Friday, December 24, 2010

बिद्यालय मा उच्च मावी बनाउन एकै दिन १४ लाख घोषणा

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 

स्याङजा जिल्लाको दुर्गम गाविस चित्रेभञ्ज्याङमा रहेको मातृ भूमि माध्यमिक विद्यालयमा उच्च मा.वि.सञ्चालानार्थ १४ लाखभन्दा बढि रकम एकै दिनको घोषणा सभाबाट संकलन भएको छ ।गाउँमै उच्च माध्यमिक तहसम्मको शिक्षा दिलाउन र गाउँको मुहार शिक्षाले उज्याँलो पार्ने अभियान का साथ स्थानीय समाजसेवी, बुद्धिजिवि, शिक्षाप्रेमी एवं अभिभावकहरुले घोषणा सभामा एकै दिनमा १४ लाख ३५ हजार रुपैयाँ नगद उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।कार्यक्रममा सहभागिहरुले घरदैलोमा नै आफ्ना बालबालिकाहरुलाई उच्च शिक्षा दिलाउने अवसर पाएकोमा खुशी ब्यक्त गरेका छन् । यसरी सहयोग प्राप्त भएपछि विद्यालयले आउँदो शैक्षिक सत्रबाट उच्च माध्यमिक विद्यालयको पढाई सुरु गरिने जानकारी दिएको छ ।

No comments:

Post a Comment