Saturday, December 18, 2010

स्याङ्जामा सुर्तीजन्य पदार्थ सेवन विरुद्ध पदयात्रा

लोकनाथ मरासिनी पौष २,स्याङ्जा  
सुर्तीजन्य पदार्थ सेवन विरुद्ध स्याङ्जामा शुक्रबार जनचेतनामुलक पदयात्रा लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको भएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जाल स्याङ्जामा आवद्ध २२ सामाजिक संस्था र नागरिक समाजको सक्रियतामा जनदवाव पदयात्रा तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम आयोजना गरिएको हो । स्याङ्जा सदरमुकामको सहिदचोकबाट निस्केको पदयात्राले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली मार्फत ज्ञापन पत्र बुझाएको हो । जनस्वास्थयमा प्रतक्ष्य असर पार्ने सुर्तिजन्य बस्तुहरुको नियन्त्रणका लागि अन्तराष्ट्रिय महासन्धि र नेपालको अन्तरिम संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि लागु नगर्नाले हजारौं नेपाली सुर्तिजन्य पदार्थको सेवनबाट रोगी भई अकालमा मृत्यु भएकोले सुर्ति नियन्त्रण तथा नियमन विधेयक संसदबाट पास गरी लागु गर्न जोडदार ज्ञापनपत्रमा माग गरेको छ । ज्ञापनपत्रमा व्यवस्थापिका संसदमा विधेयक पेश गर्ने वातावरण नभए मन्त्रिपरिषदबाट निर्णय गराएर तुरुन्त लागु गर्न जोड दिइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी वलीले सञ्जालले गरेको कामको स्रहान गर्दै सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ प्रयोग नगर्न सवैसँग आग्रह गर्नुभयो ।

No comments:

Post a Comment