Sunday, December 19, 2010

स्याङजामा २ सय ३१ एच आइ भी संक्रमित


प्रकाश डोटेल स्याङ्जा-३, पौष
स्याङजामा एचआइभी संक्रमितको संख्या २ सय ३१ पुगेको छ । एड्स लागेर मृत्यु हुनेको संख्या भने ३० पुगेको छ । एचआइभी संक्रमितहरु सामाजिक विभेदका कारणले खुल्न नसक्दा एकीन तथ्याङ्क बाहिर आउन नसकेको गैर सरकारी सस्थाको भनाइ छ ।
जिल्लामा एचआईभी एड्को क्षेत्रमा कार्यरत संघसंस्थाले करोडौंको काम गरेको बताएका छन् । करोडौको वजेट आएपनि संक्रमितसम्म पुग्ने गरेको छैन । संक्रमितहरु बिभिन्न संघ संस्थाको साहरामा आफ्नै शिपलाई परिचालन गरि बाच्न बाध्य भएका छन ।
एचआइभी लाग्नुको कारण जेहोस्, मायाको सट्टा छिछि र दुरदुर हुनेहुँदा एचआइभि संक्रिमित खुलेर वाहिर आउन चाहदैनन् । जसले गर्दा अझ उनीहरुबाट अरु व्यक्तिमा र्सर्ने संभावना वढ्छ ।
हालसम्म जिल्लामा २ सय ३१ एचआइभि संक्रमित वाहिर आएका छन् । जसमध्ये १ सय ३५ पुरुष र ९६ महिला रहेका छन् । यि मध्ये संक्रमित बालबालिका २१ जना छन् ।
सामाजिक अपहेलनाका कारण संक्रमितहरु खुलेर वाहिर आएका छैनन । जसले हिम्मत देखाएर म एचआइभि पिडित हु भनेर अगाडि आएका छन् उनीहरुलाई संक्रमणभन्दा पनि परिवार र समाजका कारण वाँच्न गाहो भैरहेको एचआइभी संक्रमित जगत खडकाले बताए ।
सरकारवाट एचआईभि संक्रमितका लागि छुट्टाइएको वजेट पनि राम्रोसँग परिचालन हुन सकेको छैन् । संक्रमणमा परेकाले नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ । त्यसमा पनि औषधी लिनैका पोखरा पुग्नुपर्ने बाध्यताले थप पीडामा परेको बताउछन संक्रमित धनसिंह थापा ।
संक्रमित विरामीलाई सहयोग गर्ने नाममा खुलेका गैरसरकारी संघसस्थाले केही सीपमूलक तालिम दिइरहेका पनि छन् । तर सामाजिक असहयोगका कारण यो सीप प्रयोगमा ल्याउन सजिलो देखिएकेा छैन ।
संक्रमित तथा प्रभाबित अहिले आयअर्जन गर्न बिभिन्न शिपमुलक कार्यहरु गर्दै आइरहेका छन तर उनिहरुको शिपको उचित मुल्य पाउन सकेका छैनन । राज्यले उचित बजेटको ब्यबस्थ ागर्न सके उनिहरु सहज जिवनयापन गर्न गर्न सक्ने संकल्प सहयोग संस्थाका संयोजक लक्ष्मण खांणले बताए ।

No comments:

Post a Comment