Tuesday, January 11, 2011

पंचासे क्षेत्रका महत्वपुर्ण जडिबुटि खेर गए

प्रकाश डोटेल

स्याङ्जा–२६, पौष ।

स्याङजा, कास्की र पर्वतको सिमानामा पर्ने ऐतिहासिक महत्वको पर्यटकिय तथा धार्मिक स्थल पंचासे क्षेत्रमा पाइने जडिबुटीहरु संरक्षण हुन सकेको छैन् । राज्यले संरक्षण गर्न नसक्दा सहजै प्राप्त गर्न सकिने लाखौ रुपैया बराबरको बहुमुल्यका जडिबुटीहरु खेरा गएको छ ।
जैबिक विबिधता, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल पंचासे क्षेत्र भित्र पाइने विश्वकै दुर्लभ जडिबुटीहरु पाईन्छ । त्यसको सरकारी स्तरबाट वैज्ञानिक अनुसन्धान र सदुपयोग हुन नसक्दा लाखौ रुपैया बराबरको सम्पत्ति गौचरणमा परिणत भएको छ ।
पंचासे क्षेत्र हरेक दृष्टिले महत्वपुर्ण मानिए पनि सरकारी तवरबाट अध्यायन अनुुसन्धान हुन सकेको छैन । पंचासेलाई गत असोज ७ गते विश्व संरक्षण दिवसको अबसरमा बन बिभागले संरक्षण क्षेत्र घोषणा गरेको थियो । संरक्षण क्षेत्र घोषणा भएपनि स्थानियबासिन्दाले उक्त क्षेत्रलाई गौचरणको रुपमा प्रयोग गर्दै आएका छन् ।
नेपालकै जडिबुटीहरुको क्षेत्रमा प्रमुख स्थलको रुपमा यस क्षेत्रलाई अगाडी बढाउनु पर्छ । राज्यले त्यसलाई ध्यान दिएको छैन् । पंचासे पञ्चधामका महासचिब अर्जुन पौडेलले भने, बहुउपयोगी जडिबुटीहरु प्रसस्त भएर पनि राज्यले उपयोग गर्नतर्फ उचित ध्यान दिन सकेको छैन् ।

      सरकारी पहुँच नपुगेका कारण सयौ प्रजातीका विश्वमै दुर्लभ मानिएका जडिबुटीहरु सुनाखरी गाई–भैसिको आहार भइरहेको स्थानियवासीले बताए । उनीहरुले भने, जडिबुटी संरक्षणको लागि अध्यायन अनुसन्धान गरि स्थानिय स्तरमा प्रसोधन केन्द्र स्थापना गरिए मात्रै यसको संरक्षण र प्रवद्र्धन गर्न सकिन्५ ।

      पंचासेमा पाँचसय ८९ जातका फुल फुल्ने वनस्पती छ । एकसय ५० जातका औषधीजन्य जडिबुटी रहेको छ । जिल्ला वन कार्यालय स्याङ्जाका प्रमुख जीवलाल पौडेलले भने, त्यहाँ एकसय १३ प्रकारका सुनगाभा सुनाखरी छन् । प्रमुख पौडेलले भने, ९८ प्रकारका उन्यू, ५६ जातका जंगली च्याउ १८ जातका पुष्प र ८ जातका रेसादार बनस्पती रहेका छन ।
विश्वमा पाइने तीन सय सात प्रजातिका जडीबुटी मध्ये एकसय ५१ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ महासचिव पौडेलले भने, बिश्वमा पाइने ३ सय ८१ प्रजातिका सुनाखरी मध्ये दुईसय ६६ प्रजातिका सुनाखरी पनि पाईन्छ ।

हिमाली क्षेत्रमा पाइने बिभिन्न प्रजातीका बनस्पती तथा वन्यजन्तु पंचासेमा पाइन्छ । यस क्षेत्रमा बढी मात्रामा सुनाखरी, चिराइतो, जामुने, मान्द्रो, लोठ सल्ला, सतुवा, कुरिलो, पाखनबेत, बनलसुन लगायतका महत्वपुर्ण जडिबुटीहरु पाइने गरेका छन ।
करिव १५ वर्ष अघि माछपुच्छ्रे  बिकाश संघ गठन गरिएको थियो । संघले विस्तृत रुपमा गरेको जैबिक अनुसन्धानका क्रममा उक्त स्थानमा महत्वपुर्ण दुर्लभ जडिबुटी पाइने तथ्य सार्वजानिक भएको थियो । पंचासे क्षेत्र समुद्र सहतबाट सातसय ८४ देखि दुईहजार पाँचसय १७ मिटर उचाइमा रहेको छ । पंचासे करिव पाँचहजार पाँचसय हेक्टरमा फैलिएको छ ।

 स्याङजा जैबिक विविधता, ऐतिहासिक धार्मिक तथा पर्यटकिय दृष्टीले निकै महत्वपुर्ण मानिन्छ । लुकेर रहेका स्थल र बस्तुहरुको सहित तबरबाट प्रयोगमा ल्याउन नसक्दा खेरा मात्र गइरहेको छैन लाखौ रुपैया नष्ट भइरहेको छ । पंचासेलाई सरकारी तबरबाट ध्यान दिनेहो भने पर्यटन वर्ष २०११ को महत्वपुर्ण गन्तब्य बन्न सक्ने जानकारहरु बताउँछन् ।

No comments:

Post a Comment