Thursday, October 28, 2010

क्याक्मी महोत्सव सम्पन्न ११ लाख बढिको कारोबार

 (लोकनाथ मरासिनी) 


स्याङ्जा, कार्तिक ११ - स्याङ्जाको क्याक्मीमा आयेाजना गरिएको क्याक्मी महोत्सवमा ११ लाख ६४ हजार ३ सय ५४ बराबरको कारोबार भएको छ ।
'स्याङ्गजा जिल्लाको रमणिय गाउ स्वास्थ्य चौकी निमार्णमा सहयोग पुर्‍याऊ क्याक्मी महोत्सब २०६७ हेर्न जाऊ भन्ने नाराका साथ कार्तिक १ गतेदेखि ५ गतेसम्म क्याक्मीको दग्दीबजारमा महोत्सव सञ्चालन भएको थियो । 

स्याङ्जा सदरमुकामबाट करिब ४५ किलोमिटर दक्षिणमा पर्ने क्याक्मीमा स्वास्थ्य चौकी साचालनमा सहयोग पुर्याउने उद्येश्यले महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
क्याक्मी गाउँ विकास समितिबाट ८० हजार आपसी सहयोग केन्द्र र पर्यटन बोर्डबाट ४५ हजार गरि कुल १ लाख २५ हजार टिकट विक्रिबाट ३ लाख ९७ हजार ५ सय ९० कार्यक्रममा सहयोग स्वरुप प्राप्त भएको ६१ हजार २ सय १२ रुपैँया गरी कुल ५ लाख ८३ हजार ८ सय २ रुपैँया आम्दानी र महोत्सवका विविध शीर्षकमा गरी कुल ५ लाख ८० हजार ५सय ५२ रुपैँया खर्च भएको मंगलबार महोत्सव समिक्षा कार्यक्रममा जानकारी गराईएको थियो । 
स्वास्थ्य चौकी साचालानार्थ आयोजना गरिएको महोत्सवमा कुल ३ हजार २ सय ५० रुपैँया मात्र मुनाफा प्राप्त भएको छ ।
महोत्सव स्याङ्जाको दुर्गम स्थानमा पहिलोपटक आयोजना गरिएको हुनाले अपेक्षा अनुसारको उपलब्धी हासिल गर्न नसकिएको महोत्सव आयोजक समितिका सचिव इन्द्र रुचालले जानकारी दिए ।
क्याक्मी बहुमुखी क्लबको आयोजनामा भएको महोत्सबमा २४ हजार दर्शकले अबलोकन गरेका थिए ।
महोत्सबमा बिल्यु स्काई प्याराग्लाइडिङ्ग प्रा.लि. पोखराको टोलीबाट महोत्सव स्थलबाट करिब ६ किलोमिटर टाढा क्याक्मी गाउँविकास समिति वडा नं.१ को पुर्काटको डाडाँबाट ८ सय मिटर दुरीको प्याराग्लाइडिङ्ग समेत गरिएको थियो ।
प्यारासुटबाट लिदै गरेको मनोराजन पाल्पाको ११ स्याङ्गजाको ७ तनहुँको ६ र नवलपरासीको ६ गाउँ बिकास समितिबाट देखिएको महोत्सबका संयोजक धन बहादुर थापाले बताए ।
सन् २०११ लाई सरकारले पर्यटन बर्षका रुपमा मनाउन लागिरहेको बेला क्याक्मीमा भएको प्याराग्लाइडिङलाई निरन्तरता दिने हो भने लाखौ पर्यटक स्याङ्गजा भित्र्याउन सकिने आयोजकको दाबी छ ।

No comments:

Post a Comment