Sunday, November 21, 2010

स्याङ्जाको छाङछाङ्दी गाउँविकास समिति वडा नं. ४ का २० परिवार विस्थापित हुने अवस्थामा

लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ -

पिउनुका साथै बस्तुभाउ र बालीनालीका लागि पानी नभएपछि स्याङ्जाको छाङछाङ्दी गाउँविकास समिति वडा नं. ४ का २० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।

५८ घरपरिवार रहेको धरमपानीमा २६ घर र मन्स्याङकोटमा ३८ घर गरी कुल ६४ घरधुरी रहेको छाङ्छाङ्दी गाउँविकास समिति वडा नं. ४ का स्थानीय बासी खेती गर्न मलिलो माटो भएपनि सिाचाई समस्याले आत्तिएर पानी अभावकै कारण गाउँ छाड्ने अवस्थामा पुगेका हुन् । 

हेल्वेटास नेपालको प्राविधिक र स्थानीय बासीको जनश्रमदानमा २०५० सालमा छिमेकी गाउँविकास समिति माझकोटबाट ल्याईएको खानेपानी समेत मूल नै सुकेर अहिले उपभोग गर्न नपाएको स्थानीय बासीको भनाई छ ।

जिल्ला विकास समितिको आर्थिक सहयोग र घरेलुको प्राविधिक सहयोगमा गतवर्षमात्र प्रत्येक घरको लागि १४ हजार लिटर क्षमताको आकाशेपानी संकलन ट्यांकी निर्माण गरिएको छ । त्यो पनि २/३ महिनालाई मात्र पुग्छ फाल्गुणदेखि वैशाख सम्म २/३ घण्टाको पैदल हिडेर घण्टौ कुरेर पानी ल्याउनु स्थानीयको बाध्यता रहेको छ ।

No comments:

Post a Comment