Wednesday, December 8, 2010

सोलार प्लान्ट सिचाईले जीवनस्तरमा परिवर्तन

प्रकाश डोटेल स्याङ्जा–२२, मंसिर
खानेपानीको असुविधाबाट बञ्चित स्याङ्जाको जगतभञ्ज्याङ् गाविस–२ स्थित पित्लेक क्षेत्रमा बसोबास गर्दै आएको ३३ घरपरिवारमा हाल सोलार प्लान्ट सिंचाई प्रणालीबाट सिंचाई सुविधा उपभोग गर्न थालेपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको छ ।
आर्थिक वर्ष २०६४÷०६५ मा जिल्ला कृषि विकास कार्यालय स्याङ्जाद्धारा सञ्चालित सिंचाइ योजना लागु भएपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको हो । सोलार प्लान्ट प्रणालीबाट निर्मित उक्त योजना स्याङ्जा जिल्लाको एक मात्र नमूना सिञ्चाई योजना हो ।
पित्लेक गाउँको करिव २ किलोमीटर टाढा रहेको छरछरे मुहानबाट पानी ल्याएर पित्लेकमा दई वटा २४ हजार लिटर एउटा पानी संकलन गर्ने, एउटा पानी विस्तार गर्ने ट्यांकी निर्माण गरि प्रत्येक घरको लागि धारा बनाएर गाउँभरी नै सिंचाई सुविधा उपलब्ध गराइएको छ ।
जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको ३ लाख, क्षेत्रीय कृषि निर्देशनालय पोखराको ३ लाख, कृषि तथा सहकारी मन्त्रालयको ४ लाख, स्थानीय विकास कोषबाट १ लाख, जगतभञ्ज्याङ गाविसको १ लाख ४० हजार र स्थानीय बासीको जनश्रमदान ५ लाख ६० हजार गरी कुल १८ लाखको लागतमा योजना निर्माण भएको हो ।
सिञ्चाइ योजना लागु नहुँदासम्म १ घण्टाको बाटो हिडेर पानी बोकी सिंचाई गर्नुपर्ने पित्लेकमा राम्रो उत्पादन लिन नसकिएका पनि अहिले घर–घरमा पानीको सुविधा पुगेपछि कृषिजन्य बस्तुको उत्पादनमा बृद्धि भएको स्थानीयबासी बताउँछन् ।
सोलार सिचार्इृ योजना लागु भएपछि गोलभेडा, सिमी, काउली, बन्दा, कात्र्रmो, करेला लगायतका मौसमी तथा बेमौसमी विभिन्न जातका तरकारी खेतीबाट पहिलेको भन्दा पाँच गुणा आम्दानीमा बृद्धि भएको स्थानीय कृषक हुमनाथ लामिछानेले बताए । उनले भने धेरैजसो घरपरिवार तरकारी खेतिबाट नै जिविकोपार्जन गर्ने गरेका छन् ।
पछिल्लो समयमा पित्लेकका अधिकांश कृषकहरुले तरकारी खेतिबाट वार्षिक डेढ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका जिल्ला कृषि विकास कार्यालयका तथ्याङ्कमा समेत उल्लेख छ । स्याङ्जाको मुख्य बजार वालिङबाट ४ किलोमिटर पूर्वमा पर्ने उक्त गाउँ जिल्लाम सबैभन्दा बढि टमाटर खेति हुने क्षेत्र पनि हो ।

No comments:

Post a Comment