Saturday, October 23, 2010

जीप दुर्घटनामा एक को मृत्यु !

राजन पौडेल


स्याङ्जाको पिडिखोलाको डुडे बजारबाट गल्याङ्तर्फ आइरहेको ग १ ज २०८० नम्बरको जिप पिडिखोला २ सोतामा हिजो साझँ भएको दुर्घटनामा गम्भिर घाइते खगीसरा सिजांलीको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते सिजांलीको उपचारका लागि पाल्पा प्रबास लाने क्रममा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइतेहरुमा चालक श्याम न्यौपाने, दिनेश सापकोटा, जिपका साहु टिकाराम भण्डारी, पिडिखोलामा कार्यरत प्रहरी जवान ओम प्रकाश निसाद रहेका छन् । घाइतेहरुमा एक जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र ११ जनाको पाल्पालको मिसन अस्पतालमा उपचार भैरहेकोे प्रहरीले जनाएको छ । जिप ग्रामीण सडकबाट एक सयमिटर तल खसेको हो । दर्घटनामा घाइते भएकाहरुको स्थानिय बासिन्दा, वडा प्रहरी कार्यलय, वालिङ् र गल्याङ् प्रहरी चोकीबाट गएको टोलीले उद्धार गरेको हो

1 comment:

  1. hem prasad aryal pelakot 9 senapukOctober 23, 2010 at 2:12 PM

    ooooooooo so sad news !!!!!!!!
    jo hospital ko seeyama hununchha uha haru ko shigra swayathya ko kamana gardachhu .....

    ReplyDelete