Saturday, October 30, 2010

आयआर्जनको भरपर्दो श्रोत बन्यो भेडा पालंन

आयआर्जनको भरपर्दो श्रोत बन्यो भेडा पालन
प्रकाश डोटेल
स्याङ्जा–१३, कारतिक
हिमाली भेगतिर मात्र पाईने भेडा अहिले पहाडी जिल्लामा समेत आयआर्जनको गतिलो श्रोत बनेको छ । यसको उदाहरण हुन स्याङ्जा स्थित चापाकोटका स्थानिय बासिन्दा ।
भेडापालन अन्य व्यवसायभन्दा सजिलो र बढि आम्दानी हुने कारण चापकोटका बासिन्दा भेडापालन बढि आर्कर्षित बनेका हुन् । स्थानियवासीले भने, ‘यस्को उन पनि बेच्न पाईन्छ ।’ भेडा पालेर नै कृषकहरुले पक्की घर बनाएका छन् । छोराछोरी पाल्ने, पढाउने पनि भेडा बेचेर नै गरेका छन् । चापाकोटमा भेडाको मोल राम्रो पर्छ ।
स्थानिय भेडा पालक कृषकहरु भेडा पालेर घरघडेरी जोडेका छन् । स्थानिय भेडा पालक कृषक प्रेमनारायण गैह्रेले भने ‘मेरो सवै खर्च भेडाले नै पु¥याउछ ।’ उनले विगत २५ वर्षदेखि भेडा पाल्दै आएका छन् । चापाकोटमा एउटै परिवारले ६० वटासम्म भेडा पाल्ने गरेका छन् ।
स्थानिय मगर र ठकुरीले कुलाईनको पुजाको लागी भेडा नै खोज्ने गर्छन् । खोजेको बेला भेडा नपाईनुले उनीहरुले महङगोमा भेडा लैजाने गर्छन् । चार धार्नी भेडाको १० हजारसम्म पर्ने गर्छ ।
बाख्रा र खसीभन्दा भेडाको मोल बढि हुने गर्छ । भेडा पाल्नको लागी सजिलो र महङगोमा विक्ने कारण त्यस क्षेत्रमा भेडा पाल्ने क्रम बढेको छ । धेरै घा“स नचाहिने हु‘दा भेडा पाल्न सवैले रुचाउ‘छन् । गॉउमा समथर जमिन भएको कारण चरणको राम्रो व्यवस्था छ ।
२३ वटा भेडा पालेका स्थानिय सुर्य भट्राईले भने, मेरो पेशै यहि‘ हो । भट्टराईले भेडा बेचेर नै घर खर्च मात्र हैन छोराछोरी नै पढाएका छन् । गाविसमा मात्र करीव २५ घरले भेडा पाल्ने गरेका छन् । बर्षमा दुई पटक गर्भधारण गर्ने भेडाको पाठो हुर्कनै नपाई विक्ने गर्छ । भट्टराईले अगाडी थपे, गएको दशैमा भेडा खोज्ने धेरै थिए तर भेडा थोरै भयो ।
ग्राहकको माग पुरा गर्न नसकेको कृषकहरुले बताए । अहिले भेडा हुने हो भने दैनिक २५ वटासम्म विक्ने कृषकहरु बताउछन् । भेडा नभएकै कारण खोज्न आउने ग्राहक पनि फर्कने गरेका छन् ।
हुर्कन नपाउदै किन्न आउने र बेच्न पाउने कारण धेरै भेडा हुन पाएको छैन् । बच्चादेखि बृद्धसम्मले समथर चरण क्षेत्र चउरमा चराएर पाल्न सकिने र भनेका बेला विक्ने कारण यो सजिलो पेशा बनेको छ ।

दशैं को टिका नलगाए पनि गाबिस मा बिजुली बालेरै तिहार को भने लगाउने

राजन पौडेल 


गाउँमा बिजुली बत्ती नबलेपछि दशैको टिका समेत नलगाएका स्याङ्गजा साखँरका राजनितिक दलका संयन्त्र सगै स्थानियबासीले तिहारको टिका भने बिजुली बत्तीको झिलिमिलीमा लगाउने भएका छन् । १४ बर्ष अघि बिजुली बाल्न पोल गाडिएको साखँर गाबिस मध्ये ३ वडामा पहिलो चरणमा हिन्दुहरुको दोस्रो महान्चाड तिहार अघि नै बत्ती बल्ने भएपछि स्थानियबासी खुसी भएका छन् । लामो समयको मेहनत पछि शुक्रबार पाल्पा दर्छा गाबिस बडा नम्बर ८ को अधेरीखोलाबाट मिलनचोकमा रहेको ट्रान्सर्फरमरमा परिक्षणका लागि छाडिएको करेन्ट सफल भएपछि अब एक कार्यक्रमको बिच गाउँमा झिलिमिली हुने गरी बत्ती छाडिने साखँर बिद्युतिकरण समितिका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणमा गाउँ विकास समितिका वडा नम्बर ५, ६ र ८ मा बिद्यत बल्ने भएको हो । गाबिसका ति वडामा बत्ती बलेपछि करिब ८ सय घरधुरीका जनता लाभान्वित हुनेछन् । १४ बर्ष देखिको मेहनतमा गाबिसमा क्रियाशिल राजनितिक दलका प्रमुखहरुले बेवास्ता गरेको भन्दै स्थानियबासी युवाहरुले दवाब स्वरुप गएको भदौ १९ गते गरेको परामर्श कार्यक्रममा राजनितिक संयन्त्र सदस्यहरुले दशैसम्ममा बक्ती बालेरै छाड्ने र बत्ती नबले दशैको रातो टिका नलगाउने प्रतिबद्धता गरे अनुसार टिका लगाएका थिएनन् 

भिरबाट लडेर एकको मृत्यु

स्याङ्जा, कात्तिक १३ । स्याङजाको आरुचौर गाविस वडा ४ का २८ वर्षिय हिराबहादुर विकको भिरबाट लडेर ज्यान गएको छ । विकको घर नजिकै रहेको भिरवाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ 

माओवादी आक्रमणले कांग्रेस र एमालेका ९ कार्यकर्ता घाइते






स्याङ्जा, कात्तिक १३ । स्याङजाको क्याक्मीमा गाविसको संयन्त्र बैठक चलिरहँदा गएराती एकीकृत नेकपा माओवादीका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेस र नेकपा एमालेका गरी ९ जना घाइते भएका छन्।

विद्युत सम्बन्धी विवाद चलेपछि संयन्त्रको बैठकमा भएको सामान्य भनाभनमा माओवादी कार्यकर्ताले आक्रमण गरेको कांगे्रस र एमालेले बताएका छन् ।
आक्रमणमा परी नेपाली कांग्रेस क्याक्मी गाँउ सभापति राजेन्द्र ठकुरी, एमाले गाँउ कमिटि उपाध्यक्ष नेत्र नारायण मानन्धर सहित कांग्रेसका देव कुमार मानन्धर, रामनाथ शर्मा, बलीभद्र पौडेल, बलबहादुर विक त्यस्तै एमालेका कृष्णप्रसाद सुवेदी, विष्णुवहादुर चन्द रहेका छन् ।

गाविसमा गर्न लागिएको विद्युतीकरणमा माओवादीले बुटवल पावर कम्पनीको विद्युत विना सर्त प्रयोग गर्नुपर्ने र कांग्रेस र एमालेले सामूदायिकरण गरी विद्युत लाईन विस्तार गर्नुपर्नेमा विवाद रहेको थियो ।

माओवादीले आफ्नो प्रस्ताव अस्विकार गरेको भन्दै आक्रमण गरेको कांग्रेस र एमालेले आरोप लगाएका छन् । घटनाको जानकारी पाउना साथ गएराती नै गएको प्रहरी टोलीले रातभरीको खोजी कार्यपछि लुकेर बसेको अवस्थामा आज विहान माओवादी कार्यकतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा माओवादीका ईलाका इन्चार्ज यमबहादुर विक, क्याक्मी गाँउ इन्चार्ज ईन्द्र बहादुर थापा, सह इन्चार्ज शेर बहादुर थापा, गाउँ सचिव मन बहादुर थापा, प्रेम मानन्धर दुर्गा पोख्रेल, डिल्लीराम शर्मा, विनोद हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रातभरीको सर्च अभियान पछि लुकेर बसेको ठाउँबाट माओवादी कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ
!यसैविच घटना निन्दनीय र कायरतापूर्ण भएको भन्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले शान्तिप्रक्रियामा माओवादीको प्रतिबद्धता देखावटीभएको बताउनु भएको छ । यस्तै नेकपा एमाले स्याङ्जाका सचिव पुण्य भुषालले शान्ति र संविधान निर्माणका लागि सहकार्य गर्दै अगाडि बढनुपर्ने बेलामा आक्रमणमा उत्रनु निन्दनिय भएको बताउनुभएको छ । यता एकिकृत नेकपा माओवादी स्याङ्जाका सचिव तारा भुषालले भने घटनालाई राजनीतिक आवरण दिन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले घटनामा माओवादी कार्यकर्ताको संलग्नता भएको भन्न नमिल्ने भन्दै आफ्नो अधिकार सुरक्षित गर्नका लागि जनता विरोधमा उत्रिएको बताउनुभयो 

Friday, October 29, 2010

मुक्तक

Diwsh Bhattrai




जीबन को केहि भर छैन 


खुसि को केहि भरोशा छैन 


चोखो माया मैले मर्य छैन 


साथ तिम्रो छोड्ने छैन 




माया मैले तोड्ने छैन 




तिम्रो रुप मैले भुल्या छैन 
 



खुसि मेरो मात्र तिमि 



दुखको सिमाना छैन 



चोखो माया को कुनै तुलना छैन 




तिमि बिना को जिबन मैले चाहने छैन 




दिवस भट्टराई (पूर्व विद्यार्थी , पायोनियर्स स्कुल , वालिंग  हाल : HENRAY CLAY HIGH SCHOOL (USA)AMERICA)

Nepal bans major websites in name of controlling adult sites


Yes, another venture to control the adult websites from the country, Nepal Telecommunications Authority (NTA) has ordered all the Internet Service Providers (ISPs) in Nepal. Few years ago there was a similar blocking purposed but later it was relaxed, why??? (we don’t know nor do the officials have answers.)
It seems like our information and communication experts need extreme update on their knowledge. When will they know that blocking Facebook in the whole country will increase the productivity of the Government Offices (a big nuisance?) This time all the 45 ISPs of the country are ordered to block all the major (???) adult websites which include those operated illegally from the country as well.
This blocking is so immaturely done that they have blocked some major websites for information, communication, news and sharing sites. They have blocked whole range of Google’s Blogger (*.blogspot.com sites) which means around 12thousand of Nepalese blogs hosted in blogspot will no longer be accessed inside the country. The authorities should learn to block only those sites which adhere to their policies.
Huffingtonpost.com, sfsi.org, blogspot.com, springer.com are some of those we tested before writing this article. Though NTA said that on their initial phase just 60 porn sites would be blocked, and that would only consist of the websites (URL) provided by web users (and the question remains who will report that blogspot or Huffingtonpost is an adult site???)
Officials from the Home Ministry and NTA say that this action of blocking adult sites in the country is taken in order to control the youth addiction to the porn and rape cases in the society.
Sometimes before, many rumors about blocking Social Networking Sites like Facebook was heard for the reason of blocking being the misuse of internet in Governmental offices. However, the rumor remained rumor.
What we find even more noisy is that major news websites of the country are freely advertising those so called blocked-adult sites in their websites? Nepal still remains backward no matter how much private organization do for the IT development. Authorities should learn to execute the exactness of being correct.
Via Techsansar.

Thursday, October 28, 2010

क्याक्मी महोत्सव सम्पन्न ११ लाख बढिको कारोबार

 (लोकनाथ मरासिनी) 


स्याङ्जा, कार्तिक ११ - स्याङ्जाको क्याक्मीमा आयेाजना गरिएको क्याक्मी महोत्सवमा ११ लाख ६४ हजार ३ सय ५४ बराबरको कारोबार भएको छ ।
'स्याङ्गजा जिल्लाको रमणिय गाउ स्वास्थ्य चौकी निमार्णमा सहयोग पुर्‍याऊ क्याक्मी महोत्सब २०६७ हेर्न जाऊ भन्ने नाराका साथ कार्तिक १ गतेदेखि ५ गतेसम्म क्याक्मीको दग्दीबजारमा महोत्सव सञ्चालन भएको थियो । 

स्याङ्जा सदरमुकामबाट करिब ४५ किलोमिटर दक्षिणमा पर्ने क्याक्मीमा स्वास्थ्य चौकी साचालनमा सहयोग पुर्याउने उद्येश्यले महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
क्याक्मी गाउँ विकास समितिबाट ८० हजार आपसी सहयोग केन्द्र र पर्यटन बोर्डबाट ४५ हजार गरि कुल १ लाख २५ हजार टिकट विक्रिबाट ३ लाख ९७ हजार ५ सय ९० कार्यक्रममा सहयोग स्वरुप प्राप्त भएको ६१ हजार २ सय १२ रुपैँया गरी कुल ५ लाख ८३ हजार ८ सय २ रुपैँया आम्दानी र महोत्सवका विविध शीर्षकमा गरी कुल ५ लाख ८० हजार ५सय ५२ रुपैँया खर्च भएको मंगलबार महोत्सव समिक्षा कार्यक्रममा जानकारी गराईएको थियो । 
स्वास्थ्य चौकी साचालानार्थ आयोजना गरिएको महोत्सवमा कुल ३ हजार २ सय ५० रुपैँया मात्र मुनाफा प्राप्त भएको छ ।
महोत्सव स्याङ्जाको दुर्गम स्थानमा पहिलोपटक आयोजना गरिएको हुनाले अपेक्षा अनुसारको उपलब्धी हासिल गर्न नसकिएको महोत्सव आयोजक समितिका सचिव इन्द्र रुचालले जानकारी दिए ।
क्याक्मी बहुमुखी क्लबको आयोजनामा भएको महोत्सबमा २४ हजार दर्शकले अबलोकन गरेका थिए ।
महोत्सबमा बिल्यु स्काई प्याराग्लाइडिङ्ग प्रा.लि. पोखराको टोलीबाट महोत्सव स्थलबाट करिब ६ किलोमिटर टाढा क्याक्मी गाउँविकास समिति वडा नं.१ को पुर्काटको डाडाँबाट ८ सय मिटर दुरीको प्याराग्लाइडिङ्ग समेत गरिएको थियो ।
प्यारासुटबाट लिदै गरेको मनोराजन पाल्पाको ११ स्याङ्गजाको ७ तनहुँको ६ र नवलपरासीको ६ गाउँ बिकास समितिबाट देखिएको महोत्सबका संयोजक धन बहादुर थापाले बताए ।
सन् २०११ लाई सरकारले पर्यटन बर्षका रुपमा मनाउन लागिरहेको बेला क्याक्मीमा भएको प्याराग्लाइडिङलाई निरन्तरता दिने हो भने लाखौ पर्यटक स्याङ्गजा भित्र्याउन सकिने आयोजकको दाबी छ ।

खुर्सानी ले बजारर मूल्य पाएन !

प्रकाश डोटेल स्याङ्जा–११ कार्त्तिक
स्याङ्जा जिल्लाका विभिन्न भागमा उत्पादीत खुर्सानी मध्ये अकबरे नामको खुर्सानीले उचित मुल्य पाउन सकेको छैन्। ग्याष्टिकको औषधि हुने विश्वासमा अकबरे खुर्सानी लगाउने कृषकको संख्यामा विगतका वर्षको तुलनामा बढे पनि मुल्य र बजार नपाउँदा कृषक चिन्तित बनेका छन्। औषधिको रुपमा खुर्सानी नै उपयोग हुने भएपछि बढि कृषकले महङगो मुल्यमा खुर्सानी विक्ने आशमा अकबरेको व्यवसायिक खेती नै थालेका थिए। कृषकहरुले जती बुझेर खुर्सानी लगाए त्यति उपभोक्ताले नबुझेको कारण अकबरे खुर्सानीले मुल्य नपाएको बताइएको छ।  'उपभोक्तमा ज्ञान नभएर हो प्रचारप्रसार नै छैन्।' अकबरे खुर्सानीको विस्तार गर्ने संस्था सिप्रेड अनुसन्धान उपयोग कार्यक्रमका कर्मचारी अर्जुन चौलागाईले बताए। उनले भने, मुल्य बढि भए पनि त्यसको फाईदाका बारेमा आमनागरिकलाई आवश्यक ज्ञान छैन्।



 जिल्लाका दुई नगरपालिका पुतलीबजार र वालिङ सहित फेदीखोला, आरुखर्क, पौवेगौडे, स्वरेक, छाङछाङदी, दहथुम, जगतभञ्ज्याङ लगायतका एक दर्जनभन्दा बढि गाविसका कृषकहरुले अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन्। खुर्सानी उत्पादन हुने नगरपालिका र गाविसकाका कृषकहरुले करिव १ सय ४० रोपनीमा व्यवसायिक अकबरे खुर्सानी लगाएका छन्। प्रति रोपनी जग्गामा सरदर ७ सय किलो फल्ने गरेको कृषकहरुले बताए। उत्पादीत खुर्सानीको मुख्य बजार पोखरा र बुटवल भएको जगतभज्याङ् स्थित पित्लेकका कृषक रामप्रसाद लामिछानेले बताए। उनले भने, 'स्थानिय बजारमा विक्नै मुस्कील छ, बाहिरका बजारमा जादा पनि उचित मुल्य छैन्।  जिल्लामा अकबरे खुर्सानीको मुल्य प्रति किलो ८० देखि १ सय रुपैयाँसम्म पर्छ। सामान्य तया बजारमा पाईने पिरोको लागि प्रयोग गरिने खुर्सानीको मुल्य २० देखि ३० रुपैयाँ छ। अकबरे खुर्सानीलाई औषधिको रुपमा मात्र हैन् तरकारीमा समेत प्रयोग गर्न सकिने कृषक लामिछानेले बताए।  अन्य खुर्सानीको तुलनामा अधिक पिरो र महङगो हुने कारण तरकारीमा अकबरे खुर्सानी उपयोग नगरेको स्थानिय गृहणीहरु बताँछन्। उनीहरु भन्छन्, 'यो खुर्सानी त अति पिरो हुन्छ, यसलाई पहिला–पहिला डल्ले खुर्सानी भनिने गरिन्थ्यो।'  पुरानो नाम डल्ले खुर्सानी भएको यसबाट हुने फाईदाको अज्ञानताले अकबरे खुर्सानीलाई नयाँ नमानेको कारण पनि विक्री नभएको जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए। अधिकारीले भने, पहिला गाँउमा खासै प्रयोगमा नआएको खुर्सानी भनेर हेलचक्राई भएका छ। विभिन्न देशमा गरिएको अनुसन्धानपछि यो खुर्सानी ग्याष्टिकको औषधिको रुपमा प्रयोग गर्न सकिने पत्ता लागेको हो। औषधीको रुपमा प्रयोगमा ल्याउन सकिने भएपछि कृषकलाई यस खुर्सानीको व्यवसायिक खेती गर्न सरकारी तथा गैह्रसरकारी कार्यलयले नै प्रोत्साहन गरेका थिए।  कृषक उत्साहित भएर खेती गरे त्यसरी उपभोक्ता विक्री हुन नसक्दा कृषक मर्कामा परेका छन्। ग्याष्टिकको लागी हजारौको औषधि खान सक्ने उपभोत्तामा चेतना अभाव र अविश्वासको कारण सयौ रुपैयाँको खुर्सानी खान कञ्जुस गरेको पाईन्छ।

Pokhara love

Bhuwan Thapaliya
By Young writer ,Bhuvan Thapaliy

          



One misty, rain-soaked morning, I left for Pokhara in a tourist bus. This was the beginning of a home-coming journey for me. From my past visits, I knew there is nothing like the lush beauty of spring in Pokhara. Separate raindrops lie along the twigs of the roadside trees—round, luminous globules—trembling without falling.

Furthermore, Lake Fewa has always fascinated me. Often, I had wondered along her shores reciting my poems in her honour. And often walking by Lakeside, I had felt myself a part of Lake Fewa. The boats floating on the heart of Fewa, my philosophies. Mt. Macchapuchre that lurks its forehead from the womb of chastity, my colossal sky clock. The “Jaal Kumbhi”, entangling the Lake, shackles of my recurring nightmares. The hovering water ducks, my friends of misery, and the temple, “Vrindabasni,” an asylum of my insanity.

I spilled the remnants of my earlier Pokhara memories from my childhood before me, one by one in the bus. I reached Pokhara in the afternoon and the very thought of being in the city I love most in the world after Kathmandu made me quiver with joy. I took a cab to Lakeside and after putting my belongings in the hotel, I walked straight to salute Lake Fewa. I sat and talked with the lake for a while. I waved her goodbye after promising to spend a whole day with her upon the completion of my chamare cave (bat cave) visit.

The very next day I left for the U-shaped 150 metre long, 25 foot high bat cave located a little farther than the Mahendra Cave, in the northern end of Pokhara. I have been told by the locals that the bat cave shelters more than 15,000 bats of different species. Carrying a flashlight, I picked my way across a narrow entrance and upon reaching inside I stood in the damp soil for a while and was immediately stunned by the image of elephant tusks, gods and goddess that have been craved on the inner walls of the cave.

This cave is famous for the bats that can be seen hanging by the cave’s walls, I was told by the locals. I was dying to meet my nocturnal friends. As my torch light painted the roof of the cave, I perched on the side of a small rock. A few feet above me I could see thousands of wrinkled

bats staring at me. Water dripped hypnotically from the ceiling and I heard the cave saying, “I welcome you into my belly,” and the bats asking, “Why on earth are you here to disturb us?”

It was an awesome feeling. “Let’s go a little deeper,” said my heart and urged me to extend energy to edge deeper into to the womb of the earth. I had never been inside the cave and here I was inside the bat cave. I found myself peering up at the cave, muttering, “Yes, yes, you are amazing.”





http://tinyurl.com/2uvqv49

Wednesday, October 27, 2010

सबै एकल महिलाले सहायता भत्ता पाउनुपर्ने माग

लोकनाथ मरासिनी स्याङ्जा १० कार्तिक
स्याङजाको चापाकोटमा भएको महिलाहरुको भेलाले आफ्नो पति गुमाएका सबै एकल महिलालाई सरकारले सहायता भत्ता दिनुपर्ने माग गरेको छ। सरकारले उमेरको हदबन्दी लगाउँदै ६० वर्ष पुगेका एकल महिलाहरुलाई मात्र मामजिक सुरक्षा कार्यक्रम अन्तर्गत एकल महिलाहरुलाई मात्र सहायता भत्ता दिने व्यवस्था गरेको छ। एकल महिला नागरिकको हकहित र अधिकारबारे आवाज उठाउने उद्देश्यले स्याङजाको चापाकोटमा भएको एकल महिलाहरुले भेलाले अब बन्ने नयाँ संविधानमा एकल महिलाहरुको हकअधिकार र कर्तव्यबारे सुस्पष्ट व्यवस्था हुनपर्ने माग गरेको छ।
गाविसभरिका ८१ जना एकल महिलाहरुको भेलाले ईश्वरी अर्यालको अध्यक्षतामा ११ सदस्य रहेको चापाकोट एकल महिला समिति पनि गठन गरेको छ।




गाउँमा मोटर पुगेपछि अविरजात्रा

लोकनाथ मरासिनी स्याङ्जा १० कार्तिक
विचारी चौतारा गाँउ विकास समिति वडा नं. ९ पुवाडाँडा स्याङ्जामा पहिलो पल्ट मोटर पुगेपछि स्थनियबासीले अविर जात्रा सहित खुशियालि मनाएका छन्। पहिलो पल्ट गाँउ पुगेको ग १ ख १६१३ नं. को ठुलो बसचालक चनकऋषि लामिछाने, सहचालक, बस तथा बसमा सवार अन्यलाई स्थानियले अविरजात्रासहित गाउँमा स्वागत गरेका हुन्। स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, समजसेवी, बुद्धिजिवी लगायतले बोल्नुभएको थियो।
मोटरबाटो संचालनमा आएपश्चात विचारी चौतार गाविस २, ३, ७, ८ र ९ का करिब ५ सय घर परिवार तथा पर्वत ठुलिपोखरी लगायतका करिब एक हजार घर परिवार लाभावन्दित भएकाछन्।
भरखरै निर्माण कार्य सम्पन्न भाएको मोटरबाटोमा नियमित रुपमा विहान र बेलुकी र ठुलो बस सिधै पोखरासम्म संचालन ल्याइएने भएको स्थायिन उपभोक्ता विश्व पौडेलले जानकारी दिनुएको छ





डुबेर बालकको मृत्यु



Lok Nath Marasini 


पुतलीबजार नगरपालिका १३ गैरिजागरमा पौडि खेल्दा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानिय बर्ष १४ का संदिप बिकको खोलामा पौडि खेल्ने क्रममा मृत्यु भएको हो । मंगलबार घरबाट नुवाउन निस्केका बिकको खोजी गर्ने क्रममा आज बिहान आधिँखोलामा लास भेटिएको हो । बिकको लास पोष्ट मार्टमको लागि स्याङ्जा जिल्ला अस्पताल पुराइएको प्रहरीले बताएको छ 

खाडी मुलुक कतार मा आयोजित खुला लोकगीत प्रतियोगितामा हाम्रै स्याङ्गजाली प्रथम भए !




दसैंतिहार धनीलाई रैंती भो

म गरिबलाई बेल्चा र गैंची भो

भिसा लेबरको                                                                                             

मर्नु र बाँच्नु त

कसको के भर भो...

कतारमा दुई वर्षदेखि मजदुरी गर्दै आएका दयाराम गुरुङले यो गीतमा आपmनै वेदना सुसाएका थिए । श्रोताहरू मन्त्रमुग्ध थिए । स्याङ्जा केउरेभन्ज्याङ-१ घर भएका गुरुङको वेदना तिनको पनि थियो । कतारमा श्रमरत ७० प्रतिशत नेपालीको भावना बोकेको थियो त्यसले । गुरुङ मनका अरू बह पनि थिए ः

घर बन्दकी साहुको हातमा

उँटको गोठमा

क्यै नखाई रातमा

भिसा लेबरको...

गुरुङलाई यसरी सार्वजनिक रूपमा लयालु पारामा सुनिने मञ्च दिएको थियो प्रवासी नेपाली सांगीतिक परिवारले । शुक्रबारे छुट्टीमा आयोजित खुला लोकगीत प्रतियोगितामा यो खाडी मुलुकमा विभिन्न पेसामा संलग्न ४० नेपाली सहभागी थिए । बाजी मारे गुरुङले । उनको गीतको हरेक अन्तरा मन छुने थियो । यो पनि ः

र्झछ आँसु, घट्दै छ आयु

परदेशको ठीक नहुँदा जलवायु

भिसा लेबरको

मर्नु र बाँच्नु त

कसको के भर भो...

'मैले आफंैले भोगेको दुःख हो, जसलाई मैले गीतबाट व्यक्त गरें,' २६ वषर्ीय गुरुङले पछि कान्तिपुरसँग भने, 'प्रथम हुन्छु भन्ने थिएन तर गीत सबैलाई मन पर्छ भन्ने थियो, प्रथम हुँदा साह्रै खुसी छु ।'

अन्य सहभागीले पनि दुःखपीडालाई नै लय दिएका थिए । विदेशतिर हिँड्दा देखेको सपना, विदेश आएपछिको दुःखलाग्दो विपना, घरको सम्झानालाई एउटै धागोमा उनेका थिए । खाडीभूमिमा अत्यन्त प्रचलनमा रहेको खबुस

-सुख्खा रोटी) लाई पनि धेरैले गीतमा समेटेका थिए । जस्तो, दिलकुमार विक गाउँदै थिए ः

कतारको राष्ट्रिय खाना

खबुस मैले खान्छु

चार बजे उठ्छु साथी

ड्युटीतिर जान्छु

रस्लाफानमा ड्युटी मेरो गर्छु लेबर काम

बालुवा अन्डा पाक्ने

लाग्छ चर्को घाम...

सूर्य कापmले, दीपक परियार र मधुसूदन खत्रीले हार्माेनियम र मादलको तालमा यो गीत गाउँदा अधिकांश श्रोता छमछमी नाचिरहेका थिए ः

शरीरभरि पसिना झारी

तीन महिना भो

पा'छैन स्यालरी

चर्को घाममा बासी

खबुस खान्छु

यही चालले कति बस्ने अब नेपाल जान्छु...

प्रतियोगितामा अर्घाखाँची बाघी-१ का गुप्त विक द्वितीय, प्युठान धुवाङ-३ का जित राना तृतीय र गुल्मी पुर्कोट-१ का बाबुराम परियार सान्त्वना स्थानमा रहे । प्रथमले ८, द्वितीयले ६, तृतीयले ४ र सान्त्वनाले १ हजार रुपैयाँसहित सम्मानपत्र, मायाको चिनो प्राप्त गरे ।

'गीतबाट आफ्ना भावना समेटिऊन् र लोकगीत उत्थानमा सहयोग पुगोस् भनेर प्रतियोगिता राखेका हौं,' आयोजक समितिका अध्यक्ष शक्ति क्षेत्रीले भने ।



http://tinyurl.com/2v34aul

कालीगण्डकीमा -याफ्टिङ गर्नेको घुइँचो


वर्षा रोकिएलगत्तै नदीमा पानीको बहाव घटेपछि कालीगण्डकीमा ¥याफ्टिङ गर्ने पर्यटकको संख्या बढेको छ । विश्वका विभिन्न देशबाट पर्यटकहरू (याफ्टिङ गर्न कालीगण्डकी आउने क्रम पछिल्ला वर्षमा बढ्दै गएको छ ।
कात्तिकको अन्तिम सातादेखि मंसिरको अन्तिम सातासम्म पर्यटकहरूको घुइँचो लाग्छ । यो समयमा -याफ्टिङका लागि सहज हुने भएकोले पर्यटकको संख्या बढ्ने
गर्छ ।


हरेक वर्ष यसै समयमा पर्यटकहरू याफ्टिङका लागि आउने गरे पनि पर्यटन वर्ष २०११ को घोषणासँगै यस वर्ष विगतभन्दा पर्यटकको संख्या बढेको व्यवसायीहरूको अनुभव छ । केही वर्षअघिसम्म  प्रतिपर्यटक एक डलर लिने गरे पनि अहिले त्यो रकमसमेत लिन छाडेपछि पर्यटकको तथ्यांक यकिन हुन सकेको छैन ।
कालीगण्डकीमा विशेषगरी इजराइल, जर्मनी, अमेरिका, बेलायत, स्कटल्यान्ड, इंगल्यान्ड, पोल्यान्डलगायतका देशबाट ¥याफ्टिङका लागि पर्यटक आउने गर्छन् । नेपालमा ¥याफ्टिङ गराउने कम्पनीहरू थुप्रै भए पनि कालीगण्डकीमा दर्जनभन्दा बढी कम्पनी कार्यरत छन् । पर्यटकहरू स्विसा, लोटस, होलिडे, प्याडल नेपाल, साई रिभरलगायतका कम्पनीमार्फत ¥याफ्टिङका यहाँ आउने गर्छन् ।
नयाँपुल र मालढुंगादेखि स्याङ्जाको मिर्मिसम्म ६२ किलोमिटरको ¥याफ्टिङ पूरा गर्न तीन दिन लाग्नेगर्छ । नयाँ पुलबाट सुरु भएको ¥याफ्टिङ यात्रामा मोदीबेनी र पुर्तीघाटमा एक÷एक रात बिताउने गरिएको पर्यटकहरू बताउँछन् ।
¥याफ्टिङका लागि उपयुक्त बहाव, मनोरम प्राकृतिक दृश्यलगायत विशेषताका कारण पर्यटकहरू बढी यहीँ आउने गरेको पर्यटक गाइड राम पाण्डेले बताए । पर्यटन वर्ष मनाउँदै गर्दा विगतभन्दा पर्यटकको संख्यामा दोब्बरले वृद्धि हुने आशा उनको छ ।
नेपालका तमोर, अरुण, कर्णाली, त्रिशुली र भोटेकोसीलगायतका नदीहरूमा ¥याफ्टिङ गरिँदै आएको छ । 
¥याफ्टिङलाई व्यवस्थित गर्न र पर्वत जिल्लाका पर्यटकीयस्थलमा पर्यटक भिœयाउने कार्यमा पर्यटन केन्द्र पर्वत लागिपरिरहेको संयोजक शिव शर्मा पौडेलले बताए । जिविसका सूचना अधिकृत तुलसी शर्माले ०५८ सालअघि जिविसले प्रतिपर्यटक एक डलर कर लिने गरेको भए पनि अहिले नेपाल सरकारले नै लिने गरेको जानकारी दिए । यस क्षेत्रमा उपयुक्त होटलहरू नहुँदा पर्यटकहरू धेरै आउन नसकेको उनले बताए

Tuesday, October 26, 2010

माओवदी लडाकु विदेश भ्रमणमा जानु शंकासपद - नेता गुरुङ

By Lok Natha Marasini 

अन्मीनको रेखदेखमा रहेका माओवदी लडाकुका कमाण्डर नीजि भ्रमणको नाममा विदेश भ्रमणमा जानु अत्यन्तै शंकासपद विषय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्गले बताउनुभएको छ ।
नेता गुरुङ्ले माओवादी लगायतका ठुला दलहरुको माध्यमबाट नेपालको संविधान विदेशीले बनाउन खोजेको आरोप लगाउनुभयो ।

दलहरुको अदुरदर्शी क्रियाकलापका कारण अहिलेको अवस्था आएको आरोप लगाउँदै उहाँले ताजा जनादेशका लागि चुनाव गराउन दवाव दिने उद्धेश्यले पार्टीले आन्दोलनको घोषणा गरेको स्पष्ट पानुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्याङ्जाको पुतलीबजार नगरस्तरीय चौथो नगर परिषदको उद्घाटन गर्दै नेता गुरुङ्ले देशमा राजासहितको प्रजातन्त्र आवश्यक भएको भन्दै राजतन्त्र र धर्म निरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने जिकिर गर्नुभयो ।

जनआन्दोलन भाग-२ का सहयात्री दलहरु मिल्न नसकेर प्रधानमन्त्री चयन हुन नसक्दा मुलुक जटिल मोडमा पुगेको दावी गर्दै उहाँले शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष क्यानटोनमेन्टमा रहेका माओवादी लडाकु व्यवस्थापनको प्रक्रिया थालनी हुन नसकेको अवस्थामा संविधान निर्माण हुन नसक्ने दावी गर्नुभयो ।
अर्को एक प्रसंगमा उहाँले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल लहाल प्रचण्डको संयोजकत्वमा गठित कार्यदल असंबैधानिक भएको बताउँदै संविधान लेखनको प्रक्रियालाई थप जटिल बनाएको आरोप लगाउनुभयो । 

कार्यक्रममा राप्रपा नेपाल क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष इन्द्रप्रसाद गुरुङ् ३ का क्षेत्रीय अध्यक्ष विश्वनाथ अर्यालराप्रपा नेपाल स्याङ्जाका कोषाध्यक्ष रेखबहादुर गुरुङ् सदस्य गुप्तबहादुर मल्ल गोपीनाथ पौडेल लगायतले वर्तमान राजनीतिक क्षेत्रमा देखिएका विकृति तथा विसंगति बारे चर्चा गर्नुभएको थियो ।
राप्रपा नेपालका अध्यक्ष मदनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको साचालन सचिव जयनारायण श्रेष्ठले गर्नुभएको थियो । 

स्याङ्गजा मा भव्य कार्यक्रम गरी कण्डम दिवस मनाउने

By Lok Nath Marasini ( Radio Syangja,89.6MHZ )
यहि कार्तिक १३ गते शनिबार कण्डम दिवस विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने जिल्ला एडस समिति स्याङ्जाले निर्णय गरेको छ। पछिल्लो समयमा एच.आई.भि र एडसका बारेमा विभिन्न संघ संस्थाहरुको माध्यमबाट जनस्तरमा राम्रो प्रभाव पार्ने सकिरहेको सन्दर्भमा कण्डम दिवसलाई अझै विस्तृत र खुल्ला रुपमा मनाउने निर्णय भएको हो। कण्डम दिवस मनाउने तयारीका बारेमा सम्बन्धित संघ संस्था तथा पादाधिकारीहरु विच आज स्याङ्जा सदरमुकाममा भएको छलफलले जिल्लाका २ नगरपालिका पुतलिबजार र वालिङ्मा पंञ्चेबाजा सहित वृहत जनसहभागिता सहित चेतना मुलक र्‍यालि प्रदर्शन गर्ने निर्णय गरेको हो।
जिल्ला विकास समिति स्याङ्जा, पुतलिबजार नगरपालिका, वालिङ् नगरपालिका, स्याङ्जा सपोर्ट ग्रुप, सहार समुह, जिल्ला रेडक्रस सोसाइटि, संकल्प सेवा समुह, सक्रिय सेवा समुह, जिल्ला एडस महासंघ लगायत जिल्लाका विभिन्न संघ संस्थाको अर्थिक तथा भौतिक सहयोगमा कार्यक्रम संचालन गरीने भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद ओलीले जिल्ला भित्र रहेका एच.आई.भि. सक्रिमितहरुको वास्तविक तथ्याकं ल्याउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा जिल्लामा एच.आई.भि संक्रमितिको संख्या अनुमानित १ हजार भन्दा बढि भएको भएपनि जिल्लाका विभिन्न संघ संस्थाको सम्पर्कमा मात्रै २४५ जना आएको जानकारी गराइएको थियो।
स्याङ्जा सपोर्ट ग्रुपको संयोजनमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय स्याङ्जाका प्रमुख डा. तारानाथ पौडेल लगायतले बोल्नुभएको थियो।
निमित्त स्थानिय विकास अधिकारी मोतिप्रसाद भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्याङ्जा सपोर्ट ग्रुपका परियोजना संयोजक विजय ज्ञावलिले आफ्नो संस्थाले जिल्लामा गरेका गतिविधि तथा जिल्लामा एच.आई.भि को अवस्था, समस्या तथा समधानका पहल लगायतका विषयमा जानकारी प्रस्तुत गर्नुभएको थियो।

सफलताको कथा :मेरा लागि तरकारी व्यवसाय नै उत्तम


दुर्गाबहादुर लाम्कामगर
तरकारी व्यवसायी

धन कमाउन बिदेसिएकालाई चुनौती दिँदै देवीनगरका दुर्गाबहादुर लाम्कामगरले तरकारीखेतीबाटै प्रशस्त आम्दानी गर्दै आएका छन् । स्वदेशी भूमिमा पसिना बगाउनुजति राम्रो केही नहुने उनको बुझाइ छ । भन्छन्, “चाहे त्यो जस्तो प्रकारको पेसा व्यवसाय होस् ।”




प्रायजसो गोलभेंडाको स्याहारसुसार र अरू बेमौसमी तरकारीका बीउ उमार्नमा व्यस्त रहने मगरले आफ्ना लागि तरकारीखेती नै उत्तम व्यवसाय रहेको बताए । “आयआर्जनका लागि तरकारी व्यवसाय धेरै सजिलो र भरपर्दो माध्यम हो,” उनले भने । 
२५ हजार रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेका उनले आफूले लगाएको गोलभेंडा देखाउँदै भने, “विदेश जाँदा कम्तीमा १ लाख लगानी गर्नुपर्छ, मैले २५ हजार लगानी गरेर तरकारीखेतीको सुरुवात गरेको छु ।” 
मौसमीखेतीभन्दा बेमौसमीखेती गर्न भने गाह्रो हुने उनको अनुभव छ । भन्छन्, “बेमौसमी तरकारीको बजारभाउ जहिले पनि रामै्र रहने हुनाले बेमौसमी तरकारीतर्र्फ आकर्षित भएको हुँ तर गर्न धेरै कठिन छ ।” उनका अनुसार बमौसमी तरकारीमा रोग र कीराको प्रकोप बढी हुन्छ ।
तरकारी बेचेरै उनले वार्षिक १ लाखभन्दा बढी कमाउने गरेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उधारो सामान ल्याएर गुजारा गर्नुपरेको विगत सम्झँदै उनले भने, “तरकारीले मेरो आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याएको छ ।”
उनले बारीमा गोलभेडा, बन्दा, काउली, भण्टा, आलुलगायतका तरकारी लगाएका छन् । एक मौसममा एक क्विन्टल गोलभेडा उत्पादन गर्दै आएका उनले स्थानीय बजारका अतिरिक्त बुटबलसम्म आफ्नो उत्पादन पुग्ने गरेको बताए । “आफ्नै माटोले मलाई व्यवसायीको रुपमा स्थापित गरायो,” उनले भने, “परिश्रम गरेपछि विदेश त यही हुँदोरहेछ, किन विदेश जानु प¥यो ।” 
तनमन लगाएर काम गरे सानो लगानीबाट यही भूमिमा पनि ठूलो प्रतिफल लिन सकिने उनमा विश्वास बढेको छ । “व्यवसायमा लगावका साथ काम गरे विदेशको कमाइभन्दा स्वदेशकै आम्दानीमा रम्न सकिने रहेछ,” उनले भने ।
उनी यतिबेला छिमेकीको पनि प्रशंसक बनेका छन् । तरकारीबारी देखेर छिमेकीहरू छक्क पर्दै स्यावासी दिँदा आफूलाई खुसी लाग्ने गरेको उनले बताए । विभिन्न ठाउँबाट तरकारीखेतीका विषयमा तालिम र परामर्श लिँदै आएका उनका लागि कमाइ र जीविकोपार्जनको उत्तम उपाय तरकारी व्यवसाय नै बनेको छ 

स्याङ्जाको थुमपोखरा का स्थानीयबासीहरु गाउँमा पुस्तकालय खोल्न कसिए

(रिपोर्टर स्याङ्गजा एफएम )
आफ्नो गाउँ आफै बनाउ भन्ने मूल नाराका साथ स्याङ्जाको थुमपोखरा ४ डुम्रीस्वाँराका स्थानीयबासीहरु गाउँमा पुस्तकालय खोल्न कासिएर लागेका छन्। गाउँको शैक्षिक स्तर सुधार्ने उद्धेश्यले गाउँमा पुस्तकालय खोल्ने निर्णय गरेपछि उनिहरु पुस्तकालय संचालनमा जुटेका हुन्। स्थानीय सर्वोदय जनसेवा युवाक्लबको पहलमा गाउँका बुद्धिजिवि, समाजसेवी, युवा एवं बालबालिकाको भेलाले पुस्तकालय संचालन निर्णय गरेको हो। भेलाले अशोक गैह्रेको संयोजकत्वमा पुस्तकालय सञ्चालनको लागि ५ सदस्यीय कार्यसमिति र ३३ सदस्यीय पुस्तकालय व्यवस्थापन उपसमिति गठन गरेको छ। गाउँका युवा शक्ति विदेश पलायन भईरहेको अवस्थामा बालबालिकाको शैक्षिक स्तर खस्कने र फुर्सदको समयमा युवाहरुले विकृति निम्त्याउने खालका क्रियाकलाप गर्ने हुँदा उनीहरुको फुर्सदको समय सहि सदुपयोग गराउनको लागि पुस्तकालय सञ्चालनमा ल्याउने निर्णय गरिएको क्लबका अध्यक्ष बिनिता गैह्रेले जानकारी दिनुभयो। यस्तै आगामी एक महिनाभित्रमा पुस्तकालयको लागि आव्ाश्यक भौतिक पूर्वाधार तयार गरी पुस्तकालय सञ्चालनमा ल्याइने सञ्चालन समितिका संयोजक अशोक गैह्रेले जानकारी दिनुभयो। पुस्तकालयमा बालबालिका, युवा तथा बृद्धबृद्धाहरुलाई आवश्यक ज्ञान, सूचना र मनोरञ्जन प्रदान गर्ने खालका पुस्तक, पत्रपत्रिका राखिनुका साथै हाम्रो समाजमा लोपोन्मुख रुपमा रहेका पुरातात्विक बस्तुहरुको संकलन गरिने क्लबले जनाएको छ।

दरौका एकल महिलाहरु संगठित

By Prakash Dotel 
स्याङ्जाको दरौ गाविस भित्र रहेका एकल महिलाहरु आफ्नो हक हितका लागि भन्दै संगठित भएका छन्। दरौ कुन्चेबारीमा एक भेलाको आयोजना गरी उनिहरु मानव अधिकारको लागि महिला एकल महिला समुहमा संगठित भएका हुन्। समुह गठन कार्यक्रममा बोल्दै समुहकी जिल्ला अध्यक्ष इस्वरी चापागाईले असाहाय पिडित एकल महिलाहरु शान्ति तथा न्यायका लागि एक जुट भै अगाडि बढनुपर्ने आवश्यकता औलाउनुभएको थियो। सपन्न भेलाले शान्ति गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय गाविस स्तरीय एकल महिला समुह गठन गरेको छ।

Monday, October 25, 2010

पुस्तकालयलाई धार्मिक पुस्तकहरु हस्तान्तरण

स्याङ्जा - विश्व शान्ति सामुदायिक पुस्तकालय जैसीडाँडा स्याङ्जामा एक कार्यक्रमका विच विभिन्न धार्मिक पुस्तकहरु पुस्तकालयलाई हस्तान्तरण गरीएको छ । अठार पुराण तथा अन्य विभिन्न धार्मिक पुस्तकहरु हस्तान्तरण गरीएको कार्यक्रममा बोल्दै पुस्तकदाता सुनिता अर्यालले पुस्तकहरु संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा ज्यो. पंडीत कृतिप्रसाद रेग्मीले धार्मिक पुस्तक तथा १८ पुराणको महत्व बारेमा जानकारी गारउनुभएको थियो ।

कार्यक्रममा पुस्तकालय संचालक समितिका सदस्य सचिव शालिग्राम रेग्मीले पुस्तकालयलाई हस्तान्तरण गरीएका पुस्तकहरु तथा दात्ताहरुको नामा पढेर सुनाउनुभएको थियो । संचालक समितिका पुर्व अध्यक्ष कृष्णबन्धु आर्याल सदस्य ऋषिकुमारी अर्याल लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो । पुस्तकालय संचालक समितिका अध्यक्ष परमबन्धु अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कृष्णप्रसाद अर्यालले गर्नुभएको थियो । 

Sunday, October 24, 2010

दशैं कै बाँकि कुरा :वचन पूरा नभएपछि नेताले टिका लाएनन् !

टेक नारायण भट राई 


कात्तिक ७- गाउँमा बिजुली बत्ती बालेरै छाड्ने र बत्ती नबाले दशैँको रातो टिका नलगाउने, परिवारलाई पनि नलगाइदिने वाचा गरेका स्याङ्गजा साँखर गाविसका क्रियाशील राजनीतिक दलका प्रमुखले बचन पुरा नभएको भन्दै दसैँ टिका लगाएनन्। १४ वर्ष अघि बिजुली बाल्न साखँरका केही वडामा बिजुली पोल गाडिए पनि अहिलेसम्म एउटै वाडमा पनि विजुली बलेको छैन।
दशैँमा गाविसमा बत्ती भित्राएरै छाड्ने नेताले सार्वजनिक रुपमा लिखित प्रतिवद्धता गरेका थिए।
प्रतिवद्धता पुर नभएपछि नेता आफूले पनि टिका लगाएनन् भने परिवारलाई पनि लगाइदिएनन्। भदौ १९ गते शनिबार युवाहरुले आयोजना गरेको गाविस स्तरीय भेलामा तीन राजनीतिक दलका नेताले डेढसय गाउँलेको माझमा प्रतिवद्धता गरेका थिए। बिजुली ल्याउन नेता सक्रीय नभएको भन्दै जनगुनासो आएपछि उनीहरुले प्रतिबद्धता गरेका थिए।
नेपाली कांग्रेस गाउँ पार्टी सभापति ज्ञानेश्वर बस्ताकोटी, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष तारानाथ ढकाल र एकीकृत नेकपा माओवादी गाउँ कमिटी सचिव तिलकचन्द्र ढकालले टिका नलगाएका हुन्। उनीहरुले परिवारका सदस्यलाई पनि टिका लगाइदिएनन्।
'दशैंका दिन सबै एकैठाउँ जुट्यौ र खिन्न भएर बस्यौं।' एमालेका ढकालले भने, 'दसैंको दिनभर परिवार पनि निन्याउरो मुख लगाएर बसे। वृद्ध बुबको हातबाट टिका लगाउन पनि पाइएन।'
जनतामाझ गरेको बचन पुरा नभएकोले नैतिक जिम्मेवारी लिँदै टिका नलगाएको माओवादी सचिव ढकालले बताए। कांग्रेस सभापति बस्ताकोटीले विकास निमार्णलाई प्राथमिकता दिएको बताए। 'टिका लगाउन नपाउँदा खिन्नता त भयो तर टिका भन्दा विकास ठूलो मान्यौं।'

कार्यक्रमको आयोजना गर्ने युवा अगुवा शंखर पोखरेलले नेताले वाचा अनुसार प्रसस्त प्रयास गरेको बताए। 'सफल हुन नसकेपनि प्रयास गर्नुभयो।' उनले भने, 'बाचा गरेकै अर्कोदिन सवै मिलेर विद्युत प्राधिकरण र जिविसमा जानुभयो, जिल्लाबाट नहुने भएपछि काठमाडौ सम्म पुग्नु भो।'
साँखर विद्युत उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले विद्युत विस्तारका लागि सबै सामाग्री पाएको तर सबमिटर नपाएर दसैंमा बत्ति नबलेको बताए। उनले दसैँको दिन तीन नेतासँगै आफूले पनि दिन बिताएको बताए।
'मैले टिका त लगाएँ तर मन खुसी भएन। साथीहरुलाई ढाडस दिएर बसेँ।दसैंमा नबलेपनि सबै सामान जुटेको छ, यसै महिना विजुली भित्रन्छ होला।' उनले थपे, 'देशकै ठूलो विद्युत आयोजना भएको जिल्लाका हामी 'बत्ति मुनीको अँध्यारोमा' छौं।

सिर्सेकोट नमुना पर्यटकीय गाउँ बन्दै


By Prakash Dotel.


गाउँलाई ग्रामीण पर्यटकीय स्थलका रूपमा विकसित गराउँदै स्थानीय वासीहरू विश्वका पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । नेपाल भ्रमण वर्ष १९९८ मा स्याङ्जाको दरौं सिरुवारीलाई नेपालकै पहिलो नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा विकास गरेपछि हौसिएका जिल्लाका ग्रामीण भेगका बासिन्दाहरू गाउँलाई पर्यटकीयस्थल बनाउन एकजुट भएर लागेका छन् ।
स्याङ्जा सदरमुकामबाट दक्षिणतर्फ सिद्धार्थ राजमार्गको करिब ४० किलोमिटर पार गर्दा आउने तीनदोबाटे गाबिसको बायाँटारीबाट पश्चिमतर्फको कच्ची सडकबाट करिब २० किलोमिटरको यात्रापछि पुगिने गाउँ सिर्सेकोट–३ मैदान नमुना पर्यटकीय क्षेत्र उन्मुख गरुङ गाउँ हो । गुरुङको बाहुल्यता रहेको सिरुवारी गाउँ पर्यटकीय गाउँ बनेपछि सिर्सेकोटका गृहिणीहरू आफ्नो गाउँलाई पर्यटकीय क्षेत्र बनाउन कम्मर कसेर लागेका थिए । गरे के हुँदैन भन्ने सन्देशसमेत गृहिणीहरूले दिएका छन् । 
पछिल्लो तीन वर्षमा स्थानीय गृहिणीहरूको सक्रियतामा गृहिणी समूह गठन गरी महिलाहरूको सहकार्यले अहिले मैदानको गुरुङ गाउँ नमुना पर्यटकीय क्षेत्र उन्मुख छ । गृहिणीहरूको सक्रियतामा होमस्टे तालिमबाट प्राप्त ज्ञान र सीपलाई गाउँका घर–घरमा प्रयोगमा ल्याइएको छ । 
सिर्सेकोट अवलोकनका लागि आउने पर्यटकको सख्यामा समेत वृद्धि भएको छ । विगतका वर्षमा एकादुई आउने पर्यटकको संख्या वृद्धि भएर अहिले सयौको संख्यामा पुगेको स्थानीय गृहिणीहरू बताउँछन् ।
स्थानीय गृहिणीहरूको अगुवाइमा स–साना बालबालिकादेखि वृद्ध–वृद्धासम्मले गर्नेे बाजा–गाजासहितको गुरुङ संस्कृति झल्काउने घाटु नाच, सालैजोजस्ता गीतमार्फत गरिने स्वागतले पर्यटकहरू मख्ख पर्छन् । स्थानीय गृहिणीहरूको स्वागत र सम्मानले त्यहाँ पुग्ने पर्यटकहरूले आफ्नो बसाइलाई केही दिन लम्ब्याउने गरेको समेत बताइन्छ । 
नमुना पर्यटकीय क्षेत्र उन्मुख त्यहाँ न कुनै होटल छ, न कुनै रेस्टुराँ नै छ, अवलोकनका लागि गाउँमा आउने पर्यटकलाई घर–घरमा भाग लगाएर स्थानीय स्तरमा उत्पादित वस्तुबाट तयार पारिएको खानेकुरा खुवाई पर्यटकलाई सम्मान र सत्कार गर्ने प्रचलन रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।
अवलोकनका लागि नमुना पर्यटकीय क्षेत्र उन्मुख गाउँ सिर्सेकोट–३, मैदान पुग्ने पर्यटकहरू आफ्नो मनोभावना पूरा होस् भनेर त्यहाँको प्रख्यात अकलादेवीको मन्दिरमा पुुग्छन् । धार्मिक रूपले पनि निकै महत्वपर्ण मानिएको उक्त मन्दिरमा भगवानको रूप धारण गरेकी महिला एक्लै सुत्केरी भएको किंवदन्तीमा उल्लेख छ । किंवदन्तीका उल्लेख भएअनुरूप उक्त स्थललाई धार्मिक पर्यटकीय स्थलका रूपमा समेत विकास गर्न सकिने विश्वास स्थानियवासीको छ । 
मनोभावना पूरा हुने अपेक्षासहित मन्दिर दर्शनका लागि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाबाट आउने दर्शनार्थीहरूको दिनहँुजसो ठूलो भीड लाग्ने गर्छ । देशका विभिन्न मठमन्दिरमा पुग्दा कसैले नसुन्ने गरी आशीर्वाद दिने र लिने प्रचलन रहिआए पनि अकला मन्दिरमा पुग्दा त्यहाँका पुजारीले चर्को स्वरमा आशीर्वाद लिने चलनसमेत रहेको छ ।
गृहिणीहरूले आफ्नो गाउँलाई सधैं सफा राख्न गरेको प्रयास उदारणीय र अनुकरणीय रहेको छ । सिर्सेकोट पर्यटन विकास तथा व्यवस्थापन समिति मार्फत स्थानीयवासी गृहिणी तथा पुरुषहरूको सक्रियतामा विभिन्न रचनात्मक कार्य गर्दै आइरहेका छन् ।
पर्यटकलाई आर्कषण गर्नका लागि तयार पारिएको कुडुले घरमा राखिएको परम्परा झल्कने वस्तुहरूले पर्यटकहरू पुर्खा सम्झन बाध्य हुन्छन् । कुडुले घरको अवलोकन गर्दा आधुनिकताको नाउँमा पुर्खाले गरेका रचनात्मक काम भुलिएको अनुभूति गर्ने गरेको स्थानीयवासी बताउँछन् ।
निकै अग्लो पाहाडको चुचुरोमा रहेको सिर्सेकोटलाई नेपालकै नमुना गाउँ बनाउन खानेपानी बाधक बनेको छ । उच्च भागमा रहेको क्षेत्रमा पानीको स्थायी स्रोत नभएका कारण पानीको व्यवस्था मिलाउन निकै खर्चिलो रहेको स्थानीय गृहिणी दुर्गा गुरुङले बताइन् । उनी भन्छिन्, “पानीका समस्याले पर्यटक आकर्षणका थप काम गर्न सकिएको छैन ।”
सिर्सेकोटलाई ग्रामीण पयटकीय क्षेत्रका रूपमा उचित विकास गराउन नेपाल पर्यटनबोर्ड तथा जिल्लास्थित संघ–संस्थाहरूले विभिन्न समयमा महत्वपूर्ण सहयोग गरेको स्थानीय युवा समाजसेवी श्याम गुरुङले बताए । नेपाल पर्यटन वर्ष २०११ लाई अवसरका रूपमा सदुपयोग गर्दै सिर्सेकोटलाई विश्वका पर्यटकसामु परिचित बनाउने अभियानमा यतिबेला गृहिणीहरूले थप सक्रियता देखाएका छन् !




http://tinyurl.com/2vf927n