Tuesday, October 26, 2010

माओवदी लडाकु विदेश भ्रमणमा जानु शंकासपद - नेता गुरुङ

By Lok Natha Marasini 

अन्मीनको रेखदेखमा रहेका माओवदी लडाकुका कमाण्डर नीजि भ्रमणको नाममा विदेश भ्रमणमा जानु अत्यन्तै शंकासपद विषय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्गले बताउनुभएको छ ।
नेता गुरुङ्ले माओवादी लगायतका ठुला दलहरुको माध्यमबाट नेपालको संविधान विदेशीले बनाउन खोजेको आरोप लगाउनुभयो ।

दलहरुको अदुरदर्शी क्रियाकलापका कारण अहिलेको अवस्था आएको आरोप लगाउँदै उहाँले ताजा जनादेशका लागि चुनाव गराउन दवाव दिने उद्धेश्यले पार्टीले आन्दोलनको घोषणा गरेको स्पष्ट पानुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्याङ्जाको पुतलीबजार नगरस्तरीय चौथो नगर परिषदको उद्घाटन गर्दै नेता गुरुङ्ले देशमा राजासहितको प्रजातन्त्र आवश्यक भएको भन्दै राजतन्त्र र धर्म निरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने जिकिर गर्नुभयो ।

जनआन्दोलन भाग-२ का सहयात्री दलहरु मिल्न नसकेर प्रधानमन्त्री चयन हुन नसक्दा मुलुक जटिल मोडमा पुगेको दावी गर्दै उहाँले शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष क्यानटोनमेन्टमा रहेका माओवादी लडाकु व्यवस्थापनको प्रक्रिया थालनी हुन नसकेको अवस्थामा संविधान निर्माण हुन नसक्ने दावी गर्नुभयो ।
अर्को एक प्रसंगमा उहाँले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल लहाल प्रचण्डको संयोजकत्वमा गठित कार्यदल असंबैधानिक भएको बताउँदै संविधान लेखनको प्रक्रियालाई थप जटिल बनाएको आरोप लगाउनुभयो । 

कार्यक्रममा राप्रपा नेपाल क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष इन्द्रप्रसाद गुरुङ् ३ का क्षेत्रीय अध्यक्ष विश्वनाथ अर्यालराप्रपा नेपाल स्याङ्जाका कोषाध्यक्ष रेखबहादुर गुरुङ् सदस्य गुप्तबहादुर मल्ल गोपीनाथ पौडेल लगायतले वर्तमान राजनीतिक क्षेत्रमा देखिएका विकृति तथा विसंगति बारे चर्चा गर्नुभएको थियो ।
राप्रपा नेपालका अध्यक्ष मदनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको साचालन सचिव जयनारायण श्रेष्ठले गर्नुभएको थियो । 

No comments:

Post a Comment