Saturday, January 15, 2011

गाउँ मा बत्ति बले पछी स्थानीयबासी मा खुसियाली



लोक नाथ मरासिनी 


माघ १, स्याङ्गजा








टुकीको भरमा रात विताउन बाध्य स्याङ्जा सेखाम साँखरका ३९ घरधुरीका स्थानियवासी गाँउमा विजुली बत्ति पुगेपछि उज्यालोमा बस्न पाएका छन् । सेखाम गाँउविकास समिति बरादीका १८ र साँखर ९ का २१ घरधुरीमा विजुली बत्ति बलेपछि खुसी भएका छन् । बुटवल पावर कम्पनीको २५ लाख साँखर र सेखाम गा.वि.स को १० लाख तथा स्थानिय बासीको ३ लाख जनश्रमदानमा गाँउमा विजुली बालिएको उपभोत्ता समितिका सचिब लक्ष्मण ठकुरीले बताउनुभयो । २०५६ सालको चैत महिनादेखि गाँउमा बत्ति बाल्न खटिएका स्थानिय बासिन्दा गाउमा बत्ति बलेपछि खुसी भएका हुन् । अव फेरि साँखर गाँउ विकास सामति भित्रका वडानम्बर ३ ७ र ८ मा विद्युत लाइन विस्तार गर्नै योजना रहेको बताइएको छ ।

Friday, January 14, 2011

स्याङ्गजाली गाउँ को सत्य कथा ! (एक चोटी पढनै पर्ने )

बिबेक अर्याल .
गल्यांग स्याङ्गजा , हाल : बाल्टिमोर ,अमेरिका .

आधुनिकताको छालले गाउँबस्तीलाई छ्याप्दै गर्दा गाउँको जनसंख्या निरन्तर घट्दो छ । हुन यो विकासोन्मुख मुलुकका गाउँबस्तीहरुको साझा कथा नै हो पढेलेखेका र पाखुरीमा तागत भएका युवाहरु गाउँमा भेटिंदैनन् । आँखा देख्ने र खुट्टा टेक्नेजति सबैले गाउँ छाड्ने क्रममा तीव्रता आएको छ  । स्थानीय चुनाव हुँदा वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरु नभेटिने खतरा बढेको छ । युवाहरु रहर र वाध्यता दुबै कारणले स्वदेशकै शहर र मुग्लान पसेका छन् । पेन्सन पकाएर शहरबजारतिरै रोकिएका लाहुरे परिवारहरु देशै छाडेर देश बेलायततिर पुगिसकेका छन् । तर उनीहरुले गाउँ छाडे पनि गाउँको माया चटक्कै मार्न भने सकेका छैनन् ।

गाउँघरको मायालाई मुटुभरि सजाउने युवाहरुले सोसल नेटवर्किङ साइट फेसबुकु र अन्य सामुदायिक साइटहरुमा गाउँका मनमोहक तस्बिरहरु पोष्ट गर्छन् । त्यसमा हृदय नै टाँसेर भावुक कमेन्टु गर्छन् । तर उनीहरु गाउँतिर फर्कने सम्भावना न्यून छ । उनीहरुको हविगत सात समुन्द्रपारि अलग(थलग अवस्थामा रहेका अनलाइन प्रेमी(प्रेमिकाको जस्तो छ । एकआपसमा माया बिछट्टै छ, मन र मुटु पनि साटिएको छ तर सशरीर भेटघाट भने कहिल्यै हुँदैन । गाउँघर र उनीहरुको सम्बन्ध पनि त्यस्तै भएको छ । इन्टरनेटको भर्चुअलु दुनियाँमा जतिसुकै माया पोखे पनि गाउँ अवस्था शून्यको शून्य नै छ । गाउँको दयनीय अवस्था देखेर एकजना बृद्धाले गरेको टिप्पणीको सम्झना आउँछ । उनले स्थानीय लवजमा भनेकी थिइन्, "हामी  मोरेपछि यो धाराको पानी कोले खाला , कठै  ! "
अहिले रित्तिंदै गएको गाउँबस्तीको दुर्दशाको साक्षी बनेको छ, लाँकुरीको बोट । लाँकुरीको फेदमा बसेर ठाडो भाका र अन्य लोकलयमा मनको बह पोख्ने पारखीहरु आजकल भेटिंदैनन् । गोधुली साँझमा लाँकुरीबोट भेला हुने युवाहरु आजकल गाउँमा छैनन् । वनपाखा शून्य छ । बच्चा हुर्किएपछिको चराको गुँणजस्तै भएको छ, त्यो लाँकुरीको बोट । लाँकुरीको फेदमा हुने सभा(कहचरी र दगलफसल हुन छाडेको छ  । लाँकुरीको फेदमा दाउरा(घाँसको भारी बिसाउने क्रम मत्थरिंदै गएको छ । लाँकरीको बोट नजिकको भिरालो चौरमा केटाकेटीले चिप्लेटी खेल्न छाडेका छन् । बटुवाहरु भेटिन छाडेका छन् |

Thursday, January 13, 2011

माओवदी संविधान निर्माणको पक्षमा नभएको विश्वकर्माको आरोप



एमालेका कारण गतिरोध अन्त्य भएको राज्य मन्त्री गौतमको दावि


लोकनाथ मरासिनी
रेडीयो स्याङ्गजा 
पौष २९, स्याङ्जा ।  

      एकीकृत नेकपा माओवदीले संविधान निर्माण कुनै पनि हालतमा गर्न नचाहेको नेकपा एमालेका पोलिटव्युरो सदस्य छविलाल विश्वकर्माले आरोप लागाउनुभएको छ ।

 संविधान निर्माणका क्रममा देखिएका विवाद मिलाउन सफल माओवदी अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित उच्चस्तरीय संयन्त्रलाई भंग गर्ने निर्णय माओवदी स्वयमले गर्नु त्यस्को पुष्टी गर्ने आधर भएको विश्वकर्माको दाबि थियो ।

  नेपाल उत्पीडित जातिय मुक्ति समाज स्याङ्जाको पाँचौ जिल्ला सम्मेलनको उदघाटन सत्रलाई विहिबार सम्बोधन गर्दै संविधान सभा सदस्य समेत रहनुभएका विश्वकर्माले नेपालि जनताले प्रप्त गरेका उपल्बधीहरु पनि गुम्ने खतरामा रहेकातर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभएको हो ।

  उहाँले परिवर्तन संस्थागत गर्नका लागि राजनितिक दलहरुले शान्ति प्रकृया टुंगोमा पुराउदै थप गरीएको समयमा संविधान निर्माण गरी जनतालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

      नयाँ बन्ने संविधानमा दलित हक अधिकारहरु समेटिनेमा विश्वस्त हुन आग्रह गर्दै विश्वकर्माले सबैभन्दा धेरै नयाँ संविधान दलित बर्गलाईनै खाचो रहेको उल्लेख गर्नुभएको थियो ।

  सोहि कार्यक्रममा सामान्य प्रशासन राज्य मन्त्री जितु गौतमले एमालेको महत्वपुर्ण निर्णयका कारण १६ औ चरणसम्म पुगेको अर्थहिन निर्वाचन प्रकृयाको अन्त्य भई नयाँ प्रकृयाको सुरुवत भएको दावि गर्नुभएको थियो ।
 एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका गौतमले राजनितिक दलहरुको सत्ता मोहका कारण यो देशमा सरकार समेत गठन हुन नसकेको भन्दै आफुहरुलाई लामो समयसम्म कामचलाउ भएर बस्न रहर नभएको बताउनुभयो ।

 नेपाल उत्पीडित जातिय मुक्ति समाज नेपालका केन्द्रिय अध्यक्ष समेत रहनुभएका गौतमले आफुहरु सरकारमा रहदा दलित हक अधिकारका विषयमा धेरै गरेको दावि समेत गर्नुभयो ।

      अन्तरजातिय विवाहा गर्ने जोडिलाई राज्यको तर्फबाट सम्मान गर्दै पुरस्कार दिने व्यवस्थाले दलितहरुमा उत्साहा थपेको दावि गर्दै दलित बर्गहरुको सुनौला दिनहरु धेरै टाढा नभएको बताउनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री मोदनाथ पश्रितले अरुलाई अछुत ठान्ने मान्छेहरुनै अछुत हुन भन्दै हिनताबोध नगरी अगाडि बढन आग्रह गर्नुभएको थियो ।

 सोहि कार्यक्रमलाई सम्बोधन गर्दै इनसेकका अध्यक्ष सुबोधराज प्याकुरेलले कानुनभन्दा पनि माथि हुने संस्कार माथि शसक्त प्रहार आवश्यक रहेको बताउनुभयो ।

  यस्तै पुर्व उद्योग मन्त्री तथा उद्योगि हरी पाण्डेले सहयोगहरुलाई सम्बन्धित क्षेत्रमा सदुपयोग गर्न आग्रह गर्दै स्याङ्जाका दलित महिलाहरुको उत्थानका लागि आफुले १ लाख रुपैया सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो ।

      पाण्डेले यस अगाडिनै दलित विद्यार्थिहरुका लागि छात्रबृति स्वरुप ५० हजार नगद समेत प्रदान गरीसक्नुभएको थियो ।

      कर्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष तथा एमाले केन्द्रिय कमिटि सदस्य जगत विश्वकर्मा, एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य टेकु नेपाली, राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द नेपाली, एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, समाजका केन्द्रिय सदस्य धनबहादुर नेपाली, प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वली, अनेमा संघ स्याङ्जाका अध्यक्ष देवी थापा, समाज कास्कीका अध्यक्ष लालबहादुर परियार, दलित संघ स्याङ्जाका अध्यक्ष खडकबहादुर दर्जि लगायतले नेपालमा दलित समुदायले भोग्दै आएका विषयवस्तुहरुका बारेमा बोल्नुभएको थियो ।

साम्पन्न सोहि कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाज स्याङ्जाले विभिन्न व्यत्तित्वहरुलाई सम्मान समेत प्रदान गरेको छ ।









नेपाल उत्पीडित जातिय मुक्ति समाज स्याङ्जाका अध्यक्ष खडकबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा स्वागत उपाध्यक्ष धनमाया विश्वकर्माले गर्नुभएको थियो भने संचालन जमनसिंह नेपालिले गर्नुभएको थियो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

लायन्सको एकदिने निशुल्क आँखा शिबिर

प्रकाश डोटेल स्याङ्जा-२८, पौष
स्याङ्जाको दक्षिण पश्चिम क्षेत्रको पर्यटकीय क्षेत्र सिर्सकाट गाउँ बिकास समिति-३, मैदानमा एक दिने निशुल्क आँखा शिबिर तथा शल्यक्रिया सेवा बुधबार प्रदान गरिएको छ ।
लायन्स क्लब अर्न्तराष्ट्रिय जिल्ला ३२५ बी साइफस्ट ग्राण्ट नेपाल र लायन्स क्लब अफ पोखरा अन्नपुर्णको आयोजना, देबीदेउराली युवा क्लब सिर्सेकाट मैदानको सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा शिबिर आयोजना गरिएको हो । आँखा शिबिरमा सिर्सकाट, तीनदोबाटो, पेलाकोट, कालिकाकोट पिडिखोला, थुमपोखरा तथा आसपासका क्षेत्रबाट आएका भण्डै दुइसय ५० आँखाका बिरामीले उपचार पाएको क्लबका अध्यक्ष अमर तमुले बताए ।
पोखरा लायन्स क्लबका संयोजक आशिष गुरुङ् र हिमालय आखाँ अस्पतालका डा. गोबिन्दनाथ योगिको नेतृत्व आएको ११ जनाको स्वास्थ्य टोलीले शिबिरमा उपाचार प्रदान गरेको थियो ।

Tuesday, January 11, 2011

पंचासे क्षेत्रका महत्वपुर्ण जडिबुटि खेर गए

प्रकाश डोटेल

स्याङ्जा–२६, पौष ।

स्याङजा, कास्की र पर्वतको सिमानामा पर्ने ऐतिहासिक महत्वको पर्यटकिय तथा धार्मिक स्थल पंचासे क्षेत्रमा पाइने जडिबुटीहरु संरक्षण हुन सकेको छैन् । राज्यले संरक्षण गर्न नसक्दा सहजै प्राप्त गर्न सकिने लाखौ रुपैया बराबरको बहुमुल्यका जडिबुटीहरु खेरा गएको छ ।
जैबिक विबिधता, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल पंचासे क्षेत्र भित्र पाइने विश्वकै दुर्लभ जडिबुटीहरु पाईन्छ । त्यसको सरकारी स्तरबाट वैज्ञानिक अनुसन्धान र सदुपयोग हुन नसक्दा लाखौ रुपैया बराबरको सम्पत्ति गौचरणमा परिणत भएको छ ।
पंचासे क्षेत्र हरेक दृष्टिले महत्वपुर्ण मानिए पनि सरकारी तवरबाट अध्यायन अनुुसन्धान हुन सकेको छैन । पंचासेलाई गत असोज ७ गते विश्व संरक्षण दिवसको अबसरमा बन बिभागले संरक्षण क्षेत्र घोषणा गरेको थियो । संरक्षण क्षेत्र घोषणा भएपनि स्थानियबासिन्दाले उक्त क्षेत्रलाई गौचरणको रुपमा प्रयोग गर्दै आएका छन् ।
नेपालकै जडिबुटीहरुको क्षेत्रमा प्रमुख स्थलको रुपमा यस क्षेत्रलाई अगाडी बढाउनु पर्छ । राज्यले त्यसलाई ध्यान दिएको छैन् । पंचासे पञ्चधामका महासचिब अर्जुन पौडेलले भने, बहुउपयोगी जडिबुटीहरु प्रसस्त भएर पनि राज्यले उपयोग गर्नतर्फ उचित ध्यान दिन सकेको छैन् ।

      सरकारी पहुँच नपुगेका कारण सयौ प्रजातीका विश्वमै दुर्लभ मानिएका जडिबुटीहरु सुनाखरी गाई–भैसिको आहार भइरहेको स्थानियवासीले बताए । उनीहरुले भने, जडिबुटी संरक्षणको लागि अध्यायन अनुसन्धान गरि स्थानिय स्तरमा प्रसोधन केन्द्र स्थापना गरिए मात्रै यसको संरक्षण र प्रवद्र्धन गर्न सकिन्५ ।

      पंचासेमा पाँचसय ८९ जातका फुल फुल्ने वनस्पती छ । एकसय ५० जातका औषधीजन्य जडिबुटी रहेको छ । जिल्ला वन कार्यालय स्याङ्जाका प्रमुख जीवलाल पौडेलले भने, त्यहाँ एकसय १३ प्रकारका सुनगाभा सुनाखरी छन् । प्रमुख पौडेलले भने, ९८ प्रकारका उन्यू, ५६ जातका जंगली च्याउ १८ जातका पुष्प र ८ जातका रेसादार बनस्पती रहेका छन ।
विश्वमा पाइने तीन सय सात प्रजातिका जडीबुटी मध्ये एकसय ५१ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ महासचिव पौडेलले भने, बिश्वमा पाइने ३ सय ८१ प्रजातिका सुनाखरी मध्ये दुईसय ६६ प्रजातिका सुनाखरी पनि पाईन्छ ।

हिमाली क्षेत्रमा पाइने बिभिन्न प्रजातीका बनस्पती तथा वन्यजन्तु पंचासेमा पाइन्छ । यस क्षेत्रमा बढी मात्रामा सुनाखरी, चिराइतो, जामुने, मान्द्रो, लोठ सल्ला, सतुवा, कुरिलो, पाखनबेत, बनलसुन लगायतका महत्वपुर्ण जडिबुटीहरु पाइने गरेका छन ।
करिव १५ वर्ष अघि माछपुच्छ्रे  बिकाश संघ गठन गरिएको थियो । संघले विस्तृत रुपमा गरेको जैबिक अनुसन्धानका क्रममा उक्त स्थानमा महत्वपुर्ण दुर्लभ जडिबुटी पाइने तथ्य सार्वजानिक भएको थियो । पंचासे क्षेत्र समुद्र सहतबाट सातसय ८४ देखि दुईहजार पाँचसय १७ मिटर उचाइमा रहेको छ । पंचासे करिव पाँचहजार पाँचसय हेक्टरमा फैलिएको छ ।

 स्याङजा जैबिक विविधता, ऐतिहासिक धार्मिक तथा पर्यटकिय दृष्टीले निकै महत्वपुर्ण मानिन्छ । लुकेर रहेका स्थल र बस्तुहरुको सहित तबरबाट प्रयोगमा ल्याउन नसक्दा खेरा मात्र गइरहेको छैन लाखौ रुपैया नष्ट भइरहेको छ । पंचासेलाई सरकारी तबरबाट ध्यान दिनेहो भने पर्यटन वर्ष २०११ को महत्वपुर्ण गन्तब्य बन्न सक्ने जानकारहरु बताउँछन् ।

राम्दी-देबघाट जलयात्रा सम्भाव्यता अध्ययन सम्पन्न

प्रकाश डोटेल/स्याङ्जा,२७ पौष
पर्यटन बर्ष२०११ को शुभारम्भसगै कालीगण्डकी नदीको रामनदीधाम(राम्दीघाट)-देबघाट क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र र जलयात्रा (र्‍याफ्टिङ्ग) को पाँच दिने सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।
नदीको जलाशयबाट देखिने उत्तरमा स्याङ्गजा, तनहुँ र दक्षिणमा पाल्पा, नवलपरासीका मनोरम दृश्य, नदी किनारमा रहेका ऐतिहासिक धार्मिक स्थलको दृश्य अबलोकन गर्राई यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा बिकसित गर्ने उद्देश्यले कालीगण्डकी रामनदीधाम(राम्दीधाट)-देबघाटसम्मको जलयात्रा (र्‍याफ्टिङ्ग) २०६७ को अध्ययन गरिएको हो ।
जलयात्रा (र्‍याफ्टिङ्ग) टोलीलाई अध्ययन अवधिमा कालीगण्डकी नदी क्षेत्रका करिब दुईदर्जन बढी घाटहरुमा स्थानियबासीले आफ्नो संस्कृति र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गर्दै स्वागत र विदाई गरेका थिए ।
स्याङ्जा, पाल्पा, तनहुँ, नवलपरासी र चितवनको झण्डै एकसय ५० किलोमिटरको लामो दुरीको कालीगण्डकीको यस खण्डमा जलयात्रा र अन्य पर्यटन क्षेत्रको बिकास गर्ने उद्देश्यले अध्ययन अबलोकन गरिएको थियो ।
छ ठुला र दुई साना बोटमा अध्ययन गर्न निस्केको करिव ४० जनाको टोलीले अध्ययन क्षेत्रका बोटे, माझी, कुमाल समुदायको बाहुल्य रहेको नदी किनार गण्डकीबेशीको पहिचान लोपोन्मुख दरै, मगर समुदायको संस्कृति, मारुनी, कौरा नाच, नौमतीबाजा, भजन-कृतन लगायत आफ्नो लोकसंस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
सुन्दर पहाडको खोचबाट नागबेली बनेर बगेको कालीगण्डकी नदीको मनोरम दृश्य र त्यहँ बसोबास गर्ने स्थानियबासीका कला-सांस्कृति पहिचानका बारेमा जलयात्रामा स्देवशी तथा बिदेशी पर्यटकले चासो लिएको तनहुँ घिरिङ्गसुन्धाराका स्थानियबासी बिरबहादुर बिसीले बताए ।
सम्भाव्यता अध्ययन टोलीले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुरलाई कृषि पर्यटक क्षेत्रका रुपमा विकास गर्न सकिने बताएको छ । टोलीले तनहुँको राम्जाकोट स्थित लोपोन्मुख गिद्धको बासस्थान, डेढगाउँको चमेरेगुफा, आकला गुफा, अकला देबिस्थान, स्यालपानी गुफा लगायत क्षेत्रको अध्ययन अबलोकन गरी सरकार समक्ष आफ्नो प्रतिवेदन दिने प्रतिवद्धता जनाएका छन् ।
स्याङ्जाको ऐतिहासिक धार्मिक क्षेत्र रामनदीधाम बाट पुष २१ बाट शुरु भएको जलयात्रा टोलीले अर्सदीघाट, हुँगीघाट, माझीगाउँ, रत्नपुरको खोरियाघाट, रामपुरको गौरीघाट, तातोपानीघाट, रामघाट, केलादीधाम, पुट्टारघाट, हडाहाघाट, अत्रौलीघाट, खर्सराघाट, तनहुँ नवलपरासीको संगम साघुरीघाट, कोटथर, लगाएतका क्षेत्रको अध्ययन गरि आईतबार सम्पन्न भएको छ ।

Monday, January 10, 2011

शिक्षामा सूचना तथा सञ्चार प्रविधि ( आइ टी ) कार्यक्रम स्याङ्जाबाट सुरु

लोकनाथ मरासिनी

पौष २६, स्याङ्जा ।

सामुदायिक रेडियो स्याङ्गजा सुन्न नभुल्नु होला 
   सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर बृद्धि गर्ने उद्धेश्यका साथ अगाडि बढाइएको शिक्षामा सूचना तथा सञ्चार प्रविधि कार्यक्रम सोमबार स्याङ्जाबाट औपचारीक रुपमा सुरुवात गरीएको छ ।

  शैक्षिक क्षेत्रमा अगाडि रहेको स्याङ्जामा मुलुकमै पहिलो पटक उक्त कार्यक्रम वालिङ ८ खहरेस्थित रणवीर जनहित उच्च मध्यामिक विद्यालयबाट शुरुवात गरिएको हो ।

   निजी विद्यालयहरुले शिक्षण सिकाईमा सुचना तथा सञ्चारको विधि प्रयोग गरेकाले विद्यार्थीहरुको सकिाई उपलब्धी उत्कृष्ट हुदै गएको अवश्थामा सामुदायिक विद्यालयहरुमा पनि प्रविधिको प्रयोग गरेर विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप उपलव्ध गराउने उद्देश्यले स्याङ्जामा पहिलोपटक सो कार्यक्रम कार्यशाला गोष्ठि मार्फत शुभारम्भ गरिएको छ ।

 सन् २०२५ सम्म देशभरका करीव ३३ हजार विद्यालयमा उक्त कार्यक्रम लागु गर्ने सरकारको लक्ष्य रहेको छ ।
 शिक्षामा सूचना तथा सञ्चार प्रविधि विषयक दुईदिने कार्यशाला गोष्ठीको शिक्षा सचिव शंकर पाण्डेले सोमबार वालिङ्मा उद्घाटन गर्दै सूचना प्रविधिको माध्यमबाट विद्यार्थीहरुलाई पारङ्गत बनाउन कार्यक्रम लागु गरिएको बताउनुभयो ।

 त्यस्तै शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले विद्यालय र विद्यार्थीले नयाँ प्रविधि प्रयोग गरेर सिकाई उपलव्धी फलदायी बनाउनु पर्ने बताउनुभयो ।

 उहाँले सवै विद्यार्थीको सूचना र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

निर्देशक खगराज बरालले सूचना प्रविधिको ज्ञानविना डिग्री पास गरेर पनि निरक्षर जस्तो ठहरिन सक्ने भएकाले यसको पहुँच र वदलिदो परिस्थिति अनुसार सीप हासिल गर्न पाइलट प्रोग्रामको रुपमा स्याङ्जामा लागु गरिएको बताउनुभयो ।
कार्यक्रममा व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापा, पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बावुराम पौडेल, रणवीर जनहित उच्च माविका अध्यक्ष सूर्यप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।
 जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले स्वागत र शिक्षा विभागका शाखा अधिकृत दिपेन्द्र सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

प्रकाश डोटेल

स्याङ्जा–२६, पौष ।

स्याङ्जाको अर्जुनचौपारी गाउँ विकास समिति–३, स्थित माटेथरमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गएराती एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

माटोको ढिस्कोले पुरिएर मृत्यु हुनेमा अर्जुनचौपारी गाविस–३ पीपलडाँडा निवासी ४० बर्षीय विष्णु केसी रहेकी छन् । केसीको उपचारका क्रममा पोखरास्थित चरक अस्पतालमा मृत्यु हो ।
ढिस्कोले पुरिदा स्थानिय ४० वर्षीय ढिकुरा रोकाहा गम्भीर घाइते भएको भएको अर्जुनचौपारी प्रहरीचौकीका इन्चार्ज राजेन्द्र वाग्लेले जानकारी दिएका छन् ।

युएईमा स्याङ्जाली को प्रथम भेला, भेलाबाटै तर्दथ समिति गठन

भुपराज बस्याल ,दुबई

युएईमा रहेका स्याङ्जालीहरु बिच सद्भाब तथा भातृत्वा कायम गर्दै प्रबासमा अलपत्रपरेका स्याङ्जालीहरुको उद्धार तथा स्याङ्जा जिल्लाको बिकाशका निम्ति युएईमा स्याङ्जाली समाज को स्थापना भएको छ ।

गत जनवरी सात तारीक का दिन दुबई मा रहेको अरब यडुपी होटलमा भएको स्याङ्जालीहरु को भेलाले प्रबासमा आफुहरु एक्लो भएको महशुस ठान्दै यास समाजको गठन गरेको हो । यस अगाडिनै हुनपर्ने यस काम आजभएको भन्दै अब प्रबासमा अब एक्लै भएको महशुस नहुने उस्थित स्याङ्जालीहरु को तर्क थियो ।

युएईमा समाजसेवा गर्दै अउनुभएका समाजसेवि यमलाल शर्मा पँगेनी को सभपतित्वामा सम्पन्न भेला तिन सल्लाहकार सहित २१ जनाको तर्दथ समिति गठन गरेको छ । भेलाले अदक्ष्यामा चन्द्र रोकाहा उपादक्ष्यामा एकेन्द्र थापा महासचिबमा भुपराज बस्याल सचिबमा राजु पाण्डे कोषदक्ष्याका खेम काफ्ले र सदस्याहरुमा रामचन्द्र परियार,रवि के शि,कुल क्षेत्रि ,बिनोद के शि,निलकण्ठ भट्राई,सन्ध्या पाण्डे,छबिकिरण भट्राइ,भुपति न्यौपाने,भुपराज पठक,कृष्ण न्यौपाने,यम बहादुर घर्ती,चोलाकन्त डुम्रे,खेमबहादुर हरुङ् लगायतको तिन रिक्त सदस्या सहितको तर्दथ समिति चयान गरेको छ । भने सल्लाहकार हरुमा यमलाल शर्मा पँगेनी,गिरीधारी रिजाल र पुरुषोत्म पाण्डे रहनु भएको छ ।

भेलाका प्रमुख अतिथि स्याङ्जा समाज सहयोग कतारका स्थापक अदक्ष्या राजेश द्रर्शन अर्यायल ले कतारमा १३ जना बाट सुरु गरेको स्याङ्जा सहयोग समाज ले आज त्यहाका सम्पुर्ण स्याङ्जाहरुलाई समेट्न सफल भएका छ । यहाँहरुको यास्तो चाखलाग्दो उपस्थिति बाट युएईका स्याङ्जालीहरु अब केहि गर्न जागरुक छर्न भन्ने कुराको प्रसट हुन्छ । उहाँले अगाडि भन्नु भयो स्याङ्जा र स्याङ्जालीको को लागी खेलिएका सँस्थाका उदश्याहरु एक हुदा कतारमा रहेको स्याङ्जा सहयोग समाज र युएई मा स्थापना हुदै गरेको यस स्याङ्जाली समाज लाई  एक बनाएर लैजान आग्रह गर्नुभयो । बिदेशमा रहेका नेपाली हरुको सँगठन एन आर एन जस्तै स्याङ्जालीहरुको पनि किन साझ सगँठन नबनाउने उहाँको तर्क थियो ।

समाजिक सेवाको निम्ति खोएको यस सस्थालाई आर्थिक आवश्याक हुने हुभएकाले तदर्थ समितमिा अदक्ष्या चन्द्ररोकाहाले एक हजार पाच सया द्रम को सहयोगको घोषण गरेपछि  सहयोग गर्ने हरुको सख्या बढ्दै गएको थियो । कतार सहयोग समाजको तर्फबाट एक हजार एक द्रमको घोषण गरेपछि झन अर्थिक सहयोगले ब्यापकता पएको थियो । भने कार्यक्रममा जम्मा तिनहजार सात सय छपन्न युएई द्रम सकँलन भएको थियो ।

राजु पाण्डेको स्वागत मनतब्या सगै सरु भएको कार्यक्रममा नेपाल पत्रकार सहासँघ युएई शाखाका अदक्ष्या शँकर ज्ञवाली, नेपाली समाचार पछिका का प्रधान सम्पादक मान बहादु थापा, समाजसेवि गिरिधारी रिजाल,भुपति न्यौपने,छबिकिरण भट्राई ले मनतब्या राख्नु भएको थियो भने कार्यक्रम खेम काफ्लेको सन्चालनमा सम्पन्न भएको थियो ।

Sunday, January 9, 2011

पाँच वर्षभित्र स्याङ्जा दुव्र्यसनी मुक्त जिल्ला हुने

प्रकाश डोटेल

स्याङ्जा–२५, पौष ।

युवा वर्गहरुको जटिल समस्याका रुपमा रहेको दुव्र्यसनीको कुलतमा दिनप्रदिन युवाहरु फस्दै गईरहेको अवस्थामा जिल्ला सदरमुकाम पुतलीबजारमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आगामी पाँच वर्ष भित्रमा स्याङ्जालाई दुव्र्यसनी मुक्त जिल्ला बनाउने प्रतिवद्धता जनाएका छन् ।

      जिल्लामा क्रियाशिल युवाहरुको बि–फाईभ समुह स्याङ्जा संस्थाले आयोजना गरेको एच.आई.भी. एड्स तथा दुव्र्यसनी न्युनिकरण र निवारणमा तपाई हाम्रो भुमिका विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले अभियानलाई सफल बनाउने बताएका थिए ।

      विश्वमा विकराल रुप लिदै गएको एच.आई.भी.र दुव्र्यसनीलाई न्युनिकरण तथा निवारण गर्ने तर्फ स्थानिय युवाहरुले देखाएको सक्रियतालाई ध्यानमा राख्दै स्थानिय राजनीतिक दल, प्रशासन तथा सुरक्षा निकाय र नागरिक समाजले दुव्र्यसनी मुक्त जिल्ला बनाउनमा अभियानमा पुर्ण रुपमा सहयोग पु¥याउने प्रतिवद्धता जनाएका हुन् ।

      अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले एच.आई.भी. एड्स न्युनिकरण गर्न मानवीय सुरक्षित गतिविधि र विदेशीने जनशक्तिलाई सचेतनाको अभियानमा समाबेश गर्नुपर्ने बताए ।

       दुव्र्यसनीमा लागेकालाई सरकारी तबरबाट कारबाही गर्नमा कानुनी प्रावधान कडा नभएको स्पष्ट पार्दै प्रजिअ वलीले दुव्र्यसनी निवारण गर्नमा परिवार र समाजको महत्वपुर्ण जिम्मेवारी रहेकोमा जोड दिए ।

      स्याङ्जामा विषेश गरि पोखरा र बुटवल क्षेत्रबाट लागु औषधका सामाग्रीहरु आउने भएको हुदा त्यसको नियन्त्रणमा लाग्न प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदीले युवाहरुलाई आग्रह गरे । उनले जिल्लामा करिव ५ सयको हाराहारीमा दुव्र्यसनीको संख्या रहेको दावी गरे ।

      अन्तरक्रियामा बोल्दै युवा समाजसेवि राजु थापाले लागुऔषधको कुलतमा लाग्ने युवा वर्ग नै त्यस विरुद्ध लागेको अवस्थामा राज्यले नीतिगत रुपमा यसको नियन्त्रणमा चासो राख्नुपर्नेमा जोड दिए । लागुऔषधको दुव्र्यसनीमा लागेकालाई सतमार्गमा ल्याउन समाजका हरेक वर्गले सकारात्मक सहयोग गर्नुपर्नेमा थापाले जोड थियो ।

      त्यस अवसरमा पुर्व दुव्र्यसनीमा लागेर पुर्नजीवन प्राप्त गर्दै दुव्र्यसनी विरुद्धको अभियानमा संलग्न स्थानिय नविन अर्याल र कुम्भराज गुरुङ् युवालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुले दुव्र्यसनीको समय र वर्तमान जीवनका बारेमा बोलेका थिए ।

      एकीकृत नेकपा माओवादी शिव पौडेल, नेपाली काँग्रेसका मुन्ना सेख, स्थानिय विकास अधिकारी रामजी बराल, डा. तारानाथ पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्साल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले दुव्र्यसनी निवारणमा युवाहरुको सहभागिता अनिवार्य भएको बताए ।

        स्थानिय समाजसेवि पोमनारायण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संकल्प समुहका लक्ष्मण खाँण, सैदुद्धिन मियाँ, नारायण लम्साल लगाएतका वक्ताहरुले बोलेका थिए । अभियानलाई सफल बनाउन युवाहरुको बि–फाईभ समुहलाई विधिवत रुपमा दर्ता गरिने भएको छ ।

अनेरास्ववियुको २ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

लोकनाथ मरासिनी

पौष २५, स्याङ्जा ।

      नेकपा एमले निकटको विद्यार्थि संगठन अनेरास्ववियु स्याङ्जा क्षेत्र नं. २ को २ दिने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम वालिङ्मा सम्पन्न भएको छ ।

      कार्यकर्ताहरुलाई बैचारीक हिसाबले अझै शसक्त र जुझारु बनाउने उद्धेश्यले वालिङ् बहुमुखि क्याम्पसमा प्रशिक्षण प्रदान गरीएको अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।

      कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुलीले माक्र्सवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

      प्रशिक्षण भेलामा बोल्दै अध्यक्ष पराजुलिले विद्यार्थिहरुमा राजनितिक ज्ञानको आवश्यकता औलाउनुभयो ।

      भेलामा प्रमुख प्रशिक्षक समेत रहनुभएका अनेरास्ववियु केन्द्रिय महासचिव किशोरविक्रम मल्लले बर्तमान परिस्थीतिमा अनेरास्ववियुको भुमिका र भावि रणनितिका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।

      त्यस्तै अनेरास्ववियु केन्द्रिय सदस्य एवं पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियु सचिव दिलिप न्यौपनेले संगठन निर्माण र परिचालन सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभयो ।

      क्षेत्र नं. २  का २१ वटा शैक्षिक संस्थाका गरी १०० भन्दा बढिको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य तथा त्रिभुवन आदर्श बहुमखि क्याम्पस स्याङ्जाका स्ववियु सभापति घनश्यामा सुवेदी, एमाले युवा नेता तथा राष्ट्रिय खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य मोहन रेग्मी लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

       कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरोज यादव, एमाले स्याङ्जा क्षेत्र नं. २ का क्षेत्रिय अध्यक्ष कृष्ण खाड, युवा संघ नेपाल जिल्ला कमिटि सचिव दामोदर तिवारी, अनेरास्ववियु जिल्ला अध्यक्ष नारायण भटट्राई, वािलङ् बहुमखि क्याम्पस स्ववियु उपसभापति जग्गनाथ भटटराई, अनेरास्ववियु क्षेत्र नं. १ का अध्यक्ष पारस गौतम लगायतले बोल्नुभएको थियो ।

      सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन अनेरास्ववियु जिल्ला कमिटि सचिव थिरलाल न्यौपानेले गर्नुभएको थियो ।

एच.आई.भि संक्रमितप्रति भेदभाव कम गर्ने प्रतिबद्धता

लोकनाथ मरासिनी

पौष २५, स्याङ्जा ।

मालुङ्गा गाउँ विकास समिति स्याङ्जाका स्थानिय अगुवाहरुले एच.आई.भि प्रभावित तथा संक्रमितहरुप्रति हुने लान्छना तथा भेदभावलाई कम गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

      स्याङ्जा सपोर्ट ग्रपको सकरात्मक रोकधाम कार्यक्रम अन्र्तगत  मालुङ्गामा आयोजित कार्यक्रममा उनिहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

      उनिहरुले मैले एच. आई. भि सङ्क्रमितहरुसँग बस्दा खादा भेदभाव गर्ने छैन्, मानसिक चोट पुग्ने व्यावहार गर्ने छैन्, भेदभाव घटाउने प्रयास गर्ने छु जस्ता प्रतिबद्धता व्यक्त गरेका हुन् ।

      कार्यक्रममा गाविसका प्रत्यक वडाका महिला स्वयमसेवीकाहरु, गाविसका संयन्त्रहरु, शिक्षक, विभिन्न क्लबका प्रतिनिधि, संक्रमित तथा प्रभावित लगायतको सहभागिता रहेको  थियो ।

      एच.आई.भि एडसका बारेमा अनुभुति गराई सङक्रमितहरुलई समुदायमा बस्ने बातावरणको विकास गर्ने, राम्रो व्यवहारका लागि अगुवाहरुलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम संचालन गरीएको हो ।

      कार्यक्रममा गाविस सचिव डोलराज बस्याल, स्थानिय स्वास्थ्य चौकिका प्रमुख डा लक्ष्मीकान्त शर्मा लागायतले बोल्नुभएको थियो ।

      स्याङ्जा सपोर्ट ग्रुपका सदस्य मैना सेनको अध्यक्षतमा सम्पन्न कार्यक्रममा परियोजना संयोजक विजय ज्ञावलीले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने संचालन लक्ष्मी जिटीले गर्नुभएको थियो ।