Friday, December 10, 2010

कुल पुजामा ३ हजार बढि बोकाको बलि, दशहजारको सहभागिता ।।

लोकनाथ मरासिनी (रेडियो स्याङ्गजा )

देशभरी छरीएर रहेका रोकाहा क्षेत्रीहरुको कुल पुजा आज स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं. १० कुमालटारीमा धुमधामका साथ सम्पन्न भएको छ । गर्ग गात्रिय रोकाहा क्षेत्रि लगायतले हिजो निसान पुजा गरीपश्चात आज रोकाहा क्षेत्रिहरुले भव्य रुपमा कुल पुजा सम्पन्न गरेका हुन् । कुलपुजाको अवसरमा हिजो निसान पुजामा करीब १६ सय पाठाको बलि दिएका थिए भने आज मात्रै रोकाहा क्षेत्रिहरुले १५ सय बढि पाठाको बलि दिएका छन् । कुमालटारीमा रहेको कुलदेवताको मन्दीरमा पुजा गर्नका लागि जिल्ला तथा जिल्ला बाहिर रहेका हजारै भक्तजनहरु बाजागाजासहित मन्दीरमा पुगेका थिए ।
पुजाका लागि देशभित्रका मत्रै नभई विदेशबाट समेत मन्दिरमा भक्तजनहरु बलि दिन आएका थिए । इंङल्याण्मा बस्दै आउनुभएका टक्सार घर भएका ज्ञानेन्द्र बहादुर रोकाहाले आफु कुल पुजाकै लागि नेपाल आई बलि दिन मन्दीर आएको जानकारी दिनुभयो । लगभग १० हजार भक्तजनहरुको सहभागिता रहेको पुजाका अवसरमा २ लाख भेटी बापत नगद संकलन भएको छ । पुजाका अवसरमा हिजो र आज मात्रै उक्त स्थानमा व्यापारीक कारोबार समेत अत्याधिक बृद्धि भएको थियो । उल्लेख्य मात्रामा सर्वसाधारणको उपस्थिति रहेपछि पुजा स्थानमा महोत्सवहरुमा झै करीब १५ लाख बराबरको व्यापारीक कारोबार भएको पुजा व्यवस्थापन समितिले जनाएको छ । यस्तै कुमालटारीमा मन्दिर परीसरमा जग्गाको अभाव भएकाले चन्दा समेत संकलन गरीएको र उल्लेख्य रुपमा चन्दा संकलन भएको समितिले जनाएको छ |

No comments:

Post a Comment