Saturday, February 5, 2011

चिलाउनेबसको महायज्ञमा भत्तजनहरुको भिड बढदै


दोस्रो दिनसम्म १३ लाख बढि रकम संकलन

लोकनाथ मरासिनी

माघ २२, स्याङ्जा ।
चिलाउनेबास गाउँ विकास समिति ३ स्थित जनप्रदीप बहुमुखि क्याम्पस स्याङ्जामा जारी श्रीमदभागवत सप्ताहा धान्याचल ज्ञान महायज्ञको दोस्रो दिनसम्म आईपुग्दा १३ लाख भन्दा बढि आर्थिक सहयोग संकलन भएको छ । उच्च माविको भौतिक पूर्वाधार विकास, व्यवस्थित पुस्तकालय, प्राविधिक शिक्षालय र वाणिज्य संकाय थप गर्नका लागि संचालन गरीएको महायज्ञमाको दोस्रो दिन आजमात्रै ५ लाख बढि आर्थिक संकलन भएको आयोजकले जानकारी दिएको छ । नेपालकै सुप्रसिद्ध भागवताचार्य गुरुदेव शान्तिदुत अध्यात्म शिरोमणि पं. श्री रामकृष्ण उपाध्यायले कथा बाचन गर्नुभएको यज्ञमा भत्तजनहरुको भिड बढदै गएको छ ।

महायज्ञको दोस्रो दिन शनिबार अजा चिलाउनेवास ५ निवासी हाल गोरखा सिचाई डिभिजन कार्यलयमा इन्जीनियर तथा संस्थापकका छोरा समेत रहनुभएका राजेन्द्रप्रसाद पौडेलले सबैभन्दा धेरै १ लाख ११ हजार १ सय ६७ दान गर्नुभएको छ । यस्तै आजको दिनमा दान गर्ने दानविरहरुमा विचारी चौतारा ४ का जयबहादुर केसी २० हजार १ सय ११, झारखोला मोतिलाल स्मृति प्रतिष्ठान चिलाउनेवास ५ बाट ५० हजार ५ सय ६७, चिलाउनेवास ७ का हरिहर पनेरु ११ हजार १ सय ११, चिलाउनेवास ७ का गमबहादुर केसी ११ हजार १ सय ११, विचारी चौतारा ८ का बलबहादुर विकले ७ हजार ५, चिलाउनेवास ७ का शिवप्रसाद पनेरु ११ हजार १ सय ११, विष्णु गुरुङ् वागेफडके ५ बाट ११ हजार १ सय ११, दिलकुमारी पौडेल चिलाउनेवास २ बाट ११ हजार १ सय ११, रमेश कान्त पौडेल चिलाउनेवस ५ बाट २० हजार १ सय ६७, दिवकर पौडेल चिलाउनेवास ५ बाट २० हजार १ सय ६७, दण्डपानि पनेरु चिलाउनेवस ५ बाट १० हजार १ सय ६७, अर्जुनप्रसाद पौडेल चिलाउनेवस ५ बाट १० हजार १ सय १, सुरेन्द्रप्रसाद पौडेल चिलाउनेवास ५ बाट २० हजार १ सय ६७, गोविन्द पैडेल चिलाउनेवस  ५ बाट १० हजार १ सय ६७, जनार्दन पौडेल चिलाउनेवस ५ बाट २० हजार १ सय ६७, शिवप्रसाद शर्मा चिलाउनेवस ५ बाट १० हजार ५ सय ६७, मोतिप्रसाद पौडेलबाट चिलाउनेवस ५ बाट १० हजार ६७, मुना सेन्चुरी चिलाउनेवास ३ बाट १ हजार ५१, दधिराम पाध्या १ हजार ५, नारायणदक्त पौडेल १ हजार ५, बेलबहादुर रानाभाट २ हजार ५, ओमकुमारी जिटी १ हजार ५, रामबहादुर जिटी  १ हजार ११, भानुभक्त पौवडेल १ हजार ५, चुनिकुमारी सुनार २ हजार ५१, पुष्पराज पौडेल १ हजार १५, माया परियार १ हजार १५, पदमराज पौडेल १ हजार १, छविलाल पौवडेल १ हजार ५१, उदयराज दर्जी ११ सय १ लगायत रहनुभएको आयोजकले जानकारी दिएको छ ।

Friday, February 4, 2011

निःशुल्क आँखा शिविर सम्पन्न


लोकनाथ मरासिनी

माघ २१, स्याङ्जा ।

लायन्स कल्ब अफ सेन्ट्रल भ्याली पोखरा र हिमालयन आखाँ अस्पताल घारीपाटन पोखराको प्रविधिक सहयोगमा ध्रुवोदय बोडिङ्ग स्कुल लामागे स्याङ्जामा शुक्रबार निःशुल्क आखाँ शिविर सम्पन्न भएको छ ।

  सम्पन्न शिविरमा सदरमुका स्याङ्जा बजार आसपासका २ सय ६१ आखाँका विरामिहरुको आँखा जाँच गरीएको छ ।

 जाँच गरीएका सम्पुर्णलाई निःशुल्क औषधि वितरण गर्नुका साथै ९५ जनालाई चस्मा समेत वितरण गरीएको थियो ।

  विरामिहरुमध्य अपरेशन गर्नुपर्ने २५ जना विरामिहरुलाई आजै पोखरा लागिएको र उनिहरुको सम्पुर्ण खर्च लायन्स कल्ब अफ सेन्ट्रल भ्याली पोखाराले बेहोर्ने कल्बका शामजी शर्माले जानकारी दिनुभएको छ ।

शिविर कल्बका अध्यक्ष दिवाकर जैसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

अस्पताल निर्माणका लागि महायज्ञ


लोकनाथ मरासिनी

माघ २१, स्याङ्जा ।

आधिखोला बिकास तथा वातावरण स्वच्छता समुह (गार्डेन) ले सेतिदोभान ३ स्याङ्जामा श्रीमदभागवत महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ २०६७ आयोजना गर्ने भएको छ ।

       समुहले सेतिदोभान बजारमा अस्पताल निर्माणका लागि महायज्ञको आयोजना गर्न लागेको शुक्रबार स्याङ्जाबजारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

       ज्ञान महायज्ञ फागुन १३ गतेदेखि २० गते सम्म संचालन हुने छ । अस्पतालको अभाबमा उपचारको खोजीमा पोखरा, पाल्पा र काठमाडौ धाउनु पर्ने बाध्यताको अन्त्य गर्न महायज्ञको आयोजना गरिएको पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष टिकाराम ढकालले बताउनुभयो ।

      एक हप्ता सम्म चल्ने महायज्ञमा आयोजकले एक करोड संकलन गर्ने लक्ष्य लिएको छ भने १० लाख खर्च हुने अनुमान गरेको छ ।

      महायज्ञमा भागवत भाष्कर युवा पण्डित श्री कमलनयन गौतमले भागवत बाचन गर्ने आयोजकले जनाएको छ ।

      अस्पताल निर्माण पश्चात स्याङ्जको उत्तरी क्षेत्रका सेतिदोभान , चिलाउनेबास, बिचारी चौतारा, बागेफड्के, बाङ्सिङ्, पुतलीबजार नगर पालिका, पर्वतको कार्किनेटा लगायतका गाउँ बिास समितिका तिन लाख ५० हजार जनताले स्वास्थ्य सुबिधा पाउने छन् ।

      साढे पाचँ रोपनी क्षेत्रफलमा निर्माण हुने १५ सैयाको अस्पतालबाट १७ जना स्थनिय बासिन्दाले रोजगारी पाउनेछन् ।


जनप्रदीप क्याम्पसमा महायज्ञ सुरु

पहिलो दिनमै ८ लाख बढि रकम संकलन



लोकनाथ मरासिनी

माघ २१, स्याङ्जा ।  

स्याङ्जाको चिलाउनेबास गाउँ विकास समिति ३ स्थित जनप्रदीप बहुमुखि क्याम्पसमा शुक्रबारबाट श्रीमदभागवत सप्ताहा धान्याचल ज्ञान महायज्ञ सुरु भएको छ ।

  उच्च माविको भौतिक पूर्वाधार विकास, व्यवस्थित पुस्तकालय, प्राविधिक शिक्षालय र वाणिज्य संकाय थप गर्नका लागि संचालन गरीएको महायज्ञमाको पहिलो दिननै ८ लाख बढि रकम संकलन भएको छ ।

      नेपालकै सुप्रसिद्ध भागवताचार्य गुरुदेव शान्तिदुत अध्यात्म शिरोमणि पं. श्री रामकृष्ण उपाध्याय ले शुक्रबार देखि माघ २८ गतेसम्म ७ दिनसम्म कथा बाचन गर्ने छन् । आर्थिक अभाव वा अन्य कारणले उच्च शिक्षा प्राप्त गर्नबाट बञ्चीत छोरा बुहारी एवं युवाहरुलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि आर्थिक अभाव भएकाले सहयोग संकलनका लागि सुरु गरीएको यज्ञको जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले शुक्रबार एक कार्यक्रमका विच उदघाटन गरे ।

      यज्ञमा अन्तीम दिन सामुहिक ब्रतबन्ध तथा अन्य विभिन्न धार्मिक कार्यहरु समेत हुने  भएका छन् ।

   यसैविच महायज्ञमा प्रत्यक दिन दान गर्ने दानविरहरुलाई दान रकमअनुसारको सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

  भने विभिन्न पत्रपत्रिका तथा संचारमाध्यमहरुबाट नामावलि प्रकासन तथा प्रसारणको व्यवस्था समेत मिलाएको आयोजकले जानकारी दिएको छ ।

   शुक्रबारबाट सुरु भएको महायज्ञमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्थानिय रामचन्द्र पौडेलले १ लाख १ हजार ५१ रुपैया लगायत सयौ व्यत्तिहरुले दान गरेका छन् ।

   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलेको अध्यक्षतामा सम्पन्न महायज्ञ उदघाटन सत्रमा प्रमुख बाचक पं. श्री रामकृष्ण उपाध्याय, एमाले स्याङ्जाका सचिव पुण्य भुषाल, सहसचिव सुधिर पौडेल, पुण्यप्रसाद तिमिलसना, स्याङ्जाका पुर्व स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौडेल, गोरखाका स्थानिय विकास अधिकारी तिलक पौडेल, वेदप्रसाद दोरङ्ग लागयतले सुभकामना मन्तव्य राखेका थिए ।


Wednesday, February 2, 2011

कृषिजन्य बस्तु र सुचना प्रविधि महोत्सवका आक्रर्षण


प्रकाश डोटेल स्याङजा- १८, माघ
हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको तेस्रो वालिङ महोत्सव २०६७ को शुक्रबारबाट औपचारिक रुपमा शुरु भए लगत्तै महोत्सव अवलोकनमा दर्शकको सहभागिता उल्लेख्य रुपमा रहेको छ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा सन्चालन गरिएको महोत्सवमा एकसय ६८ स्टल रहेको छ । महोत्सवमा सुचना प्रबिधि, होटल, यातायात, कृषि प्रदर्शनी, पर्यटकिय स्थलको फोटो प्रदर्शनी, वाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानिय उत्पादन, हस्तकलाका सामाग्रीहरु, पर्यटकिय गाउँहरुका खाना, लगायतका राखिएको छ ।
महोत्सवमा आउने दर्शकहरुले विगतका तुलनामा चालु महोत्सवमा स्थानिय कृषिजन्य बस्तुको प्रदर्शनी र २१ औं शताव्दीमा सुचना र प्रविधिको विकाससँगै महोत्सवमा राखिएको सुचना र प्रविधिको प्रदर्शनी पृथक रहेको बताएका छन् । महोत्सवको थप आर्क्राणमा परम्परागत कुडुले घर समेत रहेको छ ।
देशभरि महोत्सवको लहर चलिरहेको अवस्थामा विगतको तुलनामा चालु तेस्रो वालिङ् महोत्सवमा आफुले फरक अनुभुति गरेको महोत्सवमा सहभागि सरस्वती तिवारीले बताइन् । उनले भनिन्, महोत्सवको लहरमा वालिङ् महोत्सव फरक रहेको छ ।
महोत्सव आउने पर्यटकका लागि आयोजकले नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी, नमुना गुरुङ्बस्ती सिर्सेटको मैदान, मगरहरुको ठुलोबस्ती रहेको तीनदोबाटेको बजाकोट क्षेत्र र कृषि पर्यटकीय क्षेत्र जगतभज्याङ्को पित्लेकमा पर्यटकलाई होमस्टेको समेत प्रवन्ध मिलाएको छ ।
विगत वर्षा महोत्सवहरु प्रचार-प्रसारमा जे जस्तो भनिएपनि तेस्रो वालिङ् महोत्सवमा कृषिजन्य बस्तुको करिव एक दर्जन स्टलमा राखिएको कृषिजन्य बस्तुको प्रदर्शनीले महोत्सवलाई थप आर्क्राक बनाएको महोत्सवमा सहभागि कृषकहरुले बताए । महोत्सव अवधिमा ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अबधी भर ५ करोडको कारोवार हुने समेत आयोजकले जनाएको छ । दैनिक ५० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने करिव २ करोड बराबरको आर्थिक कारोबार भएको संघका अध्यक्ष ल्या. यामबहादुर गुरुङ्ले बताए । पर्यटन वर्ष२०११ को सुरुवातसंगै प्रारम्भ भएको वालिङ महोत्सव २०६७ ले स्याङजा जिल्लाको पर्यटन बिकाश तथा जिल्ला भित्र रहेका प्राकृतिक सम्पदाहरुको प्रचार-प्रसार गरि पर्यटन भित्राउन सजिलो माध्यम हुने अपेक्षा गरिएको छ । महोत्सव माघ २३ गतेसम्म संचालन हुने छ ।

Waling (वालिङ)


By Bishnu Koirala
Waling (वालिङ) is a town and municipality in the western hilly region of Nepal. It is in the Aadhikhola valley in the Syangja District of Gandaki Zone of Nepal. It is connected by the Siddhartha Highway, to Pokhara and Bhairahawa.
Founding and early history

The name Waling is said to have been derived from the word "Wali", which is the song that the women folk sing in groups as they plant the paddy in the fields. Waling is famous for its green paddy fields along the banks of Aadhikhola River and its tributaries. People used to visit this place in the monsoon to watch and listen these many groups of these women singing in the rain the wali song while planting the paddy.

The river Aandhkhola is a major tributary of the famous Kaligandaki river. The mythology about the origion of Aandhikhola dates back to the ancient time of Dwapar Yuga of the Hindu calendar during the period of King Dasharatha who was the father of Lord Ram of Ramayana. According to the mythology, Shrawan Kumar was a very devoted and only son of an old and blind couple. Shrawan Kumar was on journey on foot carrying his parents in basket to fulfill their wish of pilgrimage to the Hindu holy sites. While on the journey when they were in the middle of the forest, his parents became very thirsty and requested him to fetch some water. He left his parents in a comfortable tree shade and rushed with a pitcher to the nearby river promising to return soon with water. As he reached the river and plunged his pitcher in the water, it produced noise like a wild animal drinking water. King Dasaratha was hunting in the forest and happened to heat the sound and assume it of a wild beast. The king could shoot his target guided by the sound and he shot an arrow in the direction of sound. When he arrived in the scene, he saw a young man lying dead with his arrow piercing his chest. He then saw he pitcher and he immediately realised his mistake. The sorry king then quietly carried pitcher full of the water to the old couples who demanded to know about their son before they drink the water. When he told them the mistake, both the parents began crying and died in the spot leaving behind a pool of tears which transformed into a small lake. A stream began to flow from this lake. The term 'Aandhi' means 'blind' and 'khola' means 'river' in the nepali. Thus this new river got its name as Aandhikhola refering to the tears of Shrawan Kumar's blind parents.




जुवातास मुक्त क्षेत्र घोषणा


प्रकाश डोटेल स्याङजा- १८, माघ
स्याङजाको निवुवाखर्क गाविस वडा नं. ४, ५ र ६ क्षेत्रलाई स्थानिय प्रगतिशिल आमा समुह र सन्तोष युवा क्लवको र्सर्युक्त आयोजनामा जुवा तास मुक्त गाऊ घोषण गरेका छन । गाउँ का युवा हुन वा बृद्ध सवै जसो जुवा तास र रक्सीमा देखिन थालेकाले त्यसको रोकथामका लागि गाऊवासी एक भै भेलाको आयोजना गरि यस्तो कार्य गरेको निवुवाखर्क गाविस निवासी रेवाकान्त्त न्यौपानेले जानकारी दिए ।
त्यस अवसरमा जुवातास अनुगमन समिति तथा विभिन्न रोकथामका लागि नियमहरु समेत तयार गरेको छ । कुनै पनि व्यक्तिले नियमको उल्ङघन गरेका पाँचसय जरिवाना गरिने समेत आयोजक समितिले जनकारी गराएको छ ।

Sunday, January 30, 2011


शहिद दिवस औपचारीकता मात्रै

२० जनाको सहभागिता भएको कार्यक्रमको ५ जनाद्धारा उदघाटन 
लोकनाथ मरासिनी

माघ १६, स्याङ्जा ।  
 प्रजातन्त्र र देशका लागि ज्यान अर्पण गर्ने शहिदहरुको संझनामा स्याङ्जामा नेपाल पत्रकार महासंघ तथा बार एशोसियशनको संयुक्त अयोजनामा भएको कार्यक्रममा अत्यान्तै न्युन व्यक्तिको मात्रै सहभागिता देखिएको छ ।
 सारा नेपालिको मुत्तिका लागि लडेका सहिदहरुको नाममा संचालित भनिएको दबाबमुलक ¥यालि तथा सभा औपचारीकतामा मात्रै सिमित भएको हो ।

      जिल्लामा रहेका २ दर्जन पत्रकारहरुको प्रतिनिधित्व गर्ने संस्था नेपाल पत्रकार महासंघ स्याङ्जाका तर्फबाट अध्यक्ष सहित दुई जना तथा बार एशोसियसनका पदाधिकारी तथा केहि अन्य संघ संस्थाका प्रतिनिधि गरी २० जनाको मात्रै सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

        जिल्ला अदातल स्याङ्जाको प्रङ्गडमा सम्पन्न शान्ति र संविधानका लागि दवाव स्वरुप भनिएको कार्यक्रमको उदघाटन भने संयुक्त रुपमा ५ जनाले गरेका थिए ।

      २० जनाको सहभागिता रहेको कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका अध्यक्ष ओमप्रकाश शर्मा, प्रध्यापक संघका शंकर लामिछाने, शिक्षक संघका सचिव वेदप्रसाद दोरङ्गा, मानवअधिकारबादि दुर्गानारायण ढकाल र नेपाल रेडक्रस सोसाइटि स्याङ्जाका मन्त्रि विष्णु काफ्लले १÷१ ओटा मैनबत्ति बालि गर्नुभएको हो ।

  सदरमुकाम स्याङ्जामा यि दुई संस्थाले केन्द्रिय कार्यक्रम अनुसार सहिद दिवसको औपचरीकता पुरा गरेपनि अन्य पार्टि तथा सरकारको तर्फबाट भने कुनै पनि कार्यक्रम अयोजना गरीएका छैनन् ।

  नेपाल बार एशोसियसन स्याङ्जाका अध्यक्ष पोमनारायण आर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन पुर्व अध्यक्ष युगनारायण श्रेष्ठले स्वागत उपाध्यक्ष नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो भने संचालन सचीव विष्णुप्रसाद उपाध्यायले गर्नुभएको थियो ।

मुन्द्रेको स्वस्थानी

टेकनारायण भट्टराई, 


स्याङजा, माघ १६-



 कलाकार जीतु नेपाल (मुन्द्रे)ले शनिबार स्याङजामा 'स्वस्थानी' वाचन गरे। उनले स्वस्थानीमा भगवानको होइन नेताको महिमा गाए। वालिङ महोत्सवका दर्शकहरू उनका श्रोता बने। मुन्द्रेको इशारामा अध्याय पिच्छे श्रोताले 'जय' भन्थे।
'श्री प्रचण्ड कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्ते माधवमुनि सधैं तपाई मात्रै माथि हुनी अब त पालोमा म पनि त छु नि।' कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले कुर्सीका लागि बिन्ती गरेको भन्दै मुन्द्रेले 'प्रचण्ड अध्याय' सुनाए। दर्शकलाई उनले भने, 'अब फूल चढाउनुस् र अर्को अध्याय सुन्नुस्।
'तहाँ उप्रान्त।' उनले अब 'माधव अध्याय' सुरु गरे, 'कुमार प्रचण्ड मुनिको आज्ञा सुनेपछि अगस्ते माधवमुनि आज्ञा गर्नुहुन्छ, 'हे प्रचण्डमुनि अहिल्यै तिमी किन माथि हुनी, अझै त म तगडै छु नि।' प्रधानमन्त्रीले कुर्सीमा मरिहत्ते गरेकोमा उनले व्यंग्य गरे। 'राजीनामा दिएर पनि यत्रो मान सम्मान हुनी लौ भन्नुस् अहिल्यै म किन तल हुनी?'
उनले माओवादीले सत्ता पाउन भारतको शरण पर्नु पर्ने बताए। माधव अध्यायकै निरन्तरतामा भने, 'हे प्रचण्डमुनि अझै केही महिनालाई आशा नगर, पहिले तिमी भारतका शरणमा पर अनि मेरो कुर्सी हर।' उनले त्यसपछि 'झलनाथ अध्याय' थाले, 'माधवमुनिका यस्ता वचन सुनी कुम हल्लाई हल्लाई प्रचण्डमुनि बल्खु दरबारमा पुगी झालन्दर रूपी झलनाथका शरणमा पुगे।'
'उता झालन्दरले पनि आफ्ना ख्वामित आएको देखेर कम्बल बिछ्याइदिए र उल्टै बिलौना गरे मलाई पनि मौका दिनु पर्‍यो मेरो ख्वामित।' उनले थपे, 'यसो भन्दै झालन्दर प्रभुका चरणमा परे।'
उनले 'रामचन्द्र अध्याय'बाट 'स्वस्थानी' बिट मारे। 'सत्रपटक हार खाएका एक्ला वृहस्पति रामचन्द्रको वर्णन हजार जिब्रा भएको शेषनागले गर्न सक्दैनन् म नाथे मुन्द्रेले के गरुँ।'
उनले भजन पनि गाए, 'लौन कृष्ण इमान्दार नेता पठाइदेऊ, देशको विकास नगर्नेलाई डाँडै कटाइदेउ।' उनको भजनमा दर्शक खुबै नाचे |
(लेखक /सम्बाददाता नागरिक दैनिक मा  आबद्द हुनु हुन्छ! )

स्याङ्जा बाड्सिंङ्ग-१ का शिवराज लामिछानेको बसको ठक्करबाट मृत्यु

 समुन्द्र पौडेल, तनहुँ ,माघ १५
पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको घाँसिकुवामा आइतबार दिउँसो बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्

भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको ना२ख ८२५८ नम्बरको बसले स्याङ्जाबाट चितवन तर्फ जाँदै गरेको ग४प ९४७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटर साइकलमा सवार स्याङ्जा बाड्सिंङ्ग-१ का शिवराज लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गम्भीर घाइते बाड्सिंङ्गकै प्रेमराज लामिछानेलाई दमौली अस्पतालमा सामान्य उपचार पश्चात चरक अस्पताल पोखरा पठाइएको छ।
(पृथ्बी हाई वे समाचार )