Sunday, November 21, 2010

वालिङ् नगरपालिको अनुदानमा २५ प्रतिशत वृद्धि हुने

स्याङ्जा, ४ मङ्सिर -

स्याङ्जाको वालिङस्थित नगरपालिकाले आगामी बजेटमा २५ प्रतिसत थप अनुदान बढी पाउने भएको छ । स्थानीय विकास मन्त्रालयले वार्षिक रुपमा गर्ने एमसिपिएम सामाजिक परीक्षण कार्यक्रममा पश्चिमााचलमा पहिलो र राष्ट्रियस्तरमा साताँ स्थानमा पर्न सफल भएकाले अनुदानमा २५ प्रतिशत थप पाउने भएको हो ।
सामाजिक परीक्षणको नतिजाको बारेमा जानकारी दिन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका कार्यकारी अधिकृत मुक्तिराम आचार्यले भन्नुभयो- "स्थानीय विकास मन्त्रालयले राखेको एमसिपिएमको सर्तअनुसार सामाजिक परीक्षणको कार्यविधि लेखाको आयव्यय र योजना तर्जुमा पूरा गरेकाले नगरपालिका पश्चिमाञ्चलमै पहिलो भै नियमित अनुदानमा २५ प्रतिसत वृद्धि हुने पक्कापक्की भएको हो" ।

अधिकृत आचार्यका अनुसार न्यूनतम शर्तका सूचक नगरपालिकाले अनिवार्य रुपले पूरा गरेको हनुपर्छ । यसमा न्यूनतम शर्तका सूचकहरु १५ वटा रहेका छन् भने कार्यसम्पादन ४० वटा रहेका छन् । यी सर्तका आधारमा मन्त्रालयले नगरपालिकालाई मूल्याङ्नमा पार्ने गर्दछ ।

No comments:

Post a Comment