Thursday, December 23, 2010

धार्मिक पर्यटकिय क्षैत्र सिताकुण्डमा मोटर पुग्यो

प्रकाश डोटेल स्याङ्जा–८, पौष
पाल्पा जिल्लाको दक्षिण भेगको पर्यटकिय क्षेत्र दर्छा गाविस स्थित सिताकुण्ड लाम्टाङ्मा पहिलो पटक ग्रामीण सडक निर्माण सम्पन्न भएको छ । एक सय आठ कुण्ड मध्येको एक सिताकुण्ड हो । दर्छा गाबिसको १० लाख अनुदान सहयोग वडा नं २ र ३ को वडा कोष तथा जुल्केनी सामुदायिक बनको समुह कोष र स्थानीय उपभोक्ताको श्रमदान ३ लाख गरी १३ लाखको लागतमा सात किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न भएको हो । सडक पुगेपछि सिताकुण्ड क्षेत्रमा पहिलो पटक बस पनि पुगेको छ ।
गण्डकीबेसी पाल्पा जिल्लाको धार्मिक एवं एतिहासीक रुपलै महत्वपूर्ण सिताकुण्डमा सडक पुगेपछि यसको महत्व बढ्नुका साथै बिकास हुने आशा लिइएको सडक उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर ठाडाले बताए ।
त्रेतायुगमा मर्यादापुरुषौतम भगबान सिता र रामको किम्बदन्तीमा बिश्वास गरिदै आएको कहिल्यै नसुक्ने अग्लो डाडामा रहेको कुण्डको बिकास प्रचार– प्रसार गरी पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर गदै सर्बदलिय सहमतिमा दश लाख अनुदान बिनियोजन गरि सडक निर्माण गरिएको गाबिस सचिब देबेन्द्र प्रसाद पोखरेलले बताए ।
जिल्लाकै बिकट क्षेत्रमा रहेको सिताकण्डमा सडक पुगेपछि यसक्षेत्रको पर्यटन बिकास हुने स्थानिय उत्पादन तरकारीले बजार पाउने भएपछि स्थानियवासीमा खुसी भएको श्याम मल्लले बताए ।
तालमा आफै फल्ने झर्नै उम्रने पशुले कहिलै नखाने धान मनोआकांक्षा भाकल पुरा हुने बिश्वास गरीने सिताकुण्डमा हरेक कृष्णजन्मष्टमीका दिन काली नदि रामघाटबाट सिताकुण्डमा जल चढाइ धान गोड्नहरुको मेला लाग्दछ ।

No comments:

Post a Comment