


राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले ठुला तीन दलको यहि रबैया र राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने काम जारी राखे विकल्पमा जनता सडकमा उत्रने बताउनु भएको छ । पाल्पामा हुने कार्यक्रलाई सम्बोधन गर्न जाने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाले स्याङ्जाबजारमा आज आयोजनामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले जनताले ठुलो अपेक्षा गरेका दलहरुले दिनप्रतिदिन गल्ती गर्दै गएको दाबी गर्नुभयो

माओवादी व्यवहार सच्चीनुको विकल्प छैन्: गुरुङ्

प्रकाश डोटेल ,स्याङ्जा, ६ मंसिर
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य धनराज गुरुङ्ले एकीकृत नेकपा माओवादीले जारी राखेको व्यवहार अलोकतान्त्रिक भएको बताउँदै माओवादीले आफ्नो व्यवहार सुधार्नुको विकल्प नरहेको बताएका छन् । माओवादीको बोलिचालि लोकतान्त्रिक र काम अलोकतान्त्रिक भएको हुँदा संविधानसभाको ठुलो दल भएर पनि सत्ताको नेतृत्व नपाएको दावी गर्दै, नेता गुरुङ्गले भने, माओवादीले बोलि अनुसारको व्यवहार नदेखाएसम्म सत्ताको नेतृत्व नपाउने उल्लेख । नेपाल प्रेस युनियन जिल्ला शाखा स्याङ्जाले आइतबार स्याङ्जा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस केन्द्रिय सदस्य गुरुङ्ले उक्त कुरा बताएका हुन् । गुरुङ्ले, माओवादीको आजबाट शुरु भएको विस्तारित बैंठकमा जनसेनालाई सहभागिता बनाउनुले शान्ति प्रक्रिया धरापमा पर्ने बताए ।
तोकिएको समयमा संविधान आउन नसक्ने तर्फ संकेत गर्दै संविधानसभा सदस्य गुरुङ्ले समयमै संविधान नआएमा त्यसको जिम्मेवार माओवादी हुने जिकिर गरे । शान्ति प्रक्रिया र संविधान संगसंगै अगाडी बढनुपर्ने हो गुरुङ् भने, तर माओवादीले त्यो प्रक्रियालाई छायाँमा पार्न विभिन्न अराजनैतिक क्रियाकलाप गरेका छन् ।
केहिदिन भित्रमा नेपाली काँग्रेसको केन्द्रिय पदाधिकारी चयन हुने गुरुङ्को भनाई थियो । पत्रकारको एक प्रसंगमा गुरुङ्ले विगतका वर्षमा नेपाली काँग्रेसले सत्तालाई प्रमुख ठानेका कारण संगठन धाराशाही भएको स्पष्ट पार्दै अवको काँग्रेस सत्ता भन्दा संगठनलाई प्रमुख ठान्ने बताए ।
नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएपछि नेता गुरुङ् पहिलो पटक गृह जिल्ला स्याङ्जा आएका हुन् । नेपाल प्रेस युनियन स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका सचिव राधाकृष्ण डुम्रेले संचालन गरेका थिए ।

Sunday, November 21, 2010

एकिकृत सत्रु जिव व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ - 


कारितास नेपालद्धारा संचालित दिगो कृषि बहुउद्धेशिय सहकारी संस्था पंचमुलले एकृकित सत्रु जिव व्यवस्थापन सम्बन्धि ६ महिने तालिम सम्पन्न गरेको छ ।  

धान तथा तरकारी व्यवसायलाई आधुनिकरण गर्ने, रोग किराको व्यवस्थापन तथा सचेतिकरणका लागि पंचमुल रापाकोट र आरुचौरमा २१ ओटा पाठशालाको संचालन गरी तालिम सम्पन्न गरीएको हो । २१ ओटा पाठशाला मध्ये १२ मा धान तथा १० मा तरकारीमा परिक्षण सहित तालिम गरीएको थियो । किसानको खेतबारीमै गई प्रत्येक चरणको प्रत्यक्ष अवलोकन गर्दा सत्रु जिव व्यवस्थापन प्रविधिबाट तरकारीमा ३०० प्रतिशत सम्म र धानमा ६० प्रतिशत सम्म उत्पादनमा बृद्धि भएको देखिएको जनाइएको छ ।

आधुनिक कृष प्रणलिको विकास गर्दै जिवन स्तर परिवर्तनका लागि आफुहरुले तालिम प्रदान गरेको प्रमुख प्रशिक्षक लक्ष्मी शर्माले बताउनुभयो । तालिमको सहजिकरण सिता शर्मा ढकालले गर्नुभएको थियो । ६ महिनासम्म संचालन गरीएको पाठशालको औपचारीक रुपमा आज समापन देवी प्रवि रापाकोट ८ मा सम्पन्न भएको हो । जिल्ला कृषि विकास कार्यलय स्याङ्जा साँगको सहकार्यमा दिगो कृषि बहुउद्धेशिय सहकारी संस्था पंचमुलले कार्यक्रमलाई अगाडि बढाएको त्यहाँबाट नारायण काफ्लले जानकारी दिनुभएको छ ।

माओवदी व्यवाहारप्रति दुख ब्यक्त !

(लोकनाथ मरासिनी) 
स्याङ्जा, मंसिर ४ -  

बृद्धि प्रतिभा र विबेक प्रयोग गरिनु पर्ने राष्ट्रिय चौतारी व्यवस्थापिका संसदमा बल प्रयोग गरीदा शान्ति प्रेमी नेपाली जनतालाई झस्काएको राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्ले बताउनुभएको छ ।
राप्रपा नेपाल क्षेत्रिय कार्यसमिति पवौगौडे स्याङ्जामा अयोजित एक भेलामा बोल्दै नेता गुरुङ्ले माओवदीले शुक्रबार व्यवस्थापिका संसदमा गरेको व्यावहारप्रति दुःख व्यक्त गर्नुभएको हो ।  बजेट नेपाली जनताको दैनिक जिवन पद्धतिमा गास, बास र कपाससँग गासिएकाले सरकारले प्रतिपक्षीको पनि भावना समेटेर ल्यउदा उत्तम हुने थियो भन्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा राप्रपा नेपालका जिल्ला सभापति मदन कार्कि लगायतका नेताहरुले समेत बोल्नुभएको थियो । स्थानिय अगुवा नेता गंगा बहादुर सुनारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
 

बाल अधिकार दिवसको अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रमहरु सम्पन्न

(लोकनाथ मरासिनी) 
स्याङजा, मंसिर ४ - 

जिल्ला बालकल्याण समिति स्याङ्जाले अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । "हामी सवैको सरोकार नयाँ संविधानमा बाल अधिकार" भन्ने नाराका साथ शनिबार स्याङ्जा सदरमुकाममा बाल र्‍ यालि, सभा, बालनृत्य तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । 

आजै बाल अधिकार दिवसका अवसरमा संचालित बृद्धिचाल प्रतियोगिताका बिजेताहरुलाई पनि पुरस्कार वितरण गरीएको छ । बृद्धिचाल प्रतियोगितामा रोशनि आवसिय उच्च माविका विद्यार्थि विनोद क्षेत्रि प्रथम, हिमालयनका सन्देश श्रेष्ठ द्धितिय, रोशनिका अनमोल मरासिनी तृतिय तथा ज्योतिका सोनु शाहि सान्तवना हुन सफल हुनुभएको थियो । त्यस्तै प्रथमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा भु. पु. आ. उ. मावि प्रथम, ज्योति द्धितिय र रोशनि तितृया हुन सफल भएको छ ।

स्याङ्जाको छाङछाङ्दी गाउँविकास समिति वडा नं. ४ का २० परिवार विस्थापित हुने अवस्थामा

लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ -

पिउनुका साथै बस्तुभाउ र बालीनालीका लागि पानी नभएपछि स्याङ्जाको छाङछाङ्दी गाउँविकास समिति वडा नं. ४ का २० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।

५८ घरपरिवार रहेको धरमपानीमा २६ घर र मन्स्याङकोटमा ३८ घर गरी कुल ६४ घरधुरी रहेको छाङ्छाङ्दी गाउँविकास समिति वडा नं. ४ का स्थानीय बासी खेती गर्न मलिलो माटो भएपनि सिाचाई समस्याले आत्तिएर पानी अभावकै कारण गाउँ छाड्ने अवस्थामा पुगेका हुन् । 

हेल्वेटास नेपालको प्राविधिक र स्थानीय बासीको जनश्रमदानमा २०५० सालमा छिमेकी गाउँविकास समिति माझकोटबाट ल्याईएको खानेपानी समेत मूल नै सुकेर अहिले उपभोग गर्न नपाएको स्थानीय बासीको भनाई छ ।

जिल्ला विकास समितिको आर्थिक सहयोग र घरेलुको प्राविधिक सहयोगमा गतवर्षमात्र प्रत्येक घरको लागि १४ हजार लिटर क्षमताको आकाशेपानी संकलन ट्यांकी निर्माण गरिएको छ । त्यो पनि २/३ महिनालाई मात्र पुग्छ फाल्गुणदेखि वैशाख सम्म २/३ घण्टाको पैदल हिडेर घण्टौ कुरेर पानी ल्याउनु स्थानीयको बाध्यता रहेको छ ।

वालिङ् नगरपालिको अनुदानमा २५ प्रतिशत वृद्धि हुने

स्याङ्जा, ४ मङ्सिर -

स्याङ्जाको वालिङस्थित नगरपालिकाले आगामी बजेटमा २५ प्रतिसत थप अनुदान बढी पाउने भएको छ । स्थानीय विकास मन्त्रालयले वार्षिक रुपमा गर्ने एमसिपिएम सामाजिक परीक्षण कार्यक्रममा पश्चिमााचलमा पहिलो र राष्ट्रियस्तरमा साताँ स्थानमा पर्न सफल भएकाले अनुदानमा २५ प्रतिशत थप पाउने भएको हो ।
सामाजिक परीक्षणको नतिजाको बारेमा जानकारी दिन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका कार्यकारी अधिकृत मुक्तिराम आचार्यले भन्नुभयो- "स्थानीय विकास मन्त्रालयले राखेको एमसिपिएमको सर्तअनुसार सामाजिक परीक्षणको कार्यविधि लेखाको आयव्यय र योजना तर्जुमा पूरा गरेकाले नगरपालिका पश्चिमाञ्चलमै पहिलो भै नियमित अनुदानमा २५ प्रतिसत वृद्धि हुने पक्कापक्की भएको हो" ।

अधिकृत आचार्यका अनुसार न्यूनतम शर्तका सूचक नगरपालिकाले अनिवार्य रुपले पूरा गरेको हनुपर्छ । यसमा न्यूनतम शर्तका सूचकहरु १५ वटा रहेका छन् भने कार्यसम्पादन ४० वटा रहेका छन् । यी सर्तका आधारमा मन्त्रालयले नगरपालिकालाई मूल्याङ्नमा पार्ने गर्दछ ।

News of neighbourhood : Radio Parbat closes down !

News from Parbat 
The transmission of the Radio Parbat operating for the past four years has been closed down due to the lack of regular supply of power.

The radio has not aired any content since last Thursday after technical problem surfaced in transmitter of the radio, informed FM Station manager Dhruba Sharma.


The transmission has been obstructed due to technical problem in transmitter caused by the ignorance on the part of Nepal Electricity Authority in power supply, he added.


It has caused the loss worth Rs. 500,000 to the radio, he complained.

इन्सेक( स्याङ्जा) द्वारा सरकारका साथै राजनीतिक दलहरूको ध्यानकर्षण !

लोकनाथ मरासिनी मंसिर ५ स्याङ्जा
आज मंङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले शान्ति सम्झौतामा हस्ताक्षर गर्दै मुलुकमा दिगो शान्ति र लोकतन्त्रको स्थापना गर्ने प्रतिबद्धता जनाएको ४ बर्ष पुरा भएको छ । सम्झौतामा हस्ताक्षर भएको चार वर्ष बितिसक्दा पनि सम्झौतामा उल्लेख भएबमोजिम देशमा सशस्त्र द्वन्द्वलाई अन्त्य गरी शान्तिपूर्ण सहकार्यमा नयाँ अध्याय प्रारम्भ गर्ने दिशामा अहिलेसम्म उल्लेख्य प्रगति हुन नसेकेको प्रति इन्सेक स्याङ्जाले शनिबार एक प्रेस विज्ञप्ति मार्फत सरकारका साथै राजनीतिक दलहरूको ध्यानकर्षण गराएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि निर्मला तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा विस्तृत शान्ति सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आगोग गठन गर्न, द्वन्द्वकालका पीडितहरूको वास्तविक पहिचान गरी उनीहरूलाई परिपूरण र राहत उपलब्ध गराउन, द्वन्द्वबाट क्षति भएका पूर्वाधारको पुनर्निमार्ण तथा पुर्नस्थापनाकालागि ठोस कदम चाल्न, द्वन्द्वकालमा भएका घटनाहरूको छानबिन गरी समाजमा मेलमिलाप तथा पुर्नमिलनको लागि आधारभूत वातारण सृजना गर्न माग गरीएको छ ।

उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नाफामा

लोकनाथ मरासिनी मंसिर ५ स्याङ्जा
स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२ लाख ८० हजार ९ सय रुपैँया नाफा कमाउन सफल भएको छ । गतवर्षको तुलनामा १ करोड ३४ लाख ७० हजार रुपैँया आम्दानीमा बृद्धि भई १० प्रतिशतले हुने रकम जगेडा कोषमा जम्मा गरी बैंकले ३२ लाख नाफा कमाउन सफल भएको शनिबार बैकंको १८ औ साधरण सभामा जानकारी गराइएको हो । विगत १७ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आएको यस संस्थाले गत आर्थिक वर्षको तुलनामा ३७।६७ प्रतिशतले शेयरपूजी बृद्धि गर्दै यसवर्ष १२३५ शेयर सदस्यको २ करोड ८९ लाख ११ हजार आठसय रुपैँया कायम गरेको छ ।
संस्थाले चालुआर्थिक वर्षको आषाढ मसान्त सम्ममा १० करोड ३५ लाख ७८ हजार ८ सय १६ रुपैँया निक्षेप संकलन गरेको छ ।
जुन गतवर्षको तुलनामा २२।१९ प्रतिशतले बृद्धि भएको हो । यस्तै संस्थाले यसवर्ष २० करोड १० लाख २७ हजार कर्जा लगानी गरेको छ ।
जुन गतवर्षको तुलनामा ५८।५१ प्रतिशतले बृद्धि भएको हो । २०५० साल असोजबाट २७ सय रुपैँया शेयर पूँजी लिएर सुरु गरेको यस संस्थाले अहिले स्याङ्जाको बाँयटारी र मिर्मिमा समेत शाखा विस्तार गरी सेवा दिदै आएको छ ।