Saturday, October 23, 2010

जीप दुर्घटनामा एक को मृत्यु !

राजन पौडेल


स्याङ्जाको पिडिखोलाको डुडे बजारबाट गल्याङ्तर्फ आइरहेको ग १ ज २०८० नम्बरको जिप पिडिखोला २ सोतामा हिजो साझँ भएको दुर्घटनामा गम्भिर घाइते खगीसरा सिजांलीको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते सिजांलीको उपचारका लागि पाल्पा प्रबास लाने क्रममा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइतेहरुमा चालक श्याम न्यौपाने, दिनेश सापकोटा, जिपका साहु टिकाराम भण्डारी, पिडिखोलामा कार्यरत प्रहरी जवान ओम प्रकाश निसाद रहेका छन् । घाइतेहरुमा एक जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र ११ जनाको पाल्पालको मिसन अस्पतालमा उपचार भैरहेकोे प्रहरीले जनाएको छ । जिप ग्रामीण सडकबाट एक सयमिटर तल खसेको हो । दर्घटनामा घाइते भएकाहरुको स्थानिय बासिन्दा, वडा प्रहरी कार्यलय, वालिङ् र गल्याङ् प्रहरी चोकीबाट गएको टोलीले उद्धार गरेको हो

Thursday, October 21, 2010

स्याङ्जाका पसलहरु स्थानिय प्रशासन सँग भएको बर्ता पश्चात साँझ ५ बजेपछि खुले

Lok nath marasini 
आज दिनभरी बन्द भएका स्याङ्जाका पसलहरु स्थानिय प्रशासन सँग भएको बर्ता पश्चात साँझ ५ बजेपछि खुलेका छन् । दिनभरी जिल्ला प्रशासन कार्यलय स्याङ्जामा भएको बर्तामा ३ बुधे सहमति भएपछि बजार खुल्ला भएको हो ।
दोषिलाई कारवाहि गर्ने घटनाका क्रममा भएको तोडफोडको क्षेतिपुर्ति उपल्बध गराउने तथा दोषि प्रहरीलाई एक हप्ता भित्र छानविन गरी कारबाहि गर्ने विषयमा स्थानिय प्रहरी प्रशासनले सहमति जनाएपछि बार्ता निष्कर्षमा पुगेको हो । 

जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले एक विज्ञप्ती जारी गर्दै बन्द पसलहरु खोल्न सबैमा आग्रह गर्दै सहयोगका लागि धन्यावाद प्रकट गरेको छ । हिजो साँझ प्रहरीले गरेको लाठीचार्जको विरोधमा शान्ति सुरक्षाको माग गर्दै स्याङ्जाका व्यपारीहरुले पसल बन्द गरेर आज प्रदर्शनमा उत्रिएका थिए ।
स्याङ्जा दरमुकाममा बुधबार साँझ पुतलीबजार ४ बाडखोलाका कमल थापाले बजारमा भेटेका जोकोहीलाई हातपात गर्दै हिडेपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा गएका व्यपारीहरुमाथि प्रहरीले बल प्रयोग गरि लाठिचार्ज र ढुंगा प्रहार गरेको भन्दै व्यापारीहरुले विरोधमा बजार बन्द गराएका थिए । 

हातपात गर्न खोज्ने थापालाई सार्वजनिक गर्न माग गर्दै बुधबार साझँ जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका स्थानिय व्यापारीहरु जिल्ला प्रहरी कार्यालय पुग्दा प्रहरीले लाठि चार्ज गरी ५ जनालाई घाइते बनाएको हो । केही दिन यता स्याङ्जामा कुटपीट लुटपाट र चोरीका घटनामा बृद्धि हुदै गएको छ भने प्रहरीले दोषीलाई पक्राउ गरी कारवाही गर्न सकेको छैन