Friday, December 24, 2010

दलित कानून सहायक तालिम सुरु

लोकनाथ मरासिनी

पौष ९, स्याङ्जा । 

जिल्ला अदालत बार एशोसिएशन स्याङ्जाको अयोजनामा शुक्रबारदेखि ५ दिने दलित कानून सहायक तालिम सुरु भएको छ । कानून सम्बन्धी आधारभूत जानाकारी गराउने उद्धेश्यले संचालित तालिमको एक कार्यक्रमका विच जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीले शुक्रबार दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो ।स्याङ्जा बार एशोसिएशनको प्राङ्गणमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला न्याधिश रेग्मीले कानूनको अज्ञानता क्षम्य नहुने भएकाले सबै नागरिकले कानून जानेको हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
१३ गतेसम्म संचालन हुने तालिममा जिल्लाका पुतलीबजार र वालिङ न.पा.का प्रत्येक वडा बाट १/१ जना तथा छानिएका १६ गा.बि.स.बाट १/१ जना गरी कुल ४० जनाको सहभागिता रहेको छ ।

No comments:

Post a Comment