Friday, December 10, 2010

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्चिमान्चल को नयाँ कार्य समिति चयन

लेखक /सम्बाद दाता

लोकनाथ मरासिनी(रेडियो स्याङ्गजा )



नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्मिाञ्चलको सातौ क्षेत्रिय अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गएराती भएको अधिवेशनको बन्दसत्रले  राजेश शर्मालाई पुन अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा उदयराज भटटराई, सचिबमा हरिहर भटटराई, कोषध्यक्षमा सरस्वती पाण्डे रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरुमा राधाकुमारी बश्याल, यज्ञमुत्र्ति न्यौपाने, लाल बहादुर राउत, सुवास अधिकारी, निरज रेग्मी र नारायण रिजाल रहेका छन् । अधिवेशनले इश्वर सुवेदी, ध्रुवराज न्यौपाने, मातृका तिमिल्सीनालाई केन्द्रिय प्रतिनिधिमा मनोनित समेत गरेको छ । अधिबेशनको बुधबार उर्जाराज्यमन्त्रि चन्द्रसिं भट्ट्राइले उद्घाटन गर्नु भएका थियो ।

No comments:

Post a Comment