Monday, December 6, 2010

कुखुराको मासुको मुल्यमा प्रति केजि २५ रुपैया घटाउने सहमति

 Lok Nath marasini
स्याङ्जामा हाल कायम रहेको कुखुराको मासुको मुल्यमा प्रति केजि २५ रुपैया घटाउने सहमति भएको छ । कुखुरा व्यसायि दाना व्यवासायि तथा मासु व्यवासयहरुको स्याङ्जा सदरमुकाममा आइतबार सम्पन्न भेलाले कुखुराको मासु प्रतिकेजि २६० बाट घटाएर २३५ कायम गर्ने निर्णय गरेको हो । जिल्लामा कुखुराको उत्पादनमा बृद्धि भएसँगै मल्यमा कमि गर्ने निर्णय भएको हो । अब कायम भएको मुल्य अनुसार कृषकहरुले जिउदो कुखुराको मुल्य १५० मात्रै पाउने भएको दाना व्यवसायि मोतिप्रसाद पौडेलले जानकारी दिए ।

No comments:

Post a Comment