Thursday, December 9, 2010

आदिवासी जनजाति सरोकार मञ्च पिडीखोला गठन

 सम्बाद दाता ,
स्याङ्गजा पिंडिखोलामा आदिबासी जनजाती एक जुट हुदै आदिवासी जनजाति समुदायका भाषा, कला, संस्कृति र पहिचानलाई संरक्षण सम्ब्रधन गर्न तथा गाविसमा चेतना, विकास निर्माणकार्यलाई तिब्रता दिन स्याङ्गजा पिडीखोला गाविसमा आदिवासी जनजाती युवाहरुको एक कार्यक्रमको आदिवासी जनजाति सरोकार मञ्च पिडीखोला गठन भएको छ । जिल्लाकै विकट गाविस पिडीखोलामा आदिवासी जनजाति समुदायका मगर र गुरुङ्ग जातिको आधा बसोबास हरेको छ । तर पनि गाविसमा अहिले सम्म आदिवासी जनजाति सम्बन्धि कुनै निकाय नभएकाले मञ्च गठन गरिएको हो ।
मञ्चमा युवाहरु सहभागीता रहेको कार्यक्रमका संयोजक विनोद रखाली मगरले जानकारी दिनुभयो । युवाहरुको भेलालाई निर्वतमान गाविस अध्यक्ष देवलाल पाण्डेले आदिवासी जनजाती समुदायका गाविसका युवाहरु आफ्नो पहिचानलाई संरक्षण गर्न लागि परेकोमा सकारात्मक कार्य भएको भन्दै सफलताको शुभकामना दिनु भयो । उहाँले मञ्चलाई अन्य संघ संस्था सगँ पनि सम्मन्व गरि अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा नरोदय उच्च माविका अध्यक्ष यज्ञ प्रसाद शर्मा, मगर सुधार समिति पिडीखोलाका सचिब खेम राना मगर लगाएतले नयाँ समितिलाई शुभकामना दिनुभएको थियो । भेलाले विनोद रखाली मगरको अध्यक्षतामा १५ सदस्यीय आदिवासी जनजाति सरोकार मञ्च पिडीखोला गाविस गठन गरेको छ । समितिको उपाध्यक्षमा छकु थापा मगर, सचिबमा दिपेन गुरुङ्ग, सहसचिबमा नरु सिङ्गजाती मगर, कोषाध्यक्षमा विमल थापा मगर रहनु भएको छ । त्यसै गरि समितिको सदस्यहरुमा रेषमि फौङ्गजाली मगर, कमल थापा मगर, सविता गुरुङ्ग रहनु भएको छ । समितिले गाविस भरीका आदिवासी जनजाति समुदायलाई प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने र भाषा संस्कृतिको जर्गेनामा अगाडी बढ्ने छ ।

No comments:

Post a Comment