Wednesday, December 8, 2010

शिव मन्दिरबाट मुर्ती चोरी

प्रकाश डोटेल स्याङ्जा–२२, मंसिर
वैष्णव धर्मालम्बीको केन्द्रिय कार्यालय रहेको पबित्र तिर्थस्थल स्याङ्जाको साँखर गाविस स्थित केलादीघाटको शिवालयमा रहेको मुत्र्तिसँगै बिभिन्न सामाग्री चोरी भएको छ । स्याङ्जा जिल्लाको दक्षिण पुर्वी गाबिस साखँर गाउँ बिकास समितिको वडा नम्बर–८, मा रहेको शिवालय मन्दिरमा रहेको भगवानका मुत्र्ति, अङखोरा, संङख र कमण्डलु चोरी भएको हुन् । चावी लगाएको मन्दिरको ताला फोरेर रातको समयमा मुत्र्ति चोरी भएको मन्दिरका पुजारी अमर पुरीले जानकारी दिए ।
२०३२ सालमा मन्दिर निमार्ण गरी मुर्ति प्रतिस्थापन गरिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिरको मुत्र्ति लगायत पुजा पाठमा प्रयोग गरिने सामाग्री चोरी भएको हो । चोरीमा संलग्नको खोजी भएको प्रहरीले बताएको छ ।

1 comment:

  1. prakash dhakal anjanDecember 9, 2010 at 9:05 PM

    """""""" राम्रो होइन्""""""""
    मन्दिर जस्तो पवित्र ठाउँ बाट भगवानको मुर्ती, शंख ,कमन्डलु हराउनु भनेको नराम्रो कुरा हो ।
    फेरी कुन बदमाशको आँखा लाग्न गयो हामीले पूजा गर्ने मन्दिर मा?
    खोजी गर्नु पर्छ यस्ता बदमाशहरुको अनि दिनु पर्छ सजाए फेरी उस्ले यस्ता यस्ता काम गर्न बाट बन्चित होस्
    नेपालमै इज्जत भएको प्रसिद्द मन्दिर मा अब फेरी यस्तो भयो भनेर आफ्नो गाउको बदनाम भएको रचना पढ्न नपरोस् ।
    प्रकाश ढकाल अन्जान
    सांखर -८ स्याङ्जा हाल - दुबै
    e-mail-- prakashanjan@ymail.com

    ReplyDelete