Sunday, December 19, 2010

आप्रवासी दिवसमा विविध कार्यक्रम


प्रकाश डोटेल स्याङ्जा-३, पौष
कामका खोजीमा देश बाहिर रहेका आप्रवासी कामदारको अधिकारलाई संरक्षण गर्न तथा कामको खोजीमा बाहिर जान लागेकाहरुलाई सचेतना मुलक कार्यक्रम गर्दै नेपालमा सन २००० देखि मनाउँदै आएको आप्रवासन दिवस शनिवार देश भर विभिन्न कार्यक्रम संचालन गरि मनाइएको छ ।
देशका विभिन्न शहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा प्रभातफेरि, अन्तरक्रिया, सचेतना मुलक कार्यक्रम, आप्रवासी कामदारहरुको समस्याहरुको भनाई र सुनाई तथा रचनात्मक कार्यक्रम गरि यो दिवस मनाइएको हो ।
अन्तरराष्ट्रिय आप्रवासन दिवस २०१० का अवसरमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जारी गरेको राष्ट्रिय आव्हृान पत्रमा २०६७ आषाढ मसान्तसम्ममा श्रम स्वीकृत लिएर जानेको संख्या १७ लाख २६ हजार ३ सय १८ रहेको बताइएको छ ।
श्रम स्वीकृत लिनेको संख्या करिव १८ लाख भएपनि अभिलेखवद्ध नगरिएको संख्या जोड्ने हो भने यो दोब्बर हुने अनुमान गरिएको छ । नेपाली आप्रवासी कामदारले प्रत्येक वर्षनेपालमा करिव २ खर्ब रेमिटान्स भित्र्याउने गरेका छन् ।
त्यसैगरि नेपालबाट ठूलो संख्यामा महिलाहरु पनि कामको खोजीमा विदेशीने क्रम बढ्दो छ । सरकारले बैदेशिक रोजगारमा संलग्न कामदारहरुको अधिकार संरक्षण तथा प्रवर्द्धन गर्नका लागि बैदेशिक रोजगार ऐन २०६४ तथा नियमावली २०६४ कार्यान्वयनमा ल्याएको छ ।
आप्रवासि दिवसलाई भव्यताका साथ सम्पन्न गर्न तथा यसको महत्व अझ प्रभावकारी बनाउने जिल्लाका सबै गाविस स्तरमा सचेतनाम मुलक कार्यक्रम गर्न पत्रचार गरिएको स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेलले बताए । कार्यक्रमबाट आप्रवासी कामदारका परिवार अझ सचेत हुने अपेक्षा गरिएको पौडेलले बताए ।
अन्तरराष्ट्रिय आप्रवासन दिवस २०१० लाई भव्यतापूर्वक सम्पन्न गर्न श्रम तथा यातायात मन्त्रालयका सचिवको अध्यक्षतामा केन्द्रिय समिति गठन गरि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यस दिवसलाई भव्यताका साथ सम्पन्न गर्नमा संयुक्त राष्ट्रसंघ महिला विकास कोष युनिफेमले सहयोग गरेको छ 

No comments:

Post a Comment