Tuesday, November 23, 2010

डा. शुशिललाई अन्र्तराष्ट्रिय सम्मान

मंसिर ७ -  संयुक्त राज्य अमेरिकाको वासिङटनस्थित एक अन्तराष्ट्रिय गैर सरकारी संस्था जिराफ हिरोज प्रोजेक्टले पिस फर नेपालका अध्यक्ष डा. शुसिल कोइरालालाई सन् २०१० को जिराफ हिरो सम्मान प्रदान गरेको छ ।
शान्ति प्रर्बद्धन र सामाजिक सेवाका क्षेत्रमा डा कोइरालाले  पिस फर नेपाल मार्फत पुराएको योगदानको कदर गर्दै जिराफ हिरो सम्मान प्रदान गरेको हो । सन १९८२ मा स्थापना भएको जिराफ हिरोज प्रोजेक्टले  बिश्वका बिभिन्न  देशका नागरिक समाजका अगुवाहरुलाई जिराफ हिरो सम्मान प्रदान गर्दै आएको छ  । डा.कोइराला जिराफ हिरो सम्मान पाउने पहिलो नेपाली भएको जिराफ हिरोज इन्टरनेशनलका अध्यक्ष जोन ग्रामले बधाई सन्देशमा उल्लेख गरेका छन ।
आफ्नो पदिय जिम्मेवारी र ब्यक्तिगत दायित्व भन्दा माथि उठेर आफ्नो ब्यक्तिगत जीबनमा अनेकौ जोखिमको सामना गर्दै बृहत सामाजिक हितका लागि काम गर्ने ब्यक्तित्वहरुलाई सो प्रोजेक्टले  जिराफ हिरो सम्मान प्रदान गर्दै आएको छ ।
डा शुशिल कोईरालाले सन् २००४ देखि  नेपालमा शान्ति र लोकतन्त्रका लागि बिभिन्न रचनात्मक कार्य गर्दे आएका छन । उनी नेपालगन्जको भेरी अन्चल अस्पतालमा कार्यरत छन । यसअघि उनले अमेरिकाको युनाईटेड रिलिजन्स  इनिसिएटिभबाट सन् २०१० को एशियाका लागि युथ एम्बेसडरको उपाधि समेत पाई सकेका छन! उहा को स्थायी घर खिलुंग देउराली ९ स्याङ्गजा हो |

इ कान्तिपुर बाट

No comments:

Post a Comment