Wednesday, October 27, 2010

खाडी मुलुक कतार मा आयोजित खुला लोकगीत प्रतियोगितामा हाम्रै स्याङ्गजाली प्रथम भए !




दसैंतिहार धनीलाई रैंती भो

म गरिबलाई बेल्चा र गैंची भो

भिसा लेबरको                                                                                             

मर्नु र बाँच्नु त

कसको के भर भो...

कतारमा दुई वर्षदेखि मजदुरी गर्दै आएका दयाराम गुरुङले यो गीतमा आपmनै वेदना सुसाएका थिए । श्रोताहरू मन्त्रमुग्ध थिए । स्याङ्जा केउरेभन्ज्याङ-१ घर भएका गुरुङको वेदना तिनको पनि थियो । कतारमा श्रमरत ७० प्रतिशत नेपालीको भावना बोकेको थियो त्यसले । गुरुङ मनका अरू बह पनि थिए ः

घर बन्दकी साहुको हातमा

उँटको गोठमा

क्यै नखाई रातमा

भिसा लेबरको...

गुरुङलाई यसरी सार्वजनिक रूपमा लयालु पारामा सुनिने मञ्च दिएको थियो प्रवासी नेपाली सांगीतिक परिवारले । शुक्रबारे छुट्टीमा आयोजित खुला लोकगीत प्रतियोगितामा यो खाडी मुलुकमा विभिन्न पेसामा संलग्न ४० नेपाली सहभागी थिए । बाजी मारे गुरुङले । उनको गीतको हरेक अन्तरा मन छुने थियो । यो पनि ः

र्झछ आँसु, घट्दै छ आयु

परदेशको ठीक नहुँदा जलवायु

भिसा लेबरको

मर्नु र बाँच्नु त

कसको के भर भो...

'मैले आफंैले भोगेको दुःख हो, जसलाई मैले गीतबाट व्यक्त गरें,' २६ वषर्ीय गुरुङले पछि कान्तिपुरसँग भने, 'प्रथम हुन्छु भन्ने थिएन तर गीत सबैलाई मन पर्छ भन्ने थियो, प्रथम हुँदा साह्रै खुसी छु ।'

अन्य सहभागीले पनि दुःखपीडालाई नै लय दिएका थिए । विदेशतिर हिँड्दा देखेको सपना, विदेश आएपछिको दुःखलाग्दो विपना, घरको सम्झानालाई एउटै धागोमा उनेका थिए । खाडीभूमिमा अत्यन्त प्रचलनमा रहेको खबुस

-सुख्खा रोटी) लाई पनि धेरैले गीतमा समेटेका थिए । जस्तो, दिलकुमार विक गाउँदै थिए ः

कतारको राष्ट्रिय खाना

खबुस मैले खान्छु

चार बजे उठ्छु साथी

ड्युटीतिर जान्छु

रस्लाफानमा ड्युटी मेरो गर्छु लेबर काम

बालुवा अन्डा पाक्ने

लाग्छ चर्को घाम...

सूर्य कापmले, दीपक परियार र मधुसूदन खत्रीले हार्माेनियम र मादलको तालमा यो गीत गाउँदा अधिकांश श्रोता छमछमी नाचिरहेका थिए ः

शरीरभरि पसिना झारी

तीन महिना भो

पा'छैन स्यालरी

चर्को घाममा बासी

खबुस खान्छु

यही चालले कति बस्ने अब नेपाल जान्छु...

प्रतियोगितामा अर्घाखाँची बाघी-१ का गुप्त विक द्वितीय, प्युठान धुवाङ-३ का जित राना तृतीय र गुल्मी पुर्कोट-१ का बाबुराम परियार सान्त्वना स्थानमा रहे । प्रथमले ८, द्वितीयले ६, तृतीयले ४ र सान्त्वनाले १ हजार रुपैयाँसहित सम्मानपत्र, मायाको चिनो प्राप्त गरे ।

'गीतबाट आफ्ना भावना समेटिऊन् र लोकगीत उत्थानमा सहयोग पुगोस् भनेर प्रतियोगिता राखेका हौं,' आयोजक समितिका अध्यक्ष शक्ति क्षेत्रीले भने ।



http://tinyurl.com/2v34aul

No comments:

Post a Comment