Saturday, December 11, 2010

कालिका सहकारी संस्था ठुलाडिहि ८ को सातौ वार्षिक साधरण सभा सम्पन्न

लोक नाथ मरासिनी

कालिका बहुउद्धेश्यक सहकारी संस्था ठुलाडिहि ८, स्याङ्जाको सातौ वार्षिक साधरण सभा अजा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले संस्थाको गत आर्थिक वार्षको ३८ लाख बराबरको अया व्यय विवरण पेश गर्दै आगामि आर्थिक वार्षका लागि ८० लाख बराबरको अया व्यय विवरण सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष खेमनारायण दोरङ्गाको अध्यक्षतामा सम्पन्न भएको सो साधरण सभाकै भेला मार्फत ठुलाडिहि क्षेत्र भित्रबाट यस वर्षको प्रवेशिका परिक्षामा सर्वउत्कृष्ठ अंक ल्याउने दुई विद्यर्थिलाई सम्मान समेत गरेको छ । सम्मानित हुने विद्यार्थिहरुमा मदरल्यान्ड बोर्डिङ स्कुलका समुन्द्र नेपाल र जनता उच्च माविकी सपना थापा रहेको संस्थाले जनाएको छ । स्थानिय बयोबृद्ध ९२ वर्षिय रुकुमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्याङ्जा जिल्ला सहकारी संस्थाका प्रबन्धक टेकबहादुर गोदार, ढकबहादुर राना, नरेन्द्रविक्रम थापा, विशेश्वरप्रसाद रेग्मी, रेडक्रस उपशाखाका सभापति रामप्रसाद रेग्मी, गाविस अध्यक्ष शोभाचन्द्र रेग्मी लगायतले बोल्नुभएको थियो । संस्थाका उपाध्यक्ष मानध्वज थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव बेलु गुरुङ्ले गर्नुभएको थियो । साथै संस्थाको अजा सम्पन्न सातौ वार्षिक साधरण सभाले १८ बुधे निति तथा कार्यक्रम समेत पारीत गरेको संस्थाले जनाएको छ ।

तिमिलसीना समाजद्धारा सम्मान

लेखक /सम्बाददाता
लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।

    तिमिलसीना समाज स्याङ्जा, नेपालले शनिबार एक कार्यक्रमका विच समाज भित्र रहेका बृद्धाबृद्धहरुलाई तथा प्रवेशिका परिक्षमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थिलाई सम्मान गरेको छ ।
  तिमिलसिना समाज स्याङ्जा भित्र रहेका २० जना बृद्धाबृद्धहरुलाई तथा ४ जना विद्यार्थिहरुलाई सम्पन्न गरीएको समाजले जनाएको छ । समाज स्याङ्जाका अध्यक्ष कुलानन्द तिमिलसनाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा महुतगल्य समाज केन्द्रिय अध्यक्ष विष्णुहरी तिमिलसिना, केन्द्रिय सल्लाहाकार समिति सदस्य पिताम्बर तिमिलसना, शिबकुमार तिमिलसना, धर्माेदत्त तिमिलसना लगायतले बोलेका थिए|सम्पन्न कार्यक्रमको संचालन गोविन्द तिमिलसनाले गरेको  प्रप्त समाचारमा उल्लेख गरीएको छ ।


रापुली तमु बन्धुहरुको कुल पुजा

लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।

    आरुखर्क गाउँ विकास समिति १ गलेम स्याङ्जामा शनिबार रापुली तमु बन्धुहरुको कुल अर्थत सिल्लो पुजा विभिन्न संस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
 बयोबृद्ध पुजारी केशव तमुद्धारा पुजा अर्चना गरी सम्पन्न भएको पुजामा गाँउ तथा जिल्ला बहिराका समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।  पुजा व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हर्कबहादुर तमुले गरेका थिए । पुजाकै अवसरमा शनिबार विभिन्न संस्कृतिक कार्यक्रमहरु तथा खेलकुद प्रतियोगिताहरु समेत सम्पन्न भएका छन् । त्यस्तै गरी सोहि अवसरमा डा मनिषा गुरुङ्द्धारा गाँउलेहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्य समेत सम्पन्न भएको शितला उच्च माविका शिक्षक यामनारायण लामिछानेले जानकारी दिएका छन् ।

माइक्रो ल्यापटप अभुमिखिकरण तालिम सम्पन्न

लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।

    स्याङ्जा जिल्ला भित्र रहेका अंग्रेजि शिक्षकहरुको संगठन नेल्टा स्याङ्जाको अयोजनामा शनिबार एक दिने माइक्रो ल्यापटप अभुमिखिकरण तालिम सम्पन्न भएको छ । इन्टरनेशनल ट्रेड कन्र्सन नेपालको सैजन्य तथा प्रविधिक सहयोगमा सदरमुका स्याङ्जा बजारमा तालिम सम्पन्न भएको हो । ल्यापटपको प्रयोगले शिक्षकमा व्यावसायिक अभिबृद्धि, सिकाई उपलब्धी पुर्ण बनाइनुका साथै विज्ञान र प्रविधिको सदुपयोग गर्ने उद्धेश्यले तालिम प्रदान गरीएको बताइएको छ । उक्त अवसरमा ७ हजार, १० हजार र १३ हजार मुल्य पर्ने माइक्रो ल्यापटपको प्रर्दशनि समेत गरीएको थियो । नेल्टा स्याङ्जाका सभापति चन्द्रबहादुर के.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, नेल्टाका केन्द्रिय सल्लाहाकार लेखनाथ शर्मा पाठक, ज्याति बोर्डिङका स्याप्रिन्सिपल बृद्धिसागर त्रिपाठि, प्यावसनका केन्द्रिय सदस्य ध्रुव पंगेनि लगायतले बोल्नुभएको थियो । तालिममा स्याङ्जा भित्र रहेका विभिन्न बोर्डिङ स्कुलका प्रचार्यहरु, प्रिन्सिपल तथा अंग्रेजि शिक्षकहरु गरी करीब ८० जनाको सहभागिता रहेको अयोजकले जनाएको छ ।

स्याङ्जामा आइतबार रक्तदान हुदै

लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।
    स्याङ्जामा आइतबार रक्तदान कार्यक्रम गरिने भएको छ । मानव रगतको कुनै मुल्य छैन, यसको कृत्रिम उत्पादन गर्न सकिदैन, मानवताका लागि मानिसहरुबाट मात्र प्राप्त गर्न सकिन्छ भन्दै सत्य साई केन्द्र स्याङ्जाले रक्तदान कार्यक्रम सदरमुकामस्थित सहिदचोकमा आयोजना गर्ने भएको हो ।
    नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोग एवं सदरमुकामका विभिन्न शैक्षिक संस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको साई केन्द्र स्याङ्जाले जनाएको छ ।
    आइतबार हुने रक्तदानमा रक्तदान गर्न दुईसय ५० जनाले नाम दर्ता गरिसकेको केन्द्रले जनाएको छ ।

स्याङ्जाली विद्यार्थि नेताहरु सम्मानित

लोकनाथ मरासिनी
मंसिर २५,स्याङ्जा ।

    नेकपा एमाले निकटको विद्यार्थि संगठन अनेरास्ववियुको २० औ राष्ट्रिय सम्मेलनमार्फत विजयी भएका स्याङ्जाका विद्यार्थि नेताहरुलाई शनिबार काठमाडौमा सम्मान गरीएको छ ।
 नेकपा एमाले स्याङ्जा काठमाडौ सम्पर्क मंञ्चको अयोजनामा काठमाडौको आर आर क्याम्पसमा उनिहरुलाई सम्पन्न गरीएको हो । अनेरास्ववियु केन्द्रिय महासचिव किशोर विक्रम मल्ल र केन्द्रिय सदस्य घनश्याम सुवेदीलाई प्रमुख अतिथि एमाले पोलिट व्युरो सदस्य छविलाल विश्वकर्माले खादा र सम्मान पत्र सहित सम्मानित गरेका हुन् ।सहिद गुप्तबहादुर विर्शकर्माको नवै स्मृत दिवसका अवसरमा रत्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो । नेकपा एमाले स्याङ्जा काठमाडौ सम्पर्क मंञ्चका अध्यक्ष खिमानन्द सिग्देलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको काठमाडौबाट विशाल गौतमले दिएका छन्  ।

गरगहना धितो राखेर सडक निर्माण मा जुटे आमाहरु

स्याङ्जा २४ मङ्सिर -
 गरगहनालाई बैंकमा धितो राखेर स्याङ्जाको एलादी गाविसका आमाहरुले आफ्नो गाउँसम्म पुग्ने चार किलोमिटर ग्रामीण सडक निर्माण गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाको सिमाना रत्नेदेखि जिमिरे भोर्लेडाँडा खाल्टे देवीस्थानसम्मको ग्रामीण सडक एलादी गाविसको स्थानीय मालिका आमा समूहको सकि्रयतामा निर्माण गरिएको हो । 

गाउँगाउँको विकास हुन सकेमात्रै देशको विकास हुन्छ भन्ने मान्यतामा आधारित भएर स्थानीय व्यक्तिहरु, बैँक, आमा समूह, क्लबहरुसँग ऋण तथा सहयोग जुटाएर गाउँमा पुग्ने सडक निर्माण गरिएको मालिका आमा समूहकी अध्यक्ष लोकमाया गुरुङले जानकारी दिनुभयो । सो सडक निर्माण गर्दा कुल रु ९ लाख १८ हजार ५०० खर्च लागेको समेत अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- "सुरुमा बाटो खन्दा स्थानीय संघसंस्था, व्यक्तिहरुसँग ऋण सापटी गरेर बाटो निर्माण गरियो तर अब त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको छ" । 


आमा समूहको सक्रियतामा रत्नेदेखि खाल्टे देवीस्थानसम्मको सडकको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद धनराज गुरुङले गर्नुभयो । सभासद गुरुङले त्यो बाटोको स्तरोन्नतिका लागि रु १ लाख संसद् विकास कोषबाट उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको आमा समूहकी अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सडक निर्माणपछि सो भेगमा फल्ने सुन्तला तथा अन्य कृषि उपजहरु बिक्रीका लागि बजार लैजान सजिलो भएको छ ।

स्याङ्जामा खसिको मासुको मुल्यमा बृद्धि


लोकनाथ मरासिनी
मंसिर २४,स्याङ्जा

    मासु व्यवसायिहरुको अनुरोध पछि स्याङ्जामा खसिको मासुको मूल्य बृद्धि     गर्ने निर्णय भएको छ ।
    चौतर्फ महङ्गी बढदै गएको भन्दै शुक्रबार स्याङ्जा सदरमुकाममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, उपभोक्त मंञ्च, मासु व्यावसायि संघ तथा होटल व्यासायिहरुको विचको बैठकले मासुको मुल्य पर्सि २६ गते आइतबारबाट लागु हुने गरी ४ सय ३० रुपैया प्रतिकिलो बनाउने निर्णय गरेका हुन् ।
    हाल ४ सयमा विक्रि हुदै आएको मासुको मुल्य आइतबारबाट स्याजाबासिहरुले प्रतिकेजि ३० रुपैयाका दरले बढि ४ सय ३० तिरी खरीद गर्नुपर्ने भएको हो ।
   

Friday, December 10, 2010

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्चिमान्चल को नयाँ कार्य समिति चयन

लेखक /सम्बाद दाता

लोकनाथ मरासिनी(रेडियो स्याङ्गजा )



नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्मिाञ्चलको सातौ क्षेत्रिय अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गएराती भएको अधिवेशनको बन्दसत्रले  राजेश शर्मालाई पुन अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा उदयराज भटटराई, सचिबमा हरिहर भटटराई, कोषध्यक्षमा सरस्वती पाण्डे रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरुमा राधाकुमारी बश्याल, यज्ञमुत्र्ति न्यौपाने, लाल बहादुर राउत, सुवास अधिकारी, निरज रेग्मी र नारायण रिजाल रहेका छन् । अधिवेशनले इश्वर सुवेदी, ध्रुवराज न्यौपाने, मातृका तिमिल्सीनालाई केन्द्रिय प्रतिनिधिमा मनोनित समेत गरेको छ । अधिबेशनको बुधबार उर्जाराज्यमन्त्रि चन्द्रसिं भट्ट्राइले उद्घाटन गर्नु भएका थियो ।

बलि विनाको कुल पुजा हुदै, आजबाट पुर्वङगी पुजा सुरु

लोकनाथ मरासिनी (रेडियो स्याङ्गजा )

स्याङ्जा चिलाउनेबासमा रहेका बेगनासी पौडेलबन्धुहरुको कुल पुजाका लागि अजाबाट पुर्वङ्गी पुजा सुरु भएको छ । भोलि कुनै पनि बलि विना खिर तथा अन्य नैबैद्यले मात्रै आफ्नो कुल पुजा गर्नका लागि २४ घन्टे पुजा स्वरुप आजबाट अखण्डे किर्तन सहितको पुर्बङगी पुजा सुरु भएको हो । चिलाउनेवासमा रहेका करीब ५ सय घर धुरी बेगनासी पौडेलहरुले यस्तो प्रकारले कुलपुजा गर्ने स्थानिय अशोक पौडेलले  जानकारी दिनुभएको छ । 

कुल पुजामा ३ हजार बढि बोकाको बलि, दशहजारको सहभागिता ।।

लोकनाथ मरासिनी (रेडियो स्याङ्गजा )

देशभरी छरीएर रहेका रोकाहा क्षेत्रीहरुको कुल पुजा आज स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं. १० कुमालटारीमा धुमधामका साथ सम्पन्न भएको छ । गर्ग गात्रिय रोकाहा क्षेत्रि लगायतले हिजो निसान पुजा गरीपश्चात आज रोकाहा क्षेत्रिहरुले भव्य रुपमा कुल पुजा सम्पन्न गरेका हुन् । कुलपुजाको अवसरमा हिजो निसान पुजामा करीब १६ सय पाठाको बलि दिएका थिए भने आज मात्रै रोकाहा क्षेत्रिहरुले १५ सय बढि पाठाको बलि दिएका छन् । कुमालटारीमा रहेको कुलदेवताको मन्दीरमा पुजा गर्नका लागि जिल्ला तथा जिल्ला बाहिर रहेका हजारै भक्तजनहरु बाजागाजासहित मन्दीरमा पुगेका थिए ।
पुजाका लागि देशभित्रका मत्रै नभई विदेशबाट समेत मन्दिरमा भक्तजनहरु बलि दिन आएका थिए । इंङल्याण्मा बस्दै आउनुभएका टक्सार घर भएका ज्ञानेन्द्र बहादुर रोकाहाले आफु कुल पुजाकै लागि नेपाल आई बलि दिन मन्दीर आएको जानकारी दिनुभयो । लगभग १० हजार भक्तजनहरुको सहभागिता रहेको पुजाका अवसरमा २ लाख भेटी बापत नगद संकलन भएको छ । पुजाका अवसरमा हिजो र आज मात्रै उक्त स्थानमा व्यापारीक कारोबार समेत अत्याधिक बृद्धि भएको थियो । उल्लेख्य मात्रामा सर्वसाधारणको उपस्थिति रहेपछि पुजा स्थानमा महोत्सवहरुमा झै करीब १५ लाख बराबरको व्यापारीक कारोबार भएको पुजा व्यवस्थापन समितिले जनाएको छ । यस्तै कुमालटारीमा मन्दिर परीसरमा जग्गाको अभाव भएकाले चन्दा समेत संकलन गरीएको र उल्लेख्य रुपमा चन्दा संकलन भएको समितिले जनाएको छ |

Thursday, December 9, 2010

विद्युत कर्मचारी संघको अध्यक्षमा शर्मा


लोकनाथ मरासिनी
स्याङ्जा, मंसिर २३ गते । 
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्मिाञ्चलको सातौ क्षेत्रिय अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गएराती भएको अधिवेशनको बन्दसत्रले राजेश शर्मालाई पुन अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उदयराज भटटराई, सचिबमा हरिहर भटटराई, कोषध्यक्षमा सरस्वती पाण्डे रहनुभएको छ|
त्यस्तै समितिका सदस्यहरुमा राधाकुमारी बश्याल, यज्ञमुत्र्ति न्यौपाने, लाल बहादुर राउत, सुवास अधिकारी, निरज रेग्मी र नारायण रिजाल रहेका छन् ।
अधिवेशनले इश्वर सुवेदी, ध्रुवराज न्यौपाने, मातृका तिमिल्सीनालाई केन्द्रिय प्रतिनिधिमा मनोनित समेत गरेको छ । अधिबेशनको बुधबार उर्जाराज्यमन्त्रि चन्द्रसिं भट्ट्राइले उद्घाटन गर्नु भएका थियो|

Syangja born peace activist is bringing people in conflict areas together

A 28 year-old Syangja born peace activist in Nepal is bringing people in conflict areas together through the simple act of giving a rose to a    stranger
Nepal has offered much hope to the world throughout history. The birthplace of the Buddha himself, it has since been a place of global pilgrimage for people from all walks of life, searching for inner peace and enlightenment.

However, despite a promising history, within its own borders civil conflict has been rife. The country suffers from severe poverty and economic insecurity, and has clearly been in need of a breath of fresh air, a breeze of hope, and a path towards prosperity for some time.

Cue Sushil Koirala – at 28 years old, he describes himself as one of the world's biggest dreamers; driven by daring ambitions and a deep passion to create a more just and peaceful society, not only for his country but for people across the world.

In 2008 he established Peace for Nepal; an organisation that to date has held over 60 national events and rallies promoting peace. At the same time, Sushil initiated the Rose Movement, where roses are exchanged between people in conflict areas as a means to bring about peace.

"The rose is a universal symbol, liked by everyone," he says, adding: "It appeals equally to everyone's heart. The exchange of roses, the shaking of hands and extending goodwill between people of different races, religions or parties in conflict, helps to create a more conducive and positive atmosphere for talks."

The exchanges are a simple action but their symbolism and significance is very powerful, Sushil believes: "Just like the many colours of roses, we may be of different nationalities, ethnicities, religions or race. But no matter what colour a rose may be, it is still a rose, and likewise we are all human beings first. It reminds us of the oneness of the human family."

Born in the farmlands of the Syangja district in Western Nepal, Sushil grew to be deeply concerned with the state of his country. Enrolling at medical university in China, it was there where he first began to campaign for peace in Nepal.

"I knew that I had to do something," Sushil recalls. "It didn't matter that I was in China at the time. At university in late 2004, I started an internet campaign by creating a website and posting petitions for peace online. I also published articles and appeals to attract more media attention. Then, as publicity for the cause grew, I started doing public campaigns at my university and other places that I visited during my years of study.”

Sushil's commitment and passion at such a young age did not go unnoticed. He soon received scholarships to attend global youth summits all over the world and spread his message of the urgency for peace in Nepal. He amassed almost 1,000 signatures on his first petition for peace, which he presented to the peace minister of Nepal shortly after.

After graduating from University, he returned to Nepal more enthusiastic and driven for the cause of peace than ever. "I realised that peace would always be the priority in my life," he recalls, adding: "It doesn't matter whether my actions are big or small, as long as my ideals for peace are mirrored by my actions."

Sushil's work as an activist, despite being a full-time priority, would often involve a battle for resources in the early days of campaigning. "There were times when I would struggle simply to sustain myself," he remembers. "There were new challenges constantly presenting themselves along the way... and sometimes I found myself questioning the purpose of my work. But by holding a commitment to my ideals and keeping a firm belief in the law of abundance, I refused to give up because the need for peace is an issue we can ignore no longer."

After four years of tireless campaigning, Sushil officially registered Peace for Nepal and assumed the role of president. Although the organisation is essentially geared towards achieving peace, its work also incorporates many other aspects, as he points out: "Peace is such a broad term - so many other issues are involved in the nature of our work. While we are focused on peace in Nepal, we're also supporting global issues such as human rights, the environment and health. We must strive for a fair and just peace."

Committed to spreading the message of peace across the globe, Sushil took his creativity to yet another level when he set up the Rose Movement for World Peace. Since it began, rallies have been conducted in Nepal, India, Italy, the Philippines and most recently Switzerland, with over 6,000 roses being distributed. "I felt very strongly that it shouldn't be guns and war but roses and peace that bring change and revolution to our world," he says. "The smiles and happiness that's created with the exchange of a rose between strangers is a special moment."

The movement gained huge recognition in January 2010 with a rose exchange ceremony at the Nepal-India border. At this time, there was a great deal of documented tension between the two countries but Sushil refused to sit back and watch a negative situation unfold in front of his eyes, so he headed into no-man's-land at the Jamunaha border point.

Sushil recalls the wonderful moment when the two nations came together that sunny afternoon: "There were hundreds of Nepalese and Indian citizens, hoisting flags, singing anthems and exchanging roses with each other in a bid for peace and harmony. The publicity and coverage of this historic event was huge, and the movement contributed significantly to calming tensions along the border. It was a momentous day for peace in Nepal."

While the Rose Movement grows, so does Sushil's devotion to peace and his contagious belief that 'a more just world is within reach'. In his lifetime, he hopes peace can be delivered in all forms to his country and the world. He might just be that breath of fresh air and the breeze of hope that Nepal has been so in need of.

In recognition of Sushil's dedication to peace, he was recently awarded by the Giraffe Heroes Project. The foundation honours people who are largely unknown risk-takers, who 'have had the courage to stick their necks out for the common good.'


आदिवासी जनजाति सरोकार मञ्च पिडीखोला गठन

 सम्बाद दाता ,
स्याङ्गजा पिंडिखोलामा आदिबासी जनजाती एक जुट हुदै आदिवासी जनजाति समुदायका भाषा, कला, संस्कृति र पहिचानलाई संरक्षण सम्ब्रधन गर्न तथा गाविसमा चेतना, विकास निर्माणकार्यलाई तिब्रता दिन स्याङ्गजा पिडीखोला गाविसमा आदिवासी जनजाती युवाहरुको एक कार्यक्रमको आदिवासी जनजाति सरोकार मञ्च पिडीखोला गठन भएको छ । जिल्लाकै विकट गाविस पिडीखोलामा आदिवासी जनजाति समुदायका मगर र गुरुङ्ग जातिको आधा बसोबास हरेको छ । तर पनि गाविसमा अहिले सम्म आदिवासी जनजाति सम्बन्धि कुनै निकाय नभएकाले मञ्च गठन गरिएको हो ।
मञ्चमा युवाहरु सहभागीता रहेको कार्यक्रमका संयोजक विनोद रखाली मगरले जानकारी दिनुभयो । युवाहरुको भेलालाई निर्वतमान गाविस अध्यक्ष देवलाल पाण्डेले आदिवासी जनजाती समुदायका गाविसका युवाहरु आफ्नो पहिचानलाई संरक्षण गर्न लागि परेकोमा सकारात्मक कार्य भएको भन्दै सफलताको शुभकामना दिनु भयो । उहाँले मञ्चलाई अन्य संघ संस्था सगँ पनि सम्मन्व गरि अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा नरोदय उच्च माविका अध्यक्ष यज्ञ प्रसाद शर्मा, मगर सुधार समिति पिडीखोलाका सचिब खेम राना मगर लगाएतले नयाँ समितिलाई शुभकामना दिनुभएको थियो । भेलाले विनोद रखाली मगरको अध्यक्षतामा १५ सदस्यीय आदिवासी जनजाति सरोकार मञ्च पिडीखोला गाविस गठन गरेको छ । समितिको उपाध्यक्षमा छकु थापा मगर, सचिबमा दिपेन गुरुङ्ग, सहसचिबमा नरु सिङ्गजाती मगर, कोषाध्यक्षमा विमल थापा मगर रहनु भएको छ । त्यसै गरि समितिको सदस्यहरुमा रेषमि फौङ्गजाली मगर, कमल थापा मगर, सविता गुरुङ्ग रहनु भएको छ । समितिले गाविस भरीका आदिवासी जनजाति समुदायलाई प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने र भाषा संस्कृतिको जर्गेनामा अगाडी बढ्ने छ ।

Wednesday, December 8, 2010

एकीकृत शत्रुजीव व्यवस्थापन तालीम

 ई स्याङ्गजा रिपोर्ट ,

स्याङ्जा जिल्लामा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापनसम्बन्धी ६ महीने तालिम सम्पन्न भयो । कारितास नेपालद्वारा सञ्चालित दिगो कृषि बहुउद्देश्यीय सहकारी संस्था, पञ्चमूलको आयोजनामा सो तालिम भएको थियो । धान तथा तरकारी व्यवसायको आधुनिकीकरण तथा रोग तथा कीराको व्यवस्थापन तथा सचेतीकरणका लागि पञ्चमूल, रापाकोट र आरुचौर गाविसअर्न्तर्गत २१ वटा पाठशालाका माध्यमबाट तालीम प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

ती पाठशालामध्ये १२ मा धान र ९ मा तरकारी खेतीसम्बन्धी तालिम दिइएको थियो । किसानको खेतबारीमै गई प्रत्येक चरणको अवलोकनमा शत्रुजीव व्यवस्थापन प्रविधिबाट तरकारीमा ३०० प्रतिशतसम्म र धानमा ६० प्रतिशतसम्म उत्पादनमा वृद्धि भएको बताइएको छ । आधुनिक कृषिप्रणालीको विकास गर्दै कृषकको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यले तालिम प्रदान गरिएको प्रमुख प्रशिक्षक लक्ष्मी शर्माले बताइन् । उनले तालीमपछि स्याङ्जाका तीन गाविसका कृषकहरू आधुनिक कृषिप्रणालीमार्फत आयआर्जन गर्न सफल हुने दाबी पनि गरिन् ।

दिवसमा फलफुल बितरण

लोकनाथ मरासिनी

स्याङ्जा, मंसिर २२ गते ।स्याङ्जा निर्माण ब्यवसायी संघले सदरमुकाम स्याङ्जामा विरामी, अपाङ्ग र कारागारका बन्दीहरुलाई बुधबार स्याङ्जामा फलफुल वितरण गरेको छ ।

 संघको राष्ट्रिय निर्माण दिवसको दिन पारेर स्याङ्जा जिल्ला अस्पताल, जिल्ला सदरमुकाममा रहेका अपाङ् र कारगारमा रहेका बन्दीलाई फलफुल बितरण गरेको हो ।

  अस्पतालका तीन विरामी, कारागारका ४० बन्दी र विभिन्न संस्थामा रहेका २५ अपाङ्गलाई फलफुल वितरण गरेको हो ।
स्याङ्जा निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष एकनारायण बगालेको नेतृत्वमा गएको निर्माण व्यवसायीहरुको टोलीले दिवसको अवसरमा फलफुल वितरण गरेको स्याङ्जा निर्माण व्यवसायी संघका सदस्य भगवतप्रकाश मल्लले जानकारी दिनुभयो ।


 

अस्थिरताको जिम्मेवार माओवादी

लोकनाथ मरासिनी

स्याङ्जा, मंसिर २२ गते ।
नेपाल सरकारका उर्जा राज्यमन्त्री चन्द्रसिं भट्टराईले देशमा बढदै गएको अस्थिरताको जिम्मेवारी एकीकृत नेकपा माओवादी भएको आरोप लगाउनु भएको छ ।
उहाँले माओवादीले लोकतान्त्रिक धारलाई नीतिगत रुपमा स्वीकार नगरेसम्म देशले निकास नपाउने बताएका छन् ।  नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्चिमाञ्चलको सातौ क्षेत्रिय अधिवेशनको उद्घाटन गर्दै राज्यमन्त्री भट्टराईले बुधबार उक्त कुरा बताउनु भएको हो । देशमा संविधान बन्न र सरकार गठनको प्रक्रियाले पुर्णता नपाउनुमा माओवादी जस्तै नेकपा एमाले पनि जिम्मेवार रहेको उहाँको भनाई थियो ।

सोलार प्लान्ट सिचाईले जीवनस्तरमा परिवर्तन

प्रकाश डोटेल स्याङ्जा–२२, मंसिर
खानेपानीको असुविधाबाट बञ्चित स्याङ्जाको जगतभञ्ज्याङ् गाविस–२ स्थित पित्लेक क्षेत्रमा बसोबास गर्दै आएको ३३ घरपरिवारमा हाल सोलार प्लान्ट सिंचाई प्रणालीबाट सिंचाई सुविधा उपभोग गर्न थालेपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको छ ।
आर्थिक वर्ष २०६४÷०६५ मा जिल्ला कृषि विकास कार्यालय स्याङ्जाद्धारा सञ्चालित सिंचाइ योजना लागु भएपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको हो । सोलार प्लान्ट प्रणालीबाट निर्मित उक्त योजना स्याङ्जा जिल्लाको एक मात्र नमूना सिञ्चाई योजना हो ।
पित्लेक गाउँको करिव २ किलोमीटर टाढा रहेको छरछरे मुहानबाट पानी ल्याएर पित्लेकमा दई वटा २४ हजार लिटर एउटा पानी संकलन गर्ने, एउटा पानी विस्तार गर्ने ट्यांकी निर्माण गरि प्रत्येक घरको लागि धारा बनाएर गाउँभरी नै सिंचाई सुविधा उपलब्ध गराइएको छ ।
जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको ३ लाख, क्षेत्रीय कृषि निर्देशनालय पोखराको ३ लाख, कृषि तथा सहकारी मन्त्रालयको ४ लाख, स्थानीय विकास कोषबाट १ लाख, जगतभञ्ज्याङ गाविसको १ लाख ४० हजार र स्थानीय बासीको जनश्रमदान ५ लाख ६० हजार गरी कुल १८ लाखको लागतमा योजना निर्माण भएको हो ।
सिञ्चाइ योजना लागु नहुँदासम्म १ घण्टाको बाटो हिडेर पानी बोकी सिंचाई गर्नुपर्ने पित्लेकमा राम्रो उत्पादन लिन नसकिएका पनि अहिले घर–घरमा पानीको सुविधा पुगेपछि कृषिजन्य बस्तुको उत्पादनमा बृद्धि भएको स्थानीयबासी बताउँछन् ।
सोलार सिचार्इृ योजना लागु भएपछि गोलभेडा, सिमी, काउली, बन्दा, कात्र्रmो, करेला लगायतका मौसमी तथा बेमौसमी विभिन्न जातका तरकारी खेतीबाट पहिलेको भन्दा पाँच गुणा आम्दानीमा बृद्धि भएको स्थानीय कृषक हुमनाथ लामिछानेले बताए । उनले भने धेरैजसो घरपरिवार तरकारी खेतिबाट नै जिविकोपार्जन गर्ने गरेका छन् ।
पछिल्लो समयमा पित्लेकका अधिकांश कृषकहरुले तरकारी खेतिबाट वार्षिक डेढ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका जिल्ला कृषि विकास कार्यालयका तथ्याङ्कमा समेत उल्लेख छ । स्याङ्जाको मुख्य बजार वालिङबाट ४ किलोमिटर पूर्वमा पर्ने उक्त गाउँ जिल्लाम सबैभन्दा बढि टमाटर खेति हुने क्षेत्र पनि हो ।

शिव मन्दिरबाट मुर्ती चोरी

प्रकाश डोटेल स्याङ्जा–२२, मंसिर
वैष्णव धर्मालम्बीको केन्द्रिय कार्यालय रहेको पबित्र तिर्थस्थल स्याङ्जाको साँखर गाविस स्थित केलादीघाटको शिवालयमा रहेको मुत्र्तिसँगै बिभिन्न सामाग्री चोरी भएको छ । स्याङ्जा जिल्लाको दक्षिण पुर्वी गाबिस साखँर गाउँ बिकास समितिको वडा नम्बर–८, मा रहेको शिवालय मन्दिरमा रहेको भगवानका मुत्र्ति, अङखोरा, संङख र कमण्डलु चोरी भएको हुन् । चावी लगाएको मन्दिरको ताला फोरेर रातको समयमा मुत्र्ति चोरी भएको मन्दिरका पुजारी अमर पुरीले जानकारी दिए ।
२०३२ सालमा मन्दिर निमार्ण गरी मुर्ति प्रतिस्थापन गरिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिरको मुत्र्ति लगायत पुजा पाठमा प्रयोग गरिने सामाग्री चोरी भएको हो । चोरीमा संलग्नको खोजी भएको प्रहरीले बताएको छ ।

पञ्चासेमा पर्यटक बढे

ई  स्याङ्गजा रिपोर्टर ,
सरकारले सन् २०११ लाई पर्यटनको पूर्वसन्ध्यामा पञ्चासे घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्वत, कास्की र स्याङजा जिल्लाको सिमानामा पर्ने पञ्चासे क्षेत्रमा यो वर्ष विगतभन्दा बढी संख्यामा पर्यटक आएका हुन् ।

विगतमा फाट्टफुट्ट मात्र पर्यटक देखिने गरेकामा हिजोआज दैनिक सयौंको संख्यामा आन्तरिक र बाहय पर्यटक घुम्न आउने गरेका छन् । 'वर्षौंपछि यहाँको मौसम सफा र सुन्दर भएको छ,' पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले भने, 'त्यसैले पञ्चासेबाट देखिने मनोरम दृश्य हेर्न पर्यटकको घुइँचो लागेको हो ।' पञ्चासेबाट पाल्पा, कास्की, पर्वत, बागलुङ र स्याङ्जा सदरमुकाम प्रस्ट देखिन्छन् ।

यो क्षेत्रबाट पश्चिमाञ्चल क्षेत्रका अन्नपूर्ण, गणेश, धौलागिरिलगायत एक दर्जन हिमशृंखला एकैसाथ देखिन्छन् । अधिकांश आन्तरिक र बाह्य पर्यटक कास्कीको सिधानेसम्म गाडी रिजर्भ गरेर आउने र त्यहाँबाट

मनोरम दृश्य नियाल्दै पैदल पञ्चासे पुग्ने गरेका छन् ।

'पर्यटन वर्ष सुरु हुन लागेकाले होला पञ्चासेमा पर्यटक नआएको दिन छैन,' पञ्चासे युवा क्लबका संस्थापक मनोज गुरुङले भने, 'यो वर्ष दोब्बरभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् ।' काठमाडौं, पोखरा, चितवन लगायतबाट शैक्षिक भ्रमणका लागि ठूलो संख्यामा विद्यार्थी, शिक्षक आउने गरेका छन् ।

पञ्चासे क्षेत्रमा पर्याप्त होटल नहुँदा विदेशी पर्यटक भने पाल टाँगेर बस्ने गरेका छन् । उनीहरू त्यसैमा रम्ने गरेको स्थानीयहरू बताउँछन् । आन्तरिक पर्यटक दुई र विदेशी पर्यटक चार दिनसम्म यो क्षेत्रमा बस्ने गरेको उनीहरू बताउँछन् । 

भ्यु टावर निर्माण गरिएकाले पर्यटकलाई दृश्य अवलोकन गर्न सजिलो भएको छ । यहाँ ताल र मन्दिर पनि निर्माण गरिएको छ । नेपालकै सबैभन्दा बढी १ सय ४ थरीका सुनाखरी यही क्षेत्रमा पाइन्छ ।

पञ्चासे जडिबुटीका लागि पनि परिचित स्थान हो ।

'घुम्न आउने आगन्तुक जति सबैको सक्दो सेवा गरिरहेका छौं,' अध्यक्ष गुरुङले भने, 'पर्याप्त खानेपानीको अभावले समस्या पारेको

छ ।' पञ्चासेसम्म खानेपानीका लागि प्रक्रिया अगाडि बढाइए पनि विस्तार हुन नसकेको उनले बताए । पञ्चासे कास्की र पर्वतबाट ३५/३५ किमि र स्याङ्जाबाट ४० किमि दूरीमा

छ । पर्वतको आर्थर, चित्रे र कास्कीको भदौरे गाविसमा होमस्टे सेवा सुरु गरिए पनि अधिकांश पर्यटक त्यहाँसम्म पुग्न झन्झट मानेर पञ्चासेमै बस्ने गरेका छन् । बिहानीपख देखिने सूर्योदयको दृश्य क्यामेरामा कैद गर्न पर्यटकको भीड लाग्ने गरेको पञ्चासे युवा क्लबका संस्थापक मनोज गुरुङ बताउँछन् । उनका अनुसार बाला चतुर्दशीका दिन विशेष मेला लाग्ने गरेको छ । गत बाला चतुर्दशीमा २० हजार भन्दा बढी भक्तजनको उपस्थिति रहेको उनले बताए ।

पञ्चासे क्षेत्रमा होटल व्यवसाय पर्याप्त मात्रामा नभएको र पर्यटकलाई सेवा सुविधा दिने उद्देश्यका साथ व्यवसाय विस्तार गरी धेरैको संख्यामा पर्यटक भित्र्याउने अभियान थालनी गरिने गुरुङले बताए ।

Tuesday, December 7, 2010

"नमुना स्वास्थ्य पर्यटकिय गाउँको विकास "विषयक तालिम दरौसिरुवारीमा सुरु

 राजन पौडेल

तारा गाउँविकास समिति र पर्यटन तथा नागरीक उड्यन मन्त्रालयको संयुक्त अयोजनामा संचालित तालिममा ५ दिनसम्म ग्रमिण पर्यटनको विकासका विषयमा प्रशिक्षण प्रदान गरीन भएको छ । सिरुबारि पर्यटन विकास समितिका सदस्यहरु २५ जनाको सहभागिता रहेको तालिमको आज एक... कार्यक्रमका विच अध्यक्ष क्या.बवरसिं गुरुङ्ले उदघाटन गर्नुभएको हो । तालिममा डा. सिद्धार्थकुमार ठाकुर, योजनाकार डा. दिपेन्द्र ज्ञावली घनश्याम ढकाल, जगदिश प्रसाद श्रेष्ठ लगायतले पर्यटन विकास, हर्बल थेरापि लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुहुने सिरुवारी पर्यटन विकास समिति संयोजक जुमबहादुर गुरुङ्ले जानकारी दिनुभएको छ ।

Monday, December 6, 2010

माघ १४ देखि २३ गते सम्म १० दिने वालिंग महोत्सव हुने

राजन  पौडेल (स्याङ्गजा एफ एम )
"हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचन" भन्ने मूल नाराका साथ स्याङजाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको वालिङमा रहेको खेल मैदानमा तेस्रो वालिङ महोत्सव २०६७ का रुपम क्षेत्रिय औधोगिक, कृषि, पर्यटन तथा ब्यापार मेला आयोजना हुने भएको छ ।
फोटो : अघिल्लो वर्ष को महोत्सव

वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १४ देखि २३ गते सम्म १० दिन महोत्सवको आयोजना गर्न लागेको सोमबार वालिङ्मा आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराइएयो
|

कुखुराको मासुको मुल्यमा प्रति केजि २५ रुपैया घटाउने सहमति

 Lok Nath marasini
स्याङ्जामा हाल कायम रहेको कुखुराको मासुको मुल्यमा प्रति केजि २५ रुपैया घटाउने सहमति भएको छ । कुखुरा व्यसायि दाना व्यवासायि तथा मासु व्यवासयहरुको स्याङ्जा सदरमुकाममा आइतबार सम्पन्न भेलाले कुखुराको मासु प्रतिकेजि २६० बाट घटाएर २३५ कायम गर्ने निर्णय गरेको हो । जिल्लामा कुखुराको उत्पादनमा बृद्धि भएसँगै मल्यमा कमि गर्ने निर्णय भएको हो । अब कायम भएको मुल्य अनुसार कृषकहरुले जिउदो कुखुराको मुल्य १५० मात्रै पाउने भएको दाना व्यवसायि मोतिप्रसाद पौडेलले जानकारी दिए ।

Sunday, December 5, 2010

मतदाता नामावलीमा कम सहभागीता

प्रकाश डोटेल स्याङ्जा–१९, मंसिर
नेपाल सरकारले लागु गर्न खोजेको फोटो सहितको मतदाता परिचयपत्रका लागि पहिलो पटक नगरपालिकाबाट शुरु गरिएकोमा स्याङजाका दुइ नगरपालिकामा कुल मतदाता संख्याको आधा भन्दा कम सहभागी भएको जिल्ला निर्वाचन कार्यालय स्याङजाले जनाएको छ । फोटो सहितको नामावली संकलन कार्य दुइ नगरपालिकाका बिभिन्न वाडहरुमा ३३ केन्द्रवाट संकलन गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय स्याङजाको नामावली दर्ता विबरण तथ्याङक अनुसार २०६३ को मतदाता नामावलीको संख्याका आधारमा आधा भन्दा कम मतदाताको फोटो सहितको बिबरण संकलन गरिएको देखिएको हो ।
२०६३ मा दुइ नगरपालिकाको कुल मतदाता संख्या ४५ हजार १ सय ५८ रहेकोमा हाल संकलन केन्द्रमा आएर आफ्नो फोटो खिचाउने मतदाता संख्या मात्र २२ हजार ५ सय ९९ रहेका छन । जुन तथ्याङक अनुशार आधाभन्दा कम देखिएको छ ।
स्याङजाका दुइ नगरपालिका पुतलीबजार र वालिङ नगरपालिकामा संकलन गरिएको फोटो सहितको नामावलीमा २२ हजार ५ सय ९९ जना मतदाता सहभागी रहेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङजाले पहिलो चरणको फोटो सहितको मतदाता नामावली गत भदौ ५ देखि कार्तिक २९ गते सम्म संकलन गरेको थियो । संकलित मतदाता नामावली मध्ये पुतलिबजार नगरपालिकामा १३ हजार ३ सय ३७ मतदाता र वालिङ नगरपालिकामा ९ हजार २ सय ६२ मतदाता मात्र सहभागी रहेका थिए ।
प्रचार प्रसार र ग्रामिण भेगका सर्वसाधारण जनतालाइ फोटो सहितको मतदाता परिचय पत्रको वारेमा जनचेतना फैलाउन नसक्नु र अत्यन्तै छिटो समयमा कार्यक्रम जनतामाझ ल्याइनुको प्रतिफल आधा भन्दा कम सहभागिता भएको बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालय स्याङजाले जतिपनि मतदाताले तोकिएको केन्द्रमा गइ फोटो खिचाउन वांकी रहेका छन उनिहरुको फोटो सहितको विवरण जिल्ला निर्वाचन कार्यालयमा गर्ने ब्यबस्था मिलाइएको जनाएको छ ।

सामाजिक सेवाका लागि युवा संगठित

प्रकाश डोटेल स्याङ्जा–१९, मंसिर
जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्रमा बसोबास गरेका मुस्लिम समुदायका सक्रिय युवाहरुको एक भेलाले जिल्लामा सचेतना मुलक कार्यक्रक संचालन गरि सामाजिक सेवाको उद्देश्यले मुस्लिम युवा क्लव गठन गरेका छन् ।
गठित क्लवको अध्यक्षमा सैदुद्धिन मियाँ, उपाध्यक्षमा मोहम्मद सहिद अलि, अहम्ददिन अलि, समिम अलि, सचिवमा मोहम्मद साहाजाहा, सह–सचिवमा मजिद मियाँ र कोषाध्यक्षमा अलि मियाँ (मुमु) रहेका छन् ।
त्यसैगरि क्लवको सदस्यमा अनुबर मियाँ, मोहम्मद हुसेन अलि, नुर मोहम्मद अलि, अरमान अफ्जल, मोहम्मद याकुब, अमिर आलम मियाँ, अनुर खाँ, मुबारक मियाँ र साखालिद मियाँलाई चयन गरेको क्लवका अध्यक्ष सैदुद्धिन मियाँले जानकारी दिएका छन् ।
भेलाले मुस्लिम समुदायका अग्रजहरुको सहभागितामा १२ सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा मुन्ना सेख, हाजी नुरबक्स, हाजी मोहम्मद अलि, हाजी बसर अलि, हाजी, अहमद खाँ, हाजी अलि मोहम्मद, हाजी युसुफ मियाँ, अमिर बक्स, हाजी नुरबक्स, सम्सुदिन मियाँ, हाजी शेर अलि र हनिफ अफ्जल रहेका छन् ।
गठित क्लवले जिल्लामा हुनसक्ने लागुऔषधको ओसारपसारमा नियन्त्रण, सामाजिक रुपान्तरण मुलक सचेतनाका कार्यक्रमहरु संचालन गर्ने लक्ष्य रहेको बताइएको छ ।