Wednesday, November 24, 2010

गरिमा विकास बैंकद्धारा स्याङ्जामा एटीएम सेवा शुरु

लोकनाथ मरासिनी स्याङ्जा ८ मंसिर
चार वर्ष अगाडि स्याङ्जाको वालिङ्मा प्रधान कार्यलय राखि कारोबार सुरु गरेको गरिमा विकास बैङ्कले स्थापनाको चौथो बर्ष प्रबेश गरेको अवसरमा मंगलबारदेखि स्याङ्जामा एटीएम सेवा शुरु गरेको छ । गाउँदेखि शहरसम्म आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले स्याङ्जा जिल्लामा मंगलबारदेखि एटीएम सेवा शुरु गरेको हो । बैकको एटीएम काउन्टरबाट चौबिसे घण्टा एक पटकमा बढिमा २० हजार र एक दिनमा पाचँ पटकसम्म गरी १ लाख सम्म रकम निकाल्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
बैकको काउन्टरबाट भिसा कार्ड र मास्टर्ड कार्डबाट रकम निकाल्न र गरिमा बिकास बैकको एटिएम कार्डबाट नेपालभर नेशनल पेमेन्टसग सम्बन्धित सबै एटीएम काउन्टरबाट रकम निकाल्न सकिने ब्यवस्था गरिएको बैंकका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिनुभयो ।
मंगलबार एक कार्यक्रमकाविच स्याङ्जा सदरमुकामको सहिद चोकमा रहेको एटिएम काउन्टरको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले राष्ट्रिय हित र लगानीकर्ताको हितमा बैंक क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले स्थापनाको छोटो अवधिमा नै बैंकले ग्राहक वर्ग लगायतमा पु¥याएको सेवाप्रतिको विश्वास कायम राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैकले यसै महिनादेखि स्याङ्जा सदरमुकामबाट लघुवित्त कार्यक्रम सञ्चालन शुरु गरेको छ भने मंगलबारबाटनै मुख्य शाखा वालिङ्गबाट सुन चाँदी धितोमा कर्जा प्रवाह शुरु गरेको कम्पनी सचिव माधवप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यस्तै बैंकले वालिङ्ग र गल्याङ्गमा समेत एटीएम सेवा प्रवाहको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।
बैंकले sms banking तथा e-bankinking सेवा प्रदान गर्न र लघुवित्त कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय स्तरको सहायक कम्पनी स्थापना गर्ने तयारी गरेको जनाएको छ ।
स्याङ्जा, पाल्पा र कास्की जिल्लामा कार्यक्षेत्र रहेको बैंकले सातवटा शाखाबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ

No comments:

Post a Comment